राष्ट्रियसभा सदस्य निर्वाचन आचारसंहिता लागु

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट लागु भएको आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ ।

आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड ९क०, खण्ड (क १) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ ।

यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्षरविपक्षमा हुने गरी प्रयोग गर्नरगराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्नरगराउन नहुने आयोगले जनाएको छ ।

कुनै सरकारी वा अर्धसरकारी निकायरसार्वजनिक संस्था वा विश्वविद्यालयरविद्यालयरमहाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्नरगराउन पाइने छैन ।

राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्नरगराउन नहुने आयोगले स्पष्ट पारेको छ ।

राष्ट्रिय सभा निर्वाचन : यी हुन् १९ पदमा प्रतिस्पर्धा गर्ने ५२ उम्मेदवार (नामावलिसहित)

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभामा कुल २० सदस्य पद रिक्त भए पनि निर्वाचन हुने १९ पदका लागि उम्मेदवारी दर्ता भएको हो । एक सदस्यको मनोनयन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ । कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ आयोगले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। यसरी समग्रमा सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८ र अन्य समूहतर्फ २१, गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्णरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो। मतदान माघ ११ गते बिहीबार हुँदै छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ। 

यी हुन् राष्ट्रिय सभा निर्वाचनका मतदाता

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ । कोशीमा ९३, मधेशमा १०७, बागमती ११०, गण्डकी ६०, लुम्बिनी ८७, कर्णाली ४० र सुदूरपशिम प्रदेशमा ५२ गरेर कुल मतदाता संख्या ५४९ रहेको छ । आयोगका अनुसार कुल मतभार भने ५७ हजार ५५९ रहेको छ ।

राष्ट्रियसभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज (पुस २० गते) मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।

राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त, कस्को जिम्मेवारी काहाँ ?

काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नवनियुक्त निर्वाचन अधिकृतले पुस १६ मै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने उनको भनाइ छ । आयोगका अनुसार कोशीमा दुर्गाप्रसाद ढुंगेल, मधेसमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा ओमप्रसाद अर्याल निर्वाचन अधिकृत नियुक्त भएका छन् ।

राष्ट्रियसभा निर्वाचन : पुस २३ गते उम्मेदवारको मनोनयन तयारी

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाबमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने छ । महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिकरूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहको सिफारिसपत्र संलग्न हुनुपर्नेछ । मनोनयनका लागि दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र, दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा आवश्यक पर्नेछ । अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न हुनुपर्नेछ । यस्तै प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचकमण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण, मतदाता नम्बर पनि उल्लेख गर्नुपर्नेछ । साथै, घर सङ्ख्या, घर रहेको स्थान तथा जग्गाको विवरण खुलाइएको उम्मेदवारको सम्पत्ति विवरण, कुनै संघीय कानुनले अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र, निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणापत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ । उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा, गत प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि पनि संलग्न गर्नुपर्ने आयोगले जनाएको छ । आगामी फागुन २० गते राष्ट्रियसभामा निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनित एक सदस्यको कार्यकाल सकिँदैछ ।

राष्ट्रिय सभा निर्वाचन : यी हुन् मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ। बिहीबार आयोगले प्रत्येक प्रदेशमा एक–एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुईवटा मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको हो। आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर मोरङ, मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय ब्लक ‘एफ’ प्राविधिक भवन हेटौँडा मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढी कैलालीलाई मतदानस्थल तोकेको छ। आयोगले तोकेको मतदान केन्द्रमा आगामी ११ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

राष्ट्रियसभा निर्वाचन : सात मतदान स्थल र १४ मतदान केन्द्र तोकियो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र तोकेको छ ।आयोगले निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा सात मतदान स्थल र १४ मतदान केन्द्र तोकेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मोरङ र मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम, धनुषालाई मतदानस्थल तोकिएको जानकारी दिनुभयो । यसैगरी, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ’ प्राविधिक भवन, हेटौडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदानस्थल तोकिएको छ। तोकिएका मतदानस्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्लाबेग्लै मतदान केन्द्रहरू रहनेछन् । मतदान केन्द्रको विवरण आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ । प्रवक्ता पौडेलका अनुसार तोकिएका मतदान केन्द्रमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनमा साझा उम्मेदवार

काठमाडौं । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनभित्र साझा उम्मेदवार उठाउने सहमति भएको छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेकाे छ । कोशी प्रदेशबाट २ , मधेस प्रदेशबाट २ , बागमती प्रदेशबाट ४ , गण्डकी प्रदेशबाट ३ , लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले आज राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछ र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ । मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ । यस्तै पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउसो २ अन्तिम नामावली प्रकाशन गरिने छ । उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम राखिएको छ । यही मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय तोकिएको छ ।

भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग

काठमाडौं। जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन, उपसचिव र शाखा अधिकृतबाट दुई र सोभन्दा तलका कर्मचारीबाट एक दिन बराबरको पारश्रमिक सहयोग गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । भूकम्पपीडितको राहत र पुनःस्थापनका उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पठाइने उनले बताए । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति माघ ११ मा तोक्न सुझाव

काठमाडौँ । निर्वाचन आयोगका सम्पूर्ण पदाधिकारीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन मिति तोक्ने सम्बन्धमा परामर्श गरेको छ। उक्त अवसरमा प्रधानमन्त्री दाहालले नेपाल सरकार मन्त्रिपरिषद्बाट आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने जानकारी दिएका छन् । यसअघि निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी हुने देखिएकोले २०८० साल माघ महिनाको ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न आयोगले सुझाव दिएको थियो। आयोगले राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको मिति २०८०।११।२० मा पदावधि समाप्त हुने भएकोले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम उक्त मिति भन्दा पैँतिस दिन पहिले नै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। उक्त ऐन बमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोक्ने व्यवस्था रहेको छ । सो व्यवस्था बमोजिम कम्तीमा २०८० माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।

