शेयरबजारः नेप्से परिसूचक ०.३१ प्रतिशतले घट्यो

काठमाडौं, पुस २२ । साताको पहिलो दिन आइतबार कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घट्न पुगेको छ ।

कारोबार भएको एक घण्टासम्म बढेको परिसूचक सोपछि ३ दशमलव ६४ अंकले घटेर १ हजार १ सय ७४ दशमलव ३७ विन्दुमा पुगेको छ ।

यस अवधिसम्म १ सय २० कम्पनीको रू.१० करोड बराबरको शेयर कारोबार भएको छ । नौ समूहको परिसूचकमा वित्त, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो ।

एप्पलको १५ बर्षमा पहिलोपटक अनुमानित आय घट्यो, शेयरमा ७ प्रतिशतको गिरावट

काठमाडौं, पुस १९ । आइफोन कम्पनी एप्पलले २९ डिसेम्बरमा अन्तिम त्रैमासको लागि अनुमानित आय घटाएर ८४ अर्ब डलरमा झारेको छ । योभन्दा पहिले ८९ देखि ९३ अर्ब डलर आयको अनुमान लगाएको थियो । एप्पलका सीईओ टीम कुकले चीनको अर्थव्यवस्थामा कमजोरी र नयाँ आइफोनको विक्री आशा गरे अनुसार नभएका कारण आय अनुमान घटाइएको बताएका छन् । विगत १५ बर्षमा पहिलोपटक एप्पलको अनुमानित आयमा कमी गरिएको हो । टीम कुकको आय अनुमानको घोषणापछि एप्पलको शेयरमा बुधबार ७ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो । एप्पलको वितरक कम्पनीको शेयरले पनि यस्तै नोक्सान बेहोर्नु परेको छ । एप्पलको मेमोरी प्रोड्यूसर बनाउने कम्पनी एसके हाईनिक्सको शेयरमा ४.३ प्रतिशतको गिरावट देखियो । एप्पलको चिप र डिस्प्ले भएको सामसङको शेयरमा २ प्रतिशतले गिरावट आयो । एप्पलले गत बर्षको नोभेम्बरमा सेप्टेम्बर त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै नयाँ प्रोडक्ड बनाउने गति मागभन्दा कम हुनसक्ने बताएको थियो । साथै आगामी समयमा आइफोन, आइप्याड वा कम्प्युटरको विक्रीको आँकडा पेश नगरिने पनि घोाषणा गरिएको थियो । सेप्टेम्बर त्रैमासमा आइफोनको विक्री केबल ०.४ प्रतिशतले बढेको थियो । आइफोन एप्पलको प्रमुख उत्पादन हो । कम्पनीको राजस्वमा आइफोन विक्र्रीको दुई तिहाई हिस्सेदारी रहेको छ । एप्पलले सन् २००७ मा आइफोन लन्च गरेको थियो । एप्पल विश्वको सबैभन्दा ठूलो कम्पनी हो । अगस्ट २०१८ मा यसको बजार पूँजीकरण एक ट्रिलियन डलर पुगेको थियो । एजेन्सीको सहयोगबाट

चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, पुस १७ । चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गरेको छ । उक्त साधारणसभामा साधारण शेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिने छ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । कम्पनीले चुक्ता पूँजी रु एक अर्ब ५० करोडको १० प्रतिशतको दरले हुन आउने साधारण शेयर बिक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्ने छ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौँ उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत रु एक अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण शेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् । रासस

स्टकमा पाँच कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ, पुस १७ । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार विभिन्न पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार सिटिजन्स बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको हो । ती कम्पनीले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट शेयर एवं नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै मूल्यसमेत समायोजन गरेका हुन् । सिटिजन्स बैंकले तीन दशमलव छ प्रतिशत शेयर लाभांश वितरण गरेसँगै प्रतिकित्ता रु २१० मा मूल्य समायोजन गरेको हो । सो बैंकको औसत आधारमूल्य रु ३०२ रहेको छ । साङ्ग्रिला डेभलपमेन्ट बैंक पनि प्रतिकित्ता रु १४३ हुने गरी मूल्य समायोजन गरेको छ । सो बैंकको औसत शेयर मूल्य रु १८६ रहेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पनि प्रतिकित्ता रु १२० हुने गरी मूल्य समायोजन गरेको छ । बैंकको औसत आधार मूल्य रु १७४ रहेको छ । यस्तै समीट माइक्रोफाइनान्स कम्पनीले प्रतिकित्ता रु ७३९ मूल्यमा मूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधारमूल्य रु एक हजार १५७ रहेको छ । यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले पनि प्रतिकित्ता रु १५४ मा मूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधारमूल्य रु १२७ रहेको छ । स्टकमा सोमबार चार कम्पनीको शेयरमूल्य समायोजन भएको थियो । रासस

