एमालेको चुनावी सभा

पोखरा, वैशाख २५ । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिका विभिन्न वडामा आइतबार चुनावी सभा सम्पन्न भएको छ । एमालेले पोखराको वडा नं.२५, वडा नं.१९, वडा नं.१६ र वडा नं.१ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

उम्मेदवारहरु वडा पुग्दा स्थानिय बासिन्दाले फुलमाला र अविर लगाएर भव्य स्वागत गदै एमालेलाई मतदान गर्ने बताएका थिए । पोखरा २५ को हेमजामा आयोजित चुनावी सभामा बोल्दै एमालेबाट पोखरा लेखनाथ महानगरपालिकाका उपमेयरका उम्मेदवार मानबहादुर जिसीले एमालेले सार्वजनीक गरेको घोषणापत्रलाई पूर्णरुपमा कार्यान्वयन गदै जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

‘नेकपा एमालेका उम्मेदवारले जिते जनताको सेवक भएर काम गर्ने छौ, तर अरुले जिते शासक बन्नेछन्, त्यसैले जनताको सेवामा समर्पित हुने उम्मेदवार छान्न आग्रह गर्दछु ।’ उनले पोखरालाई सुविधा सम्पन्न, प्रविधि र सेवाग्राहीमैत्री महानगर बनाउने बताए । पोखराका बासिन्दालाई स्वच्छ पिउनेपानी,सवै सडकलाई ब्यवस्थित र कालोपत्रे गदै विकासको गति दिने बताए ।

उपमेयरका उम्मेदवार मञ्जु गुरुङले पोखराको समग्र विकासको गुरुयोजना निर्माण गरेर चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले पोखरालाई महिला हिंसामुक्त शहर, बालमैत्री शहर निर्माण गदै बेरोजगार युवायूवतीलाई स्वरोजगार बनाउने बताइन् ।

‘म आमा, छोरी र दिदी भएका कारण महिला हिंसा, बालमैत्री र बाहिनीहरुलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रम संचालन गर्ने छु ।’

कार्यक्रममा अखण्ड पार्टी छाडेर एमाले फर्किएकी पुष्पा केसी भण्डारीले देशको स्वाभिमानका रक्षाका लागी एमालेनै उपयूक्त पार्टी भएको बताइन् । जातीय राजनीतिका विरुद्ध स्थापना भएको पार्टीलाई पद र ब्यक्तिको स्वाथका लागी प्रयोग गरेका कारण छाडेर एमालेमा फर्किएको उनले बताइन् ।

त्यस्तै एमालेले पोखरा १६ लामाचौरमा पनि आम सभा सम्पन्न गर्यो । आम सभामा मेयरका उम्मेदवार मानबहादुर जिसीले सिंहदरबारको अधिकार वडा र गाँउगाँउमा आएको बताउदै अव जनतालाई घरबाटै सेवा प्रहाव गर्ने ब्यवस्था मिलाइने बताए । उपमेयरका उम्मेदवार मञ्जु गुरुङले जनताको पक्षमा काम गर्ने बताइन् ।

त्यस्तै पोखराको वडा नम्वर १ मा पनि एमालेले सभा गरेको छ । सभालाई सम्वोधन गदै एमाले नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले एमालेले जितमात्रै पोखराको मुहार फेरिने बताए ।

नेपाली काँग्रेस र माओबादी केन्द्रले देशलाई जातीयताका नाममा बिखण्डन गर्ने तर्फ केन्द्रीत भएकाले देशको विकास र समृद्धिका लागी एमालेको विकल्प नभएको बताए । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले आफनो उम्मेदवारले गरेको प्रतिबद्धतालाई निवाचनपछि कार्यान्वयन गर्ने जिम्मा आफनो र पार्टीको भएको बताउदै पार्टी र जनता विरुद्ध काम गर्नेहरुलाई तत्काल पार्टीबाट निष्कासन गर्ने चेतावनी दिए ।

सबै सभामा एमाले नेताहरु एमाले स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी (प्यासी), सांसदद्धय रविन्द्र अधिकारी सीता , सल्लाहाकार परिषद्का उपाध्यक्ष खगराज अधिकारी, प्रदेश नम्वर चारका सचिव जगत विश्वकर्मा, सदस्य श्रीनाथ बराललगायते एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।

