अबको एक महिनापछि शेयरबजार दिगो वृद्धितर्फ

काठमाडौं । अहिले लगानीकताहरू मुख्यतः अर्थ मन्त्रालयले जारी गर्ने भनेको श्वेतपत्रको पखाईमा छौं । त्यसमा नेपाल सरकारले बजारप्रतिको आधिकारिक धारणा सार्वजनिक गर्ने विश्वास हाम्रो रहेको छ ।

मध्यावधि समिक्षाको मुल्यांकन गर्दा अर्थमन्त्री डा.युवराज खतिवडा बजारको चाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने मान्यतामै रहेका देखिन्छन् । त्यसैले पनि मध्यावधि समिक्षामा शेयर बजारबारे उनले धेरै कुरा नगरेका हुन सक्छन् ।

हामी पनि अहिले उहाँले अपनाउनुभएको यो रणनीतिप्रति खुशी नै छौं । हाम्रो गुनासोमात्र के हो भने उहाँले मलाई यो विषय ठिक लाग्छ यो लाग्दैन भन्ने अर्थमा बजारबारे नबोलिदिनुभएको हुने थियो भन्ने हो । तर, यही साता सार्वजनिक हुने भनिएको श्वेतपत्रमा शेयर बजारबारे केही सम्बोधन भने अवश्य होला ।

चैतसम्म शेयर बजारमा ठुलो उतारचढाव नआउने अहिलेको परिस्थितिले देखाएको छ । मध्यावधि समिक्षामा सरकारले बैंकहरुले विदेशमा राखेको पुँजी फिर्ता ल्याएर वा वैदेशीक लगानी भित्र्याएर बैंकिङ क्षेत्रमा देखिएको पुँजी अभावको समस्या अन्त गर्ने बताएको छ । तरलता अभावको समस्या समाधानको लागि २र३ महिना लाग्ने अर्थमन्त्रीले अनुमान गर्नुभएको छ ।

मध्यावधि समिक्षामा सरकारले अर्थतन्त्रको अवस्था केही खराब भएपनि आत्तिनु पर्ने अवस्थामा नरहेको संकेत गरेको छ । यद्यपि, चैतमा कर तिर्ने समय हुने भएकोले सरकारी खातामा पुनः रकम थुप्रिने सम्भावना भने छ । अहिले केही बैंकले निक्षेपमा पुनः उच्च व्याजदर प्रस्ताव गरेका छन् । यो क्रम अरुले पनि पछ्याउन थालेमा बैकिङ क्षेत्रमा असन्तुलन भने हुन सक्ला । त्यसको प्रभाव बजारमा निश्चय नै पर्छ ।

बैंकहरुमा जति समस्या छ, त्योभन्दा बढि हल्ला गर्ने प्रवृत्ति पनि रहेको देखिन्छ । एउटा उदाहरण दिन्छु, केही समय अघिमात्रै पनि बैंकहरुसँग हामीले कुरा गर्दा ६५ अर्ब लगानी योग्य पुँजी छ भनेको थिए, तर त्यही दिन बैंकहरुमा पुँजी अभाव थप गहिरिएको खबरहरु सार्वजनिक भए । यो क्षेत्रमा ५२–५३ अर्ब रुपैयाँ तलमाथि हुने वित्तिकै हंगामा हुने गरेको छ ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई महिना अन्त्यमा निक्षेप र कोर पुँजीको तुलनामा कर्जा लगान (सीसीडी रेसियो) व्यवस्थित गरे हुने सुविधा दिएकोले धेरै समस्या हुन नपर्ने हो । बैंकहरुमा हुनेभन्दा पनि बाहिर ठुलो रुपमा समस्या देखाइने गरेको जस्तो लाग्छ ।

त्यसैले, बैशाखपछि भने परिस्थितीमा सुधार आउने अपेक्षा हामीहरुले गरेका छौं । स्थानी तहमा चैतमा ७५ अर्ब रुपैयाँ जाने भएको छ । स्थानीय तहले हाल प्रभावकारी रुपमा खर्च गर्न नसकिरहेका भएपनि बर्ष अन्त्य हुँदै जाँदा खर्च बढ्न भने सक्छ ।

सरकारले पछि खर्च गर्ने प्रवृत्ति बर्षको अन्त्यमा हुने भएकोले सरकारी खर्च पनि बढ्न सक्छ । त्यसैले बैशाखमध्य पछि अर्थतन्त्रमा पनि सुधार देखिदै जाँला भन्ने अपेक्षा हाम्रो छ ।