रविले गल्ति स्वीकारेर माफि मागेपछि नयाँ किरण माविमा तीन घण्टापछि मतदान सुरु

चितवन। भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालय स्थलमा रोकिएको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा रास्वपाका कार्यकर्ताले निर्वाचन चिह्न बजाउँदै नारा लगाउँदै आएपछि विपक्षी पार्टीले विरोध जनाएका कारण १२ बजेदेखि रोकिएको मतदान कार्य अपराह्न ३ः३० बजेबाट सञ्चालनमा आएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलङ्घन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमतिपछि मतदान कार्य सुरु भएको हो। विवादमा देखिएको समस्याका विषयमा छलफल गरेर टुङ्गोमा पुगेपछि मतदान कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन्। चार बुँदे सहमति भएपछि मतदान कार्य सुरु भएको हो ।

पाँच दिनभित्र उपनिर्वाचनको परिणाम आउँछ : आयोग

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ। आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना छ। आज भएको उपनिर्वाचनअन्तर्गत बारा २, तनहुँ १ र चितवन २ मा मतदान जारी छ। निर्वाचन छिटफुट विवाद बाहेक शान्तिपूर्ण रुपमा जारी रहेको छ । आयोगले कुनै कारणवश ढिलाइ नभएको अवस्थामा १५ वैशाखभित्र तीनै क्षेत्रको नतिजा सार्वजनिक गर्ने बताएको छ।

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मतदान हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । “मिति २०८०-०१-०८ देखि मिति २०८०-०१-१० सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त तीन दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने,” निर्णयमा उल्लेख छ । त्यस्तै, उपनिर्वाचन हुने जिल्लाहरुमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न गृह मन्त्रालयमा लेखी पठाउने निर्णय पनि भएको छ । वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदै छ ।

रवि लामिछानेको उम्मेदवारीको टुंगो आज लाग्ने

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै : आयोग काठमाडौं, चैत २२ । निर्वाचन आयोगले आज उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आयोगले आगामी वैशाख १० गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानविन गरी आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नम्वर २, तनहुँ जिल्ला क्षेत्र नम्वर १ र बारा जिल्ला क्षेत्र नम्वर २ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबारउजुरी दर्ताको समय निर्धारण गरिएको थियो । निर्वाचनका लागि चितवनमा २४, तनहुँ मा ९ र बारामा ३६ जना उम्मेद्वाहरुले आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेद्वार रहेका छन् । प्रतिनिधिसभाको उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा चारवटा उजुरी परेका छन् । स्वतन्त्र उमेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र अर्का स्वतन्त्र उमेदवारका प्रतिनिधि शिवबहादुर सुवेदी र कानुन व्यवसायी युवराज पौडेल सफल ले इमेलमार्फत उजुरी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । आयोगका अनुसार तीन जनाले उम्मेद्वार वा उम्मेद्वारको प्रतिनिधिले दिने दाबी विरोध अन्तर्गतको उजुरी हो । संविधानको धारा २९१ ले विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले नेपालको कुनै पनि पदमा निर्वाचित मनोनित हुनका लागि त्यस्तो आवासीय अनुमतिपत्र त्यागेको तीन महिना पुगेको हुनुपर्ने व्यवस्था गरेको छ । संविधानको व्यवस्थाअनुसार लामिछाने उम्मेदवार बन्न नपाउने दाबी गर्दै उनीविरुद्ध चारवटा उजुरी परेका हुन् । अन्य उम्मेदवारविरुद्ध भने कुनै उजुरी परेको छैन। लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीबारे रविसँग आयोगले आज दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले एभरेष्ट दैनिकलाई जानकारी दिए ।

समानुपातिक सांसदको सूची बुझाउने अन्तिम दिन आज, दलहरू आन्तरिक छलफलमा

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने आज अन्तिम दिन हो। निर्वाचन आयोगले समानुपातिकर्फ निर्वाचित हुनेहरूको नाम बुझाउन आजसम्मको समय दिएको छ। जसका लागि राजनीतिक दलहरु अन्तिम गृहकार्यमा जुटेका छन्। मुख्य राजनीतिक दलहरूले समानुपातिक सांसदको टुंगो लगाउनेगरी शनिबार पार्टीको बैठक आह्वान गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेसले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। समानुपातिक सांसदहरुको सूची टुंगो लगाउनेदेखि निर्वाचनको समीक्षा गर्नेसम्मको एजेण्डा रहेको कांग्रेसले जनाएको छ। त्यस्तै, शुक्रबार अन्तिम समयमा स्थगित भएको नेकपा एमालेको सचिवालय बैठक पनि आज बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि शनिबार बैठक बोलाएको छ। शुक्रबार दिउँसो बसेको पदाधिकारी बैठकले अन्तिम नामावली टुंगो लगाउन नसकेपछि पुनः आजका लागि बैठक बोलाइएको छ। अन्य दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बैठक आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटी बैठक, राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पाद समितिको बैठक र जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो। प्रतिनिधिसभामा एमालेले समानुपातिकतर्फ ३४, कांग्रेसले ३२ र माओवादी केन्द्रले १४ जना सांसद पठाउनु पर्नेछ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १३ तथा जसपा र राप्रपाले ७–७ जना पठाउने छन्। जनमत पार्टीले समानुपातिकतर्फ ४ सांसद पाएको छ।