नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो ।

डा.भण्डारीका अनुसार अस्पतालमा चितवनका ३३ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको हो । पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान दिनुभएको डा.भण्डारीले जानकारी दिए ।

बिरामीलाई १६ दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरेको डा.भण्डारीले जानकारी दिए । डा.भण्डारीका अनुसार उनको गत माघ २६ गते कलेजो प्रत्यारोपण भएको थियो ।

हालसम्म अस्पतालमा १२ वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् । यो नेपाली चिकित्सकको टोलीले गरेको यो दोस्रो सफल कलेजो प्रत्यारोपण हो ।

यसअघि २७ पुसमा नेपाली चिकित्सकहरूकै संलग्नतामा पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएको थियो । त्यो भन्दा पहिले नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरूको सहायता लिँदै आइएको थियो ।

अस्पतालले २०७६ जेठ १७ गते पहिलो कलेजो प्रत्यारोपण गरेको थियो । त्यस्तै अस्पतालमा २०७७ फागुन २९ गते ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण भइसकेको छ ।

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना, सुदूरपश्चिममा २४ घण्टामा ३० जना संक्रमित

महेन्द्रनगर । देशभर हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा पनि कोरोना सङ्क्रमण दर वृद्धि भएको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको बताए। यहाँ कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको उनले जानकारी दिए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा तीन र एन्टिजेनमा २७ गरी ३० जनामा सङ्क्रमण देखिएको छ। यहाँ बुधवार चार सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो। जसमध्ये कञ्चनपुरका मात्रै बुधवार दश जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले यहाँ दश जनामा सङ्क्रमण देखिएको बताए। उनका अनुसार गड्डाचौकीमा चार, बेलौरीमा चार र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा एकरएक जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, कैलालीको धनगढीस्थित त्रिनगर हेल्थ डेस्कमा परीक्षण गर्दा तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। बुधवार मात्रै सिमाना गड्डाचौकीमा दुई सय आठ, बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा एक सय ९७ र दार्चुलाको पुलघाटमा नौ जनाको कोरोना परीक्षण गरिएको थियो। ‘कोभिडको खोप लगाएका छौँ भनेर मात्रै पुग्दैन’, जोशीले भने, ‘स्वास्थ्य मापदण्डको पनि ख्याल गर्दै स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।’ उनले सीमानाकामा एन्टिजेन र प्रादेशिक एवं जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको जानकारी दिए।

भाइरसको संक्रमण देखिएमा आइसोलेशनमा बस्न मन्त्रालयको अनुरोध

काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढ्दै गएकाले कोरोना भाइरसविरुद्ध खोप लगाउन स्वास्थ्य जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । हरेक दिन ५० भन्दा बढीको संख्यामा संक्रमित देखिएकाले पहिलो, दोस्रो र बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको सहप्रवक्ता डा समिरकमार अधिकारीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार देशभरका प्रयोगशालामा एक हजार १ सय ७० वटा नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको थियो । हाल देशभर ३५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ। ुशन्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । अहिले काठमाडौंसहित उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतमा कोराना भाइरस विरुद्धको बुस्टर डोज लगाइदै छ ।

कोरोना अपडेट : ६४ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा एक हजार १ सय ७० वटा नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर ३५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ।

४४ अस्पतालसँग अनलाइन सम्झौता

काठमाडौं । सामाजिक सुरक्षा कोषले अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताको सुविधाका लागि उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिंंदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी र मधेसका नौ÷नौ, बागमतीका २०, गण्डकीका दुई र लुम्बिनी प्रदेशका चार गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सक्नेछन् ।

डेंगु कस्तो रोग हो ? यसरी बच्न सकिन्छ डेंगुबाट

काठमाडौं । डेंगु सुरुवा रोग नभएपनि लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्दछ। डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसोमा टोक्छ ।अझ भनौं यसले बिहान र साँझपख (सूर्यदय र सूर्य अस्तको समयमा ) टोक्ने गर्दछ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, यो रोगका कारण बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन । डेंगु लागेको कसरी थाहा पाउने ? डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।   डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुने गर्दछन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला लाग्छ । टाउको तथा कम्मर दुख्छ । र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ । डेंगुबाट यसरी बच्न सकिन्छ डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ । कसरी गर्ने त डेंगुको उपचार ? अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ । डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ । सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खाने कुरा खानुहुँदैन । मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ । अनार वा गहुँको जमराको रस पिउनुपर्छ । ताजा मौसमी फलफूल खानुपर्छ । नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा खानुुपर्छ । मेवाको पातको रस बनाएर दिनमा दुईतीनपटक पिउँदा त्यसले फाइदा गर्छ ।

आज थप १० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । सोमबार १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

थप १२ जनामा कोरोना, ९ डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ६ सय २७ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ५ सय ८० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १२ र १ हजार ४७ एन्टीजेन परीक्षण गर्दा शून्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ९ जना स्वस्थ भएका छन् । योसँगै कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार ९ सय ३८ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ५० रहेको छ । गत २४ घन्टामा देशभर कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन ।

पुरुषहरुमा देखापर्ने ५ मुख्य याैन समस्या (कारण र उपचारसहित)

