रामेछाप मन्थली वडा नम्बर १ मा माओवादी,२ र ३ मा कांग्रेस विजयी

रामेछाप, जेठ २। रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ र ३ वडामा भने नेपाली कांग्रसका उम्मेद्वार विजयी भएका छन् । २ नम्बर वडामा कांग्रेसका तरणिशंकर अधिकारीले ४८८ मत ल्याएका छन् भने ३ का वडा अध्यक्षमा विजय भएका केशव रोकाले ५६५ मल प्राप्त गरेका छन् ।

यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा माओवादी केन्द्रका नारायणदास श्रेष्ठ विजयी भएक छन् । उनले  ४६३ मत ल्याए ।

मन्थली नगरपालिका (मेयर)

  • नेपाली कांग्रेस–विनोद कार्कीः १४५१
  • एमाले–रमेशकुमार बस्नेतः १३३१
  • माओवादी केन्द्र–तारानारायण श्रेष्ठः १३२८

मन्थली नगरपालिका (उपमेयर)

  • नेपाली कांग्रेस–गंगा अधिकारीः १६६२
  • एमाले–माया कार्कीः १२५१
  • माओवादी केन्द्र–रीता घिमिरेः १०२१

रामेछाप नगरपालिका (मेयर)

  • एमाले–रोशन पाख्रिनः ४७९
  • नेपाली कांग्रेस–नरबहादुर मगरः ३५८
  • माओवादी केन्द्र– २३८

रामेछाप नगरपालिका (उपमेयर)

  • एमाले–शान्ता पौडेलः ४७५
  • नेपाली कांग्रेस–सिर्जना खड्काः ३३८
  • माओवादी केन्द्र–इन्दिरा बख्रेलः २३६

लिखु गाउँपालिका (अध्यक्ष)

  • एमाले–गोविन्दवहादुर खड्काः २९३
  • नेपाली कांग्रेस–चन्द्रवहादुर राउतः २६०
  • माओवादी केन्द्र–ध्रुवकुमार कार्कीः १३२

लिखु गाउँपालिका (उपाध्यक्ष)

  • एमाले–दिपशिखा दाहालः ३०६
  • नेपाली कांग्रेस–कल्पना खड्काः २६०
  • माओवादी केन्द्र–वन्दना श्रेष्ठः १४३

सुनापती गाउँपालिका (अध्यक्ष)

  • नेपाली कांग्रेस–जितेन्द्रवहादुर मोक्तानः ३८६
  • माओवादी केन्द्र–धावा लामाः २१६
  • एमाले–प्रदीपकुमार योन्जनः १०८

सुनापती गाउँपालिका (उपाध्यक्ष)

  • नेपाली कांग्रेस–विनिता खडकाः ३८६
  • माओवादी केन्द्र–गीता विष्टः २१६
  • एमाले–पासागं डोल्मा लामाः ११२

 

गोकुलगंगा गाउँपालिका (अध्यक्ष)

  • एमाले–खडगवहादुर सुनुवारः १५४४
  • नेपाली कांग्रेस–नानीवावु वस्नेतः ८८२
  • माओवादी केन्द्र–प्रेमकुमार कार्कीः ५५७

गोकुलगंगा गाउँपालिका (उपाध्यक्ष)

  • एमाले–राधिका श्रेष्ठः ९९८
  • नेपाली कांग्रेस–तुलसा केसी (खडका) : ६८९
  • माओवादी केन्द्र–मञ्जु वस्नेत : ३१८

खाँडादेवी गाउँपालिका (अध्यक्ष)

  • माओवादी केन्द्र–शिवकुमार कार्कीः ३२१
  • नेपाली कांग्रेस–वेदराज लामाः २१५
  • एमाले–अध्यक्ष : प्रेमवहादुर तामाङ्गः १३९

खाँडादेवी गाउँपालिका (उपाध्यक्ष)

  • माओवादी केन्द्र–सुकमाया माझीः ३२३
  • नेपाली कांग्रेस–मिना कुमारी श्रेष्ठः २००
  • एमाले–मखमली श्रेष्ठः १५४

 

थाक्रे गाउँपालिका–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

धादिङ, जेठ १ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ को मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार उक्त वडामा अध्यक्षलगायत सम्पूर्ण टिम नै नेकपा माओबादी केन्द्रले जित्न सफल भएको छ । अध्यक्ष कमरेड अमित घलेको उक्त प्यानल नै बिजयी बनेको हो । गाउँपालिकाको अध्यक्षमा पनि कमरेड जीन्दगी थापा अगाडि रहेका छन् ।