अनलाइनखबरबाट साभार

माइक्रो फाइनान्सले महिलालाई मुखिया बनाउँदै

कालीकोट । कुनै समयमा कर्णालीमा ‘महिला मुखिया र बाख्रा बटालो’ भएपछि प्रगति हुँदै जान्छ भन्ने उखान चल्थ्यो तर, अहिले आर्थिक क्षेत्रमा महिलालाई अगाडि लगाउँदा राम्रो बचत हुने विश्वास बढ्न थालेको छ । आठ वर्षअघि खांडाचक्र नगरपालिका–२ निवासी नानी शाहीलाई घर खर्च चलाउनु परेमा श्रीमान्सँग पैसा छ कि भनेर माग्नुपर्ने अवस्था थियो । तर अहिले ठीक उल्टो भएको छ । श्रीमान्ले आवश्यक परेको बेलामा आफूसँग पैसा मागेर समस्या टार्न थालेको उहाँको भनाइ छ । उहाँले विगत सात वर्षअघि सहकारीको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर पहिलो पटक पाँच हजार रुपैयाँ कर्जा लिएर व्यवसाय शुरु गर्नुभएको हो । सामान्य चिया पसलबाट आरम्भ गरेको व्यवसाय अहिले बढ्दै गएको छ । नानी अहिले श्रीमान्सँग मिलेर जिल्ला अस्पतालमा होटल व्यवसाय गर्दै आउनुभएको छ । जिल्ला अस्पतालमा खाजाघर सञ्चालन गरेर मासिक २३ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ उहाँले । जिल्ला अस्पतालभित्र र बाहिर सञ्चालन गरेको खाजाघरमा बिहानदेखि बेलुकासम्म उहाँलाई भ्याइनभ्याई छ । अहिले समूहका महिला सदस्यको विश्वासबाट तीन लाख रुपैयाँभन्दा बढी कर्जा लिनुभएका उहाँले मासिक रुपमा कर्जाको किस्ता तिर्नुहुन्छ । यसैको आम्दानीबाट घर खर्च मात्र होइन छोरीलाई अनमिसम्म पढाउन सफल पनि हुनुभएको छ । पहिले समाजमा पुरुषलाई मात्र कर्जा दिने साहुमहाजनभन्दा महिलालाई विश्वास गर्ने सहकारी तथा वित्तीय संस्थाका कारण आफूहरुलाई उद्यमी बन्ने अवसर मिलेको यहाँका महिलाहरु बताउँछन् । कतिपय महिलाले अन्य निकायबाट सीप सिकेर समूहबाट कर्जा लिई सफल उद्यमी बनेका छन् । नरहरिनाथ गाउँपालिका तीन निवासी शान्ति बुढा अहिले श्रीमान् जहले बुढाको सहयोगमा घरमा कुखुरापालन र खुद्रा पसल चलाउनुहुन्छ । यस अतिरिक्त उहाँ तरकारी खेती पनि गर्नुहुन्छ । । खुद्रा पसलबाट व्यवसाय शुरु गर्नुभएको बुढाले गाउँको साहुबाट वार्षिक ३६ प्रतिशतमा २० हजार कर्जा लिनुभएको थियो । त्यही सिलसिलामा कुमाल गाउँमा हिमचुली कृषि सहकारी संस्था लि.ले माइक्रो फाइनान्स समूह गठनका लागि पठाएका कर्मचारीबाट संस्थाबाट पाउने सुविधाका बारेमा थाहा पाउनुभयो । कर्जा पाउन र कमाएको रकम बचत गर्न सहज हुने देखेपछि गाउँका महिला जम्मा गरेर समूह गठन गर्दै पहिलो पटक ५० हजार रुपैयाँ कर्जा लिएर साहुको २० हजार फिर्ता गर्नुभयो । त्यसैबाट कारोबारलाई बढाएर अहिले मासिक १२ हजारसम्म आम्दानी गरिरहेको बुढा बताउनुहुन्छ । छोरीलाई काठमाडौँमा रेडियोलोजी पढाउँदै आउनुभएको छ उहाँले । उहाँले भन्नुभयो, “माइक्रो फाइनान्स समूह नभएको भए छोरीको पढाइका लागि थुप्रै ऋण लिनुपर्ने हुन्थ्यो । अहिले समूहबाट लिएको कर्जा मासिक रुपमा तिर्न सफल भएको छु ।” अहिले माइक्रो फाइनान्स समूहबाट तीन लाख ६० हजार रुपैयाँ कर्जा लिएको उहाँ बताउनुहुन्छ । आफूहरुलाई अहिले श्रीमान्सँग स–सानो कुनै पनि रकम माग्नु नपरेको बरु उल्टै आफूहरुले दिनुपरेको बुढाको भनाइ छ । रास्कोट नगरपालिका–५ निवासी मनपुरा तिरुवाको जीवनशैली अहिले परिवर्तन भएको छ । उहाँको खुद्रा पसल गर्ने चाहना भएपनि श्रीमान्को कमाइले सम्भव हुने नदेखेपछि एक वर्षसम्म सोचेको कुरा मनमा राखेर बस्नुभयो । अन्ततः इच्छा मुताबिक उहाँले सहकारी संस्थाको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर कर्जा लिई व्यवसाय शुरु गर्नुभयो । गाउँबाट बजारमा खुद्रा व्यवसाय शुरु गर्नुभएको मनपुराले घर खर्च व्यहोर्दै मासिक किस्ता पनि तिर्दै जानुभएको छ । उहाँले भन्नुभयो, “आफूलाई आवश्यक पर्ने गरगहना पनि जोडेको छु । समूह आफूहरुका लागि माइती जस्तै भएको छ ।” स्थानीय जनप्रतिनिधि हुने अवसरसमेत पाउनुभएका मनपुरा तिरुवा समाजको अगुवाको भूमिकासमेत निर्वाह गरिरहनु भएको छ । चार वर्षअघि २३ जना महिलाको अगुवा हुनुभएका मनपुरा सामाजिक काममा समेत सहभागिता जनाउनुहुन्छ । जिल्लाका अधिकांश महिला अहिले आत्मनिर्भर हुने वातावरण बनेको यहाँका महिलाको भनाइ छ । कालीकोट जिल्लामा महिलामा आत्मविश्वास बढ्दै गएको र सहकारीका समूहमा बसेर नेतृत्व गर्न सक्षम हुने अवसरसमेत मिलेको माइक्रो फाइनान्स प्रबन्धक मनिका बोहरा बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि महिलाले कर्जा लिए पनि पुरुष बिना व्यवसाय सञ्चालन असम्भव देख्नेका लागि यहाँका महिलाले उदाहरणीय काम गरेर देखाएका छन् । बोहराले भन्नुभयो, “समाजमा हेलाँको दृष्टिले हेरिने एकल महिला पनि समूहमा आबद्ध भई व्यवसायी बन्न सफल हुनुभएको छ । उहाँहरुको व्यवसाय समाजका लागि उदाहरणीय बनेका छन् ।” कुमालगाउँ निवासी रत्ना भण्डारा एकल महिला हुन् । उहाँले गाउँमा कुखुरापालन गरेर राम्रो कमाइ गरिरहनु भएको छ । पहिले पहिले गाउँमा खुद्रा पसल शुरु गर्दा अर्कै नजरले हेर्नेहरु आफूले शुरु गरेको कुखुरापालन व्यवसाय र खुद्रा व्यापार देखेर छक्क पर्ने गरेको उहाँ बताउनुहुन्छ । श्रीमान् हुने महिलाका लागि आफू उदाहरण बनेको र घर खर्चका लागि कुनै कठिनाइ नभएको उहाँको भनाइ छ । जिल्लामा माइक्रो फाइनान्स सञ्चालन गरेको हिमचुली सहकारीले अहिले ६ हजार ५०० महिलालाई नौ करोड कर्जा प्रवाह गरेर व्यावसायिक बनाएको संस्थाका लघुवित्त कार्यक्रम निरीक्षक सिंहबहादुर शाहीले बताउनुभएको छ । उहाँले भन्नुभयो, “पहिले पहिले कर्जा लिँदा कसरी तिर्ने होला भन्ने चिन्तामा पर्ने गरेको भए पनि अहिले भने महिलामा व्यावसायिक दक्षता बढ्न थालेको छ ।” सात वर्षअघि शुरुआतको चरणमा पाँच हजार कर्जा प्रवाह गर्ने सहकारी संस्थाले अहिले व्यवसाय हेरेर तीन लाख सम्मको कर्जा प्रदान गर्दैआएको छ । महिलाले कमाएको रकम लघु बचत, लघु बिमा र लघु कर्जाका माध्यमबाट उनीहरुलाई नै आत्मनिर्भरतातर्फ उन्मुख गराउने काम मात्र नभई सहकारीले सामाजिक काममा समेत अगुवाको भूमिका निर्वाह गर्दै आएको संस्थाका अध्यक्ष कालीबहादुर महताराले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई व्यावसायिक मात्र हैन आर्थिक क्षेत्रमा महिलाको पहुँच वृद्धि गराउन पनि सहकारी सफल भएको छ । कालीकोट जिल्लामा महिलालाई आगामी तीन वर्षसम्म १५ हजार महिलालाई समूहमा आबद्ध गराउने सहकारीले लक्ष्य छ । कालीकोट जिल्लामा वित्तीय क्षेत्रमा काम गर्ने दुई दर्जन सहकारी संस्थाका साथै एक दर्जन लघुवित्तको काम गर्ने वित्तीय संस्था छन् । चारभन्दा बढी वित्तीय संस्थामा बसेर बचत गर्ने महिला पनि छन् । महिलाका लागि अवसर र चुनौती दुवै थपिएको किसान माइक्रो फाइनान्समा काम गर्दै आउनुभएका दीपक विष्ट बताउनुहुन्छ । नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मानशोभा बुढाले महिलामा चेतना अभिवृद्धि भएको र उनीहरुलाई हरेक क्षेत्रमा अवसर दिँदै अगाडि बढाउन जरुरी रहेको बताउनुहुन्छ । रासस

