दलले २४ गते ४ बजेसम्म समानुपातिक सांसदको नाम छनोट गर्नैपर्ने , क्लस्टरअनुसार कस्को सिट कति ?

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम छनोट गर्न दलहरूलाई २४ गते ४ बजेसम्मको समय दिएको छ । आयोगले थ्रेसहोल्ड कटाएका दलहरूलाई पाएको सिट संख्या, क्लस्टरअनुसारको संख्या र महिलाको संख्यासहितको पत्र दलहरूलाई पठाएको छ ।

‘तीन दिनको समय दिएर पत्र काटेका छौँ,’ आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले भने । प्रतिनिधिसभामा सातवटा दलले थ्रेसहोल्ड कटाएका छन् । एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।

समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपाले ५ र जनमतले पनि ५ सिट पाएको छ । समावेशी प्रतिनिधित्व हुने गरी दलहरूले बन्दसूचीबाट नाम छनोट गरेर आयोगमा पठाउनुपर्नेछ । दलहरूले पठाएको नामबाट आयोगले विजयी भएको प्रमाणपत्र समानुपातिक सांसदलाई दिनेछ ।

प्रदेश अन्तर्गत

प्रदेश १

 

प्रदेशमा १.५ प्रतिशत ल्याउनेले सिट पाउने व्यवस्था छ । प्रदेश १ मा ६ वटा पार्टीले थ्रेसहोल्ड कटाएका छन् । प्रदेश १ मा एमाले १५, कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, नेकपा एसले १ र जसपाले १ सिट पाएको छ ।

मधेस प्रदेश

मधेस प्रदेशमा १० वटा पार्टीले थ्रेसहोल्ड कटाएका छन् । एमालेले ८, कांग्रेसले ९, जसपाले ७, जनमत पार्टीले ७ माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपाले २, राप्रपाले १, नेपाल संघीय समाजवादीले १ र नागरिक उन्मुक्तिले १ सिट पाएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशमा सातवटा दलले थ्रेसहोल्ड कटाएका छन् । जसमा एमालेले १४, कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, नेकपा एसले २, नेमकिपाले २ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा चारवटा दलले मात्र थ्रेसहोल्ड कटाएका छन् । एमालेले १०, कांग्रेसले ९, राप्रपाले २ र माओवादीले ३ सिट पाएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा १० वटा दलले प्रतिनिधित्वव गर्ने भएका छन् । जसमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपाले २, जनमतले २, नागरिक उन्मुक्तिले २, नेकपा एसले १, जसपाले १, लोसपाले १ र राजमोले १ सिट पाएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा पाँचवटा दलले थ्रेसहोल्ड कटाएका छन् । जसमा एमालेले ५, कांग्रेसले ५, माओवादीले ४, राप्रपाले १ र नेकपा एसले १ सिट पाएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा छवटा दलले थ्रेसहोल्ड कटाएका छन् । जसमा एमालेले ७, कांग्रेसले ६, माओवादीले ३, नागरिक उन्मुक्तिले ३, राप्रपाले १ र नेकपा एसले पनि १ सिट पाएको छ । प्रदेशतर्फ पनि दलहरूले तीन दिनभित्र नाम छनोट गरेर आयोगमा बुझाउनुपर्ने हुन्छ ।

धनराजलाई बधाई दिंदै पद्माले भनिन् – तपाईले लोकतन्त्रमा विश्वास गर्नुहुन्छ भन्ने झुठ रहेछ

काठमाडौं । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले स्याङ्जाबाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सभापति धनराज गुरुङले मृतक र विदेशमा रहेकाको नाममा समेत मतदान गराएर चुनाव जितेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा निर्वानमा स्याङ्जा –२ मा धनराज गुरुङसँग पराजित बनेकी अर्यालले सामाजिक संजाल फेसबुकमा शुभकामना तथा बधाई दिंदै धनराज गुरुङको लोकतन्त्रप्रति निष्ठा र विश्वासमा संका व्यक्त गरेकी छन् । मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको साक्षीका रुपमा कयौं प्रमाण, भिडियो सार्वजनिक हुँदाहुँदै पनि पुनः मतदान गर्न नमानेको भन्दै अर्यालले आंतक सृजना गरेर बुध कब्जा मार्फत धनराजले निर्वाचन जितेको बताएकी छन् । साथै, उनले निर्वाचन प्रक्रियाका सबै कुरा भुलेर जनताको सेवा र विकासका आयोजनामा सहयोग गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएकी छन् । अर्याल धनराज गुरुङसँग ५ हजार ६ सय ६५ मतले पराजित बनेकी हुन् ।

१६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलको कति सिट ?