बराहताल–३ गाउँपालिकामा माओवादी केन्द्रको प्यानल नै विजयी

सुर्खेत, जेठ १ । सुर्खेत बराहताल गाउँपालिका अन्तर्गत ३ नम्बर वडाकाे मत परिणााम सार्वजनिक भएकाे छ । उक्त सार्वजनिक मतपरिणाम अनुसार अन्य दललार्इ पछि पार्दै माओवादी केन्द्रको प्यानल नै विजयी बनेको छ । अध्यक्ष दत्त बराललगायत उनको पुरै टिम नै विजयी बनेको हो । ५ वटा नगरपालिका र ४ वटा गाउँपालिका सहित ९ वटा स्थानीय तह रहेकाे सुर्खेतमा अन्यमा भने मतगणना जारी छ ।

डोल्पाको दुई स्थानमा माओवादी केन्द्रको विजयी

डोल्पा, जेठ १ । डोल्पाको दुई छुटाछुटै गाउँपालिकामा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नै माओवादीले जितेको छ । अध्यक्षमा ५५६ मत ल्याई नरसिंह रोकायले जित हासिल गरेका छन् भने उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमृता लामाले ५५३ मत ल्याएर विजयी हासिल गरेकी छिन् । त्यस्तै जिल्लाकै मुड्केचुला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दत्त बहादुर शाहीले ९३३ मत ल्याई जित हासिल गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेबाट सविना कुमारी रोकायले ९५९ मत ल्याएर विजयी भएकी छिन् ।

काभ्रेको तीन वडामा तीन पार्टीको प्यानलै विजयी

काभ्रे, जेठ १ । काभ्रेका विभिन्न तीन वटा गाउँपालिकाको तीन वटा फरक वडामा कांग्रेस, एमाले र माओबादी केन्द्रको प्यानल नै विजयी भएको छ । वेथानचोक गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका शिव घिमिरे प्यानलसहित तेमाल गाउँपालिका १ मा एमालको मानबहादुर श्रेष्ठ प्यानलसहित चौरी देउराली गाउँपालिका वडा नम्बर १ मा माओबादी केन्द्रका राजु आले प्यानलसहित

जाजरकोटको मतपरिणाम सार्वजनिक, ६ स्थानमा माओवादी प्यानलको विजयी

जाजरकोट, जेठ १ । जाजरकोटमा हिजो भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले ६ स्थानबाट अध्यक्षलगायत सदस्यसहित प्यानलै विजयी भएको छ । यस्तो छ जाजरकोटमा सार्वजनिक गरिएको मतपरिणाम नेकपा माओवादी केन्द्रवाट शिवालय गाउँपालिका १ मा मानवहादुर पुन पुरै प्यानल शिवालय गाउँपालिका वडा नं २ मा प्रेमवहादुर बस्नेत पुरै प्यानल भेरी नगरपालिका वडा नंं. १ मा दिपक राना पुरै प्यानल वारेकोट गाउँपालिका वडा नं ९ का शशिराम गौतम पुरै प्यानल कुशेगाउँपालिका वडा न. ६ अम्वर शाही पुरै प्यानल त्रिवेणी नलगाड नपा वडा १ मा हिरालाल पुनको पुरै टिम विजयी नेपाली कांग्रेसबाट कुशेगाउँपालिका वडा नं ७ रामवहादुर शाहीको पुरै प्यानल कुशेगाउँपालिका वडा नं ८ अम्वर रोकाय पुरै प्यानल कुशेगाउँपालिका वडा न. ९ मा देविका शाहीको पुरै प्यानल वारेकोट गाउँपालिका वडा १ द्धारिका प्रसाद वुढा पुरै प्यानल वारेकोटगाउँपालिका १ मा लालुभक्त सिंहको प्यानल विजयी कुशे गाउँपालका वडा ३ टेकवहादुर हमाल विजयी नेकपा एमालेले जित हात पारेका वडाहरु भेरी नगरपालिका वडा नं १३ मा गोपाल वटालाको प्यानल विजयी शिवालय गाउँपालिका वडा नं ३ प्रेम देव शर्मा शिवालय गाउँपालिका वडा नं ४ तेजवहादुर वुढाको प्यानल शिवालय गाउँपलिका वडा ५ चित्रप्रसाद शर्मा पुरै प्यानल

कालिकाटको त्रिवेणी गाउँपालिकामा माअाेवादीकाे प्यानलै विजयी

कालिकोट, जेठ १ । कालिकोटको त्रिवेणी गाउँपालिकामा अध्यक्षलगायत पुरै प्यानलनै माओवादीले जितेको छ । अध्यक्षमा प्रमुखमा नेकपा माओवादी केन्द्र कालिकाटका डम्बर बहादुर शाही (क.दिलिप) लगायत उनको पुरै प्यानल अत्यािध बहुमतले विजयी बनेको हो । गाउँपालिका अध्यक्ष पदमा माओवादी उम्मेदवार शाहीले २११० मत ल्याएर विजयी बनेका हुन् । उपाध्यक्षमा माओवादीकै होइजा बुढा गिरी विजयी भएका छन् भने अन्यमा पनि माओवादीले नै विजयी प्राप्त गरेको छ ।

