दोहोरो अंकले घट्यो शेयर

काठमाडौँ, असार १७ ।

निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २।९७ बिन्दुले घटेर २४९।१२ बिन्दुमा ओर्लेको छ ।

आज कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । आज सबै उपसमूहका शेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०।१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४ बिन्दुले घटेको छ ।

एक करोड १० लाख कित्ता शेयर सूचीकृत

स्टकका अनुसार आज विभिन्न पाँच कम्पनीको एक करोड १० लाख ७७ हजार कित्ता शेयर सूचीकृत भएका छन् ।

त्यसमा दुई कम्पनीको बोनस शेयर र तीन कम्पनीको हकप्रद शेयर छन् ।

कर्णाली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै, ओम डेभलपमेन्ट बैंक ३७ लाख ८१ हजार ०७३ कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाको दुई लाख ८० हजार कित्ता हकप्रद शेयर र देव विकास बैंक लिमिटेडको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जनाएको छ । मञ्जुश्री फाइनान्सको तीन लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को खर्च कटौतीसम्बन्धीको छलफलमा शुरु भएको छ । सांसद चित्रलेखा यादवले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा केन्द्रित भएर ८३ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा १० दशमलब २३ प्रतिशत विनियोजन गरिएको तर सबैका लागि शिक्षामा १५ देखि १७ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद यादवले गरीब र धनी सबैका छोराछोरी एउटै विद्यालयमा पढ्ने वातावरणको व्यवस्था नभएसम्म नेपालको शिक्षा गुणस्तरीय हुन नसक्ने धारणा राख्नुभयो । कतिपय विद्यालयमा पिउने पानी, शौचालयसमेत नभएको हुँदा न्यूनतम सुविधा विद्यालयमा हुनुपर्ने, अपांगता भएका व्यक्ति र अन्य खालका समस्या भएका बालबालिकाका लागि विशेष व्यवस्था गर्नुपर्ने उहाँको जोड थियो । सांसद खगराज अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा केन्द्रित भएका आफ्नो धारणा प्रस्तुत गर्दै मनोमानी तरिकाले स्वास्थ्य क्षेत्रमा औषधिको व्यापार भइरहेको उल्लेख गर्नुभयो । सांसद सोमप्रसाद पाण्डेले शिक्षा, विज्ञान प्रविधि, उद्योग, वाणिज्य मन्त्रालयमा केन्द्रित भई धारणा प्रस्तुत गर्नुभयो । सांसद लालप्रसाद सावा लिम्बूले शिक्षामा केन्द्रित भएर सबैका लागि गुणस्तरीय शिक्षा भनेर नपुग्ने भएकाले शिक्षा देशभरि एउटै पाठ्यक्रम हुनुपर्दछ भन्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विषयमा सांसद लिम्बूले वैदेशिक रोजगारलाई संयमित, सुरक्षित र मर्यादिन बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद तेजुलाल चौधरीले शिक्षाको एकाधिकार तोड्नुपर्ने, धनी र पहुँचवालाले ठूला र गरिबले सामान्य स्कूल पढाउनुपर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सांसद कृष्णप्रसाद दाहाल, सांसद गंगा चौधरी, रामबहादुर विष्ट, छक्कबहादुर लामाले शिक्षा र स्वास्थ्यमा संविधानको मौलिक हकमा उल्लेख भएअनुसार व्यवस्था गर्नुपर्ने र शहरी तथा ग्रामीण सबै क्षेत्रमा समान शिक्षाको पाठ्यक्रम लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सांसद लक्ष्मी चौधरीले वैदेशिक रोजगारीमा जाने युवालाई म्यानपावर कम्पनी राम्रो नपर्दा ठगिनुपरेको बताउनुभयो । विधेयकमाथि छलफल जारी छ । रासस

