हालसम्म कतिको भयो कोरोना परीक्षण? यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

काठमाडौंः सरकारले सोमबारसम्म देशभरी साढे साढे ३३ हजार भन्दा बढीमा कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) (यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए ।

पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको उनले बताए । यस्तै, आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ । सोमबार नयाँ संक्रमित देखिएका छैनन् । अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन् । ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

उदयपुरमा पिसिआर परीक्षणका लागि १ सय ५२ जनाको नमुना संकलन गरिएको छ । उनीहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको प्रवक्ता डा। देवकोटाले बताए ।

सरकारले प्रदेशअनुसार परीक्षण गरिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा आरडिटी विधिबाट सबैभन्दा बढी परीक्षण भएका छन् ।

प्रधानमन्त्री ओलीलाई आजै साँझ डिस्चार्ज गरिने

फाइल तस्बिर । काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै साँझ डिस्चार्ज गरिने भएको छ । फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई आजै साँझ डिस्चार्ज गरिन लागिएको शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिवि शिक्षण अस्पतालले जनाएको छ । पूर्ण स्वास्थ्य लाभपछि मिर्गौला प्रत्यारोपणको १०औं दिनमा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले बताए ।  प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको विज्ञीितमा जनाइएको छ । ओलीलाई भान्जी नाता पर्ने समिक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी यसअघि नै डिस्चार्ज भइसकेकी छन् ।

कोरोना भाइरसः विश्वव्यापी महामारी के हो र यो शब्दावली किन प्रयोग गरिन्छ

काठमाडौंः विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस प्रकोपलाई प्यान्डेमिकू अर्थात् विश्वव्यापी महामारीूको सङ्ज्ञा दिएको छ। यसअघि चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणका लागि उसले उक्त शब्दावली प्रयोग गरेको थिएन। डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एड्हनम गेहब्रेयससले भाइरसको खतरनाक तहको सङ्क्रमणले निम्त्याएको गम्भीर चिन्ताका कारण अहिले यो पदावलीको प्रयोग गरिएको बताए। विश्वव्यापी महामारी के हो? प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारीले एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठूलो मात्रामा रोगको सङ्क्रमण देखिने स्थितिलाई जनाउँछ। पछिल्लो समय सन् २००९ मा स्वाइन फ्लू विश्वव्यापी महामारीका रूपमा फैलिएको थियो। त्यसबाट हजारौँ मानिसले ज्यान गुमाएको विज्ञहरूको ठम्याइ छ। यदि नयाँ भाइरसको उत्पत्ति भएको छ र त्यसले मानिसलाई सजिलै सङ्क्रमण गर्न सक्छ तथा प्रभावशाली ढङ्गले निरन्तर मानिसबाट मानिसमा सर्न सक्छ भने विश्वव्यापी महामारी फैलिन सक्छ। कोरोनाभाइरसको अहिलेको प्रकोपमा यी सबै विशेषता छन्। अहिलेसम्म कुनै खोप वा उपचारले रोक्न नसक्ने उक्त सङ्क्रमणको नियन्त्रण महत्त्वपूर्ण भएको छ। यो शब्दावली अहिले किन प्रयोग गरियो? ????????????????????????????????????????????????????????? फेब्रुअरी महिनाको अन्त्यतिर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कोरोनाभाइरस विश्व्यापी महामारी बन्ने सक्ने पूर्ण सम्भावना भएको टिप्पणी गरेका थिए। तर उक्त भाइरस अनियन्त्रित रूपमा विश्वभरि नफैलिएकाले त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्नु नपरेको उनको भनाइ थियो। तर स्थितिमा केही परिवर्तन आयो। कोरोनाभाइरस सङ्क्रमण देखिएका देशको सङ्ख्या बढ्यो। अहिले ११० भन्दा बढी देशमा एक लाख जनाभन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। भाइरसको सङ्क्रमण विस्तारमा भाषाको परिवर्तनले कुनै परिवर्तन ल्याउँदैन। तर देशहरूले यसको नियन्त्रण गर्ने प्रयासमा परिवर्तन ल्याउने डब्ल्यूएचओको आशा छ। डब्ल्यूएचओका प्रमुख डा.टेड्रोसले भनेका छन्, केही देशहरू क्षमताको अभावका कारण सङ्घर्ष गर्दैछन्। केही देशहरूले साधनस्रोतको अभावको सामना गरिरहेका छन्। केही देशहरू दृढताको अभावमा सङ्घर्ष गरिरहेका छन्। बीबीसी उनका अनुसार डब्ल्यूएचओले देशहरूलाई गरेको केही आग्रह यस्तो छः –आपत्कालीन संयन्त्रलाई सक्रिय र क्षमता वृद्धि गर्न –मानिसहरूलाई यसको जोखिम र जोगिने उपायबारे बताउन –कोभिड-१९ बाट पीडित प्रत्येक व्यक्ति पत्ता लगाउन, तिनलाई अलग्याएर राख्न, परीक्षण गर्न, उपचार गर्न र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका मानिसको पहिचान गर्न