यस वर्षको बजेट १० खर्ब ८३ अर्ब

काठमाडौं, फागुन २४ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आवका लागि संसद्ले १२ खर्ब ७९ अर्बको बजेट पारित गरे पनि त्यसको आकार घटेर १० खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकिने प्रक्षेपण मन्त्रालयले गरेको हो । बुधबार बजेटको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ दशमलव ३३ प्रतिशतले घटाएको हो । यो प्रक्षेपित बजेट गत आर्थिक वर्षको यथार्थ खर्चको तुलनामा ३१ प्रतिशतले बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष ०७३/७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ खर्ब ३१ अर्ब मात्रै भएको थियो । कुल बजेटमध्ये चालूतर्फ ७ खर्ब ३८ अर्ब ९४ करोड खर्च हुने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ । यसअघि सरकारले ८ खर्ब ३ अर्ब चालू बजेट विनियोजन गरेको थियो । चालू खर्चतर्फ मध्यावधि समीक्षामार्फत गरिएको प्रक्षेपण सुरुको विनियोजनको ९१ दशमलव ९६ प्रतिशत हो । त्यस्तै, यस वर्ष २ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ मात्रै पुँजीगत बजेट खर्च गर्न सकिने प्रक्षेपणसमेत अर्थ मन्त्रालयले गरेको छ । यसअघि ३ खर्ब ३५ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरे पनि त्यसको ७० प्रतिशत मात्रै खर्च हुने अनुमान अर्थले गरेको हो । वित्तीय व्यवस्थातर्फ भने यसअघि कुल १ खर्ब ४० अर्ब विनियोजन गरेकामा ७८ प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब ४२ करोड बजेट खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरको हो ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा

मोरङ । माटोको सामग्री बनाउने कुम्हाले समुदायको पुख्र्याैली पेशा संकटमा परेको छ । प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो । बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खाइदिएको विगत ३० वर्षदेखि माटाका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ । पण्डितका अनुसार करिब २० वर्षपहिले माटोका भाँडा बनाएर एक परिवारले वर्षमा रु ५ लाखदेखि ६ लाख कमाई हुने गरेको थियो । तर अहिले अरू बेला बिक्री नै हुँदैन, भइहाल्यो भने चाडपर्वको याममा एक परिवारले रु ५०÷६० हजारसम्म माटोको सामग्री बेचेर आम्दानी हुन्छ । उहाँले भन्नुभयो, “आम्दानी नभएपछि वर्षभरि परिवार पाल्न साहुमहाजनसंग लिएको ऋण तिरेर छाक टार्ने जोहो गर्छौं ।” अर्का रामसुफल पण्डितले आपूmहरुको पुख्र्यौंली पेशा परम्परागत संस्कारले मात्रै धानेको बताउनुहुन्छ । “माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आपूmहरुको पेशा परम्परागत मान्यताले मात्रै थामेको छ,” उहाँले भन्नुभयो, “अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंग लगायतको सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।” आपूmहरुको पेशा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी संघसंस्थाको ध्यान पुग्न नसकेको उहाँको गुनासो छ । आपूmहरुको जातीय पेशा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेशा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको उहाँको भनाइ थियो । राष्ट्रिय जनगणना २०६८ का अनुसार कुम्हाले जातिका महिला ३० हजार ४१६ र पुरुष ३१ हजार ९८३ गरी कूल ६२ हजार ३९९ जनसंख्या रहेको छ । उनीहरु तराई मधेशका जिल्लामा छरिएर बसोबास गर्दै आइरहेका छन् । कुमालेले माटोका कलश, कोहा, ढकन, घैला, दियो बनाउने गर्दछन् । रासस