निर्धन उत्थान बैंक लिमिटेडद्वारा व्यवसायिक कुखुरापालन तालिम सम्पन्न

काठमाडौं । नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना २४ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ आषाढ १ गतेदेखि ३ गतेसम्म पाल्पा जिल्लाको आर्य भज्याङ्गमा “व्यवसायिक कुखरापालन तालिम” सम्पन्न गरेको बैंकका भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख आनन्दकुमार गौतमले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु कपिल श्रेष्ठ, युवराज ज्ञावाली, आर्यभज्याङ्ग शाखाका प्रमुख कृष्णकान्त अधिकारी रहेका थिए । एक परिवारमा एकजना उद्यमी बनाउन बैंकले पहल गरिरहेको, बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस बैंकबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका क्षेत्रीय प्रमुख गौतमले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको आर्यभज्याङ्ग शाखा कार्यालयका प्रमुख कृष्णकान्त अधिकारीले प्रकाश पारेका थिए । तालिमको अन्त्यमा सहभागी तुल्सा न्यौपाने, सहभागी गौतम बिश्वकर्मा, प्रशिक्षक कपिल श्रेष्ठले मन्तब्य दिएका थिए । ब्यवसायिक रुपमा कुखुरापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । कुखुरापालन गरी रहेका बैंकका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको बैंकका शाखा प्रमुख अधिकारीले जानकारी गराएका थिए । तालिमको समापन बैंकको भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख आनन्दकुमार गौतमले गरेका थिए । तालिमको संचालन शाखा प्रमुख कृष्णकान्त अधिकारीले गरेका थिए । यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र देशको सबै जिल्लामा पुगेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । यस बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथसाथै आफना ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आइरहेको छ । तालिम लिएका आफना ग्राहक सदस्यहरुको आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ । बैंकले देशको ७ वटै प्रदेशका देशको ७७ वटा जिल्लाहरुमा बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको विशाल संजाल बनाई देशैभरि लघुवित्त सेवा पुर्याइरहेको छ । यसै संञ्जाल मार्फत बैंकले २०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ, बैंकले २०७५ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ९८ करोड बचत परिचालन गरेको छ ।

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा दुई दशमलव १४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको ४० लाख २६ हजार ८१० कित्ता शेयर रु एक अर्ब ६८ करोड ४५ लाख छ हजार खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव ६६ अंकले बढेर अन्तिम दिन एक हजार २४७ दशमलव ३० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ६५ अंकले बढेर २६१ दशमलव ८१ अंकमा पुगेको छ । यस साता कारोबार रकमका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु नौ करोड ९७ लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक अग्रस्तानमा रहेको छ । सो बैंकको चार लाख ६५ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । विभिन्न छ कम्पनीका शेयर सूचीकृत यस साता रैराङ हाइड्रोपावर कम्पनीको ५६ लाख कित्ता साधारण शेयर, प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् । यस्तै मल्टीपर्पस फाइनान्स कम्पनीको एक लाख ६४ हजार ७३६ कित्ता बोनस र सिद्धार्थ बैंक लिमिटेडको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद र बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद शेयर स्टकमा सूचीकृत भएका छन् । रासस

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । नेकपाको संसदीय दलको आज प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न आग्रह गर्नुभयो । प्रतिनिधिसभाका बैठकमा बजेटमाथिको छलफलका क्रममा कतिपय सत्तारुढ दलकै सांसदले बजेटको आलोचना गरेपछि अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । ओलीले भन्नुभयो, “तपाईहरुका असन्तुष्टि र भनाइ जायज हुन सक्छन्, मेरै निर्वाचन क्षेत्रमा पनि के के प¥यो, परेन मैले सोचेजस्तो नभएको हुनसक्छ । अघिल्लो सरकारले अर्थतन्त्रलाई असन्तुलित बनाई दायित्व छाडेर गएकाले हामीलाई समस्या परेको हो । हामी यसलाई सही बाटोमा ल्याउने प्रयासमा छौँ ।” उहाँले भाडामा पर्याप्त खाना नभएपछि केटाकेटीलाई जन्ते बाख्र्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परे झैँ भान्छेलाई बाँड्न गाह्रो हुने प्रसंग उल्लेख गर्दै सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई भन्नु उपयुक्त हुने बताउनुभयो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेतासहित सहभागी बैठकमा करीब ५० सांसदले बोल्नका लागि नाम टिपाउनुभएको बुझिएको छ । बैठकमा दलको नियमावली संशोधनबारे पनि छलफल हुनेछ । यसैबीच, संसदीय दलको बैठकपछि आजै नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक बस्नेछ । रासस