सभामा कलाकार प्रजापती पराजुली, श्रीराम अधिकारी, तारापती सुवेदी लगायतले गीत मार्फत एमालेर्लाइ मतदान गर्न आग्रह गरेका थिए । सोही अवसरमा विभिन्न पार्टीी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुर्लाइ माला र अविर लगाएर नेताहरुले पार्टी प्रवेश गराएका थिए ।

देशभरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख २५ । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आजदेखि ३१ सम्म प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिईको छ । बिद्यालयमै मतदान केन्द तोकिएको र शिक्षकहर समेतनिर्वाचनमा सहभागी भएको अवस्थामा पढाई प्रभावित हुने भएपछि बन्द गरिएको हो । निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा पनि सार्वजनिक बिदा दिर्इएको छ ।

प्रत्येक मतदान केन्द्रमा २८ प्रहरी : गोली चलाउन सक्ने अधिकार

काठमाडौं, वैशाख २५ । यहि ३१ गते  हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोलि चलाउन सक्ने अधिकारसहित गृहमन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको नागरिकमा खबर  छ । ३४ जिल्लाको दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ ।

निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे जानकारी

जुम्ला, वैशाख २५। निर्वाचन आयुक्त सुधीर शाह नेतृत्वको पाँच सदस्यीय टोलीले ६ नं प्रदेशका तीन जिल्लाको स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी लिएको छ । जुम्ला, डोल्पा र कालीकोटको निर्वाचन तयारीबारे आज सो टोलीले जानकारी लिएको हो । सो अवसरमा निर्वाचन आयुक्त शाहले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, र भयरहीत वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्लाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । टोलीका सदस्य तथा क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले निर्वाचनलाई निष्पक्ष बनाउन निजामती कर्मचारी, सुरक्षा निकाय र स्थानीय प्रशासनको बीचमा सञ्चार समन्वय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनका क्रममा देखिने समस्याको समाधान गर्न पूर्वतयारीमा लाग्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिए । सो अवसरमा प्रहरी नायब महानिरीक्षक विजयलाल कायस्थले निर्वाचनलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले इमान्दारितापूर्वक आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताए । यसैबीच, जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जिल्लाका ८७ वटै मतदान केन्द्रको सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए । निर्वाचनको सुरक्षका लागि एक हजार ५४४ सुरक्षाकर्मी परिचालन गरिने  बताए । करिब ७०० को सङ्ख्यामा नेपाल प्रहरी र म्यादी प्रहरी, सोही सङ्ख्यामा नेपाली सेना, १३० को सङ्ख्यामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट दुई÷दुई जनाको दरले सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए । मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीसहित सुरक्षाकर्मी तथा कर्मचारी यही वैशाख २७ गतेसम्म कार्यक्षेत्रमा पुगिसक्ने प्रजिअ सापकोटाले बताए ।