माथिल्लो कर्णाली आयोजना : स्थानीयवासीले मुआब्जा पाएनन्

दैलेख, फागुन २३ । माथिल्लो कर्णाली आयोजनाबाट प्रभावित स्थानीयवासीले तोकिएको अवधि सकिँदा समेत मुआब्जा पाएका छैनन् । मुआब्जा फागुन ५ मा दिनसक्नुपर्ने सम्झौतामा उल्लेख थियो । मुआब्जा वितरण नहुँदा आयोजना निर्माण नै अन्योलमा परेको छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई हालसम्म १२ प्रतिशत मात्र मुआब्जा दिएको छ । आयोजना निर्माणको जिम्मा पाएको जीएमआर कम्पनीले वित्तीय स्रोत जुटाउन नसक्दा मुआब्जा वितरणमा अन्योल भएको एक कर्मचारीले बताए । ‘स्थानीय निकाय, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावले सझौताअनुसार मुआब्जा दिन सकिएन,’ उनले भने, ‘अब केही दिनमै मुआब्जा वितरणलाई निरन्तरता दिन्छौं ।’ कम्पनी अहिले प्रदेशसभाको निर्णय कुरिरहेको उनको भनाइ छ । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा भएको पटकपटकको आक्रमणमा स्थानीयवासीले कम्पनीलाई शङ्का गरेको जीवन थापाले बताए । ‘कम्पनीमा आठपटक आक्रमण भइसक्यो,’ उनले भने, ‘तर आक्रमण गर्ने व्यक्ति नसमातिनुले कम्पनीप्रति नै शङ्का उब्जेको छ ।’ भरपर्दो सुरक्षा व्यवस्था नहुँदा कम्पनीको कार्यालयमा बारम्बार आक्रमण भएको तिलक शाहीले बताए । उनले भने, ‘आयोजना तथा यस्ता घटनाप्रति सरकार र कम्पनी नै गम्भीर छैन ।’ सरकारले चासो नदिए मुआब्जा दिन कम्पनीले वर्षौं लगाउने र जग्गा खरीद प्रक्रिया धकेल्दै जाने आठबीस नगरपालिकाका उपप्रमुख दीपा बाहोराले बताइन् । सरकारले पटकपटक म्याद थप्दै जाने तर आयोजनाले विभिन्न बहानामा ढिलाइ गर्नाले आयोजना निर्माण नै अन्योलमा देखिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपालेको भनाइ छ । कम्पनीको लापरबाहीले हालसम्म कुनै कामले तीव्र गति लिन नसकेको आठबीस नगरपालिका–३ का अर्जुन शाहीले गुनासो गरे । आयोजनाको कार्यालय अहिले एकजना सुरक्षा गार्डको भरमा सञ्चालन हुँदै आएको छ । सर्भे भएकै १० वर्ष बित्दासमेत कम्पनीले हालसम्म १ सय २० रोपनी जग्गाको मात्र मुआब्जा दिएको छ । ९ सय २० रोपनी जग्गा खरीद गर्नुपर्ने कम्पनीले यसमा चासो देखाएको पाइँदैन । आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति त्यस क्षेत्रका बासिन्दा आक्रोशित छन् ।

नेप्से कारोबार ०.६८ प्रतिशतले बढ्यो

काठमाडौं । मंगलबार नेप्से कारोबार ० दशमलव ६८ प्रतिशत बढेर बन्द भएको छ । कारोबार शुरु भएदेखि दोस्रो घण्टासम्म घटेको बजार तेस्रो घण्टासम्म पुग्दा बढेर १ हजार ३ सय ५ दशमलव ८८ विन्दुमा पुगेको थियो । सो विन्दुमा पुगेपछि ओरालो लाग्न थालेको बजार अन्त्यमा ८ दशमलव ७० अङ्क बढेर १ हजार २ सय ९६ दशमलव ४४ विन्दुमा पुगेको छ । बिना कारण हल्ला हल्लाले घटिरहेको बजारमा मङ्गलवार करेक्सन भएको छ । तरलता अभाव, अर्थमन्त्रीका योजनामा आक्रोशित भएर विभिन्न हल्लामा लागेका लगानीकर्ता यस दिनको कारोबारपछि खुशी भएका छन् । कारोबार भएका १० समूहको परिसूचकमा होटल र ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । व्यापार, विकास बैङ्क, जलविद्युत, लघुवित्त कम्पनीको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेपछि नेप्से परिसूचक बढ्न पुगेको हो। कारोबार भएका १ सय ६४ कम्पनीको ५ हजार ५ सय ६८ पटकको व्यापारमा १४ लाख ४० हजार ८ सय ८४ कित्ता शेयरको करीब रू।४८ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रू.१ हजार ७ सय ३५ मा रू। २ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । आर्थिक अभियानबाट साभार

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३-७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३-७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२-७३ मा कर्पाेरेशनको मुनाफा रु ६१ करोड २४ लाख रहेको थियो । कर्पाेरेशनको आज यहाँ सम्पन्न ५१ अौं साधारणसभाले सो निर्णय गर्दै आगामी वर्षदेखि काठमाडौँ लगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको कारोवारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारीसमेत दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका बीचमा पनि कर्पाेरेशनले चालू आवको माघ मसान्तसम्ममा रु छ अर्ब ६६ करोड कारोवार गर्न सफल भएको थियो । गतवर्षको सोही अवधिमा रु पाँच अर्ब ४१ करोडको कारोवार भएको थियो । चालू आवमा कर्पाेरेशनले रु १० अर्ब करोवार गर्ने लक्ष्य राखेको छ । कर्पाेरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ । कर्पाेरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ । साधारणसभामा कर्पाेरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आमउपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने बताउनुभयो । कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेशनको पूँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार शुरु तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी दिनुभयो । उहाँले आयोडिनयुक्त नूनको शतप्रतिशत पहुँचलाई कर्पाेरेशनले उच्च प्राथमिता दिएको बताउनुभयो । पछिल्लो स्वास्थ्य सर्वेक्षण अनुसार मुलुकका पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकाले आयोडिन नूनको प्रयोग गर्छन् । रासस

