गेटा मेडिकल कलेज निर्माण अन्तिम चरणमा

धनगढीः सुदूरपश्चिममा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेपनि यसको मोडालिटिको विषय भने अझै अन्यौलमै रहेको छ।

गेटा मेडिकल कलेजलाई कलेजका रुपमा नभई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाइनुपर्ने यस क्षेत्रका सरोकारवालाहरुको माग रहदै आएको छ। मेडिकल कलेजको निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकाहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने सुझाव दिदै आएका छन्।

गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरीले स्वास्थ्य विज्ञान प्रतिष्ठान नै उपयुक्त हुने बताए।

‘मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन बर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाईने मापदण्ड रहेको छ,’ उनले भने– ‘अन्य विश्व विद्यालयको सम्वन्धन लिनुपर्ने बाध्यकारी नियम छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पताल संगै सुरु गर्न सकिने र आफैँमा स्वायत्त हुने भएकाले सुदूरपश्चिमका लागि उपयुक्त हुने छ।’

गेटामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आधारभुत भौतिक संरचना तयार भईसकेको बताउ“दै उनले अहिलेसम्म कुन प्रारुपमा सञ्चालन हुने भन्ने विषयमा समेत टुङगो नलाग्दा तयार भएका भवन पनि प्रयोग विहिन बन्ने सम्भावना बढ्दै गएको बताए।

गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक हेमराज पुजाराले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानका आ–आफनै विशेषता भएकाले सो बारेमा अध्ययन गर्दै अगाडी बढ्नुपर्ने बताए।

‘मेडिकल कलेज भए परनिर्भर हुनपर्ने देखिएको छ,’ उनले भने– ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान भए कुनै पनि निर्णय गर्न कसैको भर पर्नुपर्ने अवस्था छैन्।’ उनले सुदूरपश्चिम विश्वविद्यालयको अवस्था बलियो भएको भए सोही विश्वविद्यालयबाट सम्वन्धन लिएर मेडिकल कलेजकै प्रारुपमा सञ्चालन हु“दा पनि ठुलै समस्या नहुने तर्क गरे।

भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेस“गै एक दशकदेखि बहुप्रतिक्षा गरिएको सुदूरपश्चिमको यो प्रस्तावित मेडिकल कलेज सञ्चालनका लागि कानुनी आधार बनाउन प्रदेश सरकारले समेत तदारुकता थालेको छ।

शैक्षिक तथा अस्पतालसहित प्रमुख संरचना यसै वर्ष्भित्र निर्माण पूरा हुने अवस्थामा रहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनियर पवन रावलले बताए । रावलका अनुसार परियोजनाको १० देखि १५ प्रतिशत काम मात्रै बा“की छ। कलेज भवन भने, हस्तान्तरणको अन्तिम तयारी हुँदैछ।

कलेजका लागि आवश्यक पर्ने शैक्षिक भवन, अस्पताल, छात्रावाससहित साना ठूलागरी २७ भन्दा बढी भौतिक संरचना निर्माणको अन्तिम चरणमा छ। अहिले भवनको भित्री भागमा ‘फिनीसिङ’, झ्याल, ढोका लगाउने र छेउछाउमा ट्रेन्च बनाउने काम भइरहेको छ।

प्रधानमन्त्री ओली फेरि ग्रान्डी अस्पतालमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न ग्राण्डी अस्पताल गएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी हुन् । उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने आफुले यसवारे जानकारी पाइनसकेको भन्दै बुझेर मात्रै खवर गर्ने बताए । यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै कात्र्तिक १४ गते हेमोडायलासिस गरिएको थियो । चिकित्सकहरुले प्रधानमनत्री ओलीलाई मृर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्न सुझाव दिएका थिए ।

के हो कोरोनरी रक्तनलीको रोग ?