बजेट कम छुट्याएको भन्दै सांसद भन्छन्,-‘मन्त्रीलाई जेल हाल्नुपर्छ’

काठमाडौै, असार १ । आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदले मन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरूले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । सत्तापक्षकै सांसद मन्त्रीविरुद्ध उभिएपछि संसद् सचिवालयले शुक्रबारका लागि निर्धारित बैठक आइतबारलाई सारेको छ । शुक्रबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको थियो । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको बजेटमाथि छलफलक्रममा सत्तापक्षका सांसदहरूले मन्त्रीको चर्को विरोध गरे । सांसदहरूले अर्थमन्त्री युवराज खतिवडाको भन्दा पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारी र खेलकुदमन्त्री जगतबहादुर सुनारको बढी आलोचना गरे । दाङ १ बाट निर्वाचित मेटमणि चौधरी र कैलाली २ बाट निर्वाचित झपट रावल अन्य सांसदभन्दा बढी आक्रोशित भए । सांसद चौधरीले आफ्नो क्षेत्रमा बजेट नपार्ने मन्त्रीलाई जेल हाल्नुपर्ने बताए । मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट छुट्याएर म्याच फिक्सिङ गरेको आरोप उनले लगाए । ‘म्याच फिक्सिङ गर्ने खेलाडीको हातमा हतकडी लाग्छ । जेल जानुपर्छ । आज मन्त्रीहरूले बजेट र कार्यक्रम फिक्सिङ गर्दै आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन् । कान्तिपुरमा खबर छ ।

लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

इलाम । हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्वारा सदरमुकाममा आयोजित ‘वित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वक्ताले विकृति र विसंगति बढेकाले यस्तो नीति परिमार्जन गर्न माग गरेका हुन् । व्यवसाय सञ्चालनका लागि ऋण आवश्यक भए पनि बढी जसो यसले समाजमा नकारात्मक असर पारेको नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष अभिषेक एक्तेनले बताउनुभयो । उहाँले यस्ता कार्य नियन्त्रण गरिनुपर्ने धारणा जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकरले पहिला गाउँगाउँमा पुगेर वित्तीय साक्षरता बढाउन आवश्यक रहेको बताउनुभयो । लघुवित्तमार्फत दिइने ऋण एक व्यक्ति–एक समूह बनाएर कार्यान्वयन गर्न सके समस्या केहीहदसम्म समाधान हुने उहाँको भनाइ थियो । राष्ट्र बैंकले दिएको सीमाभन्दा माथि रहेर ऋण लगानी गर्ने गरेको गुनासोसमेत सहभागीको छ । गाउँगाउँमा समूह बनाएर बिनाधितो ऋण प्रवाह गर्नु यसको सकारात्मक पाटो भए पनि दिएको ऋण उठाउने क्रममा आउने समस्याले विकृति निम्त्याएको सहभागीको भनाइ छ । बिनाधितो ऋण पाएपछि जति पनि लिने, जुन उद्देश्यमा रकम लिएको छ अन्य स्थानमा नै खर्च गर्ने भएकाले पनि समस्या उत्पन्न भएको हो । पछिल्लो समय लघुवित्तको संख्या बढ्दै गएकाले समस्या निम्त्याएको हो । एकपटक धेरैवटा लघुवित्तमार्फत ऋण लिँदा तिर्न समस्या हुने भएकाले कतिपयले आत्माहत्यासमेत गरेका घटना छन् । आफू रहेको ठाउँभन्दा अन्यत्रै स्थानान्तरण हुनु, वैदेशिक रोजगारीतर्फ लाग्नु र नभए अन्तिम विकल्पका रुपमा आत्महत्या रोज्ने गरेका सहकारीकर्मी टीका घिमिरेले बताउनुभयो । गाउँगाउँमा आर्थिक द्वन्द्व रहेकाले यसलाई नियन्त्रण गर्न पहल गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको भनाइ थियो । “जुन उद्देश्यले ऋण लिएको छ त्यस अनुसार रकम खर्च भएको छ या छैन अनुगमन गर्नु पर्छ,” उहाँले भन्नुभयो । धितो लिएर भए पनि यसलाई नियन्त्रण गर्न आवश्यक छ । जिल्लामा आठदेखि ११ प्रतिशतमा ऋण लिने तथा १२ देखि १८ प्रतिशतमा लगानी गर्ने गरेको पाइएको छ । कम्पनी र ऋणअनुसार ब्याजदर फरक फरक छ । रासस