काठमाडौं । प्रतिनिधि सभा क्षेत्र १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा छ । अहिलेसम्म नतिजा आएका १ सय ६४ क्षेत्रमध्ये नेपाली कांग्रेसले ५७ क्षेत्रमा जित हासिल गरेको छ । त्यसैगरी, नेकपा (एमाले)ले ४४ सिटमा जित हासिल गरेर दोस्रो स्थानमा रहेको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा १७ सिट प्राप्त गरेर नेकपा (माओवादी केन्द्र)ले तेस्रो स्थान सुरक्षित गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले १० क्षेत्रमा विजय प्राप्त गरी चौथौमा बस्न सफल भएको छ । त्यसैगरी, जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात–सात क्षेत्रमा विजयी भएका छन् । त्यसैगरी, लोकतन्त्र समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा एक, नेमकिपा एक, जनमत पार्टी एक र पाँच स्वतन्त्र गरी हालसम्म १ सय ६४ जना उम्मेदवार निर्वाचित भएका छन् । दोलखामा भने मतगणना जारी छ ।

दोलखामा जिरीको मतगणना : माओवादी केन्द्रका कार्की हजार मतान्तरले अगाडि

काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् । हाल जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर केही घटाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले ११ हजार ५ सय २६ मत पाएका छन् भने नेकपा एमालेका शिवाकोटीले १० हजार ५ सय २० मत पाएका छन् ।माओवादी केन्द्रका उम्मेदवार कार्की १ हजार ६ मतले अगाडी रहेका छन् । हालसम्म गौरीशंकर गाउँपालिकाका ८ वटा वडा, कालिन्चोक गाउँपालिकाको सबै वडा र जिरी गाउँपालिकाको सकिएको छ । त्यसैगरी वैत्यश्वर, तामाकोशी,मेलुङ ,भिमेश्वर (चरिकोट एरिया) विगु, शैलुङको मत गणना हुन बाँकि रहेको छ । जम्मा ८७ हजार मत खसेकोमा २४ हजार गणना भएको हो ।

समानुपातिका डेढ लाख गन्न बाँकी, एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना न्युन

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मत गणना अब सकिने चरणमा पुगेको छ। प्रतिनिधिसभा १६५ क्षेत्रमध्ये अहिलेसम्म १६२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने स्याङ्जा–२, दोलखा र बाजुरामा मत गणना जारी छ। प्रतिनिधिसभा समानुपातिकतर्फ पनि तिनै तीन जिल्लाको मत गणना सक्न बाँकी छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दिउँसो १२ बजेतिर अब सवा लाखदेखि डेढ लाखसम्म समानुपातिक मत गन्न बाँकी रहेको जानकारी दिए। ‘बाजुराको गनेकै छैन, दोलखाको अलिअलि गनिएको छ, स्याङ्जा–२ को आधाजति गनिसकिएको छ । यो खबर तयार पार्दासम्म १ करोड ८ लाखभन्दा बढी समानुपातिक मत गनिसकिएको छ। जसमध्ये १ करोड ४ लाख ४ हजार ७ सय ६६ मत सदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ। आयोगका अनुसार ४ प्रतिशतजति मत बदर भएको अनुमान छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत (थ्रेसहोल्ड) मत कटाउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन्। अहिलेसम्म सात दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले यो मापदण्ड पूरा गरिसकेका छन्। मत गणना अन्तिम चरणमा पुग्दा ३ लाख १७–१८ हजारसम्म मत ल्याउँदा थ्रेसहोल्ड कट्ने आकलन गरिएको छ। अझै एक–दुई दल थ्रेसहोल्ड पार गर्ने प्रयासमा रहेको भएपनि अहिलेकै अनुपातमा मत आइरहे गणना गर्न बाँकी मतबाट थप पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना कम देखिएको हो। यसैबीच अलि नजिकको सम्भावना नेकपा एकीकृत समाजवादीको देखिएको छ। यो खबर लेख्दासम्म उसले २ लाख ९४ हजार एक सय समानुपातिक मत प्राप्त गरेको छ। थ्रेसहोल्ड (३ लाख १८ हजार मत) कटाउन उसले अझै २४–२५ हजार मत ल्याउनुपर्ने हुन्छ ।