काठमाडौंः कोरोनली रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ। यसलाई इस्केमिक मुटुरोग पनि भनिन्छ। यो हृदयाघात हुनुको प्रमुख कारण हो। यो सामान्ततया मुटुको मांशपेशी रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरु साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ। स्वास्थ्य खबरपत्रिकाबाट कोरोनरी रक्तनली रोगका लक्षण – छाती दुख्नेः प्रायःजसो देव्रेतिर – कहिलेकाहीँ बायाँ पाखुरा, घाँटी र पेटको माथिल्लो भाग दुख्ने -कारोनरी रक्तनलीका रोग भएका बिरामीले कुनै किसिकको दुखाइ महसुस नगर्न सक्छन्। तर उनीहरुलाई श्वास फेर्न गाह्रो हुने,वाकवाक लाग्ने र बेहोस हुने गर्दछन्। प्रायःजसो यस्ता लक्षणहरु बिरामीले बल लगाउने किमिमका काम जस्तै – हिँडाइ सकाए पश्चात् कम हुने गर्दछ। तथापि यदि आराम गरिरहेको समयमा पनि छाती दुख्न थालेमा वा सो दुखाई पर्याप्त आराम पश्चात् पनि यथावत् रहेमा हृदयघात (एक्युट मायोकार्डियल इन्फ्रक्शन) को लक्षण हुन सक्छ। सूर्तिजन्य पदार्थको सेवन, ध्रुमपान, उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना , मोटोपना, निस्कृय जीवनशैली यो रोगका प्रमुख कारक तत्व हुन्। यो रोग इलेक्ट्रोकार्डियोग्राम (इसिजी) मार्फत पत्ता लगाउन सकिन्छ। यसबाहेक रक्तनली बन्द भएको पुष्टि गर्न अभ्यास सहितको इ.सि.जी कारोनरी एन्जियोग्राफी र स्क्यान जस्ता अन्य थप जाँचहरु गर्न आवश्यक पर्न सक्छ। औषधिको सेवनले कारोनरी रक्रनलीको रोगका लक्षणहरुका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानीलाई नियन्त्रण गर्न सकिन्छ। केही बिरामीहरुको बनद भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग (एन्जियोप्लाष्टि) वा शल्यक्रिया गरेर खोल्नुपर्ने हुन सक्छ। पर्याप्त उपचार गर्न र जटिलताको रोगथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी छ। कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन – आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्ः सन्तुलिन आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने नियमित रुपमा शारीरिक व्यायाम गर्ने धुम्रपान सेवान नगर्ने मानसिक तनाव हटाउने धेरै बोसोयुक्त खानेकुरा नखाने -जोखिमपूर्ण कारक तत्वहरुको समयभन्दा अगावै मूल्यांकन गर्न आफ्नो चिकित्सकसँग सम्र्पक गर्नुहोस् र यदि केही कारक तत्वहरुको विकास भइसकेको छ भने स्वास्थ्यको पूर्ण परीक्षण गराउनुहोस्। – ती जोखिमपूर्ण कारक तत्वहरुलाई चिकित्सकहरुले बोसो कम गर्ने औषधिको प्रयोग गरेर रगतमा भएको चिल्लोपन हटाउन सक्छन्। औषधिको प्रयोग गरेर रक्तचापलाई सामान्य बनाइराख्ने र डायटिसियनसँग सरसल्लाह गरेर खानपिन खानपिन सम्बन्धि सुझाव लिन सकिन्छ। – नियमित रुपमा दिनहुँ औषधि सेवन गर्नुहोस्। अन्यथा ती औषधिहरु लाभदायी हुँदैनन्। यस्ता आवश्यक औषधिहरु सधै बोक्ने गर्नुहोस्। – तपाइले सेवन गरिरहनु भएको औषधिहरुको प्रतिकूल असर बारे अनि यसबाट बच्ने विभिन्न उपायहरुबारे आफ्नो चिकित्सकसँग जानकारी लिनुहोस्। -चिकितस्कसँग समयसमयमा स्वास्थ्य जाँच गराउनुहोस् र परामर्श लिनुहोस्।

कागज र कपडाका झोला पनि प्लास्टिक जस्तै हानिकारक !