माओवादीको उपहार, बागमती गाउँपालिकामा सिंहदरबार

ललितपुर, वैशाख २४ । बागमती गाउँपालिकाका ललितपुरमा माओवादी केन्द्रका प्रभावशाली मानिने अध्यक्षका उम्मेद्वार राजु आलेमगरले आफू विजयी भएमा विकासका लहरहरुतर्फ उन्मुख गराउँदै बागमती गाउँपालिकालाई सुुन्दर र समृद्ध गाउँपालिका बनाउने उद्घोष गरेका छन् । यसको लागि जसको नीति उसकै नेतृत्व बनाउन माओवादी केन्द्रले जित्नैपर्ने उनले बताए । पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त सम्भावना बोकेको यस बागमतीलाई आलेमगरले, ‘आहा ! यस्तो पो गाउँपालिकाका हुनुपर्छ त भनेर कोही कसैले भन्न सक्ने आँखाको नानी जस्तो सुन्दर र समृद्ध गाउँपालिका बनाउन मसँग केही योजना भएकोले माओवादी केन्द्रको जित यस गाउँपालिकामा अनिवार्य हुनुपर्छ’ बताए । शुव्रmवार बागमती गाउँपालिकामा घरदैलो गरि वडा नं ४ प्युटारमा चुनावी आमसभामा आफ्नो धारणा प्रस्तुत गर्दै आलेमगरले गाँउपालिकालाई समृद्ध बनाउने अल्पकालिन र दीर्घकालिन योजना आफुसँग भएको वताउदै विजयी भएमा कार्यान्वयन गर्ने धारणा व्यक्त गरे । उमेद्वार आलेमगरले सदरमुकामदेखि गाउँपालिका सम्म पक्की बाटो निर्माण गर्ने, खेलकुद मैदान निर्माण गर्र्ने, सुविधा सम्पन्न अस्पताललाई निर्माण गर्ने र बागमती गाउँपालिकाका बासिन्दालाई सर्वसुलभ उपचारको व्यबस्था गर्ने बताए । उनले यहाँका सामुदायिक विद्यालयहरुको गुणस्तरमा बृद्धि गर्ने, बागमतीलाई साँस्कृतिक गाउँको रुपमा विकास गर्ने, पर्यटकीय गन्तव्य बनाउने, सडक, सरसफाई र खानेपानीको पहुँचमा बृद्धि गर्ने योजनाहरु लिएर निर्वाचनमा आएको बताए । आलेमगरले आफ्नो जितसँगै बागमती गाउँको शिक्षा, स्वास्थ्य, सरसफाई र सडक विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउदै गाउँपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, यहाँका नागरिकको आयस्रोतलाई उच्च बनाउने, बागमती गाउँपालिका नेपालकै नमुना र सफल कृषि आधुनिकिरण एवं उत्पादनको जिल्लाको रुपमा विकास गर्न महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । हाइड्रो मार्फत विजुली उत्पादन गरी आर्थिक स्तरमा वृद्धि गर्ने उनले बताए । त्यस्तै बागमती गाउँपालिकाको माओवादी केन्द्रकी उपाध्यक्ष कमला थापामगरले सवै जातजाति, भाषाभाषी र वर्गको अधिकारलाई सुनिश्ति गर्दै बागमती गाउँपालिकाको समग्र विकासका लागी आफ्नो उम्मेद्वारी भएको बताउदै बागमती गाउँपालिका सडक र खानेपानीबाट जोड्ने, गाउकाँ हरेक वडामा सडकको स्तरोन्नति गर्ने, स्वास्थ्य संस्थाको विकास गर्दै गाउँ गाउँमा पहुँच पु¥याउने कार्य गर्ने बताईन । अन्य राजनितीक दल भन्दा छिटो गरी अध्यक्ष र उपाध्यक्षको टुंगो लगाएको माओवादी केन्द्र बागमती गाउँपालिकाले अहिले चुनावि अभियान, कोण सभा तथा घरदैलो कार्यक्रमलाई व्यापक र आकर्षक वनाएको छ । बागमती गाउँपालिका वडा नं ४ का एक युवाले नेताहरुले घोषणापत्रमा उल्लेख भए अनुसार काम नगरे सजाय भोग्न तयार हुने सर्त राख्नुपर्ने बताएका थिए ।

