स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

स्लोभाकिया। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई उपचारार्थ अस्पताल लगिएको छ ।

स्थानीय सञ्चारमाध्यमले उनको पेट पाखुरा र खुट्टामा गोली लागेको जनाएका छन् । सरकारी बैठकबाट बाहिरिने क्रममा उनीमाथि ह्यान्डलोभा सहरमामा गोली प्रहार भएको हो ।

घटनास्थलमा रहेका पत्रकारका अनुसार थुप्रै गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाएको आरोप एक जनालाई नियन्त्रणमा लिएको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले एक्समा घटनाबाट आफू ‘सक’ भएको जनाएका छन् ।अन्तर्राष्ट्रिय विभिन्न व्यक्तित्वले घटनाको निन्दा गरेका छन् । स्लोभाकियाको आन्तरकि मामिला सम्बन्धी मन्त्रालयले प्रधानमन्त्रीको हत्या गर्न प्रयास भएको जनाएको छ ।

जेलबाट रिहा भए केजरीवाल

नयाँ दिल्ली । सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा भएका छन्।सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको थियो। न्याधिश सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । उनी ५० दिनपछि रिहा भएका छन् । तिहाड जेलमा रहेका केजरीवालले जेलबाट बाहिर निस्केसँगै आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफु तानाशाहीविरुद्ध लडिरहेको बताए । साथै उनले भोलिदेखि आफ्ना चुनावी प्रचारको कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

अमेरिकाले हतियार रोक्ने चेतावनी दिएपछि इजरायलको जवाफ– 'आवश्यक परे नङले लड्छौं'

काठमाडौं । अमेरिकाले हतियार रोक्ने चेतावनी दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै उभिन सक्ने बताएका छन् ।इजरायलले गाजाको रफाहमा पूर्ण मात्रामा आक्रमण गर्न आदेश दिए हतियारको ढुवानी रोक्ने चेतावनी अमेरिकाले दिएको थियो। तर, जवाफमा इजरायलका प्रधानमन्त्री नेतान्याहुले आफूहरूले आवश्यक परे नङले लड्ने बताएका छन् ।'आवश्यक परे हामी एक्लै उभिनेछौँ । आवश्यक परे नङले लड्छौँ,' उनले भनेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रफाहमा आक्रमण भए केही हतियारहरू रोक्ने बताएका छन् ।उता नेतान्याहुले १९४८ को युद्धलाई स्मरण गरेका छन् । ७६ वर्षअघिको स्वतन्त्रता संग्राममा आफूहरू धेरै देशविरुद्ध एक्लै लडेको बताएका छन् । 'त्यतिबेला हामीसँग हतियार थिएन । इजरायलमा हतियार प्रतिबन्ध थियो । तर ठूलो शक्ति, वीरता र एकताका साथ हामी विजयी भयौँ,' उनले भने ।

अमेरिकाद्धारा इजरायललाई हतियार ढुवानी रोक्यो

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इजरायललाई हतियार सहायताको ढुवानी रोकेको छ । अमेरिकाले इजरायली सेनाद्वारा रफाहमा ठूलो मात्रामा सैन्य कारवाहीले नागरिकको ज्यान गुमाइरहेको प्रति चिन्ता व्यक्त गर्दै इजरायललाई केही अवधिका लागि हतियार सहायताको ढुवानी रोकेको जनाएको छ । राज्य विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायललाई सुरक्षा सहायता रोक्ने कुरा पुष्टि गर्नुभएको थियो । राष्ट्रपति जो बिडेनको प्रशासनले राफाहको अवस्थालाई नियालरिहेको बताएको छ ।

पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ पाँच वर्षपछि युरोपको सद्भावना भ्रमणमा निस्केका छन् । चीन र बेल्जियमबीच आर्थिक तनाव बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी युरोप भ्रमणमा निस्किएका हुन्। उनले सोमबार फ्रान्स पुगेर समकक्षी इम्यानुअल म्याक्रोँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोनडिअरसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी सर्बिया र हंगेरी जाने कार्यक्रम छ । सर्बिया र हंगेरी रूसलाई सहयोग गरिरहेका युरोका देश हुन् । चीनका राष्ट्रपति सी तीन उद्देश्यले युरोप भ्रममा निस्किएको विज्ञहरुको मत छ । पहिलो, युरोप र चीनबीच रूस(युक्रेन युद्धपछिको सम्बन्ध सुधार । दोस्रो, आर्थिक तथा सुरक्षासम्बन्धी एजेण्डामा छलफल र तेस्रो सर्बिया र हंगेरीसँग चीनको समेत बलियो सम्बन्ध रहेको सन्देश प्रवाह । भूराजनीतिक मामिलाका जानकार म्याट जेरासिमले अलजजिरासँग भनेका छन्, ‘सीले युरोप पुगेर सम्बन्ध सुधारसँगै  आर्थिक र सुरक्षा मामिलामा युरोपियन चासोलाई सम्बोधन गर्न खोजेका छन् । सर्बिया र हंगेरीसँग आफ्नो पनि राम्रो सम्बन्ध रहेको सन्देश उनले दिन चाहेका छन् ।’ बेइजिङ र पेरिसले कुटनीतिक वर्षगाँठको ६ दशक समेत मनाउँदैछन् । विश्व सुरक्षा मामिलामा दुई युद्धका कारण चुनौती थपिएको अवस्थामा सी युरोपतर्फ निस्किएका हुन् । सीको भ्रमणमा अन्तर्राष्ट्रिय संकटबारे छलफल हुने फ्रान्सका अधिकारीहरूले बताएका छन् । ‘दुई मुलुकबीच अर्न्तराष्ट्रिय संकट, मध्यपूर्व र रूस(युक्रेन युद्धका सवालमा छलफल हुनेछ’, फ्रान्सेली पक्षको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ। म्याक्रोँ युरोपको सुरक्षामा सबैभन्दा प्रखर रूपमा अघि सरिरहेका छन् । उनले सीलाई रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न दबाबका लागि आग्रह गर्ने अपेक्षा राखिएको छ । यस युद्धले युरोपको अस्तित्वमा चुनौती थपेको म्याक्रोँले इकोनोमिस्टसँगको कुराकानीमा भनेका छन् । ‘यो युद्ध रूसले जितेको अवस्थामा युरोप सुरक्षित हुनेछैन । रूस यहीसम्म रोकिन्छ भन्ने के सुनिश्चितता छ रु युक्रेनलाई हमला गरेको रूसले मोल्डोभमा, रोमानिया, पोल्याण्ड वा लिथुआनियालाई उसै छोड्ला र ?’ म्याक्रोँको प्रश्न थियो । यो भेटमा युरोपेली युनियनले युद्धबारे मात्रै नभएर चीनले विद्युतीय सवारी साधनमा दिएको अनुदानले थपेको चुनौतीबारे समेत छलफल गर्नेछ । चिनियाँ घरेलु अनुदानले युरोपेली कम्पनीहरूले बजारमा प्रतिस्पर्धा गर्न चुनौती थपिने भएकाले यसमा छलफल हुने भएको हो । सी युरोप जानुअघि विदेश मन्त्रालयका प्रवक्ता ली जिआनले युरोपसँग रणनीतिक तथा आर्थिक साझेदारीका लागि रचनात्मक छलफल हुने बताएका थिए। ‘हामी फ्रान्स र समग्र युरोपसँग रणनीतिक साझेदारीको पक्षमा छौँ । आपसी हित तथा विश्व शान्तिका  लागि दीर्घकालीन सहकार्यको प्रस्ताव सहित राष्ट्रपति भ्रमणमा निस्किनुभएको छ’, उनले भनेका थिए। सोमबार म्याक्रोँले समकक्षी सी र चिनियाँ फर्स्ट लेडी पेङ लीयुआनलाई राजकीय भोजमा सरिक गराउनेछन् । त्यसपछि मंगलबार उनले  हिमाल दृश्यावलोकनका लागि लाने कार्यक्रम छ। त्यसपछि उनी सर्बिया पुग्नेछन्। सर्बिया युरोपेली युनियनको सदस्य राष्ट्र भने होइन। सर्बियामा चीनको ठूलो लगानी रहेको छ। मे ८ मा सीले हंगेरीको बुडापेस्ट पुगेर युरोपको यात्रा अन्त्य गर्नेछन् । उनले त्यहाँ राष्ट्रपति भिक्टर ओरबानसँग भेट गर्नेछन्। हंगेरीले लिएको नीतिबारे युरोपेली युनियनका सदस्यहरूले प्रश्न उठाइरहेका छन् । मस्को र बेइजिङसँग हंगेरीको हिमचिमबारे प्रश्न उठ्ने गरेको छ । अझ उसले सुरक्षा सहकार्य सम्बन्धमा मस्को र बेइजिङसँग सहमति गरेपछि युरोपेली युनियनमा हंगेरीप्रति असन्तुष्टि बढ्दै आएको छ । हंगेरी बीआरआईमा समेत संलग्न राष्ट्र हो । युरोप भ्रमणका दौरान मानवअधिकारका सवालमा पनि छलफल हुनेछ । करिब १० लाख तिब्बती बालबालिका शिक्षाबाट बञ्चित भएको उइगुर समुदायप्रति दमन भएको लगायतका विषयमा पनि छलफल गर्ने तयारी युरोपेली आयोगको छ । विशेषगरी रूस युक्रेन युद्ध रोक्नका लागि थप पहल लिन म्याक्रोंले दबाब दिनसक्ने अपेक्षा राखिएको छ ।

