रविले नबोलेसम्म कांग्रेसलाई बोल्न दिइँदैन: ओली

रविले नबोलेसम्म कांग्रेसलाई बोल्न दिइँदैन: ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन्।संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले साे कुरा बताएका हुन्।

‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने? कहाँ हुन्छ त्यो? कांग्रेसलाई बोल्न दिइँदैन अब।’ ओलीले भने, ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ। होइन भने हामी बोल्छौँ। कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन। हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ।’

उनले संसद भोलिबाट सुचारु हुनुपर्ने बताए।‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्ने ? कांग्रेसले घरबाट ल्याएको संसद हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्नेरु कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनुपर्ने?’ ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन। कांग्रेसले रोकेर संसद अब रोकिरहनु पर्ने आवश्यक छैन।’

उनले आफूहरू मिलाउन लागिपरेको अवस्थामा उल्टै आफूहरूमाथि नै हमला गर्न खोजिएको बताएका हुन्।

विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा हुने देउवाको सचिवालयले जनाएको छ ।  बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको काँग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ ।  बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ । 

जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गर्नुपर्ने बताएका छन् ।    सभामुख घिमिरेले १७औँ गणतन्त्र दिवस–२०८१ को अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।    “शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “यसै कुरालाई हृदयंगम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।”   लोकतान्त्रिक गणतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं संक्रमणपछि मुलुकमा लोकतान्त्रिक पद्धतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको उनले बताएका छन् ।  नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीनवटै तहका निर्वाचन सम्पन्न भएको, गणतन्त्रले नेपालको राजनीतिक प्रणाली र शासन व्यवस्थामा धेरै परिवर्तन ल्याएको भए पनि जनताको जीवनमा भने अझै गुणात्मक अन्तर ल्याउन अझै बाँकी रहेको सन्देशमा उल्लेख छ । रासस  

प्रधानमन्त्रीको सार्थक पहल : खुल्यो संसद् अवरोध

काठमाडौं । लामो समयदेखिको संसद् गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको प्रचण्डको पहलले सार्थकता पाएको छ ।सत्ता पक्ष र प्रतिपक्षबीच दुरी बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता पक्ष र प्रतिपक्षबीच सँगै र छुट्टाछुटै चरण चरणमा छलफल गरेर सहमतिको वातावरण बनाएका हुन्। परिणामतः हिजोको छलफलले सकारात्मक निष्कर्ष दिएको छ ।सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति सम्पन्न शीर्ष नेतृत्वको बैठकले सहकारी प्रकरण छानबिनका लागि सात सदस्यीय संसदीय समिति गठन गर्ने सहमति जुटेको हो ।बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताले भने, ‘७ सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।’ उक्त समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमालेबाट दुई–दुई, सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एक जना सदस्य रहने छन्। ती नेताका अनुसार उक्त समितिलाई छानबिनका लागि तीन महिनाको समयावधि निर्धारण गर्ने पनि दलहरुबीच सहमति जुटेको हाे। दलहरुबीच सहकारी ठगी प्रकरणमा  पप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरेर छानबिन अघि बढाउनेसमेत सहमति भएको छ। आज बिहान ११ बजे हामी कार्यदलको बैठक बस्ने छ । उक्त बैठकले कार्यादेशमा हस्ताक्षर गरेपछि सहमतिले अन्तिम रुप प्राप्त गर्नेछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबीच भएको छलफलले कार्यादेशलाई अन्तिम रुप दिएको हो ।यससँगै आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले निर्वाध रुपमा बजेट भाषण गर्ने निश्चित भएको छ । ।

कार्यादेशमा सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन प्रयासरत छन् । पूर्वनिर्धारित मन्त्रिपरिषद्को बैठक स्थगित गरी प्रधानमन्त्री प्रचण्डले भोलि(जेठ १५ गते) सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट भाषण अगाडि नै दलदहरुबीच सहमति बनाउने प्रयासमा जुटेका हुन् । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएपछि सत्तारूढ दलबाट प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एंव रास्वपा सभापति रबि लामिछानेबीच बालुवाटारमा छलफल गरेका थिए ।  भने कांग्रेसले पनि हालका पदाधिकारी र पूर्व पदाधिकारीहरूबीच बूढानीलकण्ठमा छलफल गरेको थियो । त्यस लगत्तै प्रधानमन्त्री प्रचण्ड संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बनेको समतिसँग गृहमन्त्री सहित छलफलमा छन् । स्रोतका अनुसार आजै सहमति गर्ने गरी छलफल अगाडि बढेको छ ।

लोकप्रिय