आज प्रधानमन्त्रीको डिस्चार्ज हुने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा। प्रेम कृष्ण खड्काले जानकारी दिए । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले खानासमेत खान थालिसकेका छन् । उनले आईसीयूमै नियमित व्यायाम गर्दै आएका छन् । यही अवस्था रहिरहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझसम्म डिस्चार्च गर्न सकिने अस्पताल स्रोतले जनाएको छ । पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेकी छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शाक्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् । प्रमुख सल्लाहकार रिमालले ट्वीटरमार्फत प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर प्रगति भइरहेको र दोस्रो भिजिटरका रूपमा प्रथम महिला राधिका शाक्यले भेटेको जानकारी दिएका हुन् । यसअघि पहिलो भिजिटरका रूपमा मिर्गौला दाता समीक्षा संग्रौलाले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् । प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकसहितको निगरानीमा बस्न प्रधानमन्त्री निवास बालुवाटारमा आवश्यक व्यवस्थापन गरिँदै छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

क्यानाडेली प्रधानमन्त्री पत्नीलाई कोरोना संक्रमण

टोरोन्टोः क्यानाडाका प्रधानमन्त्री ट्रुडेउकि पत्नी सोफि ग्रेगोरिलाई कोरोना संक्रमण भएको छ । हालैमात्र बेलायत भ्रमणबाट फर्केकि सोफीलाई शुरुमा सामान्य रुघाखोकीको लक्षण देखिएपछि कोरोनाको परीक्षण गरिएको थियो । अहिले उनले घरमा नै आफुलाई अलग्गै राखिफउपचार लिईरहेकी छिन् । प्रधानमन्त्रिमा भने कुनै संक्रमण गरिएको छ । तर पनि उनले अहिले सार्वजनिक उपस्थितिमा रोक लगाउँदै निवासबाट काम गरिरहेका छन् ।

इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार नजिक

काठमाडौंः चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । इटली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म १५ हजार १ सय १३ जनामा कोरोनाको संक्रमण भएको छ भने एक हजार १६ जनाले ज्यान गुमाएका छन् । इटलीमा बिहीबार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै इरानमा पनि कोरोना संक्रमणका कारण बिहीबार ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ३१ जनाले ज्यान गुमाएका छन् । कोरानाका कारण चीनमा अहिलेसम्म तीन हजार एक सय ७० जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । बिहीबार चीनमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने चारजनामा नयाँ संक्रमण फेला परेको छ । हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये बिहीबार मात्रै ३ सय ४४ जनाको मृत्यु भएको छ । हालसम्म १ लाख ३४ हजार ५ सय ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८ हजार तीन सय ४६ नयाँ संक्रमित हुन् । झण्डै ६९ हजार व्यक्ति निको भएर घर फर्केका छन् । गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय १५ देशमा फैलिसकेको छ। चीनमा संक्रमण दर घटेपनि इटली, दक्षिण कोरिया, इरान, फान्स, स्पेन, जर्मनी, अमेरिका लगायतका देशहरुमा कोरोनाको संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ।