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्युरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेकी छिन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए।  सल्लाहकार सापकोटाअनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको सामाजिक र आर्थिक विकासमा युएनडिपीले सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा  युएनडिपीको सहयोग रहने विश्वास व्यक्त गरे।  राष्ट्रसङ्घका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–युनडिपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

अमेरिकामा झन् चर्कियो विद्यार्थी आन्दोलन : ३०० भन्दा बढी पक्राउ, केही निलम्बन

क्यालिफोर्निया । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वद्यिालयबाट सुरु भएको विद्यार्थी आन्दोलन देशका विभिन्न भागमा फैलँदै गएको छ । यसक्रममा प्रहरीले बुधबार विभिन्न स्थानबाट ३०० भन्दा बढी विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। प्यालेस्टाइनको पक्षमा करिब दुई साताअघि यो आन्दोलन सुरु गरिएको थियो । प्रहरीले मंगलबार रातिबाट हस्तक्षेप गरेपछि आन्दोलन झन् चर्किएको छ । न्युयोर्कमा प्यालेस्टाइनको समर्थनमा धेरै विद्यार्थी लागेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जेल्समा भने इजरायल र प्यालेस्टाइन पक्षधर विद्यार्थीबीच झडप नै भएको छ । त्यहाँ युनिभर्सिटी प्रशासनले प्रहरीलाई हस्तक्षेप गर्न आग्रह गरेको थियो । त्यसपछि प्रहरी पुगेको थियो । तर, प्रहरीका तर्फबाट आवश्यक सहयोग नभएको भन्दै क्यालिफोर्नियाका गभर्नरका तर्फबाट नै आलोचना गरिएको छ । गभर्नर गाभीन न्युसोमका प्रवक्ताले भनेका छन्, “सीमित रूपमा र ढिलो मात्र गरिएको प्रहरी हस्तक्षेप अस्वीकार्य छ ।” सयौँ प्रहरी बुधबार क्याम्पस र आसपासका स्थानमा खटिएका थिए । मंगलबार राति प्रहरी खटिनुअघि नै स्थानीय डिक्सन प्लाजामा दुई पक्षका विद्यार्थीबीच झडपको अवस्था सिर्जना भएको थियो । सो क्षेत्रमा केही मानिसले सुरक्षाकर्मीले छिटो कदम नचालेको आरोप लगाएका छन् । झडप करिब दुई घण्टा चलेपछि प्रहरीले बुधबार बिहानसम्ममा अवस्था नियन्त्रणमा लिएको जनाइएको छ । गभर्नर न्युसोमले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “कानुन प्रस्ट छ । स्वतन्त्र अभिव्यक्ति हिंसा, तोडफोड वा कानुनविहीनताको अवस्थामा पुर्‍याउने गरी उत्तेजना बढाउने हुनु हुँदैन ।”  आन्दोलनरत विद्यार्थीहरू निलम्बन अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयले क्याम्पस हातामा खडा गरेको विरोध शिविरहरू नहटाएका कारण विद्यार्थीहरूलाई निलम्बन गर्न थालेको छ। ती विरोध शिविर हटाउन दिइएको समयसीमालाई सयौँ प्रदर्शनकारी विद्यार्थीहरूले अटेर गरेका थिए। दुई सातादेखि जारी त्यस्ता विरोधका गतिविधि सोमवारसम्म अन्त्य नगरिए अनुशासनको कारबाही गर्ने कलेज अधिकारीहरूले चेतावनी दिएका थिए। सोमवारको समयसीमा नजिकिँदै गर्दा अध्यापनमा सामेल दर्जनौँ कर्मचारीहरूले विद्यार्थीहरूलाई बचाउ गर्न वरिपरि घेरा हालेका थिएबीबीसीबाट ।