काठमाडौँलाई बस्न लायक सहर बनाउँछु– बज्राचार्य

काठमाडौँ, वैशाख २४ । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शनिबार यहाँ भएको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा दुवै पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा साझा उम्मेदवार बन्नुभएका बज्राचार्यले महानगर प्रमुख बनेपछि फोहर, ढल, खानेपानी, सडक, सडक बत्ती, पार्किङको व्यवस्थापनका साथमा महानगरमा शिक्षाको गुणस्तर वृद्धि गर्ने बताउनुभयो । प्रत्येक वडामा स्वास्थ्य चौकीको स्थापना गर्ने उहाँको योजनामा छ । आफू २३ वडाको वडाध्यक्ष रहँदा साथै सभासद् तथा काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख रहँदा आफूले निकै उपलब्धिमूलक कामको थालनी गरेको स्मरण दिलाउँदै उहाँले ती कामलाई फेरि बदलिँदो परिवेशअनुसार निरन्तरता दिने बताउनुभयो । दुवै पार्टीका तर्फबाट उपप्रमुखका साझा उम्मेदवार नयाँ शक्ति पार्टीका सविना अर्यालले विकासका लागि काठमाडौँ आफैँ सक्षम भएको र यहाँ व्यवस्थापनको मात्रै खाँचो रहेको बताउनुभयो । अर्यालले काठमाडौँको स्रोत र साधनलाई नै सदुपयोग गर्दै उचित व्यवस्थापन गर्ने र काठमाडौँलाई सबैले सपनामा देखेको जस्तो सहरको रुप दिने बताउनुभयो । कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले राजनीतिक क्षेत्रमा अस्वस्थ अभ्यास सुरु भएको बताउँदै देश र नगरको विकासका लागि निःस्वार्थ भावना लिएर अघि बढ्नुपर्ने सबैसँग आग्रह गर्नुभयो । नयाँ शक्ति पार्टी नेपालका नेता पर्शुराम तामाङले दलीय प्रतिस्पर्धाका कारण विकास गतिविधि ओझेलमा परेकाले आफ्नो पार्टीले विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा प्रमुखका उम्मेदवार बज्राचार्य, उपप्रमुखका उम्मेदवार अर्याल, फोरमका सहअध्यक्ष श्रेष्ठ, नयाँ शक्तिका नेता तामाङ, नेता हिसिला यमीले दुवै पार्टीको संयुक्त घोषणापत्रलाई सार्वजनिक गर्नुभएको थियो । यसपालिको स्थानीय तहको चुनावमा एउटा हातमा मसाल बोकेको चुनाव चिह्नसहित फोरम र नयाँ शक्तिको संयुक्त मोर्चा चुनावी मैदानमा छ ।

