वाग्मतीको मुख्यमन्त्रीमा जम्कट्टेललाई निरन्तरता दिने चार दलीय सहमति

वाग्मतीको मुख्यमन्त्रीमा जम्कट्टेललाई निरन्तरता दिने चार दलीय सहमति

काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलबीच वाग्मती प्रदेशमा सरकार निर्माण गर्ने सहमति भएको छ । बिहीबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच पाँचबुँदे सहमति भएको छ ।

उनीहरूबीच प्रदेशसभाको बाँकी पूरै कार्यकालका लागि सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारको नेतृत्व केन्द्रको निर्णयअनुसार सहकार्य गरेर गर्ने भनिएको छ ।

दलहरूबीच सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र गठन गरेर साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि सहमति भएको छ ।

सहमतिपत्रमा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् ।

एकसय १० सदस्यीय वाग्मती प्रदेश सभामा बहुमतका ५६ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनका दलमध्ये एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सांसद छन् । हाम्रो नेपाल पार्टीका दुई सांसद थपिएसँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई बहुमत पुगेको छ । 

हेर्नुहोस् सहमतिपत्र

Bagm-1711636614.jpg

जसपा विभाजन मुद्धा:  सर्वोच्चले ८ जेठमा दुबै पक्षसँग छलफल गर्ने, राईको पार्टी दर्ता यथास्थितिमा राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै ८ जेठमा दुबै पक्षलाई छलफलमा बोलाएको छ। जसपा नेपालबाट ७ जना सांसदसहित विभाजित भएको समूहले अशोक राई नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले २४ वैशाखमा उक्त दल दर्ता गर्ने निर्णय गरेको थियो। उपेन्द्र यादवले जसपा नेपालबाट विभाजित भएको समूहको दल दर्ता कानुन विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

रविले नबोलेसम्म कांग्रेसलाई बोल्न दिइँदैन: ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन्।संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले साे कुरा बताएका हुन्। ‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने? कहाँ हुन्छ त्यो? कांग्रेसलाई बोल्न दिइँदैन अब।’ ओलीले भने, ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ। होइन भने हामी बोल्छौँ। कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन। हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ।’ उनले संसद भोलिबाट सुचारु हुनुपर्ने बताए।‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्ने ? कांग्रेसले घरबाट ल्याएको संसद हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्नेरु कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनुपर्ने?’ ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन। कांग्रेसले रोकेर संसद अब रोकिरहनु पर्ने आवश्यक छैन।’ उनले आफूहरू मिलाउन लागिपरेको अवस्थामा उल्टै आफूहरूमाथि नै हमला गर्न खोजिएको बताएका हुन्।

फुट्यो पार्टी, दोब्बर ठूलो बन्यो केन्द्रीय समिति

काठमाडौं ।उपेन्द्र यादवले आफु नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पार्टी फुटेर सानो बनेको भएपनि केन्द्रीय समिति भने दोब्बर ठूलो बनाएका छन् । गत वैशाख २३ गते अशोककुमार राईसहितका ३२ जना नेताहरूले नयाँ दल खोलेपछि उनले पार्टी पुर्नगठन गरेका हुन् । यसअघि भएको विधान महाविशेनमा निर्णय संशोधन गर्दै मंगलबार र बुधबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समित बैठकले केन्द्रीय समितिको संख्या १५१ बाट बढाएर २५१ पुर्‍याएको हो । केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्य र पदाधिकारीको संख्या थप गर्ने निर्णय लिएको हो ।विधान संशोधन गर्ने निर्णय गरेको जसपाले पदाधिकारी संख्या पनि हेरफेर गरेको छ। जसअनुसार विधान अधिवेशनले १५१ सदस्यीय बनाएको केन्द्रीय समिति अब बढाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको हो । जसपाले विधान अधिवेशनका निर्णयमा संशोधन गर्दै यसअघि १ जना महासचिव हुने व्यवस्था हटाएर २ जना महासचिव रहने निर्णय गरेको छ।उता पहिले ३ जना उपाध्यक्ष रहेकोमा अब केन्द्रीय कार्यकारिणी समितिले ५ जना उपाध्यक्ष राख्ने निर्णय गरेको छ । बैठकले जेठ २८ र २९ गते हुने महाधिवेशनका लागि जेठ १० गतेभित्रमा महाधिवेशन प्रतिनिधि चयन गरिसक्ने निर्णय पनि गरेको छ ।

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।  बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।  संघीय संसद्का दुवै सदनमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्ताव समेत पारित गर्न पाएन ।  काँग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसकालागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आएका छन् । 

लोकप्रिय