सिन्धुपाल्चोक मत परिणाम- चौतारामा माओवादी, मेलम्चीमा एमाले अगाडि

सिन्धुपाल्चोक, १ जेठ । सिन्धुपाल्चोकको तीन नगरपालिका र एक गाउँपालिकामा मतगणना भइरहेको छ । चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिका र बलेफी र इन्द्रावती गाउँपालिकाको मतगणना भइरहेको हो ।

विहानदेखि भएको मतगणनाको पछिल्लो विवरण यस प्रकार छ :

चौतारा साँगाचोकगढी नगरपालिका
कांग्रेस
मेयर– ११

एमाले
मेयर– ६८

माओवादी केन्द्र
मेयर– १०७

मेलम्ची नगरपालिका
कांग्रेस
मेयर– ९७
उपमेयर–९९

एमाले
मेयर–२६९
उपमेयर–२७७

माओवादी
मेयर–१७६
उपमेयर–१४४

बाह्रबिसे नगरपालिका
कांग्रेस
मेयर– १८५
उपमेयर–१८८

एमाले
मेयर–९३
उपमेयर– ८८

माओवादी
मेयर– ७

राप्रपा
उपमेयर– ३

बलेफी गाउँपालिका
कांग्रेस
प्रमुख– ११२
उपप्रमुख– १०३

एमाले
प्रमुख– १३५
उपप्रमुख– १६०

माओवादी
प्रमुख– १३१
उपप्रमुख– ११८

पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु

पोखरा, जेठ १ । स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ । महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा आज सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिनुभयो । सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उहाँले क्रमशः अन्य वडाको मतगणना गरिने बताउनुभयो । महानगरपालिकामा एक लाख ६८ हजार ६७ मतदाता रहेकामा एक लाख २५ हजार छ सय १४ जनाले मतदान गरेका थिए । मतगणना सुरु भएसँगै नगर विकास प्रशिक्षण केन्द्रको मुख्य प्रवेशद्वार वरपर सर्वसाधारणको भिड लागेका कारण महेन्द्रपुल बगर चल्ने यातायातका साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

लमजुङको दोर्दी– १ मा कांग्रेसको प्यानल विजयी

काठमाडौँ, जेठ १ । लमजुङको दोर्दी गाउँपालिका वडा नं. १ भारतेमा कांग्रेसको प्यानलै विजयी भएको निर्वाचन अधिकृत यादव प्रसाद पौडेलका अनुसार वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका दरजङ गुरुङ विजयी भएका छन् । उनले ६ सय ३४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी एमालेका ओम बहादुर गुरुङले ३ सय ३७ मत प्राप्त गरे । यस्तै कांग्रेसका महिला सदस्यमा इन्द्रिरा गिरी, दलित महिला सदस्य शान्ता विश्वकर्मा र खुल्ला सदस्यमा हरि बहादुर थापा, दिपक अधिकारी सहित प्यानल विजयी भएको हो । अहिले वडा नं. २ को मतगणना भइरहेको छ ।  

२९ स्थानमा माओवादी केन्द्रको अग्रता

काठमाडौं, जेठ १ । स्थानीय तहको निर्वाचनको पछिल्लो मत गणना परिणाम अनुसार माओवादी केन्द्रले २९स्थानमा अग्रता लिएको छ । माओवादीले अग्रता लिएका स्थानीय तह १. चौरजहारी नगरपालिका (रुकुम) २. गोलनचौर गाउँपालिका (सिन्धुली) ३. थाक्रे गाउँपालिका (धादिङ) ४. नेत्रावती गाउँपालिका (धादिङ) ५. रोशी गाउँपालिका (काभ्रे) ६. वागमती गाउँपालिका (मकवानपुर) ७. भेरीगंगा नगरपालिका (सुर्खेत) ८. शिवालय गाउँपालिका (जाजरकोट) ९. बारेकोट गाउँपालिका (जाजरकोट) १०. बाफीकोट गाउँपालिका (रुकुम) ११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर) १२. दार्मा गाउँपालिका (सल्यान) १३. कपुरकोट गाउँपालिका (सल्यान) १४. ढोरचौर गाउँपालिका (सल्यान) १५. रास्कोट नगरपालिका (कालिकोट) १६. कालिका गाउँपालिका (रसुवा) १७. ताराखोला गाउँपालिका (बाग्लुङ) १८. आँबु खैरहनी गाउँपालिका ( गोरखा) १९. गण्डकी गाउँपालिका (गोरखा) २०. जिरी नगरपालिका (दोलखा) २१. भिमफेदी नगरपालिका (मकवानपुर) २२. खैरहनी नगरपालिका (चितवन) २३. चौतारा साँगाचोकगढी नगरपालिका (सिन्धुपाल्चोक) २४ बागचौर नगरपालिका (सल्यान) २५. बेनिघाट रोराङ गाउँपालिका (धादिंग) २६. गण्डकी गाउँपालिका (गोरखा) २७. पाचखाल नगरपालिका (काभ्रे) २८.  पञ्चकन्या गाउँपालिका (नुवाकोट) २९.त्रिवेणी नलगाड (जाजरकोट)