यौन समस्या भनेको व्यक्तिहरुले आफ््नो सहकर्मीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो । अर्काे शब्दमा भन्नुपर्दा, यौन सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरम सुख प्राप्त गर्नबाट रोक्ने कठिनाई एवम् अवरोधहरु नै यौन समस्या हो । लैगिंक उत्तेजना नहुनु (इरेक्टाइल डिसफङसन) या अग्यार्जम(शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु) लगायतका यौनजन्य समस्या व्यक्तिमा यौन प्रतिक्रिया चक्रको विभिन्न चरणमध्ये जुनसुकै समयमा पनि देखा पर्न सक्छन् । तसर्थ व्यक्तिमा देखिने यौन समस्या कहाँ अनि कुन अवस्थामा देखिएको हो? त्यसको प्रकृतिबारे पत्ता लगाई ती बीचको अन्तर जान्न अत्यन्त आवश्यक रहन्छ । यौनजन्य गतिविधि हार्माेन, मानसिक तथा नशासम्बन्धि कार्यप्रणालीहरुको समन्वयित कार्य हो । जसकारण स्वस्थ यौन स्वास्थ्यका लागि व्यक्तिका यी सबै पक्षहरु स्वस्थ्य रहन पनि उत्तिकै आवश्यक पर्दछ । यसबाहेक यौनसुख प्राप्ति सम्बन्ध स्थापितका लागि व्यक्तिको रक्तवाहिका, रक्तस्नायु तथा लिंग उत्तेजितका कारण लिंगले उचित आकार लिएको हुनु पर्दछ । त्यस्तै, अण्डकोष हुदैँ मुत्रमार्गमा आउने शुक्राणु स्खलनका लागि पनि मांसपेशी तथा स्नायुबीच उचित समन्वयताको आवश्यकता पर्दछ । यसकारण पनि कुल संख्यामध्ये ३१ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला शिकार हुने अनुमान गरिएको यस यौन समस्या एक प्रोफेशनल(विज्ञ) मद्दतकर्ता बिना नै हल गर्न मुश्किल पर्दछ । पुरुषमा देखिने अधिकांश यौन जटिलता भनेकै स्लखलनमा विकार, उत्तेजना नहुनु, यौनप्रतिको चाहाना घट्दै जानु तथा पेयरोनी रोगको शिकार हुनु हो । यस्ता समस्या सामान्यतया जुनसुकै उमेर समूहलाई देख्ने भएता पनि तुलनात्मक रुपमा प्रायजसोः पाको उमेर समूहलाई यस रोगले सताउने गरेको पाइन्छ । पुरुषहरुमा देखापर्ने मुख्य ५ समस्यालाई सुचीबद्व गरी निम्न प्रकारले व्याख्या गरिएको छ । १. उत्तेजना नहुनु यौन सम्बन्ध स्थापितको समयमा लिंग उत्तेजित नहुने अवस्था नै ‘इरेक्टाइल डिसफङसन’ अर्थात् उत्तेजना नहुने अवस्था हो । यो पुरुषको यौन जीवनकालमा देखिने समस्यामध्ये एक हो । मुख्यतयाः शारीरिक एवम् मानसिक पक्षसंग सम्बन्धित यस समस्याले ४० देखि ७० प्रतिशत उमेर समूहमध्ये झण्डै ५२ प्रतिशत व्यक्तिलाई सताउने गरेको अध्ययनले देखाएको छ । यसैगरि, यस समस्याका लागि मुटुसम्बन्धिका रोग, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोरको स्तर तथा मोटोपन, कम टेस्टोस्टेरोनको मात्रा, तनाव, चिन्ता, डिप्रेसन, पार्टनरसंगको सम्बन्ध, लामो समयसम्म एउटै औषधिको प्रयोग, निन्द्राको गडबढि, दिर्घकालीन रपमा प्रयोग गरिएको नशालु औषधको सेवन, मद्यपान एवम् सुर्तिजन्य पदार्थको सेवन, पार्किन्सन्स रोग तथा मल्टिपल स्क्लेरोसिस आदि पक्षहरु पनि उत्तिकै जिम्मेवार रहेका हुन्छन् । यद्यपि धमनीमा रक्त प्रवाहलाई अवरोध पु¥याउने कार्डियो भास्कुलर असामान्यताले लिंगको भित्री भागलाई कडा, कठोर एवम् उत्तेजित बनाउँछ । र, यो अवस्था यौन जटिलता अन्र्तगत देखा पर्ने साझा समस्यामध्ये एक हो । २. शीघ्रपतन यो अवस्थाले यौनसम्बन्ध स्थापितको शुरुवाती चरणमा नै व्यक्तिको स्खलन हुने अवस्थालाई जनाउँछ । जुन व्यक्तिको नियन्त्रण बाहिर हुन्छ । सेरोटोनिन(व्यक्तिको मुडलाई प्रभाव पार्ने रसायन) जस्ता प्राकृतिक रसायनले शीघ्रपतन समस्यामा प्रमुख भुमिका निर्वाह गरेको हुन्छ । यस्त,ै केहि औषधिहरुको सेवनले पनि व्यक्तिको स्खलन प्रकृयासंगै स्पाइनल कर्ड तथा स्नायुलाई समेत आघात पु¥याउन सक्छ । पेनाइल( लिंगमा परेका प्रभाव) लाई पनि शिघ्रपतनको मुख्य कारण मानिन्छ । यद्यपि