काठमाडौंः पातला अर्थात् ३० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकका झोला उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । सगरमाथा क्षेत्रसहित देशका विभिन्न स्थानीय सरकारका समेत प्लास्टिकका झोलाको प्रयोग रोक्न आ–आफ्नै योजना र कार्यक्रमहरू बनाएका छन् । प्लास्टिक पर्यावरणका लागि हानिकारक छ भन्दै अभियान चलाउनेहरूले प्लास्टिकको झोलाको स्थानमा दिने साझा विकल्प हो–कपडा वा कागजको झोला । तपाईँले पछिल्लोपटक प्रयोग गरेको झोला केबाट बनेको थियो ? जवाफ जेसुकै भए पनि हामीसँग एउटा जानकारी छन्, ‘ती सबै पर्यावरणका लागि खराब छन् ।’ विज्ञहरू त तपाईँलाई अर्को नयाँ झोला नै नकिन्न सुझाव दिन्छन् । पर्यावरणका लागि प्लास्टिकका झोलाभन्दा बढी कपडा वा कागजको झोला खतरनाक हुन सक्ने उनीहरूको मत छ । वातावरणमैत्री झोलाको कुरा गर्दा त्यसको काम सकिएपछि के हुन्छ भन्ने मात्र सोचेका छौँ । तर त्यो झोला बन्ने क्रममा लाग्ने खर्च र प्रक्रियालाई बिर्सन्छौँ। झोलाले पर्यावरणमा पर्ने प्रभाव जाँच्ने हो भने निम्न कुराहरूमा ध्यान दिनुपर्छः झोला बनाउँदा कति ऊर्जा खपत भयो? त्यसलाई कतिपटकसम्म पुर्नप्रयोग गर्न सकिन्छ? पुर्नप्रशोधन गर्न कति सहज छ? फ्याँकेपछि कति सहजै त्यो कुहिन्छ? ऊर्जा खपतको प्रश्न सन् २०११ उत्तरी आयरल्याण्डको संसद्को एउटा अध्ययनका अनुसार ‘कागजको झोला उत्पादन गर्न प्लास्टिकको भन्दा चार गुणाभन्दा बढी ऊर्जा खपत हुन्छ ।’ उक्त अध्ययनका अनुसार पेट्रोलियम प्रशोधनका क्रममा खेर जाने पदार्थबाट प्लास्टिकका झोला उत्पादन हुन्छ भने पनि कागजका लागि रूख काट्नुपर्छ । कागजको झोला उत्पादन प्रक्रियामा धेरै पानी र रसायन खपत हुने बताइएको छ । कपडाको झोला उत्पादनले त झन समस्या देखाउँछ । नर्थनटम विश्वविद्यालयका दिगो फोहोर व्यवस्थापन विषयका प्राध्यापक मार्ग्रेट बेट्स भन्छन्, ‘कपास उत्पादन गर्ने काम निकै लामो र श्रम पर्ने हुन्छ । तीव्र रूपमा फेरिएका हाम्रा फेसनका रहरको असर यसमा पनि पर्छ ।’ सन् २००६ मा यूकेको पर्यावरण निकायले गरेको एउटा अध्ययनमा तापमान वृद्धिदर घटाउन कागजको झोलाको उत्पादन तीन गुणाले घटाउनुपर्ने बताएको थियो । सो सुझावमा प्लास्टिकको झोलाको उत्पादन चार गुणाले घटाउनुपर्ने कुरा थियो। तर सो प्रतिवेदनमा कपडाका झोलाको उत्पादन भने १३१ गुणाले कम गर्नुपर्ने बताएको थियो । च्यातिने र भिज्ने समस्या भएका काजगका झोलाको पुर्नप्रयोग हुन गार्हो हुन्छ । निष्कर्षमा उक्त वातावरणीय प्रतिवेदनमा भनिएको छः कागजको झोला कमजोर हुँदा धेरै प्रयोग गर्न सकिन्न, कपडाका झोलाको आयु भने लामो हुनेगर्छ, कागज कमजोर भएपनि छिट्टै कुहिने भएकाले त्यसले जनावरहरूमा पार्ने असर भने कम हुन्छ, र प्लास्टिकका झोला कुहिन चार सयदेखि एक हजार वर्षसम्म लाग्छ । त्यसोभए ठीक कुन हो त? जवाफ सरल छ । तपाईँले झोलाहरू पुर्नप्रयोग गर्नुभएन भने त्यसको वातावरणीय प्रभाव उच्च हुन्छ । प्राध्यापक बेट्स भन्छन्, ‘जेसुकैबाट बनेका झोला भए पनि त्यसलाई सक्दो धेरै पुर्नप्रयोगमा ल्याउनु नै त्यसको वातावरणीय असर कम गर्नु हो ।’ बजार जाँदा झोला बोक्न बिर्सियो र कपडा वा कागजकै झोला किनियो भने पनि सबैभन्दा ठूलो वातावरणीय मूल्य पर्छ । बीबीसी

उठ्ने बित्तिकै हिँड्नु स्वास्थ्यका लागि कति उपयुक्त?

एजेन्सीः नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदाः १. दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ । २. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ । ३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । ४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ । ५.यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ । ६.निसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ ।

इन्टरनेट कुलतः के तपाईँमा इन्टरनेटको कुलत सुरु भइसकेको त छैन?