रुकुमः ६ वटा वडाको परिणाम सार्वजनिक, माओवादी केन्द्र ५ र कांग्रेसको १ वडामा प्यानल विजयी

मुसिकोट, जेठ १ । रुकुम जिल्लाका १ सय ४ वटा वडामध्ये ६ वटाको मत गणना सम्पन्न भएको छ । पछिल्लो जानकारी अनुसार, घोषणा भएका वडाहरुमध्ये ५ वटामा माओवादी केन्द्र र एकमा नेपाली कांग्रेसको प्यानल विजयी भएको हो । रुकुमको सानोभेरी गाउपालिकाको १ नम्बर वडामा टेकवहादुर पुन प्रमुखसहित माओबादि केन्द्रको पुरै प्यानल बिजयी भएको छ । यस्तै वाफीकोट गा।पा।१ मा।हर्कु मल्लको प्यानल बिजयी भएको छ । माओवादी केन्द्रले जितेका बाँफिकोट-१, सानीभेरी १-४ नेपाली कांग्रेसले जितेको मुसीकोट नगरपालिकाको वडा नं. २

सल्यानको ढोरचौर १ र २ मा माओवादी प्यानल विजयी

सल्यान, जेठ २१ । सल्यानको ढोरचौर गाउँपालिकाको वडा नं. १ र २ को मत गणना सकिएको छ । दुबै वडामा माओवादीको प्यानल नै विजयी भएको समाचार छ । वडा नं. १ प्रमुखमा रामबहादुर बस्नेत सदस्यहरुः कौशिला शाह चन्द, तुलसा वि क, काली बहादुर बुढाथोकी, तुल बहादुर थापा । वडा नं. २ प्रमुखमा रुद्र बुढाथोकी सदस्यहरुः कल्पना बुढाथोकी, अमरथी कामी, ओबिराम चलाउने, गणेश बहादुर चलाउने ।

जाजरकोटः बारकोट–९ मा माओवादी केन्द्र विजयी

जाजरकोट जिल्लाका बारेकोट गाँउपालिका वडा नं. ९ मा माओवादी केन्द्र विजयी भएको छ । केन्द्रका शशिराम शर्मा २५७ भोट ल्याई वडा अध्यक्षमा विजयी भएका छन् । जाजरकोटका अधिकांश स्थानमा माओवादी केन्द्र र केहीमा कांग्रेसको अग्रता देखिएको छ ।

हेटौंडामा २ सय मत गणना, कांग्रेस–माओवादी गठबन्धन अगाडि

हेटौंडा, जेठ १ । मकवानपुर जिल्लाको हेटौडा उप महानगरपालिकामा मतगणना जारी छ । हालसम्म गणना भएका दुई सय मतको परिणाम अनुसार, मेयरमा कांग्रेस–माओवादी गठबन्धनको अग्रता छ । मेयर कांग्रेस–माओवादी ८१ एमाले ७६ राप्रपा १२

सल्यान अपडेटः कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रको प्यानल विजयी