चार कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ, पुस १६ । नेपाल स्टक एक्सचेञ्जमा सोमबार विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य रु ६७४ रहेको छ । स्टकमा सोमबारै मेगा बैंकको पनि एक प्रतिशत शेयर लाभांश दिएपछि प्रतिकित्ता रु १८० मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु २१७ रहेको छ । पूर्णिमा विकास बैंकको पनि पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु १५९ मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधार मूल्य रु २२६ रहेको छ । यस्तै महुली सामुदायिक लघुवित्तको शेयर पनि २० प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु एक हजार २८३ मा मूल्य समायोजन भएको छ । उक्त लघुवित्तको औसत आधारमूल्य रु एक हजार २१५ रहेको छ । स्टककाअनुसार ती कम्पनीको शेयर समायोजित मूल्यमा नै शेयर कारोवार भएको छ । रासस

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं, पुष १५ । धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ६२ बिन्दुले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ बिन्दुले घटेर २५६ बिन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर रु ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । होटल २० दशमलव ७९, निर्जीवन बीमा २९ दशमलव ८१ र उत्पादन २ दशमलव ३२ बिन्दुले बढेको छ । यस्तै, बैंकिङ ६ दशमलव ४८, व्यापार २ दशमलव ९६, विकास बैंक ६ दशमलव शून्य दुई, जलविद्युत् ३ दशमलव ३६, वित्त २ दशमलव १५, अन्य ३३ दशमलव ४४, लघुवित्त ४ दशमलव ६२ र जीवन बीमा ५२ दशमलव ३३ बिन्दुले घटेका छन् । घटेको बजारमा मल्टिपर्पोज फाइनान्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् । यस्तै कावेली विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, रैराङ हाइड्रो पािवर कम्पनी, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले आज गुमाएका छन् । रासस

यी हुन बाेनस दिन लागेका कम्पनी, कसले कति दिँदैछन त ?

नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका कम्पनीहरुले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई  लाभांसको प्रस्ताव ल्याएका छन् । लाभांश प्रस्ताव गरेका कम्पनीहरुमध्ये केहीले नियमन निकायबाट स्वीकृति प्राप्त भई कम्पनीको वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई खुवाइसकेका छन् भने केही कम्पनीलेहरु लाभांश पारितको लागि साधारणसभा डाक्दैछन् ।यी माथिको कम्पनीले वार्षिक साधारणसभा बाेलाएका छन् । साधारणसभाबाट अधिकांश कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सहति  लेखापरिक्षक, संचालक समितिको नियुक्त लगायतका एजेण्डाहरु पारित गर्नु रहेको छ ।

नेप्से घट्यो, कारोवार बढ्यो

काठमाडौं, पुष १२ । बुधबार उच्च अंकले वृद्धि भएको शेयर बजार आज भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १५ विन्दुले घटेर २५८ दशमलव ६६ विन्दुमा झरेको छ । बजार घटे पनि कारोवार रकममा भने आज सुधार आएको छ । धेरै पछि कारोवार रकम अर्बमाथि पुगेको छ । कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर रु एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद–बिक्री भएका छन् । आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेका छन् । उत्पादन १९ दशमलव १८, अन्य ११ दशमलव ४६ र जीवन बीमा १७० दशमलव ४२ विन्दुले बढेका छन् । यस्तै बैकिङ ६ दशमलव ६६, व्यापार दुई दशमलव ९६, होटल ६३ दशमलव ६३, विकास बैंक पाँच दशमलव २९, जलविद्युत् चार दशमलव २९, वित्त दुई दशमलव २१, जीवन बीमा ४८ दशमलव ६७ र माइक्रोफाइनान्स दुई दशमलव ६५ विन्दुले घटेका छन् । घटेको बजारमा सिटिजन इन्भेस्टमेन्ट ट्रष्ट, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, समता माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल लाइफ इन्सुरेन्स, वरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाएका छन् । यस्तै सिद्धार्थ इक्विटी ओरेण्टेड स्किम, सनराइज बैंक लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, गरिमा विकास लघुवित्त वित्तीय संस्था सोल्टी होटल लिमिटेडका शेयरधनीले गुमाएका छन् । रासस