गएको दुई दिनमा मात्रै नेप्से परिसूचक करीब ५९ अंकले घट्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले बाम गठबन्धनको सरकारले लिएको आर्थिक समृद्धि र दुई अंकको आर्थिक बृद्धिदरको नारालाई निरन्तर ओरालो लागेको नेप्से परिसूचकले व्यङ्ग्य गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व अर्थमन्त्री महतले चुनाव परिणामपछि नेप्से परिसूचक २४० अंकले घटेको उल्लेख गरेका छन् । लगानी प्रवद्र्धनको लागि भाषणभन्दा विश्वासको वातावरण बढाउन ठोस कार्य र मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको महतको भनाई छ। पछिल्ला सातामा शेयरबजारमा उच्च गिरावट देखिएको छ । गएको दुई दिनमा मात्रै नेप्से परिसूचक करीब ५९ अंकले घटेको छ भने समग्र बजार पूँजीकरण ६७ अर्बले घटेको छ । शेयर बजारको तिब्र गिरवाटले लगानीकर्ताको मनोबल खस्किएको छ । तर सरकार र धितोपत्र बजारका नियमनकारी निकायहरु भने मौन रहेका छन् । मेरोलगानीबाट साभार

यसकारण खुल्दैछ खुल्दैछ २० अर्बको बै‌ंक

काठमाडौं, फागुन २२ । मुलुकमा अबको तीन महिनाभित्र हालसम्मकै ठूलो बैंक स्थापना हुने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । देशमा ठूला आयोजनामा लगानी गर्न नेपाल पूर्वाधार विकास बैंक’ चालु आर्थिक वर्षभित्रै स्थापना गर्न लागिएको हो । मन्त्रिपरिषद्ले २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापना गर्न गत आवको फागुनमा निर्णय गरेको थियो । बैंक स्थापना गर्न २० प्रतिशत पुँजी राष्ट्र बैंकलाई बुझाइसकेको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिए । करिब डेढ महिनाअघि बैंक स्थापनाका लागि २० प्रतिशत रकम राष्ट्र बैंकलाई बुझाएको उनले बताए । ‘ठूला आयोजनामा लगानी गर्न चालू आर्थिक वर्षभित्रै पूर्वाधार विकास बैंक स्थापना हुन्छ’, उनले भने। पूर्वाधार विकास बैंकलाई सैद्धान्तिक सहमति दिन अझै ६ महिना लाग्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । ठूला आयोजनामा लगानी गर्न ठूलो बैंकको आवश्यकता महसुस गरी मुलुककै ठूलो बैंक अवधारणा अघि बढेको हो । गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो । चालू आवको बजेटमा पनि सरकारले आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

शेयर बजारको गिरावट अझै रोकिएन, सोमबार पनि दोहोरो अंकले घट्यो

काठमाडौं, फागुन २१ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार आज १६.६९ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७.७४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.२४ बिन्दुले घटेर २७३.५६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज नौ लाख ७७ हजार ४७ कित्ता शेयर रु ३९ करोड ५२ लाख १७ हजार मूल्यमा कारोबार भएको छ । उपसूचकतर्फ व्यापार र होटल समूहको शेयरको मूल्य बढे पनि अरु उपसूचक भने घटेका छन् । व्यापार समूह ६।८५ र होटल २।४८ बिन्दुले उकालो लाग्दा बैंकिङ ९।८७, विकास बैंक ११.४, जलविद्युत् ४५.४, फाइनान्स ६.०९, बीमा ११९.२१, उत्पादन ४६.४७, अन्य १०.१९ र माइक्रोफाइनान्स ४३.७६ बिन्दुले घटेका छन् । गलत हल्लाले घट्यो बजार शेयर बजारको विश्लेषण गर्दै आउनुभएका विश्लेषक नीरव पुडासैनीका अनुसार गलत हल्लाका कारण बजार ओरालो लागेको हो । बजारमा हकप्रद तथा बोनस शेयरको पनि दबाब रहेका बेला अर्थमन्त्री डा युवराज खतिवडाको भनाइलाई गलत तवरले व्याख्या गरिएका कारण बजार प्रभावित भएको उहाँको टिप्पणी छ । शेयर लगानीकर्तालाई नआत्तिइकन धैर्यता राख्न र संयमित हुन आग्रह गर्दै विश्लेषक पुडासैनीले केही समय समस्या देखिए पनि अन्ततः बजार उकालो लाग्ने विश्वास व्यक्त गर्नुभयो । गलत हल्लाका कारण पनि बजार प्रभावित भएको भन्दै त्यस्तो हल्लाका पछाडि नलाग्न शेयर बजारका जानकारले आग्रह गरेका छन् ।

पेट्रोलको मूल्य रु एक घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ । रासस