सल्यान, जेठ १ । सल्यानको कपुरकोट गाउँपालिका १ मा माओवादी केन्द्रको प्यानलले विजय हासिल गरेका छन् । प्राप्त जानकारी अनुसार, माओवादीका बालाराम खड्काले निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर रानालाई ७० मतले हराएका हुन । माओवादीका वडा अध्यक्ष बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेज ब रानाले ३३० ल्याए। शारदा नगरपालिका काँग्रेस सुरेस अधिकारी १२६, सावित्रा बस्‍नेत १२३ एमाले राम खड्की १५५, सरिता हमाल १६८ माओवादी प्रमोद श्रेष्ठ ६६, झरना बुढाथोकी ५५ त्रिवेणी गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको मतगणना  काँग्रेस मान ब डाँगी ७८, करुणा खड्का ८७ एमाले लोकेन्द्र सिहं खड्का १०७, पवित्रा केसी ९९ माओवादी अजय रोका ६१ लिलावति बुढा ६३ कपुरकोट गाउँपालिका काँग्रेस दुर्गा गिरी १६, ओकी बोहरा १४ एमाले भिम ब  सेन ३१०, तिला बुढा ३१४ माओवादी प्रकाश भरारी ३७२, एलिना राना ३८९ ढोरचौर गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको मतगणना  काँग्रेस नरविर चलाउने ३८५, विमला रेउले ३६१ एमाले चित्र बहादुर चलाउने ५३२, पुष्पा बोहरा ५३० माओवादी नरविर चलाउने ५९४, भूमि बुढाथोकी ६१९ दार्मा गाउँपालिका काँग्रेस रामचन्द्र केसी ५१३ अध्यक्ष एमाले दल बहादुर केसी ५३२ उपाध्यक्ष माओवादी निम ब केसी ८७८, टिका वली ८५०

सिन्धुली अपडेटः गोलन्जोर गाउँपालिकामा माओवादी केन्द्रको प्यानल विजयी

सिन्धुली, जेठ १ । सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिकामा माओवादी केन्द्रले प्रमुख, उप प्रमुख लगायत वडामा जीत हासिल गरेको छ । प्राप्त परिणाम अनुसार, गोलन्जोर गाउँपालिकाको प्रमुृखमा माओवादी केन्द्रका उम्मेदवारले ६ सय ५९ मत प्राप्त गरी विजय हासिल गरेका हुन । हेर्नुस् परिणाम प्रमुख१ कांग्रेस–३४४ २ एमाले–१३३ ३ माओवादी –६५९ उप प्रमुख १ कांग्रेस –३६१ २ एमाले –१५० ३ माओवादी–६२४ डा अध्यक्ष १ कांग्रेस –४४२ २ एमाले–१६९ ३ माओवादी–५०६ गाउँपालिकाको एक वडामा एक जना सदस्य नेपाली कांग्रेसले जितेको छ । अन्य सबैमा माओवादी केन्द्रले विजय हासिल गरेको हो ।

लमजुङ अपडेटः दोर्दी गाउँपालिकामा कांग्रेस अगाडि, मस्र्याङ्दीमा एमाले

काठमाडौँ, जेठ १ । लमजुङको दोर्दी गाउँपालिकामा हिजो अाइतबार स्थानीय तहको निर्वाचनको मतगणता सुरु भइसकेको छ। मतगणनाअनुसार अहिलेसम्मको गणना अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ ।   पछिल्लो प्राप्त मत अनुसार दोर्दीको वडा नं. १ र २ को कूल गणना भएका सात सय मतमध्ये नेपाली कांग्रेसले अग्रता लिएको हो । मस्र्याङ्दी गाउँपालिकाको वडा नं। १ को गणनामा भने शुरुआती अग्रता एमालेले लिएको छ । वडा नं। १ मा २ सय ५१ मत गणना हुदाँ एमालेले १ सय ९२, कांग्रेसले ६४ , माओवादीले २ र राप्रपाले ३ मत प्राप्त गरेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी तुलसी प्रसाद तिमिल्सिनाका अनुसार जिल्लाको बेशीसहर, सुन्दरबजार, राइनास र मध्येनपाल नगरपालिकामा भने विहान १० बजेबाट मतगणना सुरु गर्ने भनिएपनि भर्खरैबाट मतगणना सुरु भएको छ । मस्र्याङ्दी र दुधपोखरी गाउँपालिकामा विहान १० बजेबाट मतगणना सुरु भएको छ भने क्व्होलासोँथर गाउँपालिकामा पनि अब केहीबेरमा सुरु हुने जनाएको छ । आइतबार भएको स्थानिय तहको निर्वाचनमा लमजुङ ७३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १ लाख ५ हजार ९ सय ९२ मतदाता रहेको लमजुङमा ७७ हजार ४ सय ६९ मतदाताले मतदान गरेका थिए । जसमा बेशीसहर नगरपालिकामा २१ हजार ३ सय ४७ मतदाता रहेकोमा १५ हजार ७ सय ७० मत खसेको थियो । सुन्दरबजार नगरपालिकामा १६ हजार ८ सय ५९ मतदाता रहेकोमा १२ हजार १ सय ४३ मत खसेको छ भने मध्यनेपाल नगरपालिकामा १६ हजार २ सय ७० मतदातामा ११ हजार ८ सय १३ मत खसेको छ । राइनास नगरपालिकामा ९ हजार २ सय ७९ मत खसेको थियो । जहाँ १२ हजार ७ सय ९९ मतदाता रहेका थिए । यस्तै जिल्लाको दोर्दी गाउँपालिकामा ११ हजार ९ सय ५९ मतदाता रहेकोमा ८ हजार ७ सय १३, मस्र्याङ गाउँपालिकामा १२ हजार ३ सय १६ मतदाता रहेकोमा ९ हजार ३ सय ६०, दुधपोखरी गाउँपालिकामा ७ हजार ३ सय ८८ मतदाता रहेकोमा ५ हजार १ सय ३६ मत खसेको थियो । क्व्होलासोँथरमा ७ हजार ८७ मतदाता रहेको ५ हजार २ सय ५५ मत खसेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं, जेठ १ । अाइतबार सम्पन्न भएको काठमाडौं महानगरपालिकाको स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहमा सर्वदलीय बैठकपछि महानगरपालिकाको मतगणना वडा नम्बर १ बाट सुरु गरिएको हो । वडा नम्बर १ मा ३३६० मतदाता रहेकोमा २३३२ मत खसेको छ । काठमाडौं महानगरपालिकामा मेयरमा कांग्रेसका राजुराज जोशी, एमालेका विद्यासुन्दर शाक्य, माओवादी केन्द्रका सर्वोत्तम डंगोल, नयाँ शक्ति र संघीय समाजवादी फोरमका पवित्रमान बज्राचार्य, स्वतन्त्र (साझा पार्टी) का किशोर थापा तथा स्वतन्त्र (विवेकशील नेपाली) का रञ्जु न्यौपाने (रञ्जु दर्शना) सहितका उम्मेद्वार छन् ।