निर्वाचन परिणाम सुखद संकेत होइन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । स्थापित दलहरु माथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ छ । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न वौद्धिक समुदायलाई आग्रह समेत गरे । ‘लोकतन्त्रमा रोज्न पाउने हो स्वतन्त्र व्यक्ति वा विभिन्न पार्टीहरु पनि । तर जे खालको संकेतहरु आएको छ । त्यो संकेत सुखद् छ त ? ‘पार्टीप्रतिको असन्तुष्टि त्यो एमालेको, कांग्रेसको, माओवादीको वा अर्को, अर्कोको कुरा होइन । पार्टी होइन स्वतन्त्र, स्वतन्त्र पनि पार्टी भएको छ एउटा । तर, त्यो पार्टी भन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको कि ?’ उनले अहिले दलहरुको भविष्यप्रति घण्टी बजेको पनि टिप्पणी गरे । सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि अध्यक्ष तिमिल्सिनाले धारणा राखे । अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढन ढिलाइ गर्न नहुने बताए ।

माओवादी पदाधिकारी बैठक : चुनावी समिक्षा साथै शक्ति बाँडफाँटबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान र चुनावको समीक्षाका लागि शनिबार पदाधिकारी बैठक बस्न लागेको सचिव गणेश साहले बताए। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। ‘गठबन्धन सरकारमा माओवादीले दाबी गर्ने पदको खाकामा छलफल तथा चुनावी समीक्षा बैठकको प्रमुख एजेण्डा छ,’ साहले भने। २०७४ सालको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले यसपटक १७ सिट जितेको छ। प्रतिनिधिसभा निर्वाचनमा माओवादी मधेस प्रदेश सुदूरपश्चिम पश्चिम प्रदेशमा कुनै सिट जित्न सकेन। बैठकमा चुनावी हारका कारणबारे पनि छलफल हुने साहले जानकारी दिए।

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाकाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो । जीपमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै थिए ।

समानुपातिक मत : शनिबार बिहान साढे ७ बजेसम्म कसले कति मत पाए ?