कोरोना भित्रिन नदिन सुरक्षामा कडाइ

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल प्रवेशको भिसा रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले कोरोना भाइरस सङ्क्रमित पाँच मुलुकका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको थियो । बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भिसा निरुत्साहित गर्ने मुलुकको सङ्ख्या बढ्ने बताए । उनले भने, “वर्कआउट हुँदैछ । युरोपियन देश, मध्यपूर्वका देशमा पनि सङ्क्रमण बढी देखियो । सङ्क्रमणको यो बढ्दो स्थितिलाई हेरेर भिसा रोकिने छ । ” उनले भने, “पाँचवटा अति सङ्क्रमित मुलुकबाट आउनेहरूको भिसा निरुत्साहित गर्ने भनिएकोमा सङ्क्रमित मुलुकहरूको सङ्ख्या बढ्दै गएकाले भिसा निरुत्साहित गर्ने मुलुकहरूको सङ्ख्या बढ्ने छ । ” उनले तत्कालकै अवस्थामा एयरलाइन्सको उडान बन्द नगरिने बताए । उनले भने, “भिसा प्रवन्ध नै रोकेपछि मानिसको आवागमन स्वतः कम हुने भएकाले एयरलाइन्सको उडान उसै कटौती हुन्छ । ” बैठकले तत्कालै विद्यालय र परीक्षा बन्द नगर्ने निर्णय गरेको छ । मुलुकमा सङ्क्रमण देखिएमा तत्कालै निर्णय गर्न सकिने भन्दै हाललाई विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रूपमा घोषणा गरेपछि उत्पन्न भएको जोखिमको समीक्षा समेत बैठकमा गरिएको जनाइएको छ । दक्षिणतर्फको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले भारतसँगको नाकामा सुरक्षा सतर्कता व्यवस्थित गर्ने निर्णय गरिएको छ । प्रवक्ता डा. खतिवडाले भने, “भारततर्फको नाका नियमन गर्न भारतले पनि खासखास नाकाबाट मात्र आवागमन खोल्ने भनेको छ । नेपालले पनि त्यही नाकाबाट मात्रै आवागमनलाई व्यवस्थित गर्ने गरी गृह र परराष्ट्र मन्त्रालयले सहकार्य गर्ने भन्ने छलफल भएको छ । ” प्रवक्ता डा. खतिवडाका अनुसार बैठकमा क्वारेन्टाइन र आइसोलेटेड वार्ड निर्माण, उपकरण, स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले उपचारमा संलग्न हुन चाहिने पर्सनल प्रोटेक्सनका इक्विपमेन्टहरूको आपूर्ति बढाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा आवश्यक परेमा तत्कालै संरचना बनाउन सक्नेगरी तयारी गर्ने विषयमा समेत छलफल भएको थियो । यस्तै, आवश्यक परेमा मेडिकल कलेज, स्वास्थ्य क्षेत्रमा काम गर्ने सामाजिक संस्थाहरू, रेडक्रस, स्काउटजस्ता संस्थालाई स्वयंसेवीका रूपमा परिचालन गर्न तयारी अवस्थामा राख्नेसमेत बैठकले निर्णय गरेको छ । संयन्त्रका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले राजनीतिक पार्टीका कार्यक्रमका साथै विवाह, भोजभतेरजस्ता कार्यक्रमसमेत स्थगित गर्न आमसमुदायलाई आह्वान गर्ने निर्णय गरेको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

भारतमा कोरोना भाइरसबाट एक जनाको मृत्यु

एजेन्सीः कोरोना भाइरसका कारण भारतमा एक जनाको मृत्यु भएको छ। भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी साउदी अरबबाट हालै भारत फर्किका थिए। कर्नाटक राज्यको स्वास्थ्य र परिवार कल्याण विभागले विगतमा उनीसँग सम्पर्कमा आएकाहरुलाई पनि खोज्ने काम भइरहेको जनाएको छ। उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएको र यसबारे तेलंगाना सरकारलाई पनि सूचित गरिएको विभागले जनाएको छ। भारतको केन्द्रीय सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदी अरबबाट फर्केपछि उनलाई सास फेर्न समस्या हुनुका साथै खोकी र निमोनिया लागेको थियो।

प्रधानमन्त्री ओलीको शरीरमा अब चारवटा मिर्गौला

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा आज प्रत्यारोपण गरेपछि अब चारवटा मिर्गौला रहने भएको छ। प्रधानमन्त्री ओलीको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिँदैछ। यसअघि पनि प्रधानमन्त्री ओलीको शरीरमा २०६४ साउनमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो। तर, शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राखिएकाले प्रधानमन्त्री ओलीको शरीरमा यसअघि नै तीनवटा मिर्गौला थिए। आज गरिने प्रत्यारोपणपछि अब उनको शरीरमा चारवटा मिर्गौला रहनेछ। मिर्गौला प्रत्यारोपण गर्दा सामान्यतयाः शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राख्ने गरिन्छ। १२ बर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो। तर त्यतिखेर प्रत्यारोपण गरिएको मिर्गौलाले पनि काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको शरीरमा आज फेरि अर्को मिर्गौला राख्न लागिएको हो। पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुने र त्यसलाई हटाउन समय लाग्ने भएकाले नयाँ प्रत्यारोपण गर्दा पुरानो मिर्गौला नफालिने चिकित्सकहरुले बताएका छन्। ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतको एपोलो अस्पतालबाट पनि चिकित्सक नेपाल आएका छन्। उनीहरुले नै १२ बर्षअघि प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेका थिए। यसअघि बुहारीबाट मिर्गौला दान लिएका प्रधानमन्त्री ओलीले यसपटक भाञ्जीको मिर्गौला आफूमा राख्न लागेका हुन्।