भूकम्पपीडितको शिविरमा आएको चुनावी रौनक

भक्तपुर, वैशाख २४ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै छ । जिल्लाका चारवटै नगरपालिकाका टोलटोलमा चुनावी रौनक छाएको छ । तर भक्तपुरका भूकम्पपीडितको शिविरमा भने न त नेता पुगेका छन्, न त चुनावी माहोल नै छ । भक्तपुरको देकोचा, व्यासी, नःपुखु, सल्लाघारी, च्याम्हसिंहलगायतका शिविरमा दुई वर्षदेखि बस्दै आएका भूकम्पपीडितको शिविरमा भने चुनावको कुनै चहलपहल नै छैन । शनिबार भक्तपुर नगरपालिका देकोचास्थित भूकम्पपीडितको शिविरमा पुग्दा भोलाछेँको घर भत्किएर शिविरमा बस्दै आउनुभएका जयकृष्ण कुम्पाखाले भोट माग्न शिविरमा कोही नेता पनि नआएको बताउनुभयो । उहाँले भन्नुभयो – “भूकम्प गएदेखि अहिलेसम्म यहाँको अवस्था कस्तो छ, समस्या छ कि छैन, कसरी बसेका छन् भनेर कोही सोध्न आएका छैनन् । चुनाव आउनै लाग्दा पनि यहाँ भोट माग्न कोही नेता आएका छ्रैनन् ।” भूकम्पपछि मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आएका यहाँका ५० घरपरिवारमा अहिले १६ परिवार मात्रै बस्दै आएका छन् । उहाँले भन्नुभयो – “मानवीय आस्था नेपालले राहत ल्याइदियो । बस्ने बास दियो । अहिलेसम्म पनि खानेपानीको व्यवस्था गरिदिएको छ । भोट पनि उसैले भनेका व्यक्तिलाई दिन्छौं ।” कोही घर बनाएर त कोही भत्किएकै घर मर्मत गरेर बस्न गइसकेपनि त्यसरी जाने ठाउँ नभएकाहरु बाध्यताले शिविरमा बस्दै आएका छन् । यही शिविरमा बस्दै आउनुभएका याछेँकी मीना सितिखुको गुनासो पनि उस्तै छ । भूकम्पगएदेखि अहिलेसम्म कोही नेता पनि नआएको गुनासो गर्दै उहाँले भन्नुभयो – “भूकम्पपछि टहरा बनाइदिन महेश बस्नेत आएका थिए । त्यसपछि कोही आएको छैनन् । अहिले भोट माग्न पनि कोही आएका छैनन् ।” याछेँ घर भई शिविरमा दुई वर्षदेखि बस्दै आउनुभएका कृष्णश्वरी सिजख्वले पनि शिविरमा कुनै चुनावको रौनक नआएको बताउनुभयो । उहाँ भन्नुहुन्छ – “चुनाव आयो भन्छन्, खै बाहिर आयो होला । हाम्रो शिविरमा चुनाव आएको छैन । यहाँ कोही भोट माग्न पनि आएका छ्रनैन् । त्यसैले भोट कसलाई हाल्ने हो भन्ने पनि सोचेका छैनौं ।” देकोचा शिविरमा अत्यन्तै दयनीय अवस्थामा रहँदैआएको परिवार हो अष्टबहादुर मानन्धरको । उहाँका दुई छोराछोरी पूरै अपाङ्ग छन् । अष्टबहादुरको कानदेखि शरीरमा विभिन्न भागमा गाँठो आएको छ तर औषधि गर्ने सामथ्र्य छ्रैन । अपाङ्ग छोराछोरीलाई कसरी पाल्ने भन्ने दैनिकी पिरालो मात्रै होइन, कसरी बाँच्ने र कहाँ जाने कुनै टुङ्गो पनि नभएको मानन्धर बताउनुहुन्छ । गोल्मढीको सानो घर भत्किएपछि समस्यामा परेको मानन्धर दम्पती भन्छन् – “अपाङ्ग दुई छोराछोरीका लागि सहयोग गर्नेलाई भोट दिन्छौ ।” भूकम्पपीडितको व्यासीस्थित शिविरमा बस्दै आउनुभएका सुकराम घटुवाको गुनासो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ – “चुनाव त आयो नि, तर खै शिविरमा कोही नेता आएका छ्रैनन् । परपर जान्छन् । यता कोही आउँदैनन् । त्यसैले भोट हाल्न जान मनै छैन ।” आफ्नो मताधिकारको प्रयोग गर्नुपर्ने भए पनि भूकम्पपीडितको समस्या समाधान गर्न र उनीहरुको पीडा बुझ्न कोही नआएको उहाँको गुनासो छ । भक्तपुर–२ व्यासी शिविरमा बस्दै आउनुभएका रमिता सुवालको गुनासो पनि उस्तै छ । शिविर बाहिर चुनावको निकै चहलपहल, प्रचारप्रसार भए पनि शिविरभित्र भने कोही भोट माग्न नआएको उहाँले बताउनुभयो । भूकम्पपीडितको समस्या समाधान गर्नेलाई मात्रै भोट दिने उहाँ बताउनुहुन्छ ।

वैशाख ३१ हुने चुनावका कारण जेठ ४ गतेसम्म संसद बैठक स्थगित

काठमाडौं, वैशाख २४ । यही वैशाख ३१ गते स्थानीय तहको चुनाव हुने भएका कारण अागामी जेठ ४ गतेसम्मका लागि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । अाइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो । सदनमा विचाराधीन महाभियोगको प्रस्तावको कार्यसूची अघि नबढाउन सर्वोच्च अदालतले गत शुक्रबार आदेश जारी गरेपछि कार्यसूचीबारे दलीय विवाद चुलिएको थियो ।\ सोही विवाद र चुनावका लागि भन्दै बैठक जेठ चार गते सम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव टेबुल गर्न विपक्षी दलहरुले नदिएपछि गत शुक्रबारको संसद बैठक पनि स्थगित भएको थियो ।