नेपाली डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट भारतमा महिनाको लाखभन्दा बढी निकाल्न नपाइने

काठमाडौँ — नेपालीले भारतमा विद्युतीय माध्यम (डेबिट, क्रेडिट/प्रिपेड कार्ड) मार्फत पैसा भुक्तानी गर्दा मासिक १ लाख रुपैयाँभन्दा बढी झिक्न नपाइने भएको छ । विभिन्न प्रकारको भुक्तानीका लागि भारतबाट धेरै रकम झिक्ने प्रवृत्ति बढेपछि राष्ट्र बैंकले कडाइ गरेको हो । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । यसअघि यस्तो भुक्तानीमा कुनै सीमा थिएन । पछिल्लो समयमा भारतमा विद्युतीय माध्यममार्फत ठूलो भुक्तानी भएको देखिएकाले नियन्त्रणका लागि सीमा तोकिएको राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानले बताए । ‘भारतमा डेबिट, क्रेडिट/प्रिपेड कार्डलगायत विद्युतीय कार्डको माध्यमबाट एकै पटक वा पटकपटक गरी मासिक भारु १ लाखसम्म मात्र भुक्तानी गर्न सकिनेछ,’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ, ‘होटल, अस्पताल र औषधि पसलमा गरिने भुक्तानीको हकमा उक्त सीमा लागू हुने छैन ।’ राष्ट्र बैंकका अनुसार गत वर्ष विभिन्न किसिमका विद्युतीय कार्ड, ड्राफ्ट र खातामा स्थानान्तर गरी नेपालबाट करिब १ खर्ब रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । यही तथ्यांकका आधारमा भारतमा धेरै पैसा खर्च भएको निष्कर्ष राष्ट्र बैंकले निकालेको हो । सोही निष्कर्षका आधारमा भारतमा विद्युतीय माध्यममार्फत वस्तु तथा सेवा खरिद गर्दा गरिने भुक्तानीमा सीमा तोकिदिएको हो । वाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन पाउनेसम्बन्धी व्यवस्थामा केही परिमार्जन गरेको छ । नयाँ व्यवस्थाअनुसार बैंकले भारतबाट ऋण लिँदा ऋणको अधिकतम ब्याजदरको बढीमा एक प्रतिशत थप गर्न पाउँछन् । यसअघि त्यहाँको ट्रेजरी बिल्सको बट्टादरमा अधिकतम एक प्रतिशत थप गर्न पाउने व्यवस्था थियो । यो दरमा भारतीय बैंकहरूले ऋण दिन नमानेपछि राष्ट्र बैंकले यो व्यवस्था परिमार्जन गरेको हो । ट्रेजरी बिल्सको वट्टादरभन्दा एमसीएलआरको दर करिब एक प्रतिशतले बढी हुने बताइएको छ । यसैगरी अब बैंकहरूले परिर्वत्य विदेशी मुद्रामा ऋण प्रवाह गर्दा निक्षेपमा दिएको ब्याजमा २ प्रतिशत विन्दुभन्दा बढी लिन नपाउने भएका छन् । बैंकहरूले परिवत्र्य विदेशी मुद्राको बचतमा धेरै कम ब्याज दिने तर ऋण प्रवाह गर्दा उच्च ब्याज लिने गरेको पाइएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । हाल बैंकहरूले विदेशी मुद्रा निक्षेपमा ०.५ देखि ०.६ प्रतिशत ब्याज दिँदै आएका छन् । विदेशी मुद्रामा ऋण दिँदाँ साढे ५ देखि ७ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । -कात्तिपुर दैनिकबाट