आजै अन्तिम दिन आरम्भ माइक्रोको आइपिओमा आवेदन दिने

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि निष्कासन गरेको आइपिओमा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । कम्पनीले गत १५ गतेदेखि १०० रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । उक्त आइपिओमा सोमबार अर्थात फागुन २१ गतेसम्म मात्र आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । तर १० कित्ता सेयर नै गोलाप्रथाबाट वितरण हुने भएकाले ५० कित्ताभन्दा बढी आवेदन गर्नुपर्ने औचित्य देखिन्न । लगानीकर्ताले आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजीको ४९ प्रतिशत आइपिओ बिक्री गर्न लागेको हो । आइपिओ बिक्रीपछि आरम्भको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । आरम्भको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ। । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ। लघुवित्तका कम्पनीको गत कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । मेरोलगानीबाट साभार

शेयरबजारको विषयमा केही बोलेको छैन भन्दै दाबीः अर्थमन्त्री खतिवडा

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले शेयरबजार अनुत्पादक क्षेत्र भएको बारेमा आफूले कहीँ कुनै मिडियामा नबोलेको स्पष्ट पारेका छन् । अर्थमन्त्री खतिवडाले भने, ‘कसरी मलाई जोडेर यो समाचार आयो रु मैले त्यो बिषयमा कहीँ कतै बोलेकै छैन ।’ खतिवडाले प्रतिप्रश्न गर्दे भने, ‘पत्रकारलाई समाचार लेख्दा प्रमाण र तथ्य नचाहिने रहेछ कि के हो ? मैले बोल्दै नबोलेको कुरालाई किन यसरी बाहिर ल्याइयो ? गत १६ गते बुधबार बीबीसी नेपाली सेवाले खतिवडासँग गरेको कुराकानीमा खतिवडाले बोलेको कुरालाई शेयर बजारसँग जोडेर प्रचारप्रसार गरिएको थियो । तर उक्त अन्तर्वातामा अर्थमन्त्री खतिवडाले शेयरबजारका बारेमा आफूले केही नबोलेको दाबी गरेका छन् । मेरोलगानीबाट साभार

४१.५६ अङ्कले घटेपछि नेप्से १ वर्षकै न्यून विन्दुमा

काठमाडौं, फागुन २१ । साताको पहिलो दिन नेप्से परिसूचक ३ दशमलव शून्य ९ प्रतिशत घटेको छ । कारोबार शुरू भएदेखि तीव्र अङ्कले घट्न थालेको बजार अन्त्यमा ४१ दशमलव ५६ अङ्क घटेको छ । गतवर्ष २०७३ फागुन २२ गते १३ सय ५० विन्दुमा रहेको नेप्से २०७४ फागुन २० गते घटेर १ हजार ३ सय ४ दशलमव ४३ विन्दुमा पुगेको छ । केही समयदेखि घटिरहेको बजार कारोबारको तेस्रो घण्टामा १ हजार २ सय ९१ दशमलव ५५ को न्यून विन्दुमा झरेको थियो । आइतवार करीब १ घण्टा नेप्से १३ विन्दु तल पुगेको थियो । कारोबार भएका सबै समूहको परिसूचक उच्च अङ्कले घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो । गत बुधवार डा. युवराज खतिवडाले बीबीसी नेपालीमा दिएको अन्तर्वातामा अनुत्पादक क्षेत्रमा भन्दा उत्पादक क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने तर्कले लगानीकर्ताहरू भ्रममा परेका हुन् । शेयर लगानीकर्ता सङ्घका तर्फबाट अध्यक्ष उत्तम अर्यालले पेश गरेको विज्ञप्तिमा डा. खतिवडाले पूँजीबजारबारे नकारात्मक टिप्पणी गरेको भन्दै त्यसबारे खुलाउन माग गरेका छन् । नयाँ सरकारमा अर्थमन्त्री नियुक्त भएसँगै बजार ओरालो लागेकोमा सङ्घले ध्यानाकर्षण गराएको छ । करीब २० लाख सर्वसाधारण जनताको लगानी रहेको पूँजीबजार रू. १६ खर्बबाट आज रू. १५ खर्बमा ओर्लिएको छ । पूँजीबजारबाट लगानी जुटाउँदै नेपालको अर्थतन्त्रमा योगदान दिदैं आएको चिलिमे हाइइ«ोपावर, माथिल्लो तामाकोशी जलविद्युत् र हाल सञ्चालनमा आएका कम्पनीमा लगानी गरेको पूँजी अनुत्पादक क्षेत्र कसरी भयो भनेर सङ्घले स्पष्टीकरण माग गर्दै विज्ञप्ति पेश गरेको हो । कारोबार भएका १० समूहको परिसूचकमा व्यापार समूहको परिसूचक सर्वाधिक घट्न पुगेको छ । यस समूहको परिसूचक ७ दशमलव ४७ प्रतिशत घटेको छ । यस समूहमा पर्ने विशाल बजार कम्पनीको शेयरमूल्य करीब १० प्रतिशत घटेर अघिल्लो दिनको तुलनामा रू. १ सय ८७ ले घट्न पुगेको छ । साथै, बीमा कम्पनीको परिसूचक ४ दशमलव २९, जलविद्युत् कम्पनीको ३ दशमलव ७५, लघुवित्तको ३ दशलमव ७२, बैङ्किङको २ दशमलव ९९, विकास बैङ्कको २ दशमलव ६९, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव २, ‘अन्य’ समूहको १ दशमलव ८८, वित्त कम्पनीको १ दशमलव ६३, होटल समूहको १ दशमलव ८ प्रतिशत घटेको छ । कारोबार भएका १ सय ५१ कम्पनीको ५ हजार ९ सय ४३ पटकको व्यापारमा १३ लाख ११ हजार ९ सय ४८ कित्ता शेयरको रू. ४८ करोड ३९ लाखबराबरको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. १ हजार ७ सय १९ मा रू. ३ करोड ३९ लाखबराबरको शेयर कारोबार भएको छ । नेप्सेले लिएको सर्वाधिक कारोबार हुने १० कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रू. १ हजार ७ सय १९ मा रू. ३ करोड ३९ लाखबराबरको सर्वाधिक शेयर कारोबार भएको छ । साथै, नेपाल बैङ्क लिमिटेड, नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर, सानिमा बैङ्क, एभरेष्ट बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, नबिल बैङ्क, कुमारी बैङ्क र ग्लोबल आईएमई बैङ्कको रू. १ करोडदेखि रू. २ करोडसम्मको शेयर कारोबार भएको छ । कारोबार भएका १ सय ५१ कम्पनीमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ । सूर्योदय लघुवित्त कम्पनीको ४ प्रतिशत र स्वदेशी लघुवित्तको १ दशमलव ८६ प्रतिशत बढेको छ । १ सय ४२ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमूल्य १० प्रतिशत घट्न पुगेको छ । कारोबार रकम अघिल्लो कारोबार भएको दिनको तुलनामा १० दशमलव ९४ प्रतिशत घटेको छ । यस दिन लगानीकर्ताहरूले रू. ५ करोड ९४ लाख गुमाएका छन् । कुल बजार पूँजीकरण करीब ३ प्रतिशत घटेर रू. १५ खर्ब २७ अर्ब पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन सेन्सेटिभ इण्डेक्स ३ दशमलव शून्य १ प्रतिशत घटेर २ सय ७६ दशमलव ८० अङ्क पुगेको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभरसोल्ड अथवा २४ दशमलव ६३ स्केलमा रहेको छ । यसले बजारमा विक्री चाप बढेको देखिन्छ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव शून्य १ रहेको छ । यसले बजार बियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो

काठमाडौं, फागुन २१ । सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । नागरिक दैनिकका अनुसार साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब गुमाउन पुगे । खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएदेखि नै सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । चार कारोबार दिनमा करिब ५५ बिन्दुले नेप्से घट्न पुगको छ । -नागरिक दैनिकबाट

नेप्से परिसूचकमा १२ सय अंकले गिरावट

काठमाडौं । आइतबार कारोबार खुलेदेखि नै निरन्तर ओरालो लागेको शेयरबजार परिसूचक नेप्से १२ सय अंकमा झरेको छ । १३४५ अंकमा खुलेको बजार ३.७२ प्रतिशत अर्थात ५०.०७ ले झरेर १२९५.९२ अंकमा झरेको हो । अर्थतन्त्रका ज्ञाता डा। युवराज खतिवडा अर्थमन्त्री आएपछि बजार निरन्तर घटिरहेको छ । खतिवडाले सेयर बजारका बिषयमा दिएकोे अभिव्यक्तीका कारण बजार घटेको जानकारहरु बताउँछन् । अर्थमन्त्री डा.युवराज खतिवडाले शेयरबजार र घरजग्गा अनुत्पादक भएको बताएका थिए । खतिवडाको उक्त अभिव्यक्तीपछि निरन्तर घट्ने क्रममा रहेको शेयरबजारमा उच्च अंकको गिरावट देखिएको हो । कारोबारमा आएका सबै समूहमा आएको उच्च गिरावटले नेप्सेमा उच्च गिरावट आएको हो । अढाई घण्टाको कारोबारमा १४४ कम्पनीको ८ लाख ८ हजार कित्ता सेयर ३२ करोड २२ लाख रुपैयाँमा करोबार भएको छ । बजार उच्च अंकले घट्दा कतिपयले भने यसलाई सेयर किन्ने अवसरको रुपमा समेत लिएका छन् । केही वाणिज्य बैंक लगायतका कम्पनीको सेयरमूल्य डेढ सय रुपैयाँकै आसपासमा किन्न पाइएको छ । नेशनल हाइड्रको सेयर भने आइपिओकै भाउमा आएको छ । मेरोलगानीबाट साभार