सर्वत्र कोरोना त्रासः सकिन थाल्यो औषधि, भारतले लगायो निर्यातमा प्रतिबन्ध

काठमाडौंः कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ । नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन् । ‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए । व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन् । तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन, औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन् । पछिल्लो प्रतिवेदनअनुसार संसारभरका ६३ प्रतिशतजति औषधि उत्पादक कम्पनी कच्चापदार्थका लागि चीनसँग आश्रित छन् । ब्याक्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ । नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन् । ‘औषधि बनाउने कच्चापदार्थ र इन्टरमिडियट (कच्चापदार्थ उत्पादन गर्ने प्राथमिक रसायन) लगायतका धेरैजसो केमिकल चीनमा उत्पादन हुन्छ,’ देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशकसमेत रहेका शर्मा भन्छन्, ‘जुन क्षेत्रमा कोरोना फैलिएको छ, त्यही क्षेत्रमा यस्ता उद्योग धेरै छन् ।’ कच्चापदार्थको उत्पादन गर्ने धेरैजसो चिनियाँ कम्पनी रहेका सांघाई, छेचियाङ, युहाङलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित छन् । यसले गर्दा कच्चापदार्थको आपूर्तिमा अवरोध भएको समाचार आजको अन्नपूर्णमा छ । यही कारण कच्चापदार्थको मूल्य बढ्न थालेको छ । कच्चापदार्थ आयात ठप्प भएको एक महिना बित्न लागेको छ । कच्चापदार्थ अभाव भए औषधिको मूल्य पनि बढ्ने व्यवसायी बताउँछन् । अत्यधिक गर्मी क्षेत्रमा पनि भाइरसको प्रकोप बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले कहिलेसम्म नियन्त्रण गर्न सकिन्छ भन्ने पूर्वानुमान गर्नै नसकिने जनाएको छ । भारतद्वारा औषधि निर्यातमा प्रतिबन्ध भारत सरकारले मंगलबार अपराह्न २६ किसिमका औषधि निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोनो भाइरस संक्रमण बढ्दै गएको भन्दै आवश्यक पर्ने औषधि र औषधिमा प्रयोग हुने जैविक कण (एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडियन्ट-एपीआई) को निर्यात प्रतिबन्ध लगाएको हो । भारतीय औषधि उत्पादक कम्पनी ७० प्रतिशत एपीआई भनिने कच्चापदार्थको आयातका लागि चीनसँग निर्भर छन् । चीनबाट आयात रोकिएपछि भारतले यस्तो निर्णय गरेको हो । पारासिटामोल लगायत औषधि निर्यातमा प्रतिबन्ध लगाउनुअघि भारतले उच्चस्तरीय समिति बनाएर चीनबाट आयात हुने अत्यावश्यक औषधिको सूची तयार पार्न लगाएको थियो । गत साता भारतको औषध विभागमा बुझाइएको प्रतिवेदनमा एमोक्सिलिन, मोक्सिफ्लोक्सेसिन, डक्सिसिलिनजस्ता एन्टिबायोटिक्सदेखि पारासिटामोल र टीबीका औषधिसम्मको लामो सूची समावेश थियो । ‘नयाँ घटनाक्रम विकास भएकाले हामी व्यवसायीसँग छलफल गर्छौं,’ विभागका सूचना अधिकारी केसीले भने ।

माया मेट्रो अस्पतालमा सिटिस्क्यान सेवा सुरु

कैलालीः जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुर स्थित माया मेट्रो अस्पताल प्रा.लिले सिटिस्क्यान सेवा सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले उक्त सेवाको आज उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री भट्टले सिटिस्क्यान सेवाले यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने विश्वाव व्यक्त गरे । उनले आर्थिक स्थिति कमजोर भएका यस क्षेत्रका बिरामीलाई सस्तो र सुलभ सेवादिन अस्पताल सञ्चालकलाई आग्रहसमेत गरे । झण्डै ३ करोडको लागतमा अस्पतालले ६४ स्लाइस सिटिस्क्यान सेवा सुरु गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए । अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वड लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वरिष्ठ रेडियोलोजिष्ट डा.अशोक राजपन्तले मेसिनले दिने सेवाबारे जानकारी दिएका थिए ।

कोरोना भाइरस: चीनबाट नेपाल फर्कन पाउँदाको खुशी !