उत्तराखण्डमा पतन्जलीको १४ लाइसेन्स रद्ध

उत्तराखण्ड । भारतको उत्तराखण्ड सरकारले यही अप्रिल १५मा एक आदेश जारी गरेर पतन्जलीका १४ उत्पादनका लाइसेन्स रद्ध गरेको सर्वोच्च अदालतलाई जानकारी दिएको छ। ‘ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्ट’को उल्लंघन गरेका कारण रामदेव, आचार्य बालकृष्ण र पतन्जलीविरुद्ध आपराधिक गतिविधिमा उजुरीसमेत दर्ता गरिएको जनाइएको छ।  उत्पादन रद्ध गरिएका सामग्रीमा स्वासारी गोल्ड, स्वासारी वटी, ब्रोंकोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवांस, लिवोग्रिट, आइग्रिट गोल्ड र पतन्जली दृष्टि आइड्रप रहेको जनाइएको छ। भारतको सर्वोच्च अदालतको जिज्ञासामा स्थानीय सरकारले सो जवाफ  दिएको हो। रामदेव र बालकृष्णमाथि सर्वोच्चको आदेशको अवहेलना गरेको बारेमा सुनुवाई भइरहेको बेलामा राज्य सरकारले पनि उत्पादन रद्ध गरेको हो।  केही अघि पतन्जलीका तर्फबाट अखबारमा बिना शर्त क्षमायाचना प्रकाशित भएको थियो। सर्वोच्च अदालत इन्डियन मेडिकल एशोसिएसनको २०२२ को एक याचिकामा सुनुवाई गरिरहेको जनाइएको छ।  जसमा कोभिड टीकाकरण अभियान र चिकित्साको आधुनिक प्रणालीको बदनाम गरिएको आरोप लगाइएको छ। गएको हप्ता सुनुवाइका क्रममा न्यायाधीश हिमा कोहली र अहसानुद्धिन अमानुल्लाहको बेन्चले पतन्जलीसँग अदालतको आदेशको अवहेलनामा जवाफ मागेको थियो। सर्वोच्चले पतन्जलीसँग जोडिएको दिब्य फार्मेसीको बारेमा पनि सुनुवाइ गरिरहेको छ। जसले विज्ञापन निकालेर थाइराइड, कलेजो र छालाका बिरामीको समस्या पुरै ठीक हुने जनाएको थियो।त्यसमा आधुनिक चिकित्सा विज्ञानलाई पनि आलोचना गरिएको थियो।यसबारेमा रामदेव र आचार्य बालकृष्णले अदालत समक्ष बिना शर्त माफी मागिसकेका छन्। बीबीसीबाट

प्यालेस्टाइनको पक्षमा अमेरिकाभर प्रर्दशन, गाजामा भेटियो ३ सय ९२ जनाको सामुहिक चिहान