यी मात्र नभई स्खलनको केन्द्रिय नियन्त्रण अथवा वीर्यलाई उचित मार्गमा इनरभेसन(नशामा प्रवाह गर्ने प्रकृया) प्रवाह गर्ने नली, जनन्द्रिय अथवा पुरुष ग्रन्थीमा हुने स्नायु सम्बन्धिका संक्रमण पक्षहरु लाई पनि शीघ्रपतनका अर्काे प्रमुख कारक तत्व मानिन्छ । यस समस्या व्यक्तिले आफ्नो स्खलन हुने समयमा आफ्नो लिंगलाई पार्टनरको यौनांगबाट बाहिर निकाल्ने प्राकृतिक ‘इस्कुइज’ उपायबाट नै समाधान गर्न सकिन्छ । यस उपायलाई यस्ता यौनजन्य समस्या समाधानका एक उच्च बायो–फिडब्याक समेत मानिन्छ । अर्थात्, शिघ्रपतनका कारण व्यक्तिले आफ्नो यौनसन्तुष्टि प्राप्त गर्न नसकेको अवस्थामा व्यक्तिले आफुलाई शिघ्रपतनको महशुस हुनासाथ यौनकार्यलाई रोक्दै आफ्नो स्खलन रोक्नुपर्ने हुन्छ । यहि प्रकृयालाई लगातार दो¥याउँदा व्यक्तिले लामो समयसम्म सम्भोग आनन्दको प्रत्याभुति गर्न सक्छन्, भने यसका लागि व्यक्तिले केहि स्प्रेको प्रयोग पनि गर्न सक्छन् । जस्तो लिंगको संवेनशिलतालाई कम गर्दै स्खलनलाई नियन्त्रण गर्ने ‘लिडिओकेन’ को प्रयोग । ३. ढिलो/प्रतिकुल अथवा स्खलन नै नहुनु स्खलनन नहुनु अथवा पेनिट्रेसनको बाबजुद पनि स्खलनका लागि लामो समय लाग्ने समस्यालाई विलम्बित अर्थात् ढिलो स्खलन हुनु भनिन्छ । सामान्यतयाः यस्ता समस्या लामो समयसम्म विभिन्न औषधि सेवन गरिराखेका व्यक्तिलाई औषधिको साइड इफेक्ट(दुष्प्रभाव) स्वरुप देखा पर्छ । यी समस्या धेरैजसो केशहरुमा तनाव कम गरेर तथा स्खलन हुने समयमा नियन्त्रण गरेर पनि समाधान गर्न सकिन्छ । जबसम्म व्यक्तिलाई आफु स्खलन हुन लागेको महशुस हुदैँन तबसम्म लिंगलाई प्रवेश गराई रहने सेंसेट फोकस व्यायाम पनि यसका लागि उपयुक्त रहन सक्छ । यसको ठिक विपरित वीर्य लिंगबाट बाहिर निस्कनु अगावै मुत्राशयमा नै धकेलिन्छ भने त्यस्तो अवस्थालाई ‘रेट्रोग्रेड एजाकुलेशन’ अर्थात् ‘विलम्बित स्खलनन’ भनिन्छ । यस समस्या प्रायजसो प्रोस्टेट सर्जरी अथवा मधुमेहका कारण स्नायुमा क्षति पुगेका व्यक्तिहरुमा देखिन्छ । वीर्य लिंगबाहिर नआई पुनःमुत्रमार्गमा नै फर्केर जाने र परिणाम स्वरुप पिसाबमा नै वीर्य देखिने यस अवस्थालाई कहिलेकाहिँ ड्राई(सुख्खा) अग्र्याज्म पनि भनिन्छ । केहि औषधि तथा शल्यक्रियाको माध्यमबाट मुत्राशयको ब्लाडरमा रहेको भल्भलाई बन्द गरिएको खण्डमा यस समस्याको निदान गर्न सकिन्छ, भने यसको विकल्पको रुपमा व्यक्तिले कृत्रिम गर्भधारणका लागि ब्लाडरबाट नै समेत शुक्राणु प्राप्त गर्न सक्छन् । ४. कम कामोच्छा वा यौन चाहाना नहुनु चिकित्सा क्षेत्र अन्र्तगत ‘लो लिबिडो’ भनिने समस्या व्यक्तिमा टेस्टोस्टेरोन नामक हार्माेनको मात्रा कमी भएर हुने गर्छ । जसले व्यक्तिको यौनाच्छालाई स्वतः कम गराउँछ । टेस्टोस्टेरोनले यौन ऊर्जा, वीर्य उत्पादन, मांसपेशी कपाल तथा हाडको स्वरुप लगायत व्यक्तिको मानसिक प्रकृयामा समेत प्रभाव पार्ने भएकाले यसले सहजै व्यक्तिको यौन जीवनमा समेत उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । तसर्थ शरीरमा यस हार्माेनको कमी भएमा पुरुषमा यौनेच्छाको कमी हुन गई त्यसले यौन जीवनमा समेत नकरात्मक असर पार्छ । यस्तै, कतिपय समयमा यौन उत्तेजना नहुने समस्याका कारण पनि व्यक्तिमा सम्भोगप्रतिको इच्छा हराएर जान्छ । यसैगरि डिप्रेशन, तनाव, तथा भावनात्मक सम्बन्धको उतारचढाव पनि यौनेच्छा कम गराउने मुख्य स्रोत हुन् भने, दिर्घकालीन औषधि सेवनलाई पनि यसको अर्काे कारक तत्वको रुपमा लिइन्छ । टेस्टोस्टेरोनको मात्रा कमी भई व्यक्तिलाई यौन समस्या उत्पन्न भएको महशुस भएमा व्यक्तिले चिकित्सकको सल्लाहमा हार्मोनल सप्लिमेन्ट्स(पूरक)को सेवन गर्न सक्छन् । यस्तै, मानसिक आघातका कारण सो