काठमाडौंः चीनको कोरोनाभाइरस प्रभावित प्रान्तबाट नेपाल फर्किएका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्। शनिवार हुबेको राजधानी वुहानबाट नेपाल वायुसेवा निगमको चाटर्ड विमानले आइतवार सबेरै १७५ नेपालीहरूलाई काठमाण्डू ल्याएको हो। बिहान ३:३८ मा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानमा १७५ जना नेपाली रहेका थिए जसमा १७० जना विद्यार्थी, एकजना त्यहाँ रोजगार गरिरहेका व्यक्ति, दुईजना पर्यटक एवम् दुई बालबालिका रहेको बताइएको छ। उद्धार गरिएका विद्यार्थी सौरभ लुइटेलले ट्विटरमा लेखेका छन्: “यस्तो भयावह अवस्थामा घर फर्कन पाउनुको खुसी व्याख्या गर्न सकिँदैन।” उद्दार हुनेमा १३४ जना पुरूष र ४१ जना महिलाहरू रहेको नेपाली अधिकारीहरूले बताएका छन्। नेपाल फर्केका अशोक शाहले ट्विटरमा राखेको एउटा भिडियोमा विमानभित्र सबैले ताली पिटेर खुसीयाली मनाएको देखिन्छ। घर फर्कन पाउँदाको परिवेश देखाउन खोजिएको उक्त भिडिओसँगै शाहले लेखेका छन्: “अन्धकारबीचको खुसी, शून्यताबाट खुसीतर्फ।” नेपाल फर्कनका लागि सुरुमा १८५ जनाले निवेदन दिएका भएपनि चार जनाले अन्तिम अवस्थामा उतै बस्ने निर्णय गरेका थिए। चार जनालाई भने उड्ने बेलामा ज्वरो देखिएका कारण रोकिएको बताइएको छ। उनीहरूलाई उतै परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ। थप दुईजना उनीहरूकै आफन्त भएकाले उनीहरू समेत नेपाल नफर्किएको जनाइएको छ। आइतवार बिहान उनीहरूलाई बसमा राखेर विमानस्थलबाट सिधै क्वारन्टीनस्थल पुर्‍याइएको थियो। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर उद्धार गरिएकाहरूसँग काम गर्ने मानिसहरूले पालना गर्नुपर्ने नियमको प्रारूप समेत तयार पारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्। काठमाण्डू विमानस्थलमा समेत उनीहरूको स्वास्थ्य जाँच गरिएको थियो। हुबेका छवटा विभिन्न सहरहरूबाट बेइजिङस्थित नेपाली दूतावासको पहलमा राजधानी वुहानमा भेला पारेर उनीहरूलाई नेपाल ल्याइएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका चार भवनमा क्वारन्टीनमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए। श्रेष्ठले भने: “आइतबार दश बजेबाट उनीहरूको खरिपाटीमा थप स्वास्थ्य परीक्षण हुँदैछ।” बीबीसी

दैलेखमा मलेरियाका बिरामी भेटिए

दैलेखः दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन्। रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो। नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन्। बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौंमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो। बिरामीको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताएको छ। मलेरियाका बिरामी दैलेख क्षेत्र–२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नं १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाबाट भेटिएको हो। मलेरिया रोग अन्यत्र सर्न नदिनका लागि सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा निराजन पन्तले बताए। पन्तले मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सर्तक रहन सल्लाह र परामर्श दिने गरेको बताए। जिल्ला अस्पतालका वरिष्ठ ल्याव असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार मलेरियाका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्ला बाहिर उपचारका क्रममा मलेरिया भेटिएको जनाएको छ। सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा मदन कोइरालाका अनुसार मलेरियाका नौ बिरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारीरूपमा स्थानीयवासीमा जनचेतना जगाउनुपर्ने देखिन्छ। “रोजगारीका लागि मुग्लान जाने फर्किँदा मलेरियाको सङ्क्रमित भई फर्किने हुनाले सङ्क्रमितको उपचार र हुनसक्ने सङ्क्रमणलाई रोक्न स्थानीय सरकार विशेष महत्व दिएर लाग्नुपर्छ”, उनले भने। नेपाल सरकारको नीतिअनुसार एक जनामात्र मलेरिया बिरामी भेटिएको अवस्थामा तत्काल निगरानीमा राखी निःशुल्क उपचार गर्नुपर्ने साथै बिरामीका कारण परिवार र छिमेकीमा सर्नबाट रोक्न विशेष स्वास्थ्यकर्मी टोलीबाट जाँच गर्नुपर्ने व्यवस्था रहेको छ। रासस

कोरोना भाइरसः ब्रा, स्यानिटरी प्याड र सुन्तलाको मास्क लगाउँदै चिनियाँ!