क्यालिफोर्निया। संयुक्त राज्य अमेरिकाका दर्जनौँ क्याम्पसहरूमा 'स्वतन्त्र प्यालेस्टाइन'को नारा सहित विद्यार्थीहरुले गरेको पर्दशन चर्किएको छ । इजरेलले गाजा क्षेमा नरसंहार गरेको भन्दै उक्त युद्ध रोक्न माग गर्दै प्रदर्शन भइरहँदा क्यालिफोर्नियाको लस एन्जलीसस्थित एउटा विश्वविद्यालयले दुई सातापछि हुने दीक्षान्त समारोह स्थगित गरेको छ। सुरक्षाको कारण देखाउँदै यूनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया (यूएससी) ले मे १० मा हुन लागेको मुख्य दीक्षान्त समारोह उक्त दिन नहुने जानकारी दिएको छ।एट्लान्टाको एमरी यूनिभर्सिटीमा बिहीवार २८ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो।अमेरिकामा गत साता न्यूयोर्कको कोलम्बिया यूनिभर्सिटीबाट विरोधप्रदर्शनको लहर सुरु भएको थियो।बिहीवार विज्ञप्ति जारी गर्दै यूएससीले आफ्नो परिसरमाूविद्यार्थी, तिनका परिवार र साथीहरू समेत गरी ६५,००० मानिस उपस्थित हुने गरेको प्रमुख कार्यक्रम गर्न नसक्ने” अवस्था बनेको बताएको छ। प्रहरीले प्रदर्शन रोक्ने क्रममा बुधवार कैयौँ मानिसलाई पक्राउ गर्नुका साथै विश्वविद्यालयले दीक्षान्तका लागि बनाएका अस्थायी संरचना हटाउन निर्देशन दिएपछि विश्वविद्यालय उक्त निर्णयमा पुगेको हो।यो विश्वविद्यालयले यसअघि एक मुस्लिम विद्यार्थीलाई नखुलाइएको सुरक्षा खतराका कारण दीक्षान्त समारोहमा आफ्नो मन्तव्य राख्न नदिइने जनाएको थियो। अन्य विश्वविद्यालयमा पनि प्रदर्शन अहिले अमेरिका हरेका प्रदेशका विश्वविद्यालयमा विद्यार्थीहरुले पर्दशन गरिरहेका छन् । एट्लान्टाको एमरी यूनिभर्सिटीमा पनि प्रदर्शन हुन थालेको छ। त्यहाँ प्रदर्शनकारीहरूले प्यालेस्टाइनको समर्थन गर्नुका साथै एट्लान्टामा प्रहरी तालिम केन्द्र स्थापना गर्ने विषयप्रति आपत्ति जनाएका छन्।त्यस्तो केन्द्र स्थापना गर्ने योजनाको स्थानीयवासीहरूले विरोध गर्दै आएका थिए। विपक्षीहरूले उक्त स्थानलाई प्रहरी नगर बनाउन लागिएको भन्दै विरोध गरेका छन्।एमरीले जारी गरेको वक्तव्यमा विश्वविद्यालयबाहिर भइरहेको प्रदर्शनमा विद्यार्थीहरू पनि सहभागी भएका र त्यसबाट विश्वविद्यालयलाई अन्तिम परीक्षाको तयारी र अध्ययन अध्यापन प्रभावित भएको उल्लेख गरेको छ।अमेरिकामा विद्यार्थीहरुले विश्वविद्यालय मा क्याम्प खडा गरेर पर्दशन गर्ने गर्दछन् । प्रहरी प्रदर्शनकारी तनाव प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूलाई धकेलेको दाबी एमरी प्रहरीले जनाएको छ।अधिकारीहरूमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुन कार्यान्वयनकारी निकायले भिड तितरबितर पार्न रासायनिक पदार्थ प्रयोग गर्‍यो,” एमरी प्रहरीले भनेको छ।एट्लान्टाको प्रहरीले पनि भिड नियन्त्रण गर्न रासायनिक पदार्थ प्रयोग गरिएको जनाएको छ तर उसले रबरका गोली प्रहार गरिएको आरोप अस्वीकार गरेको छ। कसरी सुरु भयो प्रदर्शन यसअघि न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयमा प्रदर्शनका क्रममा १०० जना पक्राउ परेका थिए। प्रदर्शनको लहर अहिले दर्जनौँ क्याम्पसहरूमा फैलिएको छ।अभियानकर्मीहरूले विश्वविद्यालयहरूलाई “नरसंहार रोक्न ” आग्रह गर्दै आएका छन्। उनीहरूले इजरेलले गाजामा अघि बढाइरहेको युद्धलाई सहयोग पुग्न सक्ने हतियार उत्पादन गर्ने कम्पनीमा विश्वविद्यालयको आर्थिक स्रोत लगानी नगर्न पनि आह्वान गरेका छन्। दक्षिण अफ्रिकाले एउटा अन्तर्राष्ट्रिय अदालतमा गाजामा नरसंहार गरेको भन्दै इजरेलविरुद्ध हालेको मुद्दा चलिहरेको छ। इजरेलले भने उक्त आरोप आधारहीन भएको दाबी गर्दै आएको छ।कनेटिकटस्थित येल यूनिभर्सिटीमा कानुनकी विद्यार्थी चिसातो मिमुराले अभियानकर्मीहरू “नरसंहारमा प्रयोग भएका हतियार उपलब्ध गराएको र त्यसका लागि अनुदान दिएकोमा” राष्ट्रपति जो बाइडन र विद्यालयका अधिकारीहरूसँग दुःखी भएको बताइन्।गाजा युद्धः समर्थनको विषयमा इजरेली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिको कुरा बाझियो यहुदी विद्यार्थीको प्रतिक्रिया कतिपय प्रदर्शनहरू यहुदीविरोधी भावनाबाट प्रेरित भएको आरोप लागेको छ।कतिपय यहुदी विद्यार्थीहरूले कोलम्बियामा असुरक्षित महसुस भएको बताएका छन् भने अरू केही यहुदी विद्यार्थीहरू प्रदर्शनमा सहभागी पनि भएका छन्। यूएससी प्रशासनले प्रदर्शनकारी विद्यार्थीहरूसँग सहमतिका लागि समयसीमा तोकेको छ। सहमति नभए विश्वविद्यालय शान्त राख्न आवश्यक उपाय अवलम्बन गरिने विश्वविद्यालयले चेतावनी दिएको छ।सो विश्वविद्यालयको क्याम्पसमा प्रदर्शनमा गर्ने एक डेमोक्र्याटिक पार्टीकी सांसदकी छोरी पनि छिन्। गाजामा ३ सय ९२ जनाको सामुहिक चिहान फेला  गाजामा ३ सय ९२ जनाको सामुहिक शव भएको चिहान फेला परेको छ । सो चिहान  तीनवटा छुट्टाछुट्टै ठाउँमा सामूहिक रुपमा भेटिएपछि त्यसको स्वतन्त्र छानविनको माग गरिएको छ । दक्षिणी गाजा पट्टीको खान युनिसको नासेर अस्पतालमा मानिसहरू र स्वास्थ्यकर्मीहरूले शव फेला पारेका हुन्। संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गाजाका सामूहिक चिहानहरूबाट सबै फोरेन्सिक प्रमाणहरू  सुरक्षित राख्न आग्रह गरेका छन् जसमा अन्तर्राष्ट्रिय छानबिनको आवश्यकता औल्याइएको छ। प्यालेस्टाइन सिभिल डिफेन्सले गाजामा ३ सय ९२ शव फेला परेका तीनवटा छुट्टाछुट्टै सामूहिक चिहानको स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।बिबिसि र अल जजिराको सहयोगमा 