४ महिनामा २५ सचिवसहित १५ सय ७६ कर्मचारी विदेश भ्रमणमा

काठमाडौं, अनावश्यक विदेश भ्रमण रोक्न र मितव्ययी बन्न प्रधानमन्त्री केपी ओलीले दिएको निर्देशनविपरीत हरेक महिना करिब ४ सय कर्मचारीले विदेश सयर गरिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा मात्रै १ हजार ५ सय ७६ कर्मचारीले विदेश सयर गरे । यिनमा सबभन्दा बढी उच्च तहका कर्मचारी छन् ।  प्रधानमन्त्रीले महत्त्वपूर्ण कार्यक्रम/सम्मेलनमा मात्र विदेश भ्रमणको अनुमति दिन सचिवहरूलाई निर्देशन दिए पनि कतिपय मन्त्रालयका सचिवहरूले आफू निकटका कर्मचारीलाई पटक–पटक विदेश भ्रमणको छुट दिने गरेको पाइएको छ। कर्मचारीले सबभन्दा धेरै चीन, थाइल्यान्ड, कोरिया, भारत र जापान भ्रमण गरेका छन्। यसबाहेक अमेरिका, इन्डोनेसिया, भुटान, फ्रान्स, मलेसिया, इटली, जापान, सियरालियोन, कम्बोडिया, कोस्टारिका, स्विट्जरल्यान्ड, फिलिपिन्स, इक्वेडर, जर्मनी, युनाइटेड अरब इमिरेट्स, बेलायत, दक्षिण कोरिया, युगान्डा, बंगलादेश, अस्ट्रिया, दक्षिण अफ्रिका, ब्राजिल, सिंगापुर, नर्वे, श्रीलंका, जर्मनी, नेदरल्यान्ड्स, जर्जिया, कतार, इजिप्ट, बहराइन, फिनल्यान्ड, युक्रेन, क्यानडा, म्यानमार, पोल्यान्डलगायत मुलुक भ्रमण गरेका छन्। विकसित मुलुकहरूले विकासका लागि गरेको प्रयास र प्रगति अवलोकन, अध्ययन गर्न र द्विपक्षीय तथा बहुपक्षीय सम्मेलनमा सहभागी हुनमात्र कर्मचारीहरूले विदेश भ्रमण गर्ने गरी निर्देशिका जारी गरिएको छ। वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाविपरीत कर्मचारीहरूले मन्त्रालयबाट स्वीकृत गराई विदेश सयर गर्ने गरेको प्रधानमन्त्री कार्यालयको चौमासिक प्रतिवेदनमा उल्लेख छ। पहिलो चौमासिकमा (साउदेखि कात्तिकसम्म) विभिन्न मन्त्रालयका २५ सचिवले विदेश भ्रमण गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले कान्तिपुरलाई बताए। चार महिनामा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले तीन पटक विदेश भ्रमण गरेका छन्। अन्तर्राष्ट्रिय सन्धि/सम्झौता, सम्मेलन र बैठकमा सचिवले भाग लिएका छन्। सचिवहरूले फिलिपिन्स, चीन, थाइल्यान्ड, दक्षिण अफ्रिका, जर्मन, कुवेत, बंगलादेश, अमेरिका, ताजकिस्तान, घाना, स्विट्जरल्यान्ड, भारत, फ्रान्स, जर्जिया, कतार, यूके, अस्ट्रिया, श्रीलंका, इन्डोनेसिया र दक्षिण कोरियालगायत मुलुक भ्रमण गरेका छन्। भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारी, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर र गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल सरकारको अनुमति नलिई विदेश भ्रमण गरेका थिए। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीले ती तीन सचिवलाई स्पष्टीकरणसमेत सोधिसकेका छन्। उनले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ लागू भए पनि सबैजसो मन्त्रालयका कर्मचारीले त्यसविपरीत भ्रमण गरेको पाइएको बताए। ‘वैदेशिक भ्रमण नियमन गर्न खोजिए पनि कतिपय मन्त्रालयहरूले अटेर गरेका छन्,’ कुँवरले भने, ‘असम्बन्धित कार्यक्रममा समेत कर्मचारीले भ्रमण गरेको देखिएको छ।’ निर्देशिका लागू भएपछि पनि साउन र भदौमा मन्त्रालयहरूले निर्देशिकाविपरीत कर्मचारी विदेश भ्रमणमा पठाएको पाइएको छ। प्रधानमन्त्री कार्यालयले भ्रमण निर्देशिका पालना गर्न सबै मन्त्रालयको ध्यानाकर्षणसमेत गराए पनि अटेर गर्ने गरेको कुँवरले उल्लेख गरे। साउनदेखि कात्तिकसम्म सबै कर्मचारीले विदेश भ्रमणमा बिताएका दिन जोडदा ६ हजार २ सय २२ दिन हुन्छ। चार महिना अवधिमा तालिममा गएका सेना र प्रहरीलाई छोड्ने हो भने सबभन्दा बढी (२१७ जना) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले विदेश भ्रमण गरेका छन्। दोस्रोमा वन तथा वातावरण मन्त्रालय आउँछ। यस अवधिमा वन तथा वातावरण मन्त्रालयका ९९ कर्मचारीले विदेश भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले तयार गरेको भ्रमण प्रतिवेदनमा उल्लेख छ। कृषि तथा पशुपन्छी मन्त्रालयका ८५, रक्षा मन्त्रालयका ४ सय २२ (तालिममा गएका सेनासमेत) र गृह मन्त्रालयका १ सय ५१ (नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिमसमेत) कर्मचारीले विदेश भ्रमण गरेका छन्। चार महिनामा सबभन्दा कम युवा तथा खेलकुद मन्त्रालयका ७ कर्मचारीले मात्र विदेश भ्रमण गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १० जना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका ८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका ११ र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका ८ कर्मचारी विदेश भ्रमणमा गएका छन्। कुँवरका अनुसार चार महिना अवधिमा रक्षा, संघीय मामिला, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र वन तथा वातावरण गरी ५ मन्त्रालय सबभन्दा बढी पटक विदेश भ्रमण गर्ने सूचीमा पर्छन्। यस अवधिमा रक्षाबाट १ सय ११, संघीय मामिलाबाट ७२, अर्थबाट ६३, उद्योगबाट ६० र वनबाट ४८ पटक कर्मचारी विदेश उडेका छन्। अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा आवश्यकताभन्दा बढी कर्मचारीले विदेश भ्रमण गरेको र राज्यकोषको करोडौं रुपैयाँ सकिएपछि विदेश भ्रमणलाई चुस्त बनाउन सरकारले गत वैशाख १३ मा ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ ल्याएको थियो। निर्देशिकामा परामर्शदाता तथा ठेकेदारको पैसामा कर्मचारीले विदेश भ्रमण गर्न नपाउने व्यवस्था गरिएको छ। तर, मन्त्रालयहरूले दाताको सहयोगमा सञ्चालित कार्यक्रमकै रकमबाट कर्मचारीलाई विदेश भ्रमण गराउने गरेको पाइएको छ। निर्देशिकामा वैदेशिक भ्रमणमा जाने कर्मचारी अथवा अधिकारीले भ्रमण गरेर फर्केको १५ दिनभित्र भ्रमणका क्रममा प्राप्त उपलब्धिसम्बन्धी प्रतिवेदन सम्बन्धित मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ। नबुझाउनेलाई दुई वर्षसम्म भ्रमणमा जान नदिइने निर्देशिकामा छ। निर्देशिकाले भ्रमण स्वीकृत हुनुपूर्व अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्थासमेत गरेको छ। निर्देशिकामा विदेश भ्रमण गरेका कर्मचारीको सूची मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिए पनि प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयले समेत त्यसो गरेका छैनन्।

तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ, पुस १० । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सोमबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ। स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४-७५ को नाफाबाट शेयरधनीलाई दिने शेयर लाभांश र नगद लाभांशपछि ती कम्पनीले शेयर मूल्य समायोजन गरेका हुन् । स्टकका अनुसार एनएमबी बैंकले दश प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेअनुसार नै प्रतिकित्ता रु ३५१ मा शेयरमूल्य समायोजन गरेको हो । बैंकको औसत आधारमूल्य रु ३७२ रहेको छ । यस्तै स्वावलम्बन विकास बैंकको २५ प्रतिशत शेयर लाभांशपश्चात् प्रतिकित्ता रु ८८६ मा शेयर मूल्य समायोजन भएको छ । स्टकले सो बैंकको औसत आधार मूल्य रु एक हजार ८० कायम गरेको छ । मिर्मिरे लघुवित्तले पनि २४ प्रतिशत शेयर लाभांश दिने निर्णयसँगै आज शेयर मूल्य समायोजन गरेको छ । सो संस्थाको प्रतिकित्ता रु ९६९ मा रहने गरी शेयर मूल्य समायोजन गरेको हो । सो लघुवित्तको औसत आधार मूल्य रु एक हजार ४४४ रहेको छ । नेपाल हाइड्रोडेभलपर लिमिटेडले आफ्ना शेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४÷७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ । सो आवमा कम्पनीले रु एक करोड ९७ लाख ७७ हजार नाफा गरेको थियो । रासस

शेयर बजार पुनः ओरालो लाग्यो

काठमाडौ‌, पुष ९ । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने छ दशमलव ४५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव सात बिन्दुले घटेर २५३ दशमलव ६८ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । वित्त पाँच, उत्पादन दुई दशमलव ७९, अन्य तीन दशमलव शुन्य चार र जीवन बीमा ६८ दशमलव २८ बिन्दुले बढेका छन् । यस्तै बैंकिङ १० दशमलव ३२, व्यापार ११ दशमलव ४०, होटल ३२ दशमलव ६६, विकास बैंक १७ दशमलव पाँच, निर्जीवन बीमा २० दशमलव ४७ र लघुवित्त पाँच दशमलव ८९ बिन्दुले घटेका छन् ।