समस्या देखा परेका व्यक्तिले भने मनोवैज्ञानिक परामर्शदात्ता वा विज्ञबाट आवश्यक सहयोग लिन सक्छन् । ५. पेरोनिज रोग संयोजित टिस्युले लिंगलाई घुमाउरो(बाउडिने) बनाउने यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ । जसकारण व्यक्तिलाई सम्भोग एवम् उत्तेजनाको दौरानमा पिडा हुने गर्छ । यस समस्यामा सामान्यतयाः टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले लिंगका संयोजित टिस्युलाई सामान्य रुपमा सिधा हुन दिदैँन । साधारणतयाः यो समस्यामा लिंगको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ । प्रत्येक ११ जना पुरुषमध्ये १ जनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरुमा यससम्बन्धि उचित ज्ञानको अभाव भएको देखिन्छ । यसैगरि, कहिलेकाहिँ व्यक्तिको लिंगको माथिल्लो वा टुप्पोका भागमा देखापर्ने केहि डल्लो अथवा गाँठो हुने समस्या पनि व्यक्तिलाई पिडा दिने समस्याको प्रमुख स्रोत हुन् । केहि खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरुप शल्यक्रिया गरेर पनि सो गाँठो देखा परेको समस्यालाई निराकरण गर्न सकिन्छ । पुरुषका यौनजन्य समस्याका प्रमुख कारणहरु यौन सुख, सम्बन्ध, आत्मीयता तथा प्रजननमा असर पु¥याउने यौनजन्य जटिलताहरु व्यक्तिमा शारीरिक÷जैविक, सामाजिक एवम् मनोवैज्ञानिक बनावजस्ता जुनसुकै कारण पनि उत्पन्न हुन सक्छन् । तसर्थ बिरामीले समस्याको मुख्य जड थाहा पाउनका लागि परामर्शदात्ता अथवा सम्बन्धित चिकित्सकसंग सल्लाह सुझाव लिई उचित मापदण्डका रुपरेखा तयार गर्नु बुद्विमानी रहन्छ । यसका केहि कारक तत्वहरु तल निम्न रुपले समावेश गरिएको छः शारीरिक कारणहरु १. कम टेस्टोस्टेरोन तथा हार्माेनको गडबढि २. दिर्घकालीन औषधिको प्रयोग ३. एथ्रोस्क्लेरोसिस(धमनीहरु कडा हुनु) जस्ता रक्तवाहिनीको गडबढि तथा उच्च रक्तचाप ४. मधुमेह अथवा शल्यक्रियाका कारण स्ट्रोक अथवा नशामा क्षति पुगेमा ५. मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोर, हार्माेनको गडबढि, अथवा मुटुरोग जस्ता स्वास्थ्य अवस्था ६. बहु– स्क्लेरासिस अथवा पार्किन्सन्स रोगजस्ता स्नायुप्रणाली विकारहरु ७. धुम्रपान, मद्यपान तथा लागुऔषधको सेवन ८. बढ्दो उमेरले पनि धेरै हदसम्म व्यक्तिको यौनेच्छा, उत्तेजना तथा प्रदर्शन क्षमतामा हृास ल्याउँछ । मनोवैज्ञानिक कारणहरु १. वैवाहिक अथवा भावनात्मक समस्या २. यौन प्रदर्शन सम्बन्धनका तनाव ३. आत्मग्लानी अथवा डिप्रेशन ४. पुर्व यौनजन्य घटनाको आघात ५. कार्यसम्बन्धि तनाव वा चिन्ता ६. आत्मविश्वासको कमी ७. पार्टनरसंगको नसुल्झिएको दरार÷असमझदारी पुरुष यौनजन्य समस्याको पहिचान पार्टनरसंगको आफ्नो विगतका यौन अनुभवबारे मौखिक अथवा शारीरिक रुपमा सोधपुछ एवम् परीक्षण गरेर आफूमा भएको समस्याको पहिचान गर्न सकिन्छ । त्यसै स्वरुप चिकित्सकले पनि सर्वप्रथम तपाईको रक्तवाहिनी स्वास्थ्य अवस्था अझ विशेषगरीः व्यक्तिको लिंगमा हुने रक्तप्रवाह अथवा व्यक्तिले अनुभव गरेका केहि समस्या अवस्थाबारे विस्तृत जानकारी लिने गर्छ । सो परीक्षण व्यक्तिमा देखिएका लक्षण, मेडिकल तथा यौनको विगत अवस्थासंग सम्बन्धित रहन्छन् । बिरामीका यससंग सम्बन्धित प्रश्नहरु निजी हुने भएकाल ेउनीहरुलाई कुनैपनि किसिमका अप्ठ्यारो परिस्थिति सिर्जना नहोस् एवम् उचित उपचार प्रदान गर्न सकियोस् भन्नका लागि उपचारकर्ता सदैव सर्तक रहन्छन् । यौनसमस्याको उचित पहिचान पश्चात् बिरामीको अवस्था अनुरुप उनीहरुलाई युरोलोजिस्ट, इन्डोक्रोनोलोजिस्ट अथवा यौन परामर्शदात्ताका निमित्त सिफारिस गरिन्छ । चिकित्सकले समस्याको मुख्य जड पत्ता लगाउन बिरामीलाई केहि विविध किसिमका परीक्षण गर्न सल्लाह