स्थानीय तह प्रमुखको अहिलेसम्मको अवस्था- एमाले ५, माओवादी ३ स्थानमा बिजयी

काठमाडौं, जेठ १ –  स्थानीय तहको निर्वाचनमा नगर र गाऊँपालिकाको अहिलेसम्म प्राप्त नतीजा अनुसार नेकपा एमाले अगाडि देखिएको छ । प्रमुख पदमा एमालेले पाँच, कांग्रेसले चार, माओवादी केन्द्र तीन र स्वतन्त्र एक जना गाउँपालिका प्रमुखमा विजयी भएका छन् । एमाले डोल्पाको काइके गाउँपालिका – अंगद राना डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले निर्वाचित मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा कांग्रेस मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले माओवादी केन्द्र जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल एक स्वतन्त्र मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्रका उम्मेद्वार राजु बिष्ट बिजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो ।

जुम्ला गुठिचौर प्रमुखमा माओवादी केन्द्र बिजयी

जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले एक हजार ५९६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत प्राप्त गरेका छन् । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार क्षेत्रबहादुर भण्डारीले १ हजार ४ सय ६७ मत प्रदान गर्नुभएको निर्वाचन अधिकृत मोहन सागर बस्यालले जानकारी दिनुभयो । यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै जानुदेवी ऐडिले १ हजार ५ सय ९६ मत लयाएर विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुखमा बिजयी हुनुभएका भण्डारी जुम्लाका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ । लामो समयपछि राजनीतिमा लाग्नुभएका भण्डारी नेपाल सरकारको स्थायी कर्मचारी हुदै राजनीतिमा छिर्नुभएको थियो । भण्डारी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य, नेपाल राष्ट्रिय वुद्धिजिबी संगठनका केन्द्रीय अध्यक्ष तथा जुम्लाका पूर्व सभासद नरेश भण्डारीको बुबा हुनुहुन्छ । यसैगरी गोठीचौर गाउँपालिकामा वडा नम्बर १ मा एमालेका गणेश ऐडी वडा अध्यक्षमा बिजयी हुनुभएको छ । यसैगरी वडा नम्बर २ र ३ मा पनि नेकपा एमाले बिजयी भएको छ । वडा नम्बर ४ र ५ मा माओवादी केन्द्रका वडा अध्यक्षहरु बिजयी भएको निर्वाचन अधिकृत मोहन सागर बस्यालले बताउनुभयो ।

चांगुनारायण-६ मा पुन मतदान गर्ने निर्णय

भक्तपर, जेठ १ । मतपत्रसम्बन्धी विवाद भएपछि भक्तपुरको चांगुनारायण नगरपालिकाको वडा न ६ मा फेरी मतदान हुने भएको छ । सो वडाको निर्वाचनका क्रममा केही मतपत्रमा नेमकिपाको चिन्ह नभेटिएपछि विवाद भएको थियो । निर्वाचनका लागी साबिकको नगारकोट गविस भवनको मतदानकेंद्र नै तोकीएको छ ।

भरतपुर महानगरपालिकाको प्रारम्भिक नतीजा सार्वजनिक

चितवन, १ जेठ । चितवनको भरतपुर नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । दिनभरी विवाद भएपछि मतगणना साँझबाट सुरु भएको थियो । भरतपुरमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ भने एमाले एक्लै भिड्दैछ । यस्तो छ नतिजा मेयर एमाले (देवी ज्ञवाली)-४९ माओवादी (रेणु दाहाल)-४१ उपमेयर एमाले (दिब्या आचार्य)-४३ कांग्रेस (पार्वती शाह)-३६

माओवादीको खुल्यो खाता- सान्नी त्रिवेणी गाउँपालिका प्रमुखमा बिजयी

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। गाउँपालिका अध्यक्ष पदमा माओवादी उम्मेदवार डम्बर शाही विजयी भएका हुन्। शाहीले २११० मत ल्याए। उपाध्यक्षमा माओवादीकै होइजा बुढा गिरी विजयी भएका छन्। वडातर्फ भने ९ मध्ये माओवादीले ३, कांग्रेसले ३, एमाले २ र राप्रपाले १ स्थानमा विजय प्राप्त गरे।

कांग्रेस, एमाले र राप्रपाले विप्लवसँग मिलेर मतपत्र जलाएको खुलासा

कालिकोट, जेठ १ । स्थानीय तहको पहिलो चणको निर्वाचन अन्तर्गत कालिकोटको मालकोटमा माओवादी बाहेक अन्य सबै दल मिलेर मतपत्र जलाएको खुलासा भएको छ । नेकपा माओवादी केन्द्रका नेता जीवन बुढाले दिएको जानकारी अनुसार, माओवादी केन्द्रको बलियो प्रभाव रहेको मालकोटमा मतदान सम्पन्न भएपछि अन्य दलहरुले आपसी छलफल गरेर मतपत्र जलाएका थिए । “कांग्रेस, एमाले, राप्रपा र विप्लवले बैठक नै बसालेर मतपत्र जलाउने निर्णय गरेका रहेछन् ।” बुढाले जानकारी दिए, “अझ हाम्रा उम्मेदवारलाई समेत बोलाएका थिए, हामी गएनौं । पछि उनीहरुले जलाए ।” माओवादी केन्द्रको विजय सुनिश्चित हुने देखेपछि मतपत्र जलाएको उनले बताए । सो क्रममा भएको भीडन्तमा एकजनाको मृत्यु हुनुका साथै केही अन्य घाइते भएका थिए । मिडियाबाट मतपत्र जलाउने काम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको भनिएपनि सबै दल मिलेर उक्त कार्य गरेको बुढाले बताए । घटनामा विप्लव माओवादीका ब्यासी विश्वकर्मा, एमालेका दान बहादुर बटाला, कांग्रेसका कुल बटाला घाइते भएका छन् भने राप्रपाका धनरुप बटालाको मृत्यु भएको छ । कालिकोटका तीनवटा नगरपालिका र ६ वटा गाविसमध्ये दुई वटामा मतदान स्थगित भएको छ । भर्ता गाउँपालिकामा समेत एमाले र राप्रपाले धाँधली गरेपछि मतदान स्थगित भएको बुढाले बताए । अन्य स्थानको मतगणना भने शुरु भएको छ ।

मिल्यो कुरा: भरतपुर महानगरपालिकामा मतगणना शुरु

चितवन, जेठ १ । भरतपुर महानगरपालिकामा मतगणनासम्बन्धी विवाद समाधान भएको छ । मतपेटिकाभित्र भएको मतलाई सदर मान्ने मतदान केन्द्रको मुचुल्काका आधारमा गणना गर्ने भन्ने विषयमा भएको विवाद साम्य भएको छ । नेकपा माओवादी केन्द्रका नेता प्रज्वलले दिएको जानकारी अनुसार, दिउँसो दुई बजे बसेको सर्वदलीय बैठकपछि मतगणना सुचारु गर्ने सहमति भएको हो । “नेपालको कानुन अनुसार, मतपेटिकाभित्रका सबै मत गणना गर्ने सहमति भएको छ ।” उनले बताए । भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो । मत गणना गर्दा मुचुल्का भन्दा केही मत तलमाथि परे बाकसभित्र भएका मत गणना गर्ने तर धेरै फरक परे मान्य नहुने भन्दै दलहरुले बिरोध गरेका थिए । निर्वाचन आयुक्तले भने नेपालको कानुन अनुसार, मत पेटिकाभित्रको सबै मत गणनायोग्य हुनुपर्ने अडान राखेपछि विवाद भएको थियो ।

दोलखाको जिरी–२ मा माओवादी केन्द्रको प्यानल विजयी

दोलखा, जेठ १ । चरिकोट,  दोलखा नगरपालिकाको वडा नम्बर २ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । पछिल्लो अपडेट अनुसार, माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षसहित सबै सदस्यहरुले विजय हासिल गरेका हुन । हालसम्मको अपडेट अनुसार माओवादी केन्द्र २९ स्थानमा अगाडि छ भने नेकपा एमाले ३३ र नेपाली कांग्रेस २८ स्थानमा अगाडि छ ।

कुन–कुन क्षेत्रबाट एमाले विजयी भए ?

काठमाडौं, जेष्ठ १ । आइतबार वैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले अग्रता लिएको छ । अहिलेसम्मको मतगणना अनुसार नेकपा एमालेले चार स्थानमा विजय हुँदै अगाडि छ । एमालेले डोल्पाको से फोक्सुन्डो र काइके तथा मनाङको चामे र नेस्याङमा विजयी भएको छ । से फोक्सुन्डोमा निर्विरोध भएको एमालेका अंगद राना काइकेमा ९२० मतसहित विजयी भए । मनाङको चामेमा एमालेकै लोकेन्द्र घले र नेस्याङमा कान्छा घले निर्वाचित भएका छन् । अहिलेसम्म ५ स्थानको नतिजा आएकोमा मनाङको नारफुमा भने कांग्रेस निर्विरोध भएको ।