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

काठमाडौँ । विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । सो उद्योगले एक कित्ता बराबर तीन कित्ता शेयर दिने गरी प्रस्ताव गरेको हो । सो उद्योगको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । यस्तै एनसिसि बैंकले दुई बराबर एक कित्ता शेयर दिने गरी प्रस्ताव गरेको छ । बैंकले रु दुई अर्ब ३३ करोड ९५ लाखको दुई करोड ३३ लाख ९५ हजार कित्ता शकप्रद शेयर बिक्री गर्न लागेको छ । बोर्डमा दिएको आवेदनअनुसार उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेश गरेका चार वित्तीय संस्थाको पनि हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । एक बराबर एक कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । त्यसको कूल मूल्य रु ११ करोड ५० लाख रहेको छ । एनआइसि एसिया क्यापिटल लिमटिडको सो संस्थाको हकप्रद शेयरको बिक्री प्रबन्ध गर्ने छ । यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद शेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ । रु तीन करोड बराबरको तीन लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागिएको छ । सनराइज क्यापिटलले सो संस्थाको हकप्रद शेयर बिक्रीको प्रबन्ध गर्नेछ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक बराबर दुईका दरले रु छ करोड बराबरको ६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । एनएमबी क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ । त्यसैगरी रु २५ करोड बराबरको २५ लाख कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि आवश्यक तयारी गरेको छ । एक बराबर एक कित्ता हकप्रद शेयर दिने तयारी गरेको सो संस्थाको हकप्रद शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल मार्केट रहेको छ । बीमा समूहको आइएमइ जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । रु ४३ करोड २० लाख बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हकप्रद शेयरको बिक्री प्रबन्ध गर्नेछ । प्रोग्रेशिसभ फाइनान्स कम्पनीले एक बराबर दुई कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । रु ५९ करोड एक लाख बराबरको ५९ लाख कित्ता शेयर बिक्रीको तयारी गरिएको छ । सनराइन क्यापिटल सो कम्पनीको शेयर बिक्री प्रबन्धक रहेको छ । त्यस्तै बोर्डमा आवेदन दिएकामा अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि रहेको छ । अपि पावरले एक बराबर दुई कित्ता शेयर दिने तयारी गरेको छ । रु दुई अर्ब १० करोड बराबरको २१ करोड कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर ६ कित्ता हकप्रद शेयर दिने गरी तयारी गरेको छ । रु ७२ करोड ९० लाख बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी छ । अपि पावरको सिद्धार्थ क्यापिटल बिक्री प्रबन्ध गर्नेछ भने एभरेष्टको पनि सोही कम्पनी नै बिक्री प्रबन्धक रहेको छ । रासस

आजदेखि शुभम् पावरमा आईपीओको आवेदन खुल्यो

शुभम पावर लिमिटेडले यही जेठ २० गते आइतबारदेखि साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीय बासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपिओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयलाई १० प्रतिशत आईपिओ निष्कासन गरेको छ । उक्त आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाइने छ । कम्पनीको आईपिओ निष्कासन छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म हुने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटलले जनाएको छ । शुभम पावर लिमिटेड चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सकिनेछ । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार शाखाबाट पनि आवेदन दिन पाउनेछन् । त्यस्तै एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयर भर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । आयोजना प्रभावितलाई निष्कासन गरेको आईपिओ बाँडफाँड पश्चात २० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपिओ सर्वसाधारणलाईै निष्कासन गर्ने कम्पनीले जनाएको छ । दुई चरणको आईपिओ पश्चात कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत हिस्सा हुनेछ । कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ । मेरोलगानीबाट