कास्कीमा नेकपा एमालेकै प्यानल विजयी

पोखरा, जेठ १ । आइतबार सम्पन्न भएको निर्वाचनको मतगणना सुरु भएको छ । कास्कीको मादी गाउँपालिकामा–१ मा नेकपा एमालेको उम्मेदवारको प्यानल विजयी भएको छ ।

धेरै क्षेत्रहरुमा एमाले उम्मेदवार नै अग्रस्थानमा

काठमाडौं, जेठ १ । आइतबार वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना विभिन्न जिल्ला सुरु भएको छ। मतगणना अनुसार अहिलेसम्म धेरैजसो क्षेत्रमा नेकपा एमालेकै उम्मेदवारले शिर्षस्थानले अग्रता लिएको छ । काभ्रेको बनेपा, कीर्तिपुर, धादिङको धुनवेशी, मकवानपुरको थाहा, नवलपरासी मध्यविन्दु, म्याग्दीको बेनी नगरपालिका र कास्कीको मादी गाउँपालिकामा एमाले उम्मेद्वारले अग्रता लिएका छन् भने मनाङको चामे गाउँपालिकामा एमालेका लोकबहादुर घले विजयी भइसकेका छन्। ललितपुर महानगर, रुकुमको मुसिकोट, जुम्लाको चन्दननाथ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। मओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अग्रता लिएको छ।

हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु

हेटौँडा, जेठ १ । हेटौँडा उपमहानगरपालिकाकोमतग णना आज बिहान ९ः३० बजेबाट जिल्ला समन्वय परिषद्को सभागृहमा सुरु भएको छ । सो मत गणना दुई समूहमा विभाजन गरी मत गन्ने कार्य सुरु गरिएको छ । अहिले एक नम्बर वडाबाट मत गणना सुरु गरिएको छ ।१ नम्बर वडामा कुल दुई हजार ८९१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा कुल ८३ हजार ५९७ मतदाता रहेको र ९३ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी थाहा नगरपालिकामा पनि मतगणना कार्य आज बिहानबाट सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भक्तपुरमा निर्वाचनको मतगणना जारी

काठमाडौं, जेठ १ । भक्तपुरमा हिजो वैशाख ३१ गते सम्पन्न भएको निर्वाचनको मतगणना भइरहेको छ । भक्तपुरमा निर्वाचनको मतगणना अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले नै वर्चस्व कायम गरेको जनाएको छ ।