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। शनिबार बिहान साढे ७ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये २ क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ। यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ। पछिल्लो परिणाम अनुसार गणना भएको १ करोड ३ लाख ९२ हजार ९३४ सदर मतमा एमालेले २७ लाख ७९ हजार ८६ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ। यस्तै, ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार २७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९३८ मत पाउँदै छौटौँ स्थानमा छ । जनमत पार्टी ३ लाख ९४ हजार ३६८ मतसहित सातौँ, नेकपा ९एकीकृत समाजवादी० २ लाख ९४ हजार ८३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी २ लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० १ लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ। अन्य दलले १ लाखभन्दा बढी मत कटाएका छैनन्। यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो । राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ । प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । हेर्नुहोस् कुन दलले कति मत पाए ? नेपाल कम्युनिष्ट पार्टी (एमाले)–२७,७९,०७६ नेपाली काँग्रेस–२६,४८,०४१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)–११,६१,४०८ राष्ट्रिय स्वतन्त्र पार्टी –११,२१,१५५ राष्ट्रिय प्रजातन्त्र पार्टी – ५,८६,०२७ जनता समाजवादी पार्टी, नेपाल –४,२०,९३८ जनमत पार्टी –३,९४,३६८ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)–२,९४,०८३ नागरिक उन्मुक्ति पार्टी–२,७१,६५८ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल–१,६७,२७८ नेपाल मजदुर किसान पार्टी –७५,०४९ हाम्रो नेपाली पार्टी –५५,६०१ मंगोल नेशनल अर्गनाइजेशन –४८,५१८ राष्ट्रिय जनमोर्चा– ४६,३५२ नेपाल संघीय समाजवादी पार्टी– ४१,८०६ नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)–३०,४१३ राष्ट्रिय जनमुक्ति पार्टी –२३,८९४ जनता प्रगतिशिल पार्टी, नेपाल – १८,०४८ नेपाल आमा पार्टी–१७,८३२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १७,७९७ बहुजन एकता पार्टी नेपाल –१७,०६४ नेपाली काँग्रेस (बी.पी.) –१२,४७४ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल –१२,२६३ नेपाली जनता दल –९,९७० बहुजन शक्ति पार्टी –९,४३५ नेपालका लागि नेपाली पार्टी –८,३९६ नेपाल कम्युनिष्ट पार्टी –७,९९७ नेपाल लोकतान्त्रिक पार्टी –७,६९२ नेपाल जनता पार्टी – ७,५०६ नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – ७,३७२ मितेरी पार्टी नेपाल –७,०४२ जनजागरण पार्टी नेपाल –६,५३५ आमूल परिवर्तन मसिहा पार्टी नेपाल – ६,४०६ तराई मधेश लोकतान्त्रिक पार्टी –५,९६७ जनसमाजवादी पार्टी, नेपाल – ५,८६६ सामाजिक एकता पार्टी – ५,७७९ पिछडावर्ग निषाद दलित जनजाति पार्टी – ५,१०० विवेकशील साझा पार्टी – ४,०३४ एकीकृत शक्ति नेपाल –३,७५७ नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी –३,६९४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) –३,४०३ राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ३,३३० मौलिक जरोकिलो पार्टी –३,२१३ नेपाल समावेशी पार्टी –२,९५० नेपाल कम्युनिष्ट पार्टी परिवर्तन –२,१९१ राष्ट्रिय नागरिक पार्टी –२,१४१ नेश्‍नलिष्ट पिपल्स पार्टी –२,०१५

दोलखामा माओवादीका गंगा कार्कीको अग्रता कायमै

काठमाडौं । दोलखामा नेकपा (माओवादी केन्द्र) का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् ।कार्कीले ८ हजार ५०३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार ६८४ मत ल्याएका छन् । उनीहरूबीच ८१४ मतको अन्तर छ ।

बाजुरामा मतगणना पुनः सुचारू

बाजुरा । बाजुरामा मतगणना पुनः सुचारू भएको छ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेश सभा दुवैतर्फको मत गणना सुरु भएको हो। मुचुल्का भन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहानदेखि बाजुरामा मत गणना रोकिएको थियो। ‘मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नया मुचुल्का बनाएर मत गणना अगाडि बढाउने सहमती भयो’ पौडेलले भने।

माओवादी केन्द्रले गठबन्धनमा कुनै घात गर्दैन : रेखा शर्मा

दाङ । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले प्रधानमन्त्रीमा नेपाली कांग्रेसको दाबी स्वाभाविक भएको बताएकी छिन्। शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा कांग्रेसको दाबी रहनु स्वाभाविक भएको बताएकी हुन्। सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको उल्लेख गर्दै उनले पहिला कसले नेतृत्व गर्ने भन्ने विषयमा भने सहमति जुटाउनुपर्ने बताइन्। शर्माले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै पार्टी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरूले छलफल गरेर प्रधानमन्त्रीको टुंगो लाग्ने बताइन्। ‘कुनै एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव छैन, त्यसैले छलफलमा छौँ । प्रधानमन्त्री को हुन्छ भन्ने विषय छ, त्यो सहमतिका आधारमा ल्याउनुपर्छ भन्ने कुरा हो । आलोपालो प्रधानमन्त्री बन्ने भन्ने कुरा शीर्ष नेताहरू बसेर छलफल गर्नुभएको छ,’ उनले भनिन्, ‘कोबाट सुरुवात हुन्छ भन्ने कुरा सहमतिमा गर्नुपर्छ। को व्यक्ति हुन्छ भन्ने कुरा प्रधान होइन, गठबन्धनले के गर्छ भन्ने कुरा महत्वपूर्ण छ।’ नेतृ शर्माले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रतिक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रहसमेत गरिन्। लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषय तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको उनले जिकिर गरन्।