घुष लिएको आरोपमा रुसका उपरक्षा मन्त्री जेल चलान

काठमाडौं । रुसका एक उपरक्षा मन्त्रीलाई घुस लिएको आरोपमा मस्कोको एक अदालतले जेल चलान गरेको छ ।घुष लिएको आरोप अस्वीकार गरेको भएपनि अदालतले टिमुर इभानोभलाई विशेष गरी ठूलो मात्रामा घुस लिएको आरोपमा दोषी ठहर गरेको छ । पाँच वर्षको अनुसन्धान पश्चात उनलाई १ मिलियन रुबल भष्ट्राचार गरेको भन्दै दोषी ठहर गरिएको छ । तर उनी अदालले दोषी ठहर गर्नु पहिलेसम्म जिम्मेवारी मै थिए । सन् २०१६ मा रक्षा मन्त्रालयमा नियुक्त भएका ४७ वर्षीय इभानोभले रुसको सैन्य पूर्वाधार परियोजनाको जिम्मेवारी सम्हालेका थिए।रुसी जनताले लामो समयदेखि रूसमा हुने गरेको भ्रष्टाचारको विरोध गर्दै आएका छन् । यद्यपि, २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेदेखि नै यस्ता उच्च प्रोफाइलका भ्रष्टाचार घटनाहरू विरलै सार्वजनिक भएका छन्। इभानोभलाई रक्षामन्त्री सर्गेई शोइगुको सहयोगी मानिन्छन् र धेरै वर्षदेखि उनीसँग काम गरेका व्यक्ति हुन्। उनी पहिले मस्को क्षेत्रका उपप्रधानमन्त्री थिए । जहाँ उनले शोइगुले छोटो समयका लागि गभर्नरको रूपमा सेवा गरेका थिए । २०२२ मा, भ्रष्टाचार विरोधी फाउन्डेसन (एसिएफ), दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नी द्वारा स्थापना गरिएको समूहले श्री इभानोभलाई रूसले कब्जा गरेको युक्रेनको क्षेत्रहरूमा निर्माणको क्रममा भ्रष्टाचार योजनाहरूमा भाग लिएको आरोप लगाइएको छ ।