दिन्छन्, जुन निम्नानुसार रहेका छन्ः १. टेस्टोस्टेरोन, ब्लडसुगर(मधुमेह बिरामीका लागि) तथा कालेस्टोरको मात्रा थाहा पाउनका लागि रगत जाँच २. रक्तचाप जाँच ३. मलाशय परीक्षणद्वारा प्रोस्टेट जाँच ४. लिंग तथा अण्डाशयजस्ता प्रजनन अंगको परीक्षण पुरुषमा देखिने यौनरोग रोकथामका उपायहरु भविष्यमा आफूलाई कुनै पनि किसिमका यौनजन्य जटिलताको सामना गर्न नपरोस् भन्नका लागि व्यक्तिले सर्वप्रथम आफ्नो स्वस्थ मुटु स्वास्थ्यका लागि उचित ध्यान दिनु अत्यावश्यक रहन्छ । यसबाहेक समस्या उत्पन्न गराउने कारणहरु बारे पूर्वज्ञान हासिल गर्नु पनि समस्याबाट बच्ने भरपर्दाे उपाय हो । मुटुको स्वास्थ्य अवस्था व्यक्तिको यौन स्वास्थ्यसंग स्वभाविक रुपमा जोडिएको हुन्छ । जसकारण पनि स्वस्थ मुटुका लागि व्यक्तिले उचित स्वस्थ जीवनशैली तालिकालाई आत्मसात् गर्नुपर्छ । यसबाहेक स्वस्थ यौन स्वास्थ्यमा सुधार गर्नका लागि व्यक्तिले ध्यान दिनुपर्ने रोकथामका उपायहरु यसप्रकार रहेका छन्ः १. मद्यपान सेवनको नियन्त्रण तथा धुम्रपानबाट टाढै रहने २. एरोबिक्स, दौड तथा योगाको माध्यमबाट उचित स्वस्थ जीवनशैलीलाई व्यवस्थित राख्ने ३. स्वस्थ रहनका लागि हरिया तरकारीजन्य खाना सेवनको बानी बसाल्ने ४. व्यक्तिमा देखिएका यौनजन्य समस्याको मुल जड तनाव, चिन्ता तथा डिप्रेशनजन्य मनोवैज्ञानिक एवम् भावनात्मक पक्ष रहेको खण्डमा सम्बन्धित विज्ञद्वारा उचित राय लिने । यी पक्षहरु यौनजन्य समस्याको मुल जड भएका व्यक्तिहरुका लागि ‘कग्निटिभ–बिहेभिउरल’ थेरापी उचित मानिन्छ । ५. सम्बन्धमा आएका प्रत्येक उतारचढाव आफ्ना पार्टनरसंगको साझेदारीमा समाधान गर्ने । पुरुष यौन समस्याका उपचार यौनजन्य समस्याका पहिलो सामान्य उपचार भनेकै सर्वप्रथम यसका कारक तत्व/पक्षहरुको पहिचान गर्नु हो । चिकित्सकको सामान्य जाँचपछि सहजै पत्ता लागिने यसका लागि शारीरिक अथवा मानसिक जुनसुकै पक्ष पनि जिम्मेवार रहन सक्छन् । चिकित्सकले प्रायजसोः बिरामीका सो प्रकृतिका समस्या हलका निम्ति दिइने सुझावहरु यसप्रकार रहेका छन्ः १. औषधि: व्यक्तिको स्वास्थ्य समस्या अनुरुप चिकित्सकले सिफारिस गर्ने सिल्डेनाफिल(भियाग्रा), वारडेनाफिल(लेभिट्रा) तथा टडाफिल(सिआलिस) लगायतका केहि औषधि सेवनले व्यक्तिको लिंगमा हुने रक्त प्रवाहमा सुधार ल्याई सो समस्याबाट राहत दिन मद्दत गर्दछ । २. हार्माेन थेरापीः हार्माेनका कारण देखिएका व्यक्तिका समस्यालाई केहि खोप, प्याच्स, अथवा जेलको माध्यमबाट टेस्टोस्टेरोन हार्माेनको स्तरलार्ई वृद्वि गर्न एवम् गराउन सकिन्छ । ३. मनोवैज्ञानिक थेरापी: यौन स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याउने तनाव, डिप्रेशन, डर, ग्लानी आदि समस्या समाधानका लागि व्यक्तिलाई परामर्शदात्ताको आवश्यकता पर्न सक्छ । यसका लागि भावनात्मक आघात अनुरुप व्यक्तिले मनोपरामर्शदात्ता, कपल थेरापिस्ट(दम्पती परामर्शदात्ता), अथवा यौन विशेषज्ञमार्फत उचित मद्दत प्राप्त गर्न सक्छन् । ४. मेकानिकल एड्स: उत्तेजना नहुने समस्या देखा परेका व्यक्तिलाई चिकित्सकले भ्याकुम अथवा पेनाइल इम्प्लान्टको सल्लाह दिन सक्छन् । स्रोतहरुः क्लिभल्याण्ड क्लिनिक(२०१९), सेक्सुअल डिफङशन इन मेल्स, आर्टिकल डा. डर्क रोजिङ एट अल (२००९), मेल सेक्सुअल डिफङशन, डोचेसअर्टेब्ल्यट इन्टरनेशनल केभिन सी. जोर्न एण्ड सी. सील जेआर. (२०१९), सेक्सुअल प्रोब्लम्स इन मे, मेडिसिननेट सब्रिना फेल्सन (२०२१), अन्डरस्टाण्डिङ मेल प्रोब्लम–डायग्नोसिस एण्ड ट्रिटमेन्ट, वेब एमडि नेहा पाठक(२०२१), सेक्सुअल प्रोब्लम्स इन मेन, वेबएमडि जोन हप्किन्स मेडिसिन, पेरोनिज डिजिज, हेल्थ आर्टिकल क्लिनिकवान डटकमबाट साभार