अब पैसा कमाउन विदेश जानुपर्दैन, स्वदेशमै चिज उत्पादनबाट लाखाै‌ंको कमार्इ

रसुवा । रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय किलोग्राम चिज र तीन हजार किलोग्राम मखन तथा गतलाङ केन्द्रले १३ हजार चिज र चार हजार ३०० किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको हो । लक्ष्य परपूतिृका लाति ती केन्द्रले दैनिक रुपमा आफ्नो कार्य निरन्तर अगाडि बढाइरहेको केन्द्रले जनाएको छ । गतवर्ष यी तीनवटै केन्द्रले ३२ हजार किलोग्राम चिज र ११ हजार दुई सय किलोग्राम मखन उत्पादन गरेका थिए । नेपालको जेठो चिज उत्पादन केन्द्र लाङटाङमा भने भौगोलिक विकटता र सञ्चार पहँुच नपुगेका कारण विवरण प्राप्त हुन सकेको छैन । दुग्ध विकास संस्थानअन्तर्गत रसुवामा चारवटा चिज उत्पादन केन्द्र सञ्चालित छन् । गतवर्ष चौरीको दूध उत्पादनबाट यहाँका ९५ जना किसानले धुञ्चे, चन्दनबारी र गत्लाङ केन्द्रबाट रु दुई करोड पाँच लाख भुक्तानी लिएको दुग्ध विकास संस्थानले जनाएको छ । यसवर्ष भने त्यसमा केही वृद्धि हुने बताइएको छ । गतवर्ष उत्पादित चिज तथा मखनबाट रु छ करोड १३ लाख आम्दानी गरेको संस्थानले जनाएको छ । चिज उत्पादनका लागि दूध दिने चौरी गाईको संख्या यहाँ एक हजार ४०० रहेको चौरीपालक किसान सोनाम घलेले बताउनुभयो । फ्याटको हिसाबले दूधको प्रति युनिट मूल्य रु १२ देखि ८४ सम्म रहेका छन् । दूधको उचित मूल्य पाउन थालेपछि चौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको धुन्चे चिज उत्पादन केन्द्र कुना खर्कका वरिष्ठ केन्द्र प्रमुख पूर्णबहादुर जिरेलले बताउनुभयो । दुग्ध विकास संस्थानले यस वर्षका लागि प्रति किलोग्राम चिजको मूल्य रु एक हजार छ सय तथा मखनको मूल्य रु एक हजार कायम गरेको छ, गतलाङ केन्द्रका प्रमुख धनबहादुर जिरेलले भन्नुभयो, “ संस्थानको लक्ष्य परिपूर्तिका लागि चिज उत्पादनमा विशेष जोड दिइएको छ ।” गतवर्ष प्रति किलोग्राम चिजको मूल्य रु एक हजार ४०० कायम गरिएको थियो । मखनको मूल्य भने यथावत् नै छ । प्रत्येक वर्ष वैशाख १ गते देखि कात्तिक १५ गते सम्म चिज उत्पादनको उपयुक्त समय मानिन्छ । चौरी गाई वर्षेनी चैतको अन्तिम हप्तामा ब्याउने भएकोले साढे छ महिना मात्र चिज उत्पादन गर्ने गरिन्छ । गोसार्इंकुण्डको काखमा रहको चिज उत्पादन केन्द्र चन्दनबारीमा चौरीको दूधबाट उत्पादित चिज गोसाईंकुण्डबाट फर्केका भक्तजनले प्रसादीको रुपमा समेत खरिद गरी लाने गरेको चन्दनबारीका केन्द्रका प्रमुख छत्रबहादुर तामाङले बताउनुभयो । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर भन्दा माथि जंगलमा औषधिजन्य घाँसपात खाएका चौरीको दूधबाट बनेका चिज खाँदा स्वास्थ्यबर्धक हुने चिज पारखीको विश्वास छ । रासस

कारोबार सुरु भएको एकघण्टामै नेप्से ०.२९ प्रतिशतले घट्यो

काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा शून्य दशमलव २९ प्रतिशत घटेको छ । कारोबार भएको शुरूको समयमा बढेको बजार एक घण्टाको अवधिमा ३ दशमलव ८९ अङ्कले घटेर १ हजार ३ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ । यस समयमा कारोबार भएका नौ समूहको परिसूचकमा जलविद्युत, वित्त र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । १ सय ७ कम्पनीको रू. ३ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल इनभेष्टमेण्ट बैंक र प्रिमियर इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार

बजेटबारे नेताहरूको प्रतिक्रिया यस्तो छ

केपी शर्मा ओली,प्रधानमन्त्री- जनअपेक्षाअनुसार बजेट आएको छ, कार्यान्वयन हुन्छ। विपक्षीले वजेट छरेको भनेर आरोप लगाएका छन, के चुपचाप लागेर बस्नु त ? शेरबहादुर देउवा,पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति-यो बजेट कार्यान्वयन हुन सक्दैन। करको दायरा बढाएर मात्र हुँदैन। कुनै पनि हालतमा वजेट कार्यान्वयन हुने सम्भावना देखिँदैन। डा.बाबुराम भट्टराई,पूर्व प्रधानमन्त्री-म अलिकति निरास भएँ। सरकार यति ठूलो बहुमतमा हुदाँहुदै पनि नयाँ उडान भर्ने जुन अवसर प्राप्त गरेको थियो । जनताले सरकार गठन भए सँगै विकास र संम्वृद्धिका आधार वर्ष बन्छ, त्यसको निमित्त गुणत्मक ढंगले कार्यक्रम आउछ भनेका थिए तर त्यो दिसामा बजेट आएन। सारमा बजेट पुरानै सरकारको निरन्तरतामा आयो। मैले पहिले पनि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा नै शंका गरेको थियो। कतै यो सपनामा नै सीमित भयो भने सपनामा नै सीमित हुने त होइन। यस अर्थमा म एकदमै दुखित छु। लक्ष्य लिएको ८ प्रतिशत पु¥याउन भने खास–खास क्षेत्रमा लगानी गर्ने र वैदेशिक लगानी ल्याउनु र स्वदेशी उद्योग लाई परिचालन गर्नै नीति ल्याउनुपर्छ तव मात्र सरकारले लिएको ८ प्रतिशत लक्ष्य राखेर मात्र पुरा हुन्छन। ५ लाखले रोजगारी पाउने अवस्था देखिदैन। रोजगारी प्राप्त हुने क्षेत्र कृषिमा १ खर्ब मात्र रहेको छ यो अत्यन्त कम हो। शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत हुनुपर्ने बजेटमा ७ देखि ८ प्रतिशत रहेको छ। प्रविधिक शिक्षाको तल्लो तहसम्म सरकारले ठूलो लगानी गर्ने भने पनि ८४ करोड मात्र विनियोजन हुनुले सरकारको लक्ष्य प्राप्त हुने देखिँदैन। लक्ष्मणलाल कर्ण राजपा सांसद् प्रदेशलाई सम्वोधन गर्ने गरी बजेट आएको छैन। सांसदलाई योजना छान्नका लागि ४ करोड दिने भनिएको छ,। यसको कार्यान्वयन प्रक्रिया जटिल छ र सांसद्लाई अपमान गर्ने काम भएको छ। बजेटको कार्यान्वयनमा केही समस्या देखिन्छ। बजेटले केन्द्रीकृत मानसिकतामा त्याग्न सकेको छैन, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने वातावरण बन्ने देखिँदैन। राजकिशोर यादव,राजपा सांसद्-सरकारले हल्ला गरेजस्तो बजेट आएन। वर्तमान सरकारले केही गर्ला भन्ने जनअपेक्षा थियो तर त्यस्तो सम्भावना देखिएन। सरकारलाई प्रदेश र स्थानीय तह पनि छ भन्ने थाहा नै रहेनछ, केन्द्रले मात्र नियन्त्रण गर्न खोज्नु दुर्भाग्य हो। नीति तथा कार्यक्रम आउँदा नै राम्रो किसिमको बजेट आउला भन्ने लागेको थिएन त्यही भयो।   ज्ञानेन्द्रबहादुर कार्की,पूर्वअर्थमन्त्री-दिशाहीन दस्तावेजको रूपमा बजेट आएको छ। एकीकृत पार्टीले घोषणापत्रमा उल्लेख गरेअनुसार कुनै पनि राम्रा योजना आएनन्। जनताले पत्याउने अवस्था देखिएन। नीति तथा कार्यक्रममा छुटेका कुरालाई वजेटमा समेटिएला भन्ने अपेक्षा थियो त्यो पूरा हुन सकेन। नीजि क्षेत्र, उद्योगी व्यवसायीका साथै धेरै पक्ष निराश भएका छन्।   शंकरप्रसाद कोइराला,पूर्व अर्थमन्त्री-आर्थिक समृद्धि हासिल गर्ने भनेर सरकारको योजना थियो तर तत्काल हेर्दा त्यस्तो धेरै सम्भावना त देखिएन। भौतिक पुर्वाधारमा प्राथमिकता दिइएको छ यो राम्रो हो। गत सालको हाराहारीमा छ वजेट। घोषणा गरिएको वजेट कार्यान्वयन गरेर जनतालाई अनुभूति दिन सकेमात्र सार्थकता रहन्छ।   अनिलकुमार झा,राजपा सांसद्-यो वजेटले सरकारले सोचेजस्तो ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई पूरा गर्न सक्दैन। नीति तथा कार्यक्रमकै निरन्तरतामात्र हो, केही फरक अनुभुति हुन सकेन। सरकारले स्रोत बढाउनेतर्फ कुनै योजना ल्याएको छैन, दूरदर्शी वजेट छैन। यो पाराले समाजवाद हासिल हुन सक्दैन। अर्को बाटोबाट ४ करोड रूपैंया कसरी सांसद्लाई अपमानित गर्ने काम गरेको छ, यो खारेज गर्न माग गर्दछु। यो ढंगले कसैले पनि मागेको होइन। आजको नेपाल समाचारपत्रमा यो सामग्री प्रकाशित छ ।