काठमाडौं । इन्टरनेटले हाम्रो जीवनलाई धेरै अर्थमा परिवर्तन गरेको छ। यसले हाम्रो जीवन स्तर उन्नति गर्नुका साथै धेरै कार्यहरू गर्न अत्यधिक सहजता उपलब्ध गराएको छ। यसका साथै इन्टरनेटले सूचना, मनोरञ्जन र ज्ञानको विशाल भण्डार समृद्ध गर्नका साथै यस्ता तमाम सुविधा वृद्धि गरेको छ, जसले गर्दा यसको अत्यधिक प्रयोग गर्नुको लत–कुलत हाम्रा लागि समस्या भइसकेको छ। विज्ञापन अन्तर्राष्ट्रिय अन्वेषकहरूको टोलीले भर्खरै गरेको अध्ययनमा इन्टरनेटको प्रयोगले हाम्रो मस्तिष्कको आन्तरिक संरचनालाई द्रुत रूपमा परिवर्तन गरिरहेको छ भन्ने ज्ञात हुन आएको छ । इन्टरनेटको अत्यधिक प्रयोगले प्रयोगकर्ताको एकाग्रता, स्मृति र सामाजिक सम्बन्धलाई नराम्रोसँग प्रभावित गरीरहेको रिपोर्ट प्रकाशित भएको छ । साच्चै भन्ने हो भने मस्तिष्कमा भइरहेको यो परिवर्तनले केही मात्रामा, हाम्रो स्नायु प्रणालीलाई नै पुनर्संयोजित (रि–वायरिंग) गरिरहेको छ । मनोचिकित्सकीय अनुसन्धानको विश्व प्रसिद्ध जर्नल वर्ल्ड सायकिएट्रीको जून २०१९ को अंकमा प्रकाशित अध्ययन अनुसार इन्टरनेटको अत्यधिक प्रयोगले हाम्रो दिमागमा स्थायी र अस्थायी प्रभाव पारी रहेको छ। अध्ययनमा सम्मिलित शोधकर्ताले ती प्रमुख परिकल्पनाको जाँच (परीक्षण) गरे जसले इन्टरनेटको प्रयोगले मानिसको संज्ञानात्मक प्रक्रियालाइ बदल्न सक्छ । यसका साथै शोधकर्ताले यो पनि परीक्षण गरे, कि मनोविज्ञान, मनोचिकित्सा र ‘न्यूरोइमेजिंग’का आधुनिकतम निष्कर्षसँग यो कति मेल खान्छरु अस्ट्रेलियाको वेस्टर्न सिडनी विश्वविद्यालयका वरिष्ठ शोधकर्ता डा जोसेफ फेर्थका अनुसार इन्टरनेटको प्रयोगले मष्तिष्कको संरचना मा कसरी प्रभाव पार्छ भन्ने सम्बन्धमा भन्छन, ‘यस अनुसन्धानको प्रमुख निष्कर्ष भनेकै उच्च स्तरको इन्टरनेट प्रयोगले दिमागमा धेरै नकारात्मक प्रभाव पार्नसक्छ भन्ने रहेको छ ।’ उदाहरणको लागि, इन्टरनेटबाट आउने गरेका नोटिफिकेशन र सूचनाको अविरल प्रवाहले हामीलाई हाम्रो ध्यान उतै राख्न प्रोत्साहन दिन्छ। यसको परिणामस्वरुप आफ्नो अन्य कार्यमा ध्यान केन्द्रित गर्ने हाम्रो क्षमता प्रभावित हुन्छ । हामी कुनै एक विषयवस्तुमा ध्यान केन्द्रित गर्न, त्यसलाई राम्ररी बुझ्न एवं विषयवस्तुको गम्भीरता आत्मसात गर्न सकिरहेका हुन्नौँ। यस सोधले, इन्टरनेटले हाम्रो दिमागको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई कसरी प्रभावित गरिरहेको छ भन्ने बारे संकेत गर्छ । वर्तमान समयमा सोशल मिडियाका साथै धेरै अनलाइन टेक्नोलोजीहरूको व्यापक प्रयोग बढ्दै जानु शिक्षक र अभिभावकहरूको चिन्ताको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनद्वारा सन २०१८ मा जारी गरिएको दिशानिर्देश अनुसार, साना बच्चाहरु (२.५ वर्षको उमेर) लाई दैनिक एक घण्टा भन्दा बढी समय कुनै पनि खाले स्क्रीनको सम्पर्कमा आउँन दिनु हुँदैन । हुन त वर्ल्ड साइकियट्री पत्रिकामा प्रकाशित सोध वयस्कहरूमा गरिएको अनुसन्धानको नतिजा हो भनिएको छ । बच्चाहरूमा इन्टरनेट प्रयोगले हुने फाइदा र हानिबारे थप अनुसन्धान हुनु बाँकी नै छ । डा फेर्थ भन्छन्, ‘बच्चा तथा युवा मानिसहरूलाई इन्टरनेटको नकरात्मक प्रभावबाट जोगाउन अझ बढी अनुसन्धान आवश्यक छ, आमाबाबुले पनि आफ्ना बच्चाहरूले डिजिटल उपकरणहरूमा धेरै समय खर्च नगर्ने वातावरण सुनिश्चित गर्नुपर्दछ।’ अभिभावकहरूले बच्चाहरूको अन्य महत्त्वपूर्ण विकासमूलक गतिविधिहरू, जस्तै सामाजिक अन्तर्क्रिया , शारीरिक व्यायाम तथा मैदानमा खेलिने खेल जस्ता गतिविधिमा बढी ध्यान दिनु पर्दछ। वास्तव मा यस अनुसन्धान को प्रमुख उद्देश्य हो, ‘हामीले यो बुझ्नु आवश्यक छ कि जहाँ एकतिर इन्टरनेटको सुविधाले हामी ‘ग्लोबल’ नागरिक बनी रहेका छौँ ,त्यही अर्कोतिर बच्चा देखि बुढा पाकासम्म ‘साइबर एडिक्ट’ पनि हुँदै गईरहेका छौँ । यो लत अथवा कुलत पनि रक्सी अथवा चुरोट भन्दा कम छैन । इन्टरनेटको बानी लागेका मानिसको मस्तिष्कका केहि भागमा ‘गामा अमिनोब्यूटरिक एसिड’ (जीएबीए) को स्तर बढ्दै गईरहेको छ। ‘जीएबीए’ को सम्बन्ध मस्तिष्कका विभिन्न कार्य जस्तै जिज्ञासा, तनाव र निन्द्रा आदिसँग रहेको छ । यसको असन्तुलनले अधीरता ,छटपटाहट, बेचैनी, तनाव र अवसाद (डिप्रेसन) बढाउँछ । इन्टरनेट प्रयोगको बानीले हाम्रो मस्तिष्कका सर्किटलाइ द्रुत गतिले र नया किसिमले पुनरसंयोजित (रि–वायरिंग) गरिरहेको छ । स्मरण गर्नुस त ‘इन्टरनेट प्रयोगको प्रारम्भिक चरणमा हामी जुनबेला पनि अनलाइन हुने–देखिने प्रयास गर्थ्यौँ,आज अवस्था त्यसको विपरीत छ । बेर छैन, अब संसारमा जाँड –रक्सी चुरोटको लतबाट मुक्ति प्रदान गर्ने जस्ता ‘रिह्यभिलेसन सेन्टर’ जस्तै इन्टरनेटको कुलतबाट टाढा राख्ने सेन्टर खोलिने क्रम प्रारम्भ होस्। देश सञ्चारबाट

