कारोबार सुरु भएको एकघण्टामा नेप्से ०ं.४१ प्रतिशतले घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार कारोबार सुरु भएको एकघण्टामा नेप्से परिसूचक शून्य दशमलव ४१ प्रतिशत घटेको छ । पहिलो आधा घण्टा ओरालो लागेको बजार त्यसपछि भने स्थिर रहेको थियो । १ घण्टाको व्यापारमा परिसूचक ५ दशमलव ३० अङ्कले घटेर १ हजार २ सय ९५ दशमलव ११ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय १३ कम्पनीको ६ सय ३३ पटकको व्यापारमा रू। ४ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको हो । ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, बैङ्किङको शून्य दशमलव ६७ र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५४ प्रतिशत घटेको छ ।

साथै, होटल समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३ प्रतिशत, विकास बैङ्क र बीमाको शून्य दशमलव १६ र वित्त कम्पनीको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको हो । आर्थिकअभियानबाट

सामुदायिक लघुवित्तको नाफा २ गुणा बढ्यो

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको तेस्रो त्रैमासमा खुद नाफा २ गुणा बढेको छ । गत आवको तेस्रो त्रैमासमा रू‍. ५८ लाख ७० हजार खुद नाफा रहेको चालू आवमा बढेर रू। १ करोड ३७ लाख पुगेको छ । त्यस्तै, यस कम्पनीको सञ्चालन मुनाफा २ गुणा बढेर रू। २ करोड १५ लाख पुगेको छ भने खुद ब्याज आम्दानी ७ दशमलव ९८ प्रतिशत बढेको छ । कम्पनीको चुक्तापूँजी २७ दशमलव २७ प्रतिशत बढेर रू। ७ करोड पुगेको छ । कम्पनीको कर्जा तथा सापटी ३९ दशमलव ४० प्रतिशत बढेर रू। ७१ अर्ब ६५ करोड पुगेको छ । साथै, कुल सम्पत्ति ४५ दशमलव ७२ प्रतिशत बढेर रू। ८४ करोड ३६ लाख पुगेको छ । कम्पनीको जगेडा कोष रकम २ गुणा बढेको छ । निष्क्रिय कर्जा १ दशमलव ७८ रहेको छ ।

१२ बजेको अपडेटः कारोबार सुरु भएको एकघण्टामा १२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पाँचौ दिन बिहीबार नेप्से कारोबार भएको पहिलो एकघण्टाको अवधिमा १२ दशमलव शून्य ४ अङ्कले बढेर १ हजार ३ सय ७२ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । कारोबार भएका १ सय २२ कम्पनीको रू. १३ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका ८ समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । राष्ट्रिय बीमा कम्पनीको संस्थापक तर्फको शेयर प्रतिकित्ता रू। १२ हजार ४ सय ५० मा रू। १ करोड ३३ लाख बराबरको शेयर कारोबार भएको छ ।

१२ बजेको अपडेटः नेप्से परिसूचक ०.४९ प्रतिशतले घट्यो

काठमाडौं । साताको चौथो बुधबारका दिन नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा शून्य दशमलव ४९ पतिशत घटेको छ । कारोबार भएको आधा घण्टासम्म ३ अङ्कले बढेको बजार एक घण्टामा ६ दशमलव ६२ अङ्कले घटेर १ हजार ३ सय ४२ दशमलव ३९ विन्दुमा पुगेको छ । कारोबार भएका ८ समूहको परिसूचकमा वित्त कम्पनी र ‘अन्य’ समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेको छ । कारोबार भएका ९४ कम्पनीको रू. ४ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । स्वदेशी लघुवित्तको प्रतिकित्ता रू. १ हजार ६ सय ५७ मा रू. १ करोड बराबरको शेयर कारोबार भएको छ ।

आइतबार आइपीको आवेदन भर्ने म्याद अन्तिम

काठमाडौं । वैशाख १२ देखि बिक्रीमा आएको नेपाल सेवा लघुवित्तको आईपीओ भर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख ८० हजार कित्तामध्ये ३ हजार ६ कित्ता कम्पनीका कर्मचारी र ९ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो । विक्री प्रवन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार हालसम्म १ लाख ४३ हजार ७ सय ९० जनाबाट ९४ लाख ७ हजार ३ सय ४० कित्ताका लागि आवेदन परेको छ । यस आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओमा सि—आस्वा अनिवार्य भएकाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि—आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

लामो सयमपछि एकै दिन शेयर बजारमा ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, वैशाख १५ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको एक करोड एक लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको रु चार अर्ब आठ करोड ८७ लाख ५७ हजार बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१ दशमलव २७ अंकले घटेर अन्तिम दिन १३५७ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव शुन्य पाँच अंकले घटेर २८७ दशमलव शुन्य छ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड १५ लाख १० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको पाँच लाख २४ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता विभिन्न १८ कम्पनीको शेयर स्टकमा सूचीकृत भएका छन् ।