अमेरिकाको तल्लो सदनबाट युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पारित

वाशिङटन डीसी । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ । प्रस्ताव केही दिनभित्रै सिनेटबाट पारित हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । कंग्रेसमा लामो समयदेखि सहयोग प्रस्ताव अड्किएर बसेको थियो। सिनेटबाट पनि पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरेर सहयोग विधेयकलाई कानुनको रूपमा मान्यता दिनेछन्।यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन्। विश्वस्तरमा लोकतन्त्र र स्वतन्त्रताको सधैं महत्त्व रहने र यसको रक्षाको लागि अमेरिका रहेसम्म यिनीहरू कहिल्यै असफल नहुने उनको भनाई छ । यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ ।गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेज पनि छुट्टाइएको छ ।

इरानमा इजरायली आक्रमणको ओमानद्धारा निन्दा

तेहरान । मध्यपूर्वमा शान्ति स्थापनार्थ मध्यस्थता गरिरहेको ओमानले इरानमा भएको आक्रमणको निन्दा गरेको छ । ओमानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय इरानमा बारम्बार इजरायली सैन्य हमलाहरू को निन्दा गरेको बिबिसिले जनाएको छ । ओमानले मध्यपूर्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको र अवस्थालाई तनावपूर्ण नबनाउन प्रयास गरिरहेको छ। फ्रान्सले पनि मध्यपूर्वमा यस क्षेत्रमा तनाव कम गर्न आह्वान गरेको छ । फ्रान्सका उप विदेश मन्त्री जीन नोएल ब्यारोटले संयमता अपनाउनका लागि आह्वान गरेका छन् ।

इजरायलद्वारा इरानमाथि हमलाको खबरा सार्वजनिक हुनासाथ बढ्यो तेल र सुनको मूल्य

तेहरान । इजरायलद्वारा इरानमाथि हमला भएको सार्वजनिक हुनासाथ विश्वमा तेल र सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार बिहान एसियामा क्रुड तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको बिबिसिले जनाएको छ । जसानुसार प्रतिब्यारेलमा ९० डलरसम्म वृद्धि भएको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् प्रतिऔँस दुई हजार ४०० डलर पुगेको छ । सेयर बजारमा भने विश्वव्यापी रूपमा गिरावट आएको छ । जापान, हङकङ र दक्षिण कोरियाको स्टक एक्सचेन्जको बेन्चमार्कमा गिरावट आएको छ ।

इरानले नष्ट गरिदियो इजरायलको ड्रोन

तेहरान ।इरानस्थित इस्फाहानको आकाशमा देखिएका तीनवटा ड्रोनहरू इरानको वायु रक्षा प्रणालीले नष्ट गरिदिएको रोयटर्सले जनाएको छ । इरानको आकाशमा त्यहाँको समय अनुसार १२ः३० बजे ड्रोनहरू देखिएको तर इरानले तुरुन्तै नष्ट गरिदिएको इरानी सरकारी टिभीले जनाएको छ । यसअघि, अर्धआधिकारिक फार्स समाचार एजेन्सीले इस्फाहानको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोटको आवाज सुनिएको बताएको थियो। इस्फहान प्रान्तमा ठूलो एयर बेस, एक प्रमुख मिसाइल उत्पादन परिसर र धेरै आणविक साइटहरू रहेका छन्।

उत्तरी इजरायलमा भुलवस साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा गल्तीबस अलर्ट साइरन सक्रिय बनाएको बताएको छ ।इजरायली आक्रमण लगत्तै उत्तरी इजरायलमा साइरन अलर्ट गरिएको थियो ।

उत्तरी इजरायलमा साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा अलर्ट साइरन सक्रिय बनाएको छ।इजरायली आक्रमणसँगै इरानले पनि आक्रमण गर्न सक्ने भएको कारण नागरिकलाई सुरक्षा सचेतता अपनाउनका लागि साइरन अलर्ट गरिएको हो ।