स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक उडे विदेश

काठमाडौं । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि । उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

टाउकाको बिमारीलाई सुगरको औषधि

मोरङ । विराटनगरमा सञ्चालित औषधा फार्मेसीले टाउकोको बिरामीलाई सुगरको औषधि दिएको पाइएको छ । गत साउनमा भारतको विहार सिपोल जिल्लाका राम दास आफ्नो टाउनको दुख्ने समस्याको जाँच गराउन विरानगरस्थित न्यूरो अस्पताल आएका थिए । उनले सम्पूर्ण जाँच गराएपछि डाक्टरले उनलाई टाउको दुख्ने समस्या रहको भन्दै केहि औषधि लेखिदिएका थिए । उनी औषधि किन्न नजिकै रहेको फार्मेसीमा गए । औषधि पसलेले बिमारीलाई गलत औषधि दिएपछि उनको अवस्था पहिले भन्दा झन गम्भीर बन्न पुगेको छ । न्यूरो अस्पताल नजिकै रहेको औषधा फर्मेसीबाट राम दासले औषधि खरिद गरेका थिए । डाक्टरले इन्कोरेट सीआर ५०० लेखिदिएकोमा औषधि पसलेले उनलाई इफिमेन्ट ५०० एमजी दिएका थिए । इन्कोरेट टाउकोसम्बन्धी विमारीलाई दिइने औषधि हो भने इन्कोरेट सुगरको औषधि भएको चिकिस्तकको भनाई छ । फार्मेसीले दिएको औषधि एक महिनासम्म सेवन गरेपछि डाक्टरलाई फलोअप गराउन गत भदौ २४ गते दास पुनः न्यूरो अस्पताल आएर चेकजाँच गरे । चेकजाँचको क्रममा उनलाई गलत औषधि दिइएको डाक्टरले थाहा पाएपछि औषधि व्यवसायीको गलत धन्धाको सहस्य खुलेको हो । उक्त विषयलाई लिएर न्यूरो अस्पतालका सञ्चालक डा. विरेन्द्र विष्टले औषधि व्यवस्था विभाग र प्रशासनमा उजुरी गर्ने निणर्य लिइएको भएता पनि पछि औषधा फार्मेर्सीका सञ्चालक अर्विन्द प्रधानलार्ई एक पटक क्षमा दिने निणर्य भएपछि अहिले घटना दबाउने प्रयास भएकोे पीडित परिवारले बताएका छन् । न्यूरो अस्पतालका निर्देशक रञ्जितराज बस्नेतका अनुसार गलत औषधि सेवनका कारण बिमारीको ज्यानसमेत जने अवस्थामा पुग्छ । निर्देशक बस्नेतका अनुसार एक महिनासम्म गलत औषधि सेवन गरेका कारण बिरामी पहिलाभन्दा झनै सिकिस्त भएका थिए । यो समाचार आजका आर्थिक दैनिकमा छापिएको छ ।

डेंगु परीक्षण कीटमा ठगी धन्दाः १८ सय रुपैयाँ परीक्षणका नाममा असुली

काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ । हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

घरमै बसेर यसरी गर्न सकिन्छ डेंगुको उपचार, यस्ता छन् उपाय

काठमाडौं । विशेषज्ञहरुले हाल मुलुकमा डेंगु संक्रमण भएर सामान्य ज्वरो लगायतका लक्षण भएका बिरामीलाई नआत्तिई घरमै आराम गर्न सल्लाह दिएका छन्। उनीहरुले जोखिम समूहमा रहेका बाहेक अन्य व्यक्तिलाई तत्कालका लागि डेंगुबाट खासै डराउनुपर्ने अबस्था नरहेको समेत औँल्याएका छन्। ‘डेंगुको लक्षणसहित सामान्य ज्वरो आयो भने नआत्तिई चिकित्साकर्मीको सल्लाहमा घरमै स्वास्थ्य लाभ गर्न सकिन्छ,’ शुक्रराज ट्रोफिकल तथा सुरुवा रोग अस्पताल, टेकुका निर्देशक डा। वासुदेव पाण्डेले भने। उनका अनुसार जोखिम समूहमा रहेकाहरुले भने उपचारमा ध्यान दिनुपर्छ। यो जोखिम समूह अन्तर्गत बच्चा, बुडापाका, गर्भवती, दीर्घरोगी, पेप्टिक अल्सर भएका, मोटोपना भएका, रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरु पर्छन्। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार यो संक्रमण फ्लुजस्तो बिरामीको कारण बन्छ र कहिलेकाहीँ सिभियर डेंगुजस्तो सम्भावित घातक जटिलतामा विकसित हुन सक्छ। परिवारमा कसैलाई सामान्य डेंगु भएमा चिकित्सकको सल्लाहमा घरमै स्याहार गर्न सकिन्छ। तर, यस्तो सयम बिरामीमा देखिने लक्षणहरुलाई सावधानीपूर्वक निगरानी भने गर्नुपर्ने हुन्छ। ज्वरो कम गर्न आवश्यक भए हरेक ६ घन्टामा पारासिटामोल दिन सकिन्छ। सामान्यतया एक–दुई सातामा डेंगु आफैँ निको हुन्छ। यो रोगको उपचार गर्नको लागि कुनै विशिष्ट प्रकारको औषधि छैन। सामान्य डेंगु भएकाहरुलाई निर्जलीकरण रोक्नका लागि बढी मात्रामा पानी लगायतका झोलिलो खानेकुरा, तरल पदार्थ सेवनसँगै आराम गर्ने सल्लाह दिइन्छ। डेंगुमा आन्तरिक रक्तस्रावको जोखिम पनि हुने भएकाले एस्प्रिरिन, आइबुप्रोफेन लगायतका औषधि उपयोग गर्नु हुँदैन। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