टेलिकमले ५५ प्रतिशत नगद लाभांश बाँड्न तोक्यो बुकक्लोज

नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश वितरणका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । लाभांश पारित गर्न पुस ३० गते आइतबार आह्वान गरिएको एघारौं वार्षिक साधारण सभाका लागि कम्पनी सञ्चालक समतिको पुस ८ गते बसेको ८०३ औं बैठकले पुस १५ गते आइतबारदेखि पुस ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाे छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १२ गते बिहीबारसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् । टेलिकमको पुस २ गते सम्पन्न सञ्चालक समितिको ८०२ औं बैठकले अघिल्लो आर्थिक वर्षमा पति नै प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । टेलिकमको ११ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई लाभांश वितरण हुनेछ । सभाले चालू आवको लागि लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण समेत गर्ने छ । १५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा कायम गरेको छ । मेरोलगानीबाट

चालू आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने

काठमाडौं, मंसिर २८ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आर्टिकल फोरका लागि नेपाल आएको आइएमएफको उच्चस्तरीय टोलीले यो आर्थिक वर्षको वृद्धिदर ६.५ हुने प्रक्षेपण गरेको हो। आइएमएफले यसअघि गत अक्टोबरमा पाँच प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, फेरि त्यसलाई सच्याउँदै साढे ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । आइएमएमको टोली प्रमुख गिर्ट अल्मेमकिन्डर्सले बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘राजनीतिक स्थायित्व र नियमित बिजुली प्रवाहका कारण आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अनुमान गर्न सकिन्छ ।’ आइएमएफको टोलीले आर्थिक वृद्धिदर थोरै तर दिगो बनाउनुपर्ने सुझाव पनि दिएको छ।

चौतारी लघुवित्तको आईपिओ बाँडफाँड : ४७५ आवेदन रद्ध, दुई लाख १७ हजारले पाएनन्

काठमाडौं मंसिर २८ । चौतारी लघुवित्तको आईपिओ मंसिर २८ गते शुक्रबार बाँडफाँड भएको छ । लघुवित्तको शेयर कुल आबेदक मध्ये २ लाख १७ हजार १२२ ले नपाउने भएका छन् । लघुवित्तको आईपिओमा ३०.५९ गुणा बढी आबेदन परेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ५६ हजार ७० आबेदकले मात्रै लघुवित्तको शेयर पाएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । संस्थाको आइपिओमा कुल २ लाख ७३ हजार १९२ जनाले आबेदन गरेकोमा ४७५ आबेदन रद्ध भएको छ । कम्पनीको शेयरमा रितपुर्वक एक करोड ७१ लाख १३ हजार १३० कित्ता बराबरको लागि एक अर्ब ७१ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल एक करोड ७१ लाख ५३ हजार ७७० कित्ताको लागि परेकोमध्ये ४० हजार ६४० कित्ता शेयरका लागि परेको आवेदन रद्ध भएको छ । लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो । लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ । लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ पुग्नेछ । मेरोलगानीबाट

शुरु नहुँदै अनलाईन शेयर प्रणालीप्रति चर्को आक्रोश, लगानीकर्ताले निकाले विज्ञप्ती

अनलाईन शेयर कारोबार प्रणाली प्रभावकारी रुपमा नचलेको भन्दै शेयर बजारका लगानीकर्ताहरूले आपत्ति प्रकट गरेका छन्। सेवा सुचारू भएको ५ औं दिनसम्म पनि प्राबिधिक त्रुटी सम्बोधन नभएको र सरकारी निकायबाट सत्य तथ्य सूचना लगानीकर्तामा प्रवाह नगरिएको भन्दै नेपाल इन्भेष्टर्स फोरमले गहिरो चिन्ता व्यक्त गरेको छ । फोरमले आइतबार एक विज्ञप्ति जारी गर्दै १४ खर्ब ५० अर्व भन्दाबढि पूँजीकरण भएको बजारमा हचुवाको भरमा अनलाईन भित्र्याईनु गंभिर गल्ति भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ । यथाशक्य छिटो प्राविधिक समस्या हल गरेर प्रभावकारी अनलाईन कारोबार सुचारू गर्न फोरमले अपिल समेत गरेको छ ।