चाहिनेभन्दा बढी सेनिटाइजर प्रयोग नगरौं, हात धुने पनि गरौं

काठमाडौंः कोरोना महामारी (कोभिड-१९)ले जनमानसमा ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो र सेनिटाइजर प्रयोग गर्न नजान्दा यसले नकारात्क असर पर्छ भन्ने कमैलाई थाह होला । कोभिड संक्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको लागि ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो छाला रोग विशेषज्ञ डा।मेलिना अमात्य भन्नुहुन्छ, तर, सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने, कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पुर्‍याउनुपर्छ । हामीले हात धुन सम्भव भएको ठाउँमा पनि सेनिटाइजरको प्रयोग गर्छौँ ,जुन गलत बानी हो । उनका अनुसार विभिन्न रसायनलाई निश्चित मापदण्ड तथा अल्कोहलको प्रयोग गरेर यसलाई बनाइन्छ । । सेनिटाइजरले हाम्रो स्वास्थ्यलाई राम्रो मात्रै गर्दैन । कतिपय अवस्थामा हानी पनि गर्छ । डा.अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रष्ट पार्दे थप्नुभयो, हातमा भएको ससाना कीटाणु मार्ने काम सेनिटाइजरले गर्छ । त्यसैले हात फोहोर भएको बेला सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजरलाइ हातमा लगाएपछि करिब २० सेकेन्डसम्म राम्ररी दलेपछि मात्र कीटाणु मर्छ । उनले सेनिटाइजरको अत्याधिक प्रयोगले छालासम्बन्धी समस्या देखिनुको साथै छालालाई सुख्खा र एलर्जी गराउँने पनि प्रष्ट पारे । यसमा अल्कोहलको मात्रा हुने भएकाले बच्चाको स्वास्थ्यमा असर गर्छ त्यसले बालबालिकालाई सके सम्म कम सेनिटाइजर प्रयोग गर्न डा.अमात्यले सुझाव दिए। कोभिडको डरले अत्याधिक मात्रामा सेनिटाइजर प्रयोग गरेर विभिन्न एलर्जी भएर आफू कहाँ विरामी आएको सम्झदै भने, हाम्रो शरीरमा हानी गर्ने र फाइदा गर्ने दुबै किसिमका ब्याक्टेरिया हुन्छन् । तर, धेरै सेनिटाइजर दल्नाले शरीरलाई फाइदा गर्ने ब्याक्टेरिया पनि मर्न सक्छ । हातमा देखिने फोहोर वा चिल्लो छ भने सेनिटाइजर प्रयोग गर्नु हुँदैन डा. आमात्यले शौचालय गएपछि सेनिटाइजरभन्दा साबुन पानी नै प्रयोग गर्नुपर्ने बताए । ह्यान्ड सेनिटाइजर संक्रामक तत्वलाई कमी गर्नका लागि प्रयोग हुने एक प्रकारको झोल, फिँज वा जेलमा उपलब्ध हुने पदार्थ हो अर्का छाला रोग विशेषज्ञ धर्मेन्द कर्णले भने, स्वास्थ्य संस्थामा अल्कोहल युक्त सेनिटाइजर बढी प्रभावकारी हुन्छ भने अन्य प्रयोजनमा साबुनपानीले हात धुनु नै उपयुक्त हुन्छ । औषधि व्यवस्था विभागका अनुसार सेनिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहलमा इथेन वा आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने मापदण्ड छ । अत्यन्तै प्रज्वलनशील हुने हुनाले आगो लाग्न सक्ने संभावनाको ख्याल राख्नुपर्ने डा.कर्णको भनाइ छ । उनले सही तरिकाले प्रयोग गरेमा गुणस्तरीय ह्यान्ड सेनिटाइजरले क्षयरोग लगाउने ब्याक्टेरिया लगायत विभिन्न प्रकारका ब्याक्टेरिया तथा रुघाखोकी लगाउने भाइरस, एचआइभी तथा कोरोना भाइरस लाई पनि नष्ट गर्ने जानकारी दिए । उनले अल्कोहलयुक्त सेनिटाइजरले ३० सेकेन्डभित्र ९९.९ प्रतिशत तथा १ मिनेटभित्र ९९.९९ प्रतिशत ब्याक्टेरियालाई नष्ट गर्ने प्रष्ट पार्दै कीटनाशक लगायत विभिन्न रसायनहरु विरुद्ध ह्यान्ड सेनिटाइजर प्रभावकारी नहुने पनि बताए । सेनिटाइजरको सही तरिकाले प्रयोग गर्नु फाइदाजनक हुने भए पनि सही तरिकाले प्रयोग नगरेमा शतप्रतिशत प्रभावकारी हुँदैन ।सेनिटाइजरको प्रयोग गर्दा सही मात्रा, अवस्था, गुणस्तरीयता तथा विधि पालना गर्नुपर्नेबारे समुदायमा सचेतना जगाउन आवश्यक हुन्छ डा।कर्णले बताउनुभयो अन्यथा प्रभावकारी नभई क्षति हुन सक्छ ।

बालरोग विशेषज्ञ डा. अधिकारीको निधन

काठमाडौं : वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर निलम अधिकारीको निधन भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीका अनुसार अधिकारीको आइतबार राति निधन भभएको हो । अधिकारी एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी थिइन् । पछिल्लो समय उनको क्यान्सर फैलिदै गएको थियो । डा. अधिकारीको निधनप्रति नेपाल चिकित्सक संघले दुःख व्यक्त गरेको छ ।

निजी अस्पतालद्वारा कोरोना उपचार सुरु

चितवनः जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका-९ टिकौलीका ६१ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा गम्भीर समस्या भई सो अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार यही साउन २७ गते उपचारका लागि आएका उनको सघन उपचार कक्षमा उपचारका क्रममा स्वाब परीक्षण गर्दा साउन ३० गते कोभिड-१९ पोजिटिभ देखिएको थियो । अस्पतालका डा. सन्दीप पाण्डेका अनुसार निजको हाल सघन उपचार कक्षमा नै स्थिर र गम्भीर अवस्थामा उपचार भइरहेको छ । मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन र हव अस्पताल भरतपुर अस्पतालसँग समन्वय गरी अस्पतालको सघन उपचार कक्षमा नै राखेर उपचारलाई निरन्तरता दिइएको उनले जानकारी दिए । यसका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सकलगायत स्वास्थ्यकर्मीको क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको समेत उहाँले जानकारी दिए । सघन कक्ष भिन्न भवनमा रहेकाले सोलाई सिल गरी अर्को भवनबाट अन्य सेवा उच्च सावधानीका साथ निरन्तरता दिइएको अस्पतालले जनाएको छ । अस्पतालमा अन्य सेवा लिन आउने बिरामीका लागि जोखिम नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्लामा अन्य अस्पतालमा कोरोना सङ्क्रमण देखिएमा हव अस्पतालका रुपमा रहेको भरतपुर अस्पताल पठाइँदै आएको थियो । जटिल बिरामीलाई हतारमा सार्दा २ जनाको मृत्युसमेत भएको थियो ।

नेपालमा रहेको कोरोनाको अणुवांशिक अध्ययन सुरु

काठमाडौं : नेपालमा रहेको कोरोना भाइरस कोभिड–१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो। परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा जिन सिक्वेन्सिङ थालिएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिए। नेपालमा सङ्क्रमितमा रहेको कोभिड–१९ को जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन थालिएको हो। अध्ययनबाट यहाँ रहेको कोभिड–१९ को भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्नेछ। सबै देशले आफ्नो देशमा सङ्क्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जिन सिक्वेन्सी गरिरहेका छन्। परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेगनाथ धिमालले फरक फरक सङ्क्रमित व्यक्तिको नमूना लिएर जिन सिक्वेन्सिङ गर्न थालिएको बताए। उनका अनुसार सङ्क्रमित भएर मृत्यु भएका, सङ्क्रमित भएर निको भएका, लक्षणरहित र सामान्य सङ्क्रमित, बालबालिका, युवा र वृद्धा सङ्क्रमित तथा फरकफरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गर्न थालिएको हो। अध्ययनका लागि परिषद्ले काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर पनि जिन सिक्वेन्सिङका लागि आवश्यक किट नआएकाले निजी प्रयोगशालाले गरिरहेको छ। ‘हामीले काठमाडौँ विश्वविद्यालयसँग जिन सिक्वेन्सिङ गर्न भनेर सम्झौता गरेका थियौँ’ डा धिमालले भने ‘तर विश्वविद्यालयसँग आवश्यक किट नआएकाले निजीलाई सिक्वेन्सिङको काम दिएका छौँ।’ उनले करीब ६० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्ने योजना रहेको भन्दै आगामी नयाँ नमूनाको भने विश्वविद्यालयमा नै जिन सिक्वेन्सिङ गर्ने बताउनुभयो। सङ्क्रमित व्यक्तिको स्वाब र रगतबाट जिन सिक्वेन्सिङ गरिने छ। उनका अनुसार अबको दुई हप्ताभित्र नतिजा आउनेछ। अध्ययनबाट कोरोना भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्छ। ‘जिनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ’, उनले भने ‘भाइरस पत्ता लागेपछि कोभिड–१९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ।’ वरिष्ठ अनुसन्धान अधिकृत धिमालका अनुसार फरकफरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिनको अध्ययन गरिनेछ। ‘हामीले फरक फरक देशबाट आएका सङ्क्रमित व्यक्तिको जिन अध्ययन गर्नेछौँ’, उनले भने ‘जिन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जिन छ भन्ने पत्ता लगाउँछ।’ अध्ययनबाट कोभिड–१९ को सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्नेछ। नेपालमा पहिले देखिएका सङ्क्रमित रहेकामध्ये ९८ प्रतिशत कोभिड–१९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभए पनि आजभोलि देखिने सङ्क्रमितमा ३३ प्रतिशतमा लक्षण देखापर्न थालेका छन्। जिन पत्ता लगाएपछि कोभिड–१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिनेछ। परिषद्ले जिनको अध्ययनपछि गुणस्तरीय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनको स्वीकृतमा प्राप्त विदेशका प्रयोगशालामा १० प्रतिशत नमूना परीक्षणका लागि पठाउनेछ। रासस