नेप्से र सिडिएसको आयोजनामा लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज र सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको आयोजनामा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर ७ को धनगढीमा सम्पन्न कार्यक्रममा उक्त प्रदेशका अर्थमन्त्री झपटबहादुर बोहराले आफ्नो प्रदेशले स्थानिय ऋणपत्र जारी गर्ने गृहकार्य गरिरहेको जानकारी दिएका छन् । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले समसामयिक गतिविधिमाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले निकट भविश्यमै आउने अनलाइन प्रणालीले बजारको पहुँच विस्तार हुनेमा आफु विश्वस्त रहेको बताए । सचेतना कार्यक्रममा बोर्डका तर्फबाट कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका अधिकृत प्रकाशबहादुर देउवा र सिडिएससीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले कार्यपत्र प्रस्तुत गरेको नेप्सेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

२ बजेको अपडेटः फेरि घट्यो १८.०४ प्रतिशतले नेप्से कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसूचक १ दशलमव ३० प्रतिशत घटेको छ । कारोबार शुरु भएको केही समयपछि लगातार ओरालो लागेको बजार ३ घण्टाको व्यापारमा १८ दशमलव शून्य ४ अङ्क घटेर १ हजार ३ सय ६८ दशमलव ४३ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ४७ कम्पनीको ३ हजार ५ सय ७२ पटकको व्यापारमा रू. ३६ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । यस समयमा सबै समूहको परिसूचक घटेको छ । जलविद्युत समूहको परिसूचक १ दशमलव ८२ प्रतिशत, बीमाको १ दशमलव ७६, ‘अन्य’ समूहको १ दशमलव २९, लघुवित्तको १ दशमलव ३४, बैङ्किङको १ दशमलव १८ र विकास बैङ्कको १ दशमलव १ प्रतिशत घटेको छ । साथै, वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ७४ र होटलको शून्य दशमलव ४४ प्रतिशत घटेको हो ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश परिवर्तन

काठमाडौं । एयिशन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दर परिवर्तन गरेको छ । कम्पनीले परिवर्तन गरी ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यसअघि कम्पनीले चुक्तापूँजीको १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बीमा समितिबाट स्वीकृत नभएकाले लाभांश परिमार्जित गरिएको हो । सो लाभांश बीमा समिति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