यस्तो छ १३ खर्बको बजेटको पूर्णपाठ

काठमाडौं । कतिपय नयाँ र पपुलर घोषणासहित सरकारले १३ खर्बको विशाल बजेट प्रस्तुत गरेको छ । बजेटमा अधिकांश कुराहरु पुरानैको निरन्तरता भएपनि केही क्षेत्रमा नयाँ घोषणा समेत गरिएका छन् । सार्वजनिक सेवा भन्दा पूर्वाधार निर्माणमा बढी जोड दिएको बजेटको पूर्ण पाठ यो लिंकमा गएर पढ्नसकिन्छ । Budget 2075-076 Everestdainik

दोस्रो घण्टाको कारोबारमा फेरि ०.५१ प्रतिशतले घट्यो नेप्से

काठमाडौं । मंगलबार कारोबार भएको दोस्रो घण्टामा नेप्से शून्य दशमलव ५१ प्रतिशत घटेको छ । कारोबार भएदेखि दुई घण्टाको अवधिमा बजार उतारचढावको क्रममा रहेको छ । यस समयमा परिसूचक ६ दशमलव ५१ अङ्कले घटेर १ हजार ३ सय २९ दशमलव ५२ विन्दुमा पुगेको छ । कारोबार भएका नौ समूहको परिसूचकमा होटल, र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने सात समूहको परिसूचक घटेको छ। कारोबार भएका १ सय ५५ कम्पनीको रू.१७ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । एनएमबि बैङ्कको प्रतिकित्ता रू. ४ सय ३० मा रू. १ करोड ३३ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार दोस्रो घण्टाको कारोबारमा फेरि ०.५१ प्रतिशतले घट्यो नेप्से काठमाडौं । मंगलबार कारोबार भएको दोस्रो घण्टामा नेप्से शून्य दशमलव ५१ प्रतिशत घटेको छ । कारोबार भएदेखि दुई घण्टाको अवधिमा बजार उतारचढावको क्रममा रहेको छ । यस समयमा परिसूचक ६ दशमलव ५१ अङ्कले घटेर १ हजार ३ सय २९ दशमलव ५२ विन्दुमा पुगेको छ । कारोबार भएका नौ समूहको परिसूचकमा होटल, र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने सात समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय ५५ कम्पनीको रू.१७ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । एनएमबि बैङ्कको प्रतिकित्ता रू. ४ सय ३० मा रू. १ करोड ३३ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार

दिउँसो ४ बजे आव २०७५–०७६ को बजेट प्रस्तुत हुंदै

काठमाडौं । आर्थिक वर्ष २०७५–०७६ का लागि मंगलबार संघीय संसदको संयुक्त बैठकमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत हुंदैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रस्तुत हुने बजेटको उद्योगी, व्यवसायी, सरकारी कर्मचारी, आम जनता, सबै क्षेत्र र संस्थाले प्रतिक्षा गरिरहेका छन् । देशको समग्र विकास र आम मानिसको जीबनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सरकारले प्रस्तुत गर्ने बजेटलाई चासोका साथ हेर्ने गरिन्छ । विगतका वर्षहरुमा प्रस्तुत हुने भन्दा यो बजेट केहि फरक हुनेछ । देश सङ्घीयतामा गएका कारण तीन तहको सरकारलाई विनियोजन गरेर बजेट आउँदैछ । केन्द्र, ७ प्रदेश र ७ सय ५३ स्थानीय तहलाई रकम विनियोजन गरी बजेट तयार पारिएको छ । संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय तहले बजेट ल्याउने दिन तोकिएकाले सोही समयमा बजेट प्रस्तुत हुन्छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान गरी अर्थमन्त्रीले सङ्घीय संसदमा बजेट पेस गर्नु पर्ने उल्लेख छ । केन्द्रको बजेट जेठ १५ गते प्रस्तुत भएपछि त्यसैले विनियोजन गरेको बजेटको आधारमा असार १ मा प्रदेश र असार १५ मा स्थानीय तहले आ–आफ्नो सरकारको बजेट ल्याउने गर्दछन् । मङ्गलवार अर्थमन्त्री डा युवराज खतिवडाले दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने छन् । सरकारले सोमवारै बजेटको सम्पूर्ण तयारी पूरा गरेको बताइएको छ । बजेट विवरण गोप्य रहने भएकाले कुल बजेट कति हो ? चालु खर्च, पूँजीगत खर्च, वित्तीय व्यवस्था, कर निर्धारण जस्ता विषय गोप्य रहने गर्दछ । तर, योजना आयोगले तोकेको सिलिङमा अर्थ मन्त्रालयले केहि योजनामा रकम थप घट गरेर झण्डै साढे १५ खर्ब रुपैयाँ बराबरको बजेट तयार पारेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू बजेटमा समावेश गरिएको हुन्छ । बजेटमा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गरिएको हुन्छ । चालू आव असार मसान्तमा सकिने छ । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक २०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक–२०७५ र राष्ट्र ऋण उठाउने विद्येयक–२०७५ पनि पेश गर्नेछन् । वाम गठबन्धन बनाएका नेकपाको सरकार भएकाले उनीहरुले चुनावताका जनतासमक्ष प्रतिबद्धता ब्यक्त गरेका घोषणापत्र, संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र अर्थमन्त्री खतिवडाले श्वेतपत्र मार्फत औल्याँएका अर्थतन्त्रका कमजोरीलाई सम्बोधन हुने गरी बजेट तयार पारिएको बताइएको छ । आगामी आवको बजेटमा प्रदेश र स्थानीय तहलाई एक चौथाई बजेट छुट्ट्याईएको छ । बाँकी बजेट रेलमार्ग, जलमार्ग, कनेक्टीभीटी, इलेक्ट्रीसीटी, ठूला उद्योग, राजमार्ग विस्तार, सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बिशेष बजेट विनियोजन हुनेछ । साथै यूवा रोजगारी र केहि लोकप्रिय कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको बुझिएको छ । सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि मंगलबार प्रस्तुत हुने बजेट बिशेष हुने छ । आर्थिकअभियानबाट साभार

१२ बजेको अपडेटः एकघण्टाको कारोबारमा नेप्से ०.५६ प्रतिशतले घट्यो

काठमाडौं । मंगलबार कारोबार भएको पहिलो एक घण्टामा नेप्से शून्य दशमलव ५६ प्रतिशत घटेको छ । कारोबार शुरु भएको १० मिनेट बढेको बजार त्यसपछि घट्न थालेको हो । यस समयमा ७ दशमलव ४६ अङ्कले घटेर परिसूचक १ हजार ३ सय २८ दशमलव ९३ विन्दुमा पुगेको छ । कारोबार भएका नौ समूहको परिसूचकमा होटल, बीमा र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय १९ कम्पनीको रू. ७ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ । एनएमबि बैङ्कको प्रतिकित्ता रू. ४ सय २३ मा रू. १ करोड १२ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ ।