यस्तो छ बागलुङ दुर्घटनामा घाइते हुनेहरूको विवरण (नामावलिसहित)

यस्तो छ बागलुङ दुर्घटनामा घाइते हुनेहरूको विवरण (नामावलिसहित)

वाग्लुङ । बागलुङको निसीखोला दुर्घटनामा परी घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ । पश्चिम रुकुमदेखि काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएकाे र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएकाे प्रहरीले जनाएको छ । ३२ जना सवार भएको सो गाडिका घाइतेको विवरण तल उल्लेख गरेका छौं ।

घाइतेहरुको विवरण
१. जिल्ला रुकुम पश्चिम मुसिकोट-१ बस्ने बर्ष ५२ को दसरथ नेपाली

२. जिल्ला गुल्मी मदाने गापा १ बस्ने बर्ष २४ को गोबिन्द बोहरा (सहचालक)
३. जिल्ला रुकुम पश्चिम मुसिकोट नपा ३ बस्ने बर्ष ६५ को हर्क बहादुर केसी
४. जिल्ला रूकुम बोतलिवाङ गापा ७ बस्ने बर्ष ३५ को हिमबहादुर पाण्डे
५. जिल्ला गुल्मी मालिका गापा १ बस्ने बर्ष ५० को बलबहादुर पुन
६. जिल्ला सुर्खेत पञ्चपुरी नपा ८ बस्ने बर्ष २६ को लक्ष्मण बोगटी
७. जिल्ला रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बिक
८. जिल्ला रूकुमकाे बर्ष नखुलेकाे शोभा थापा
९. जिल्ला रुकुम पश्चिम बोतलिवाङ गापा ११ बस्ने बर्ष २२ की सबिनापुन मगर
१०. जिल्ला रूकुम मुसिकोट नपा ३ बस्ने बर्ष २४ को गणेश खड्का
११ जिल्ला काठमाण्डौ टोखा नपा ३ बर्ष २३ कि श्रीष्टी गैरे
१२. जिल्ला डोल्पा त्रिपुरासुन्दरी नपा ३ बस्ने बर्ष २८ को आविस्कार धराला
१३. जिल्ला रुकुम पश्चिम मुसिकोट नपा ३ बस्ने बर्ष २७ कि सरिता खड्का
१४. ऐ बस्ने महिना ३ कि ज्ञानु ढकाल
१५. जिल्ला ललितपुर महानगरपालिका १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई
१६. जिल्ला रुकुम पश्चिम मुसिकोट नपा ४ बस्ने बर्ष ४६ कि बिना शर्मा
१७. ऐ बस्ने बर्ष ४४ कि कमला केसी
१८ ऐऐ बस्ने बर्ष २० कि लक्ष्मी पुन मगर
१९. ऐऐ ०३ बस्ने बर्ष ५५ को लिला केसी
२०. ऐऐ बस्ने बर्ष ३० को ससिराम खड्का
२१. जिल्ला रुकुम पश्चिम तलाखेत नपा ४ बस्ने बर्ष १८ कि सपना वली
२२. ऐ सानोभेरी गापा १ बस्ने बर्ष २६ को दिनेश खड्का
२३. ऐ. त्रिवेणी गा.पा१ बस्ने बर्ष २८ को हेमराज केसी
२४. जिल्ला सिन्धुपाल्चोक जुगाल गापा २ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । सुर्खेत, भेरीगंगा नगरपलिका ५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका १० बस्ने २८ वर्षीय अजित केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई माया पोलिक्लिनिक छिन्चु सुर्खेत हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको छ ।  कास्की, पोखरा महानगरपालिका १४ चाउथेस्थित सडकमा बा. १ प १३३८ नम्बरको बस र ग २४ प ३२९५ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका १४ बस्ने १९ वर्षीय खुसी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ, लमही नगरपालिका ७ स्थित सडकमा रोकी राखेको लु.१ ख ९५७० नम्बरको ट्रकमा प्रदेश नम्बर ०३–२००९ प ९८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४३ वर्षीय महेन्द्र गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ । झापा, शिवसताक्षी नगरपालिका ८ स्थित सडकमा मे।३ प ५००१ नम्बरको मोटरसाइकल र प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।   

जीपसँग ठोक्किदा मोटरसाइकलमा सवार तीनको मृत्यु

झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले उनीहरूको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।  मृतकहरुको सनाखत हुन बाँकी छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका दुर्घटनामा सात जनाको मृत्यु भएको हो ।  जाजरकोटको जुनिचाँदे गाउँपालिका ६ रामेलास्थित सडकमा भे।२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका ५ गर्खाकोट बस्ने १४ वर्षीय नवराज चदराको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकी गर्खाकोट हुँदै थप उपचारको लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान कालागाउँ सुर्खेत पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  संखुवासभाको चिचिला गाउँपालिका २ छ्याकुटीस्थित सडकमा चिचिलाबाट खाँदवारीतर्फ जाँदै गरेको प्र.१.०२.००३  त १८८३ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा चालक चिचिला गाउँपालिका २ बस्ने ३२ वर्षीय दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ ।  चितवनको भरतपुर महानगरपालिका३ बेलचोक नजिक बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको ना.६५ प ६२०६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका ११ गणेस्थान बस्ने ६० वर्षीय कुमार गुरूङको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहरौलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री शिवराज नगरपालिका ८ पतपर बस्ने ४० वर्षीय राजाराम पासीको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।  डडेल्धुराको अमरगढी नगरपालिका ७ भमाडीस्थित सडकमा बेलापुरबाट सदरमुकाम डडेल्धुरातर्फ जाँदै गरेको से.१ च २०६७ नम्बरको कार अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा कारमा सवार अमरगढी नगरपालिका ७ बस्ने ५० वर्षीय केशब भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ ।  दैलेखको आठबिस नगरपालिका ३ धौलाकोटस्थित सडकमा भे.६ प ६९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका ४ स्यालागाउँ बस्ने २२ वर्षीय दिपेन्द्र शाहीको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल सुर्खेतमा मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  सर्लाहीको बरहथवा नगरपालिका १५ हरपुर्वास्थित सडकमा हरपुर्वाबाट पिपराभित्तातर्फ जाँदै गरेको अ.प.अ. १०३७ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बरहथवा नगरपालिका ५ बस्ने १७ वर्षीय राज कुमार सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सर्लाही गोल्डेन अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका ३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।  बैतडीको डिलासैनी गाउँपालिका १ स्थित बसन्तपुर तुफानडाँडामा बर्मबाट सिमारतर्फ जाँदै गरेको सु.प.प्र०१००२ त ४६८६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका १ बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्टको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको लहान नगरपालिका १८ बसाजोरमा अमहीबाट लहानतर्फ जाँदै गरेको स.१० प २०९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका १८ बस्ने १५ वर्षीय जितेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।  पर्साको जगरनाथपुर गाउँपालिका ४ हुलाकी सडकमा वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू३४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारूको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

लोकप्रिय