काठमाडौंः गत डिसेम्बरबाट चीनको उहान सहरबाट फैलिएको कोरोनाभाइरसले हालसम्म २१३ जनाको मृत्यु भइसकेको छ । कोरोना तीव्ररुपमा फैलिरहँदा चीनमा मास्कको माग ह्‍वात्तै बढेको छ । मास्कको माग चुलिएसँगै सरकारले आपूर्ति गर्न समस्या भएको छ । मास्क पाउन छाडेपछि सर्वसाधरण चिनियाँ नागरिकले सुरक्षाको नयाँनयाँ तरिका अपनाउन थालेका छन् । कोही ब्रालाई मास्क बनाएर लगाइरहेका छन् भने कोही स्यानिटरी प्याडलाई नै मास्क बनाएर लगाइरहेका छन् । अनुहार छोप्नका लागि चीनका सर्वसाधरण स्थानीय सामानदेखि अनेक विधि प्रयोग गरिरहेका छन् । कसैले प्लास्टिकले पूरै शरिर छोपेका छन् त कसैले प्लास्टिकको बोत्तले मुख छोपेका छन् । कोरोना भाइरस तीव्रगतिमा फैलिँदै गएपछि चीनमा सर्जिकल मास्को हाहाकार भएको छ। बजारमा पाइएका मास्कको मूल्य पनि अत्यन्तै महँगो छ । यस्तोमा मानिसहरुले आफ्नै शैलीमा मास्कको प्रयोग गरिरहेका हुन् । जसलाई जे विधि आउँछ, त्यही प्रयोग गरेर मास्क बनाएका फोटो भाइरल भइरहेका छन्। सामाजिक सञ्जालमा यस्ता मास्को फोटो भाइरल भइरहेका छन् । केही मानिसले ब्रालाई मास्क बनाएर लगाएका छन् त केहीले महिनावारी हुँदा लगाइने स्यानिटरी प्याडलाई नै मास्कका रुपमा प्रयोग गरेका छन् । एकजना चिनियाँ वृद्धले त सुन्तलाको बोक्रालाई नै मास्क बनाएका छन् । नयाँ नपाइएपछि मानिसहरुले सेकेन्ड ह्यान्ड मास्क पनि किनिरहेका छन् । नयाँ मास्क नमिलेपछि यस्तो विकल्प अपनाइएको हो । तर चीनको स्वास्थ्य सेवा विभागले भने सेकेन्ड ह्यान्ड मास्कको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । एजेन्सी  

टेकुमा कोरोना भाइरस जाँच गर्नेको भीड, कतिले गराए पहिलो दिन परीक्षण ?

काठमाडौंः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिनमै ५० किट सकिएको छ । सामान्य रुघाखोकी लागेका बिरामीको समेत कोरोना परीक्षण हुन थालेपछि एकै दिन बढी किट खर्च भएको हो । भाइरसबारे अनुसन्धान गर्ने नेपाली संस्था सेन्टर फर डाइनामिक नेपाल ‘सिएमडिएन’सँग २ सय टेस्ट किट मागेर प्रयोगशालाले परीक्षण थालेको थियो। तर, अनावश्यक परीक्षणमा पनि किट प्रयोग भएको छ । सोमबार मात्रै सयभन्दा बढी बिरामी कोरोना परीक्षण गर्न टेकु अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेका थिए। निजी अस्पतालबाट चिकित्सकहरूले रुघाखोकी लागेकै आधारमा बिरामीलाई कोरोना परीक्षणका लागि भन्दै टेकु पठाउन थालेका छन्। यो अवस्थामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जथाभावी परीक्षण रोक्न नियम नै बनाउन थालेको छ। महाशाखा निर्देशक डा। विवेककुमार लालले कस्तो अवस्थामा मात्रै कोरोना परीक्षण गर्ने भन्ने विषयमा प्रोटोकल तयार भइरहेको बताए। चीनबाट आएका सबै बिरामीको कोरोना भाइरस परीक्षण गर्ने वा बुहान सहरबाट आएकाहरूको मात्रै गर्ने भन्नेमा चिकित्सकहरू निर्णयमा पुगेका छैनन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झाले अनावश्यक परीक्षणमा महत्वपूर्ण किटको प्रयोग रोकिने बताइन्। ‘नमुना परीक्षण गर्ने बिरामी चीनबाटै फर्किएको आधिकारिकता देखिने गरी ‘ट्राभल हिस्ट्री’ भए मात्रै हामी नमुना लिन्छौँ,’ झाले भनिन्, ‘मौसमी रुघाखोकी, इन्फ्लुएन्जा र कोरोनाको लक्षण एउटै हुने भएकाले लक्षण देखिने सबैको परीक्षण गर्न आवश्यक छैन।’ उनले अहिले जथाभावी परीक्षण गरे आवश्यक व्यक्तिको परीक्षणमा किट अभाव हुन सक्ने बताइन्। किट अभाव हुन नदिन तत्काल खरिद प्रक्रिया अघि बढाइने पनि उनको भनाइ छ। कोरोना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका तीन बिरामीमध्ये दुईजनाको सोमबार नमुना परीक्षण भएको छ। उनीहरूमा कोरोना भाइरस नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ। हङकङबाट आएका २८ वर्षीय पुरुष र अमेरिकाबाट चीन हुँदै नेपाल आएका अर्का पुरुषलाई अस्पतालले सोमबार नै डिस्चार्ज दिएको छ। चीनबाट आएकी एक महिलाको भने मंगलबार नमुना परीक्षण गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। भाइरस परीक्षण गर्ने नेपाली संस्था ‘सिएमडिएन’ले स्वास्थ्यकर्मीको सुरक्षाका लागि ५० जोर ‘फिजिकल प्रोटेक्टिभ इक्विपमेन्ट’ सहयोग गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