नेपालमा कोरोना भाइरस जीन अध्ययन सुरू

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-९) को अनुवंश ‘जीन सिक्वेन्सिङ’ को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताउनुभयो । (कोभिड-१९) का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासंग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयले उपकरण समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा। मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताए । जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङक्रमित व्यक्तिको संकलित नमूना संकलन गर्ने कार्य भइरहेको छ । ‘जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’ उनले भने, ‘भाइरस पत्ता लागेपछि (कोभिड-१९) विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’ सवै देशले आफ्नो देशमा सङक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सी गरिरहेका छन् । परिषद्ले शुरुमा १५ जना सङक्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ । उनका अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिने छ । ‘हामीले फरक फरक देशबाट आएका सङक्रमित व्यक्तिको जीन अध्ययन गर्ने छौं ’ उनले भने, ‘ जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन छ भन्ने पत्ता लगाउँछ ।’ अध्ययनबाट कोभिड १९ को संक्रमणले मानिसको रगतमा कुनकुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ । नेपालका संक्रमित रहेका मध्ये ९८ प्रतिशत कोभिड-१९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुने छ । सङक्रमित व्यक्तिको स्बाब र रगतबाट जीन सिक्वेन्सिङ गरिने छ । जीन पत्ता लगाएपछि कोभिड-१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड-१९ को जीनबारे अनुसन्धान सुरु गरिसकेका छन् । उनले जीनको अध्ययनपछि गुणस्तरिय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताए । उनका अनुसार १० प्रतिशत नमूना विदेशी प्रयोगशालामा समेत पठाइने छ । रासस

म्याग्दीमा फैलियो डेंगुः १ साताभित्रै ५ जनामा संक्रमण

म्याग्दीः हिमाली जिल्ला म्याग्दीमा डेंगु रोग नियन्त्रण गर्न खोजी र नष्ट अभियान सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा १ हप्ताको अवधिमा ५ जनामा डेंगु पोजेटिभ भेटिएसँगै डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो । एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसहित टोलटोलमा जनचेतनामूलक कार्यक्रमसमेत सुरू गरिएको छ । एक हप्तामै नगरपालिकाभित्र पाँच डेंगुका संक्रमित भेटिएपछि बेनीबजारमा सवारी साधन मर्मत गर्ने ग्यारेजबाट टायर नष्ट गर्ने, वडास्तरीय कार्ययोजना बनाउन जनप्रतिपनिधिको अगुवाइमा टोल सुधार समितिसहितको भेला गरिएको बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएर टोलटोलमा अभियान सुरू गरेको छ भने वडा नं ८ ले कार्ययोजना बनाएर सचेतनामूलक अभियानलाई तीव्रता दिएको वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । सरोकारवालाका लागि अभिमुखीकरणका साथै डेंगु नियन्त्रणका लागि रणनीति तयार पारिएको उनकोे भनाइ छ । नगरभित्रका १० वटै वडामा कार्ययोजना, टोलटोलमा अभियानसँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने जनाइएको छ । बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामीण क्षेत्रमा समेत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने नगरप्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ । बजार क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाको सहयोगसमेत लिने जनाइएको छ । नगरपालिकाभित्रका वडामा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल र नगरपालिका स्वास्थ्य शाखा संयोजक लीला गौतमले सहजीकरण गरेका छन् । डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनेलगायतका सतर्कता आवश्यक रहेको बेनी अस्पतालका चिकित्सकको भनाइ छ ।

पोखरामा २२ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा शिशु

पोखराः पोखराको मनिपाल शिक्षण अस्पतालमा १ महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । पोखरा–१७ बिरौटाकी २२ वर्षीया सपना भण्डारीले बिहीबार दिउँसो साढे १ बजे ३ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । ७ महिनाकी गर्भवती रहेकी उनले शल्यचिकित्साको माध्यमबाट २ छोरा र १ छोरीलाई जन्म दिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सूर्या चौधरीले जानकारी दिइन् । भण्डारीले पहिलो बच्चाको रुपमा १.३ केजी तौल भएकी छोरी, दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौल भएका छोरालाई जन्म दिएकी हुन्। उनको शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायत सहभागी थिए । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा। पाण्डेले बताए। ‘आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । अहिले शिशुलाई एनआइसियुमा राखिएको छ,’ डा. पाण्डेले भने। यसअघि गत माघ २ गते स्याङ्जाको पुतलीबजार–१ घर भएकी सुनिता प्रधानले एकैपटक ४ शिशुलाई जन्म दिएकी थिइन् ।