ललितपुरमा चुनावी माहोल तात्दै, घरदैलो र कोण सभा गर्न होडबाजी

काठमाडौँ, वैशाख २४ । स्थानीय चुनावको मिति नजिकिदै गएपछि ललितपुरमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । विभिन्न राजनीतिक दलहरु आफ्ना घोषणापत्र सहित चुनाव प्रचारप्रसारमा गर्न घरदैलो अभियान तथा कोण सभामा जुटेका छन् । पहिलो चरण अन्तर्गतको निर्वाचनमा ललितपुरका १ महानगर, २ नगरपालिका र ३ गाउँपलिका गरि कुल ६ स्थानीय तहको निर्वाचन हुदैछ । जिल्लाकोे ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र बागमती, कोन्ज्जोसोम, महाँकाल गाउपालिकामा उम्मेद्वारहरु आआफनो चुनाव चिन्हको टिसर्ट लगाई, पार्टीगत झण्डा बोक्दै विभिन्न तामझामका साथ गाउँ, शहरको चोकचोकमा भोट माग्न व्यस्त देखिएका छन् । एक पदका लागि दर्जन उम्मेदवार परेका छन् भने चुनावी प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ । जिल्लाको ललितपुर महानगरपालिकामा मेयर पदका लागी १४ जनाले उम्मेद्वारी दिएका छन् भने उपमेयरमा ११ जनाको उम्मेद्वारी परेकोे छ । यस महानगरपालिकामा २ लाख ८४ हजार ९ सय २२ जनसंख्या रहेको छ भने २९ वटामा विभाजित छ । महालक्ष्मी नगरपालिकामा पनि मेयर पदको लागि ७ जनाको उम्मेद्वारी परेको छ भने उपमेयरको लागि ६ जनाको परेको छ । साविकको सिद्धिपुर, लुभु, लामाटार, टिकाथली, इमाडोल गाविसलाई समावेश गरी बनाइएको हो, महालक्ष्मी नगरपालिका । यस नगरपालिकाको जनसंख्या ६२ हजार १ सय ७२ छ भने १० वडामा विभाजित छ । त्यस्तै गोदावरी नगरपालिकाको मेयरमा १८ जनाले उम्मेदवारी दिएका छन् भने उपमेयरमा ७ जनाको नाम दर्ता भएको छ । साविकको गोदावरी नगरपालिकामा देवीचौर, चापागाउँ, लेले, बडीखेल, ठेचो, छम्पी र डुकुछाप समावेश गरी गोदावरी नगरपालिका बनाइएको हो । यसको जनसंख्या ७८ हजार ३ सय १ छ भने १४ वडामा विभाजित छ । महाँकाल गाउँपालिकामा अध्यक्षमा ७ जना र उपाध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।साविकको कालेश्वर, चन्दनपुर, मानीखेल, बुखेल, गोटीखेल, ठूलादुर्लुङ गाविस समावेश गरी बनाइएको हो । यहाँको जनसंख्या ९ हजार ४ सय ५३ रहेको छ र ९ वटा वडामा विभाजित रहेको छ । त्यसैगरी बागमती गाउँपालिकामा अध्यक्षमा ६ जना र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । साविकको गिम्दी, आश्राङ, प्युटार, इकुडोल, माल्टा, घुसेल, भट्टेडाडाँ समावेश गरी बागमती गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको जनसंख्या १३ हजार ४९ जनसंख्या रहेको छ भने ७ वटा वडामा विभाजित छ । कोन्ज्जोसोम गाउँपालिकामा अध्यक्षमा ६ र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी दर्ता छ । साविकको संखु, भारदेउ, नल्लु, चौघरे र दलचोकी गाविस समावेश गरी कोन्ज्योसोम गाउँपालिका बनाइएको हो । यसको जनसंख्या ९ हजार ७ सय ९ र ५ वटा वडामा विभाजित छ ।

ललितपुर महानगरपालिकामा माओवादी उम्मेदवारका प्रतिबद्धताः जेष्ठ नागरिक आवास गृह, एक वडा एक सुपथ मूल्यदेखि नि:शुल्क वाईफाईसम्म