पेसागत मिडवाइफ पहिलो ब्याज काम गर्न तयार

काठमाडौंः पेसागत मिडवाइफ (प्रसाविका) को स्नातक तहको पहिलो ब्याज निस्किएको छ। यसअघि नेपालमा स्टाफ नर्सले नै प्रसूति सेवा दिँदै आएको हुनाले मिडवाइफको सरकारी दरबन्दी वा परिचालन गर्नेसम्बन्धी कुनै नीतिगत व्यवस्था छैन। सोही कुरा मध्यनजर गर्दै स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ‘मिडवाइफहरुलाई विभिन्न अस्पतालमा परिचालन गर्नेसम्बन्धी मार्गदर्शन, २०७६’ निर्माण गर्न लागेको छ। सो मार्गदर्शनको पहिलो मस्यौदा तयार समेत भइसकेको छ। मस्यौदामा थप सरोकारवालासँग छलफल गरेर अन्तिम रुप दिन महाशाखाले गृहकार्य गरिरहेको बताइएको छ। मिडवाइफको पहिलो ब्याज आगामी आर्थिक वर्षबाट काम गर्न तयार हुन्छन्। उनीहरुलाई कसरी परिचालन गर्ने, कहाँ परिचालन गर्ने, सेवा–सुविधा, कार्यसम्पादन तथा अनुगमन लगायतका विषय सो मागदर्शन समेटिने छ। सरकारले मिडवाइफको दरबन्दी सिर्जना गर्न समय लाग्ने भएकाले पहिलो ब्याजलाई करार सेवामा राख्ने तयार गरिएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रोशनी तुइतुईले बताईन। सन् २००६ देखिको मिडवाइफ जनशक्ति उत्पादन गर्ने लक्ष्य तीन वर्षअघि मात्र साकार भएको थियो। सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० र काठमाडौं विश्व विद्यालयबाट स्नातक तहको मिडवाइफ्री कार्यक्रम सञ्चालन गरेको थियो। महाशाखाले तयार गरेको प्रारम्भिक मस्यौदामा मिडवाइफ परिचालन कार्यविधि तयार गरी दरखास्त दिनुपर्ने, परिचालन समितिले मिडवाइफले काम गर्ने अस्पताल तोक्ने, हालको लागि करारमा सेवामा काम लगाउने र तोकिएको अस्पतालमा काम गर्नुपर्ने व्यवस्था गरेको छ। मागदर्शनको निर्माणमा महाशाखाले आर्थिक वर्ष ०७६/७७ को स्वीकृत वार्षिक कार्य योजना तथा बजेटमा संघीय अस्पतालहरुको लागि मिडवाइफको सेवा करारमा लिई काम गराउने व्यवस्था रहेको, महाशाखाबाट केन्द्रीय स्तरका सरकारी अस्पतालाई दिइने अनुदानसम्बन्धी मार्गदर्शन, २०७६ लाई आधार मानेको छ। मिडवाइफहरुलाई नर्सिङ महाशाखाबाट अस्पताल तोकेर कार्यस्थल दिइने व्यवस्था गर्ने, कार्यस्थलको परिवर्तन वा हेरफेर गर्ने अधिकार पनि सो महाशाखाकै रहने व्यवस्था मार्गदर्शनमा गरिएको छ। मिडवाइफ नियुक्त भएको अस्पतालले उनीहरुलाई प्रसूति सेवाको जिम्मेवारी तोकेर दिनुपर्ने र भवितव्य वा आकस्मिक अवस्थाबाहेक अस्पतालले मिडवाइफलाई अन्य विभागमा काम लगाउने नपाइने व्यवस्थासमेत गर्न गरिएको छ। मार्गदर्शनको मस्यौदामा व्यवस्था भएको मिडवाइफको कार्य विवरण मिडवाइफको काम कर्तव्य र अधिकार(१) अस्पतालमा गर्भवती तथा प्रसूति लिन आएका महिलाको आवश्यक जाँच गरी परामर्श लिने, अनुगमन गर्ने, प्रसूति सेवा दिनुपर्ने छ। त्यसबाहेक थप जाँच, उपचार