आउँदैछ शरद ऋतु, कसरी रहने स्वस्थ्य ?

वर्षा ऋतुको बहिर्गमनसँगै शरद ऋतुले चियाउन थालिसकेको छ। नेपाली पात्रो अनुसार असोज र कार्तिक महिनालाई शरद ऋतु भनिन्छ। यस ऋतुमा हावापानी सम शीतोष्ण किसिमको हुने गर्दछ अर्थात न धेरै गर्मी न जाडो। शरद ऋतुमा सबै भन्दा अनुकुल वातावरण हुने हुँदा घुमफिर गर्न देखि तीर्थाटसम्म का लागि यो ऋतु आदर्श मानिन्छ। तर वातावरणको यो अनुकूलता मानिसका लागि मात्रै नभई विभिन्न रोगका जीवाणुका लागि पनि भएकाले यस ऋतुलाई आयुर्वेदमा रोगहरुको जननी ऋतु पनि मानिन्छ । त्यसैले यस ऋतुमा अन्य ऋतुहरुमा भन्दा बढी सावधानी अपनाउनु पर्ने भएकोले दशै , तिहार जस्ता पर्वहरुको चलन चलाई व्रत उपासना गर्ने परम्परा चलिआएको छ । यस ऋतुमा ज्वरो तथा मलेरिया जस्ता जीर्ण रोगले आक्रमण गर्नसक्छ । त्यसैले यस ऋतुमा प्रकृति अनुकुल आहार विहार गर्नु नै स्वास्थ्य रहने उपाय हो । शरत ऋतुमा पालना गर्नुपर्ने आहार नियम यस ऋतुमा पित्तको प्रकोप बढ्ने कारण यसलाई जसरी पनि शरीर बाहिर निकाल्नु पर्दछ । त्यसलाई वमन गरेर वा औषधी खाई दिशाबाट दुई तरीकाले निकाल्न सकिन्छ । वायु प्रकृतिका ब्यक्तिले यस ऋतुमा गाइको घिउ खानु उपर्युक्त मानिन्छ भने कफको समस्या भएका ब्यक्तिलाई तितो पिय पदार्थ सेवन गर्नु उचित हुन्छ । यस ऋतुमा जतिसक्दो दुधको सेवन गर्नु राम्रो मानिन्छ । यस ऋतुमा पितको कारण शरीरमा गर्मीको मात्रा बढ्ने हुनाले बढी शीतल चिजहरु खाने गर्नुपर्दछ । यस ऋतुमा सजिलै पच्ने हलुका चिजहरु खानु राम्रो मानिन्छ ।  

ब्लड क्यान्सर पीडित देवबहादुरद्वारा सहयोगको अपिल

डडेल्धुराः भित्रीमधेसमा पर्ने परशुराम नगरपलिका–१० भितेसालका ब्लड क्यान्सर पीडित देवबहादुर विष्टले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । हालसम्म ३० लाखभन्दा बढी रकम आफ्नो उपचारमा खर्चिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको दुखेसो पोख्दै उनले सबैमा आर्थिक सहायताका लागि अपिल गरेका हुन् । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत उनलाई २०७४ फागुनमा घर फर्किएपछि एक्कासी ब्लड क्यान्सरको समस्या देखा परेको थियो । करिब ७ महिना अघिदेखि ब्लड क्यानसरबाट पीडित २६ वर्षीय विष्ट हाल भारतस्थित डीआर.क्रिस्नस क्यान्सर हेलर सेन्टर प्रा.लिबाट औषधि सेवन गरिरहेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले ब्लड क्यान्सर पीडित छोराको उपचारमा कठिनाई भएको उनका बुवा रामबहादुर बिष्टले दुखेसो पोखे । सहयोग गर्न चाहनेहरुले नेपाल बैंक लिमिटेड, जोगबुडा शाखामा रहेको देवबहादुर विष्ट नामको खाता नं २४४०१००६६८५०२३०००००१ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।

डेंगु प्रकोपः दक्षिण एसियामा एकै भाइरस

काठमाडौं । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्। ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा।बीएन नागपालले भने। लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए। समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की प्रतिनिधि डा।लुङतेन वाङचुकले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ र विश्व उष्णीकरणलगायत कारक तत्व जिम्मेवार रहेको बताइन्। डेंगु उपचारका कुनै निश्चित औषधि एवं खोपसमेत नभएका कारण पनि उपचारमा चुनौती थपिएको विज्ञको भनाइ छ। लामखुट्टेको अन्डा तथा लार्भा नष्ट गर्नुबाहेक विकल्प नभएको डा।नागपालले बताए। उनीहरू डब्लूएचओ, युनिसेफ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको कार्यक्रममा सहभागी थिए। डब्लूएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

यौन व्यवसायमा लगाउन बालिकामा जवानी बढाउने हर्मोनको प्रयोग

काठमाडौंः  भारतीय टेलिभिजन च्यानल सोनीमा अपराधसम्बन्धी एउटा सिरिज प्रशारण हुन्छ- क्राइम पेट्रोल। सत्य घटनामा आधारित अपराधको नाटकीय रुपान्तरण सो कार्यक्रमको एक एपिसोडको विषय थियो- हार्मोन प्रयोग गरी किशोरीलाई वयस्क बनाएर यौन धन्दामा लगाउने। जसको एउटा वास्तविक कथा थियो– भारतको हरियाणास्थित एउटा ग्रामीण भेगबाट नौ वर्षीया बालिका एकाएक हराउँछिन्। खोज्दै जाँदा ६ महिनापछि उनी मुम्बईको यौन कोठीमा फेला पर्छिन्। तर, जब परिवारले उनलाई भेट्छन, चिन्नै सक्दैनन्। ६ महिना अगाडि हराएकी ९ वर्षीया बालिका १८–२० वर्षकी वयस्कझैँ भइसकेकी थिइन्। उनका स्तनको आकार वयस्क बराबरै थियो। शरीरको आकार प्रकार पनि पूरै बदलिएको थियो। तर, मानसिक अवस्था भने उनी उही नौ वर्षीया झैँ थिइन्। प्रहरी अनुसन्धानबाट खुल्छ ती बालिका अपहरणमा परे लगत्तै उनलाई शारीरिक अवयव बढाउने हर्मोन इन्जेक्सन दिइएको थियो। जसको प्रभावले नौ वर्षकी बालिका शारीरिक रुपमा ६ महिनामै वयस्कझैँ भइसकेकी थिइन्। भारतमा हुने अधिकांश अपराधको प्रवृत्ति नेपालसँग मिल्छ। यौन पेशामा लगाउन नेपालबाट किशोरीहरु भारत पुर्याएर बेच्ने क्रम अझै रोकिएको छैन। अहिले त आन्तरिक रुपमै काठमाडौँ, पोखरा लगायतका शहरमको रात्रिकालिन व्यवसायमा संलग्न गराउन ग्रामीण भेगबाट किशोरी ल्याउने क्रम बढेको छ। कार्यक्रममा देखाइएका यौवन बढाउन प्रयोग भएको स्टेरोइड, अक्सिटोसिन, टेस्टेस्टेरोन, प्रोजेस्टेरोन र स्ट्रोजेन हर्मोन खुवाउने अपराध कनै नेपालमा पनि गुपचुप भइरहेको छ छैन? हर्मोनको प्रयोगबारे जिम्मेबार सरकारी निकायमा गुनासो पुगेको छ। तर प्रमाण छैन भनेर अधिकारीहरु मौन बसिरहेका छन्। यो हर्मोन खाएपछि व्यक्तिको अनुहार गोलो हुँदै जान्छ। भुँडीसमेत बढ्छ। हाइट नबढ्ने भए पनि व्यक्तिको तौल बढेपछि साना बालिका पनि वयस्क जस्ता देखिन्छन्। यो खबर आजको शुक्रबार साप्ताहिकमा उपेन्द्र खड्काले लेखेका छन्।

