केही गरौँ भन्ने प्रधानमन्त्रीको हुटहुटी नीति तथा कार्यक्रममा सम्बोधन भयो :  सत्तापक्ष

काठमाडौँ । सत्तारुढ दलका नेताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट भएको टिप्पणी गरेका छन। 

सत्तारुढ प्रमुख घटक नेकपा ९एमाले० का सांसद ठाकुरप्रसाद गैरे, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहालको केही गरौँ भन्ने हुटहुटी सम्बोधन हुने गरी सरकारको नीति तथा कार्यक्रम आएको दावी गरेका हुन्।

एमालेका सांसद गैरेले समाजवादमा जाने संविधानको परिकल्पना अनुसार सो नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए। 

उनले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भएपछि सञ्चारकर्मीमाझ नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीको केही गरौँ भन्ने हुट्हुटी नीति तथा कार्यक्रममा समावेश भएको बताए। 

अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रमले परम्परा पनि धान्नुपर्ने भएकाले यसलाई अन्यथा लिन नहुने बताए। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नेता माधव सापकोटाले नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी सबै क्षेत्रलाई समेटेर ल्याएको बताए। 

समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता गर्नुपर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्रमा सञ्चालन हुने पानीजहाज अब नेपालमा दर्ता गर्नुपर्ने बताएका छन् । मंगलबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने बताएका हुन् । जल यातायातको प्रयोगका लागि संस्थागत र प्रक्रियागत व्यवस्था गरिने उनले बताए । उनले सुनकोशी र नारायणी नदिमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिने जनाए । ‘सुनकोशी र नारायणी नदिमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिनेछ, समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानूनी तथा संरचनागत सुधार गर्ने

काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्यांकन प्रणाली व्यवस्थित गर्न आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका छन् । मालपोत र नापीको आधारभुत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गर्ने पनि घोषणा भएको छ । राष्ट्रपति पौडेलले आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिने बताए।

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, हेर्नुहोस् पूर्णपाठ

  काठमाडौं । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।  हेर्नुहोस् पूर्णपाठ

सातै प्रदेशमा आईटी वर्क स्टेसन बन्ने, ५ हजारले रोजगारी पाउने

काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सङ्घीय संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याइने बताए । उनका अनुसार यसबाट कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिनेछ ।

१ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ कर्जा दिने सरकारको तयारी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । नवप्रवर्तन गर्न प्राज्ञिक क्षेत्र र निजी क्षेत्रसँग सहकार्य गरिने समेत उनले बताए । सातवटै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरी यसको प्रवर्द्धन गरिने समेत उनले घोषणा गरे । वैदेशिक रोजगारीबाट फर्केका युवाको उद्यमशीलता विकास गर्ने समेत उनले बताए । उनले आगामी आवमा १ हजार साना उद्यमीलाई सरकारले सहयोग गर्ने घोषणा गरे । रैथाने तथा परम्परागत सिप प्रवर्द्धन गर्नेसमेत राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने

  काठमाडौं। सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताए। 

गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने

  काठमाडौं। सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताए। 

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने

काठमाडौं। सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने बताए। उनले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताए। उनले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताए। उनले राष्ट्रिय संस्कृति नीति कार्यन्वयनमा ल्याइने बताए।

टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा

काठमाडौं। तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले पहाडी भू–भागका स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताए। उनले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताए। उनले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताए। उनले राष्ट्रिय संस्कृति नीति कार्यन्वयनमा ल्याइने बताए।

केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने योजना रहेको बताए ।

युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताएका छन्। सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले युवा स्वरोजगार बताउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। 

सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने

काठमाडौं । सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए।उनले तीन लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिने बताए। उनले सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताए।उनले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने समेत बताए । 

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (तस्बिर)

काठमाडौँ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

उपभोक्ता अदालत गठन गरिने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले उपभोक्ता अदालत गठन गरिने बताएका छन्। मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले उपभोक्ता अदालत गठन गरिने बताएका हुन्।

दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले स्दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने बताएका छन्। मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले स्दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने बताएका हुन्। साथै उनले आयात प्रतिस्थापन,निर्यात वृद्धि र रोजगारी लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने, रैथाने तथा परमपरागत सीपमा आधारित उद्योग प्रर्वद्धन गरिने, व्यापार पूर्वधार विकास योजना तयार गरी कार्यान्वयनमा लगिने,अन्तराष्ट्रिय व्यापारको लागत र समय घटाइने बताएका छन् ।