या अपरेसन गर्नुपर्ने भएमा सम्बन्धित विशेषज्ञ प्रेषण गरी आवश्यक उपचारको व्यवस्था मिलाउने, प्रसूति विभागका अन्य स्वास्थ्यकर्मीसँग सहकार्य गर्ने र प्रसूति सेवा सम्बन्धित मासिक वा आवधिक तयार गरी अस्पतालको मेट्रोन या सिस्टर इन्चार्जमार्फत निर्देशक वा मेसुकहाँ पेस गर्ने पनि उल्लेख छ। सरकारले त्यसरी करार सेवामा काम लगाइएका मिडवाइफलाई सरकारको प्रचलित कानुन अनुसारको सेवामा रहेका प्राविधिक अधिकृत स्तरको तलब तथा तोकिएको अन्य सुविधा दिने छ। मिडवाइफको नियमानुसार चाडपर्व बिदा, अस्पतालबाट प्राप्त हुने आवास तथा अन्य सुविधा पनि दिने व्यवस्था गरेको छ। मिडवाइफले १२ दिन काम गरेवापत १ दिनका दरले वार्षिक ३० दिन घरबिदा तथा अतिरिक्त काम गरेमा नियमानुसारको सुविधा पाउने छन्। यद्यपि सरोकारवालाले मिडवाइफ र अन्य करारका कर्मचारीलाई दिने बिदाको एकै प्रकृति हुनुपर्ने बताएका छन्। मस्यौदा मात्र तयार भएकाले यी व्यवस्थाबारे छलफल भइरहेको छ। नेपालमा मिडवाइफ्री र आवश्यकता नेपालमा तीन वर्षअघि मिडवाइफ्रीको पढाइ सुरु भएको हो। सरकारले पेसागत मिडवाइफ ९प्रसाविका० को विकास गर्न सन् २००६ मा दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो। मिडवाइफ्री जनशक्ति तयार गर्न दर्जनौं बैठक तथा अन्तक्र्रिया भए पनि त्यसको व्यावहारिक कार्यान्वयन भने निकै ढिलो सुरु भएको थियो। त्यसपछि मिडवाइफ जनशक्ति तयार गर्न छुट्टै पाठ्यक्रमअनुसार अध्यापन प्रारम्भ गरिएको हो। पहिलो ब्याचमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौं विश्वविद्यालय धुलिखेलबाट १५ जनाले मिडवाइफ्रीको अध्ययन गरिरहेका छन्। आगामी आर्थिक वर्षबाट उनी सेवा दिन तयार हुन्छन्। मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष डा लक्ष्मी तामाङ गुणस्तरीय सेवाको अभावमा गर्भवती र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफ्रीले महत्वपूर्ण भएको बताउँछिन्। अध्यक्ष तामाङ भन्छिन्, ‘सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध नभएका दुर्गम र ग्रामीण क्षेत्रका गर्भवती हुने उमेरका महिला, गर्भवती तथा सुत्केरीका लागि मिडवाइफले सेवा दिन्छन्।’ चिकित्सकको उपलब्धता नहुने स्थानमा दक्ष मिडवाइफले ठूलो राहत पु¥याउन सक्ने उनको भनाइ छ। अहिले ठूलो संख्यामा गर्भवती घरमै सुत्केरी हुने भएकाले आमा र नवजात शिशुको मृत्युदर रोक्न सरकारलाई चुनौती छ। सरकारले स्वास्थ्य मन्त्रालयले पाँच वर्षे योजनाअन्र्तगत आगामी ५ वर्षभित्र मातृ मृत्युदर न्यूनीकरण गरी प्रति एक लाख जन्ममा ९९ मा झार्ने लक्ष्य लिएको छ। भने दिगो विकास लक्ष्यअनुसार नेपालले मातृ मृत्युदर प्रति एक लाख ७० मा झार्ने लक्ष्य लिएको छ। यो समाचार स्वास्थ्य खबरपत्रिकाबाट लिइएको हो ।