अस्पतालमा डेंगुका बिरामीको चाप घटेन, ‘डेंगु खोज र नष्ट गर’ अभियान सुरु

काठमाडौंः  सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेङ्गु रोगका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जलगायतका अस्पतालमा बिरामीको चाप बढ्दो छ । रोगीको सङ्ख्या बढ्दै गएपछि सरकार तथा स्थानीय तहले समेत रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन् । सरकारले डेङ्गु नियन्त्रण गर्न ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । सरुवा रोग अस्पतालमा भीड टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा धेरै बिरामी पुग्ने गरेका छन् । दैनिक ५०० जनाको डेङ्गु परीक्षण हुने गरेकोमा २५० देखि तीन सयसम्मलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । विगत १० दिनदेखि सरुवा रोग अस्पतालमा डेङ्गु पोजेटिभ बिरामीको सङ्ख्या एक हजार ५०० पुगिसकेको छ । डा. शेरबहादुर पुनलगायतको पाँच जनाको टोलीबाट अस्पताल जानेबित्तिकै डेङ्गुका लागि छुट्टै एकाइ स्थापना गरेर बिरामीको उपचार भइरहेको छ । डेङ्गुको आशङ्का गरिएका बिरामीको स्वास्थ्य परीक्षण गरिन्छ । डा. पुनलगायतका चिकित्सक टोलीले दैनिक ८० देखि १२० जना बिरामीलाई जाँच गरिरहेको छ । डा. पुनले आफूले डेङ्गुको लक्षण लिएर आएका बिरामीको दैनिक १२० जनासम्मको स्वास्थ्य परीक्षण गरिएको बताए । मलगायत अन्य चिकित्सकले पनि त्यही हाराहारीमा बिरामी हेरिरहनुभएको छ, डा. पुनले भने, “अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या घट्ने होइन, झन् बढ्दो छ ।” टेकु अस्पतालमा आएका बिरामीमध्ये ताहचल, भोटेबहाल, कुलेश्वर र डल्लुका बिरामी धेरै छन् । डा. पुनले भने, “डल्लु क्षेत्रका बिरामी घरैपिच्छे आएका छन्, कुनै घरका परिवारसमेतलाई डेङ्गु फैलिएको छ ।” उनले तत्काल डेङ्गुका बिरामीको सङ्ख्या घट्ने क्रममा नरहेको बताए । यही अवस्था रहे अझै डेढ महिनासम्म बिरामी घट्नेभन्दा बढ्ने बढी हुन्छ, पुनले भने, “जबसम्म लामखुट्टेको सिजन रहिरहन्छ तबसम्म डेङ्गु घट्दैन ।” त्रासको अवस्था छैन डा. पुनले भने, “घरघरमा डेङ्गुको सङ्क्रमण हुँदा आफूलाई पनि डेङ्गु सर्ने हो कि भन्ने चिन्ता सबैमा देखिन्छ ।” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले गाउँका भन्दा सहरी क्षेत्रका बासिन्दा जोखिममा रहेको बताए । डेङ्गु नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ छ । अहिले एसिया क्षेत्रमा डेङ्गुले महामारीको रूप लिएको भन्दै उनले कतिपय देशमा स्वास्थ्य सङ्कटकालको समेत घोषणा गरिसकेको बताए । टाउको र शरीर दुख्ने, ज्वरो आउने, थकाइ लाग्नेजस्ता लक्षण देखापर्नासाथ चिकित्सककहाँ जानुपर्ने उनको भनाइ छ । डेङ्गुले कुनै व्यक्ति पनि सुरक्षित नहुने भन्दै उनले नियन्त्रणका लागि सरकारले अभियान सुरु गर्नुपर्ने बताए । उनले मुलुकका ५४ जिल्लालगायत राजधानीमा समेत डेङ्गुको सङ्क्रमण देखिएकाले यसलाई राष्ट्रिय विषय बनाउनुपर्ने बताए । वीरमा ४५ जनालाई डेङ्गु यसैगरी वीर अस्पतालमा आइतबार र सोमबार डेङ्गु परीक्षण गरिएकोमा ४५ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले ९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ५५ जनामा पोजेटिभ देखिएको बताए । उनले तीमध्ये केहीलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिए । अस्पतालले डेङ्गुका बिरामी सरुवा रोग अस्पतालमा रेफर गर्ने गरेकोमा बिरामी अत्यधिक आउन थालेपछि वीरमै डेङ्गुको किटको व्यवस्थासहित उपचार गर्न सुरु गरेको हो । पाँच हजार ९५ जनामा डेङ्गु इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनदेखि भदौ २३ सम्म पाँच हजार ९५ जनामा डेङ्गु सङ्क्रमित भएको तथ्याङ्क रहेको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले गत वैशाखदेखि असारसम्म जम्मा तीन हजार ४२५ र साउनदेखि हालसम्म पाँच हजार ९५ जनामा डेङ्गु भएको बताए । उनले तीमध्ये काठमाडाै, डोटी, रुपन्देही, चितवनमा पाँच जनाको मृत्यु भइसकेको बताए । भक्तपुरमा ९७ लाई डेङ्गु विगत केही दिनयता भक्तपुरमा फैलिएको डेङ्गु नियन्त्रण बाहिर गएको छ । भक्तपुर स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार हालसम्म भक्तपुरमा ९७ जनामा डेङ्गुको सङ्क्रमण भएको पुष्टि भइसकेको छ । उनले केही दिनयता भक्तपुरमा अत्यधिक डेङ्गुका बिरामी देखा परेको जानकारी दिँदै नियन्त्रणका लागि समेत प्रयास भइरहेको बताए । विद्यालयमा गएर जनचेतना फैलाउने काम भइरहेको जानकारी दिँदै स्वास्थ्य प्रमुख मिजारले स्वास्थ्य कार्यालयबाट टोलटोलमा गई डेङ्गुबारे सचेतना जगाउने काम पनि भइरहेको बताए । उनले विशेषगरी भक्तपुर नगरपालिका क्षेत्रमा डेङ्गुका बिरामी अत्यधिक देखिएको बताए । गाेरखापत्र दैनिकबाट

डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?

काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा। पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए । उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८÷१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा। पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए । यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं –ज्वरो आउने –आँखाको गेडी दुख्ने –शरीरमा डाबर आउने –बेस्सरी टाउको दुख्ने –अरुचि हुने –पेट तथा आन्द्रामा गडबडी हुने –जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने बच्ने उपाय –लामखुट्टेको टोकाइबाट जोगिनु –झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने – पूरा शरीर ढाकिने गरी कपडा लगाउने –राति र दिउँसो पनि झुलभित्र सुत्ने कसरी सर्छ ? डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।