दोलखामा मतगणना स्थगित

काठमाडौं । दोलखामा मतगणना स्थगित भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो। दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् । दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।

धनराज गुरुङ एमालेकी अर्याल भन्दा २ हजार भन्दा मतले अगाडी

स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ को मगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता थप बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार गुरुङले ७ हजार ४ सय ७६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार पदमाकुमारी अर्यालले ५ हजार ६ सय ६९ त ल्याएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर २ हजार ७ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी टिकराज गुरुङले अर्याललाई पछ्याइरहेका छन् । अहिले गल्याङ नपाको ६ र ७ तथा भीरकोट नपाको ५, ६, ७, ८ र ९ र वालिङ १, २, ५ र ६ का मतगणना भएको छ । यस निर्वान क्षेत्रमा कुल ७० हजार १ सय ९१ मत खसेको छ । मतगणना भइरहेको क्षेत्र प्रदेशसभा (क)अन्तर्गत पर्दछ । (क)मा नेपाली कांग्रेसकै उम्मेदवार भोजराज अर्याल एमालेका उम्मेदवार मोहन रेग्मीभन्दा अगाडि छन् । २ (क) प्रदेशतर्फ नेपाली कांग्रेसका भोजराज अर्यालले २०८१ मतले अग्रता लिईरहेका छन् । भोजराज अर्याल ८२५१ ल्याउँदा प्रतिस्पर्धी मोहन रेग्मीले ६१७० मत प्राप्त गरेका छन् । एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले बुधबार मात्र स्याङजा बाजुरामा पुन: मतदान गर्नुको साटो मतगणना सुरू गर्ने निर्णय गरेपछि बुधबार रातिदेखि नै मतगणना सुचारू भएको हो ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ११ दशमलव २२ अंकले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य ६ मा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै, १० उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ। नेप्सेका अनुसार कारोबार भएका दुई सय ४१ कम्पनीको ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजारबराबरको कारोबार भएको छ। नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु। १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। त्यस्तै, एनसिसी बैंकको संस्थापक सेयर रु। आठ करोड १३ लाख ५९ हजार एक सय १५, हिमाल दोलखा हाइड्रोपावर रु। सात करोड ७१ लाख ९४ हजार दुई सय ३५, हिमालयन डिस्टिलरी रु। सात करोड दुई लाख १५ हजार आठ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था रु। चार करोड ४९ लाख ६० हजार तीन सय २७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। नेप्सेका अनुसार धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। श्वेतगंगा हाइड्रोपावर नौ दशमलव २१, लाइफ इन्स्योरेन्स कर्पोरेसन पाँच दशमलव शून्य आठ, स्वाभिमान लघुवित्त चार दशमलव ९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार दशमलव ३९ प्रतिशतले कमाएका छन्। यस्तै, सिटिजन म्युचुअल फन्ड तीन दशमलव ६४, घलेम्दी हाइड्रोपावर दुई दशमलव ६३, रुरु जलविद्युत् परियोजना दुई दशमलव ५३, सयपत्री हाइड्रोपावर दुई दशमलव ४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४० प्रतिशतले गुमाएका छन्।

बाजुरामा साढे ३ बजेदेखि मतगणना थालिने

डडेलधुरा । बाजुरामा मतगणना सुरु गर्ने तयारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वपक्षीय बैठकमा आज दिउँसो साढे ३ बजेदेखि मतगणना थाल्ने सहमति भएको हो । निर्वाचन आयोगले बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्न बुधबार निर्देशन दिएको थियो । तर, हिजो भएको सर्वपक्षीय बैठकमा नेकपा (एमाले)मा प्रतिनिधि सहभागी नहुँदा मतगणना सुरु हुन सकेको थिएन । आज भएको सर्वपक्षीय बैठकमा एमाले प्रतिनिधि पनि सहभागी भए । मतगणना गर्ने सहमति भयो ।