फेरि बढ्यो चिनीको मूल्य

विराटनगर । नेपाल सरकारले स्वदेशी चिनी उद्योगको प्रवद्र्धनका लागि भन्दै चिनीको सन्दर्भ मूल्य सूचीप्रति टन ४ सय ६० अमेरिकी डलर कायम गरेपछि विराटनगरका व्यवसायी आक्रोशित भएका छन् । सरकारको पछिल्लो कदमले चिनीको भन्सार महशुल पनि दोब्बर बढेको छ । यसले गर्दा चिनीको लागत खर्च प्रति किलोग्राम ७२ रुपैयाँ पुगेको छ । यो मूल्यमा नेपालमा चिनीको आयात गर्ने र विक्री गर्न नसकिने भन्दै व्यवसायीले सरकारको आलोचना गरेका छन् । स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्ने माग गर्ने उद्योगी व्यवसायी चिनी उद्योगलाई सरकारले गरेको मायाप्रति भने असन्तुष्ट बनेका हुन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले चिनी आयातमा सरकारले गरेको निर्णयको विरोध गरे । संघका अध्यक्ष पवनकुमार सारडाले सरकारले गैरकानूनी तरिकाले पद्धति मिचेर चिनीको मूल्यांकन बढाएको, चिनीको भन्सार महसुल पनि दोब्बर पारिएको भन्दै आक्रोश व्यक्त गरे । उनले यही अवस्था कायम हुने हो भने उद्योगी व्यवसायी धरासायी हुने र टाँट पल्टने बताएका छन् । पूरानो मूल्यका आधारमा विक्री गर्न आयात गरिएको चिनीको दर एक्कासी बढाएर व्यवसायी डुबाउने काम गरेको भन्दै आयातकर्ताले अर्थमन्त्री डा.युवराज खतिवडाप्रति असन्तोष व्यक्त गरेका छन् । संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले भन्सार विन्दुमा चिनीको कारोबार मूल्यमा भन्सार महशुल तिर्न नपाए चिनी छुटाएर नल्याउने चेतावनी दिए । उनले राज्य आफैंले कालोबजारी गरेको भन्दै रोष प्रकट गरेका छन् । यस्तै व्यवसायी खेमचन्द्र जैनले किसानको मूल्य नदिएर शोषण गर्ने चिनी मिललाई सरकारले सजिलो बनाएको भन्दै विरोध गरेका छन् । कुनै उद्योगलाई प्रमोट गर्ने नाममा आम जनतालाई मार पर्ने गरी चिनीको मूल्य बढाएको जैनको भनाइ छ । अनावश्यक वस्तुको आयातमा रोक लगाउनुको सट्टा चिनी उद्योगको सिफारिसमा जथाभावी मूल्याङ्कन बढाउनु गलत भएको उनले बताएका छन् । चिनीमा लाग्ने १५ प्रतिशत भन्सार महशुललाई सरकारले गत हप्ता दोब्बर बनाएर ३० प्रतिशत कायम गरेको छ । चिनी उत्पादक सङ्घले गत भदौ महीनादेखि नै चिनीको भन्सार महशुल ५० प्रतिशत गर्नुपर्ने माग गर्दै आएको थियो । सरकारले चिनी उद्योगलाई संरक्षण गर्नुपर्ने तर्क दिँदै भन्सार महशुल वृद्धि गरेको हो । खतिवडा अर्थमन्त्री भएपछि सरकारले भन्सार प्रयोजनका लागि चिनीको सन्दर्भ मूल्य सूची प्रति टन ४ सय ६० अमेरिकी डलर कायम गरेको छ । तर, पैठारी भइरहेको चिनी प्रति टन ३ सय २० देखि ३ सय ६० डलरसम्म परेको व्यवसायीको दाबी छ । व्यवसायीले चिनीको मूल्य बढेसँगै कालोबजारी बढ्ने, नेपालका बिस्कुट, चकलेट, जुसलगायतका उत्पादनमा लागत बढ्ने र उद्योग टाट पल्टने भन्दै विरोध गर्दै आएका छन् । विराटनगर भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा उक्त नाकाबाट १ करोड ७ लाख मूल्यको १ सय ६९ टन चिनी पैठारी गरिएको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दुई अर्ब मूल्यको ४२ हजार ५ सय २४ मेट्रिक टन चिनी आयात गरिएको छ । नेपाली चिनी उद्योगबाट वार्षिक २ लाख ५० हजार टन चिनी उत्पादन भएपनि माग भने ३ लाख ५० हजार टनभन्दा बढी रहेको व्यापारीको दाबी छ । अार्थिक अभियानबाट

२ बजेको अपडेटः नेप्से ०.३५ प्रतिशतले घट्यो

काठमाडौं । बुधबार कारोबार भएको तेस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ३५ प्रतिशतले घटेको छ । यस समयमा ४ दशमलव ८८ अङ्कले घटेर १ हजार ३ सय ८९ दशमलव ९८ विन्दुमा पुगेको छ । कारोबार भएका १० समूहको परिसूचकमा ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । कारोबार भएका १ सय ५६ कम्पनीको रू। ३६ करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा सर्वाधिक शेयर कारोबार हुनेमा नेपाल ग्रामीण विकास बैङ्क रहेको छ । सो बैङ्कको प्रतिकित्ता रू. ६ सय ६० मा रू. ३ करोड १५ लाख बराबरको शेयर कारोबार भएको छ ।

१ बजेको अपडेटः दोस्रो घण्टाको कारोबारमा नेप्से ०.२७ प्रतिशतले बढ्यो

काठमाडौं । बुधबार कारोबार भएको दोस्रो घण्टामा नेप्से ० दशमलव २७ प्रतिशतले बढेको छ । कारोबार शुरु भएको १५ मिनेट बढेर घटेको बजार १२ बजेर १५ मिनेटमा फेरि बढ्न थालेको हो । यस समयमा ३ दशमलव ७१ अंक बढेर परिसूचक १ हजार ३ सय ९८ दशमलव ५७ विन्दुमा पुगेको छ । कारोबार भएका १० समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको छभने पाँच समूहको परिसुचक घटेको छ । कारोबार भएका १ सय ४३ कम्पनीको रू.२१ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ ।

२ बजेको अपडेटः नेप्से कारोबार १.६८ प्रतिशतले घट्यो

काठमाडौं । सोमवार नेप्से परिसूचक १ दशमलव ६८ प्रतिशत घटेको छ । ३ घण्टाको व्यापारमा शेयर बजार २४ दशमलव २० अङ्कले घटेर १ हजार ४ सय १४ दशमलव २९ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ६८ कम्पनीको १० हजार ९ सय ८ सय पटकको व्यापारमा रू। १ अर्ब १५ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक ३ दशमलव ९७ प्रतिशत, जलविद्युतको ३ दशमलव ६७, व्यापारको २ दशमलव ४६ र विकास बैङ्कको २ दशमलव २१ प्रतिशत घटेको छ । बीमा समूहको परिसूचक १ दशमलव ८४ प्रतिशत, बैङ्किङ र लघुवित्तको १ दशमलव ५५ र वित्त कम्पनीको १ दशमलव ५३ प्रतिशत घटेको छ । साथै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत घटेको हो ।