ललितपुर, वैशाख २४ । नेकपा माओवादी केन्द्रका तर्फबाट ललितपुर महानगरपालिकामा दिनेश महर्जन र हसिना शाक्य मेयर र उपमेयरका उम्मेदवार बनेका छन् । जिल्लाका दक्षिणी क्षेत्रमा बलियो पकड भएको दावी गरेको माओवादी केन्द्रले आफ्ना उम्मेदवारले विजय हासिल गर्ने दावी समेत गरेको छ । निर्वाचनमा खटिएका उम्मेदवारहरु संघर्शशील र महानगरपालिको समग्र विकासका लागि लामो समयदेखि योगदान दिँदै आएकोले जीत सुनिश्चित भएको माओवादी केन्द्र ललितपुरका जिल्ला इन्चार्ज हरि दाहालले बताए । “एकातिर पार्टीको जनाधार राम्रो छ, अर्कोतर्फ हाम्रा उम्मेदवार समेत इमान्दार र संघर्षशील छन्” उनले भने । अर्को कुरा माओवादी केन्द्रले नेवार समुदायबाट महर्जन थरका उम्मेदवार अगाडि सारेकोले पनि जित सुनिश्चित हुने उनीहरुको दावी छ । ललितपुर महानगरपालिकामा ६५ प्रतिशत नेवार समुदायको बसोबास रहेकोमा अधिभन्दा बढी महर्जन थरको बसोबास रहेकोले मओवादीको जित सुनिश्चित छ भएको माओवादी जिल्ला अध्यक्ष राजकाजी महर्जनले बताए । को हुन त उम्मेदवारहरु ? दिनेश महर्जन, मेयरका उम्मेदवार, ललितपुर महानगरपालिका ललितपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन ’दिपेश’ जनयुद्धका शुरुवाती दिनबाटै माओवादी आन्दोलनमा जोडिएका हुन् । हाल पार्टीको पोलिटव्यूरो सदस्य रहेका उनी ललितपुर महानगरपालिका इन्चार्जको भूमिकामा छन् । युद्धकालमा माओवादी जनसेनाको व्रिगेड सह कमाण्डर रहेका उनी उपत्यकामा खटिएको एसटिएफ अर्थात स्पेशल टास्क फोर्सका सहकमाण्डर भएका थिए । ललितपुर महानगरपालिका २७ सुनाकोठीका बासिन्दा महर्जन मानसिक अस्पतालका पूर्व अध्यक्ष हुन् । त्यसैगरी शान्ति समिति ललितपुरका पूर्व संयोजक उनी नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष पनि हुन् । हसिना शाक्य, उपमेयरका उम्मेदवार, ललितपुर महानगरपालिका ललितपुर महानगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार हसिना शाक्य राजनीतिमा भन्दा धेरै सामाजिक काममा सक्रिय छिन् । दर्जन बढी सामाजिक संघ संस्थाहरुमा क्रियाशील उनी २०६४ सालदेखि माओवादी राजनीतिमा सक्रिय भएकी हुन् । ललितपुर महानगरपालिका १६ कि वासिन्दा हसिना माओवादी केन्द्रको साधारण सदस्य मात्र हुन् । उनी वौद्ध बिहार संघकी अध्यक्ष,ललितपुर व्लड डोनर एशोसिएसनको उपाध्यक्ष, जय भीमसेन सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष, पटक पटक टोल सुधार समितिको अध्यक्ष, १६ नं. वडा स्वास्थ्य कार्यान्वयन समितिको टोल परिचालक रहेर सामाजिक काममा क्रियाशील रहेकी छिन्। त्यसैगरी ललितपुर महानगरपालिकाकै १६ नं. वडा नागरिक मञ्चको संयोजक रहेकी उनी अर्थशास्त्रमा स्नातकोत्तर हुन् । के छन् प्रतिबद्धता ? माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि ८ वटा क्षेत्रमा प्रतिबद्धता सार्वजनिक गरेको छ । वातावरणीय सुधार, पूर्वधार विकास, शिक्षा, स्वस्थ्य, सूचना प्रविधि तथा सार्वजनिक सेवा, सामाजिक सुरक्षा, सांस्कृतिक तथा पर्यन विकास, युवा विकास तथा रोजगार र विपत व्यवस्थापनलगायतका क्षेत्रमा माओवादी उम्मेदवारहरुले प्रतिबद्धता सार्वजनिक गरेका छन् । हेर्नुस् प्रतिबद्धता बिस्तृतमा