व्यवसायी त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ :  प्रधानमन्त्री

व्यवसायी त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ :  प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभइकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए।

“देशमा लगानीको वातावरण बनेको छ । व्यापार व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानून पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।”

प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपालमा हामी जुन खालको व्यवस्थामा छौँ, यसले सरकार छिटो छिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।”

देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनका लागि हवाइमार्ग अहिले पहिलेभन्दा सहज भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब त्यसलाई पनि विस्तार गरेर झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीबाट नियमित उडानका लागि सरकारले अवश्य पनि वातावरण बनाइने बताए।

अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता रहेको आफूलाई जानकारी भएको उल्लेख प्रधानमन्त्री प्रचण्डले हवाई सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाए ।

संसद अवरोध रोक्न सभामुखद्धारा प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् । सभामुखले प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामूहिक छलफल गरेका हुन् । सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि संवाद जारी राखेका छन् ।नेपाली काँग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए ।

गिरीबन्धु टिस्टेटको जग्गा बेच्ने ओली हुन्  : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्।  बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले फैसला गरेपछि गिरीबन्धु टि(स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे। उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए। उनले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए। बुधबार एमाले अध्यक्ष ओलीले कांग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका थिए। पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने मागसमेत गरेका थिए। उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताएका थिए। ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब दिए। कांग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो। उनले भनेका थिए, ‘म भन्न चाहन्छु–५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा। यसमा छानविन हुनुपर्छ। अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन। नेपाली कांग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौं। हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने हुन्छरु पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, कांग्रेस कराईरहने रु यो चल्दैन । अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ।' अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएका थिए।

हत्याको प्रयासपछि स्लोभाक प्रधानमन्त्री फिकोको अवस्था चिन्ताजनक

हत्याको प्रयासपछि स्लोभाक प्रधानमन्त्री फिकोको अवस्था चिन्ताजनककाठमाडौँ ।हत्याको प्रयास गरिएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिकोमाथि बुधबार ब्राटिसलाभाबाट उत्तर–पूर्वी गाउँमा गोली प्रहार भएको थियो। बुधबार साँझ रक्षामन्त्री रोबर्ट कालिनाकले फिको तीन घण्टादेखि शल्यक्रिया कक्षमा रहेको र अवस्था ‘खराब’ भएको बताए। स्लोभाक राजनीतिज्ञका साथै राष्ट्रपतिले यो घटनालाई ‘प्रजातन्त्रमाथिको हमला’ भनेका छन्। गोली प्रहार गर्ने सन्दिग्धलाई सुरक्षाकर्मीले घटनास्थलबाट नियन्त्रणमा लिएका छन्। यद्यपि, उनको परिचय औपचारिक रूपमा खुलाइएको छैन। घटना स्थानीय समयअनुसार बुधबार दिउँसो करिब २ बजेर ३० मिनेट जाँदा हान्डलोभामा भएको थियो । एउटा बैठकपछि फर्किएर स्थानीयहरूलाई अभिवादन गरिरहेका बेला प्रधानमन्त्री फिकोमाथि एक व्यक्तिले ५ पटक गोली प्रहार गरेका थिए।  उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि उनलाई बान्सका बाइट्रिकास्थित अर्को अस्पतालमा सारिएको थियो।

बेइजिङमा पुटिन र सीबिच भेटवार्ता

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीनमा छन्।  दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । पुटिन र सीबिच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले महत्वका साथ नियाली रहेका छन् । रुस र चीनबिचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङबिचको भेटमा छलफल हुने बताइएको छ । रुस र युक्रेनबिच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ। यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् । तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ। चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब बढिरहेको छ । चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना भने गरेको छैन ।

लोकप्रिय