१ बजेको अपडेटः नेप्से कारोबार स्थिर, ४ समूहको परिसूचक बढ्यो

काठमाडौं । सोमवार नेप्से परिसूचक स्थिर रहेको छ । उतारचढावमा रहेको बजार २ घण्टाको व्यापारमा केही ओरालो लागेको हो । यस समयमा परिसूचक शून्य दशमलव २७ अंकले घटेर १ हजार ४ सय ३८ दशमलव २२ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ६० कम्पनीको ७ हजार २९ पटकको व्यापारमा रू. ७६ करोड ४ लाख बराबरको शेयर कारोबार भएको हो । बैङ्किङ, बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूह बाहेक बाँकी समूह घटेपछि समग्र बजार ओरालो लागेको हो । बीमा समूहको परिसूचक १ दशमलव १८ प्रतिशत, लघुवित्तको शून्य दशमलव २४, बैङ्किङको शून्य दशमलव शून्य ५ र उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ३ प्रतिशत बढेको हो । व्यापार समूहको परिसूचक १ दशमलव ४८ प्रतिशत, होटलको १ दशमलव ९१, विकास बैङ्कको १ दशमलव ३, ‘अन्य’ समूहको १ दशमलव ११, जलविद्युतको शून्य दशमलव ६९ र वित्त कम्पनीको शून्य दशमलव ४५ प्रतिशत घटेको छ ।

शेयरबजारमा उल्लेख्य सुधार, एकैदिन ५० अंकले बढ्यो

काठमाडौं । आइतबार नेप्से परिसूचक ३ दशमलव ६१ प्रतिशतले बढेको छ । यसदिन कारोबार शुरू भएदेखि नै बजार बढेको थियो । यसदिन १ हजार ३ सय ८८ विन्दुबाट शुरू भएको कारोबार निरन्तर ५० दशलमव १८ अङ्कले बढेर अन्त्यमा १ हजार ४ सय ३८ दशमलव ४९ विन्दुमा पुगेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएदेखि शेयर बजार बढ्न थालेको छ । कारोबार भएका ९ समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । लघुवित्त समूहको परिसूचक ५ दशमलव ८९ प्रतिशत, बीमाको ५ दशमलव शून्य ३, जलविद्युतको ५ दशमलव २६ प्रतिशतले बढेपछि नेप्से परिसूचक बढेको हो । यस दिन कारोबार भएका १ सय ६७ कम्पनीको १२ हजार ५ सय ४८ पटकको व्यापारमा २८ लाख ८९ हजार ९ सय ४३ कित्ता शेयरको रू। १ अर्ब २३ करोड बराबरको शेयर कारोबार भएको छ । कुमारी बैंक लिमिटेडको प्रतिकित्ता रू. २ सय ८७ मा रू. ५ करोड ३९ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैंकले जारी गर्न लागेको १० बराबर २ को अनुपातमा हकप्रद शेयर सुरक्षित गर्ने आइतवार अन्तिम दिन भएकाले शेयर कारोबार बढेको हो । यस दिन १० प्रतिशतले शेयर मूल्य बढ्ने कम्पनीमा अरुण काबेली, एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, नेशनल माइक्रोफाइनान्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेका छन् । १४ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने रिडी हाइड्रोपावर डेभलपमेण्ट बैङ्कको शेयर मूल्य ३ दशमलव ३५ प्रतिशतले घटेको छ ।

२ बजेको अपडेट : नेप्से परिसूचक १.९१ प्रतिशत बढ्यो

काठमाडौं । आइतबार नेप्से कारोबार भएको तेस्रो घण्टाको अवधिमा नेप्से परिसूचक १ दशलमव ९१ प्रतिशत बढेको छ । कारोबार शुरू भएदेखि बढेको बजार यस समयमा २६ दशमलव ५२ अङ्क बढेर १ हजार ४ सय १४ दशमलव ८३ विन्दुमा पुगेको छ । कारोबार भएका ९ समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । यस समयमा कारोबार भएका १ सय ६२ कम्पनीको रू। ७६ करोड बराबरको शेयर कारोबार भएको छ । कुमारी बैङ्क लिमिटेडको प्रतिकित्ता रू। २ सय ७९ मा रू। ३ करोड ३३ लाख बराबरको शेयर कारोबार भएको छ ।