दैलेखका नगरपालिका हाँक्ने नेपाल कांग्रेसका नगर प्रमुख-उपप्रमुखहरु

दैलेखका नगरपालिका हाँक्ने नेपाल कांग्रेसका नगर प्रमुख-उपप्रमुखहरु

ललितपुर, वैशाख २५ । नेपाली कांग्रेसले दैलेख जिल्लाका नगरपालिका हाँक्न पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारहरुको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

नारायण नगरपालिका

मणिराम रेग्मी, नगरप्रमुखका उम्मेदवार

दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसले मणिराम रेग्मीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । २०३६ सालको जनमत संग्रहदेखि राजनीतिमा संलग्न रहदै आउनुभएका रेग्मी २०४५ सालको जनआन्दोलनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा बस्नु भएको थियो । २०५४ को स्थानीय निर्वाचनमा पनि नगरप्रमुखको उम्मेद्वार बन्नुभएका रेग्मीलाई आमाको किरिया बसेको बेलामा २०५७ सालमा माओवादी कार्यकर्ताहरुले अपहरण गरेर चरम शारीरिक र मानसिक यातना दिइ एक महिनापछि छोडेको थियो । पार्टीको अञ्चल समन्वय समिति सदस्यको जिम्मेवारी समेत सम्हालि सक्नुभएका लामो समय पार्टीको जिल्ला सचिव पनि रहनुभएको थियो । उहाँ २०५१ सालदेखि हालसम्म पार्टीको महासमिति सदस्य रहदै आउनुभएको छ ।

बासना थापा, उपप्रमुख उम्मेदवार

नेपाली कांग्रेसले नारायण नगरपालिकामा महिला नेतृ बासना थापालाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । उहाँ सक्रिय युवा रजनीतिकर्मी हुनुहुन्छ । २०६९ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर सक्रिय राजनीतिमा प्रवेश गर्नुभएकी थापाले नारायण क्यापस दैलेखको स्ववियु सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालि सक्नुभएको छ । उहाँ हाल पार्टीको महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ । लायन्स क्लव, उद्योग वागिज्य संघ र नारी उत्थानका क्षेत्रमा विभिन्न संघ ÷संस्थामा रहेर सामाजिक क्षेत्रमा सक्रिय रहनुभएकी थापा जिल्ला अस्पताल विकास समितिको अध्यक्ष समेत रहनुभएको छ ।

दुल्लु नगरपालिका

घनश्याम भण्डारी , नगरप्रमुख उम्मेद्वार

नेपाली कांग्रेसले दैलेखको दुल्लु नगरपालिकामा घनश्याम भण्डारीलाई नगरप्रमुखको उम्मेद्वार बनाएको छ । उच्च माध्यमिक तहमा अध्ययनरत रहदा २०५४ सालमा नेपाल विद्यार्थी संघको इकाई समितिबाट राजनीति सुरु गर्नु भएका भण्डारी २०५९ मा काठमाडौंका रत्नराज्यलक्ष्मी क्याम्पसको इकाइ सचिव बन्नुभएको थियो । २०६१ मा प्रेस युनियनको दैलेख जिल्ला सभापतिको समेत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका भण्डारी २०६२÷६३ को आन्दोलनमा जिल्लामा सक्रियतापूर्वक सहभागी हुनुुभएको थियो । हाल नेपाली कांग्रेस दैलेख क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहनु भएका भण्डारी शहीद परिवारका सदस्य पनि हुनुहुन्छ । उहाँका बुबा पूर्णबहादुर भण्डारीलाई माओवादी कार्यकर्ताहरुले २०५९ मा विभत्स तरिकाले हत्या गरेका थिए ।

कृष्णाकुमारी शाही, उपप्रमुख उम्मेद्वार

नेपाली कांग्रेसले दुल्लु नगरपालिकामा महिला नेतृ कृष्णाकुमारी शाहीलाई उप–प्रमुखको रुपमा अघि सारेको छ । २०५१ सालमा कांग्रेसको क्रियाशील सदस्य लिनुभएकी शाही यस अघि महिला संघको केन्द्रीय प्रतिनिधि र पार्टीको क्षेत्रीय प्रतिनिधि हुनुहुन्थ्यो । तात्कालिन मालिका गाउँ इकाई सभापतिको जिम्मेवारीमा रहनु भएकी उहाँ जिल्लाकै एक मात्र महिला सभापति हुनुहुन्थ्यो । हाल उहाँ नगर सहसभापति हुनहुन्छ । शाहीका बुबा २००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुनुहुन्थ्यो ।

चामुण्डा विन्द्रासैनी

गणेशकुमार शाही, नगरप्रमुख उम्मेद्वार

नेपाली कांग्रेसले दैलेखको चामुण्डा बिन्द्रशसैनी नगरपालिकामा गणेशकुमार शाहीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघ उच्च मावि इकाई सभापति हुदै जिल्ला उपसभापतिको जिम्मवारी सम्हालिसक्नु भएका शाही हाल तरुण दलको केन्द्रीय प्रतिनिधि र पार्टीको जिल्ला सदस्य हुनुहुन्छ । समाजशास्त्र र राजनीतिशास्त्रमा त्रिभूवन विश्वविद्यालयबाट स्नाकोत्तर गर्नु भएका शाही जिल्लाका दर्जनौं संघ संस्थामा आबद्ध रही सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय रहदै आउनुभएको छ ।

इन्द्राकुमारी शाही, उपप्रमुख उम्मेद्वार

नेपाली कांग्रेसले दैलेखको चामुण्डा विन्द्राशैनी नगरपालिकामा इन्द्राकुमारी शाहीलाई उप–मेयरको उम्मेदवमर बनाएको छ । उहाँले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गुर्न भएको हो । पद्म कन्या क्याम्पसमा अध्ययनरत रहदा ने वि संघको राजनीतिमा सक्रिय रहनुभएकी शाही सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

आठबीस नगरपालिका प्रेमप्रकाश शाही, नगरप्रमुख उम्मेदवार

दैलेखको अठबीस नगरपालिकामा नेपाली कांग्रेसले प्रेमप्रकाश शाहीलाई नगरप्रमुखको रुपमा अघि सारेको छ । २०४६ सालदेखि नेपाली कांगे्रसको राजनीतिमा संलग्न रहदै आउनुभएका शाही २०६२÷०६३ को आन्दोलनमा घाइते हुनुका साथै ११ दिन काठमाडौंको हिरासतमा बस्नु भएको थियो । आन्दोलनकै क्रममा १३ दिन दैलेखको प्रहरी हिरासतमा पर्नुभएका प्रेमप्रकाशले नेवि संघको मावि इकाई समितिबाट राजनीति यात्रा सुरु गर्नु भएको थियो । नेवि संघको कालिकोट र दैलेखको जिल्ला सभापति भैसक्नु भएका शाहीले नेवि संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालि सक्नुभएको छ । उहाँले पार्टीको जिल्ला सहसचिव र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालि सक्नुभएको छ ।

दीपा बोहोरा माझी, उपप्रमुख उम्मेदवार

नेपाली कांग्रेसले दैलेखको आठवीस नगरपालिकामा नगर उपप्रमुखको उम्मेदवारमा दीपा बोहोरा माझीलाई अघि सारेको छ । उहाँ २०५६ सालदेखि नेपाली कांगे्रसको राजनीतिमा सक्रिय हुनुभएको हो । वीरेन्द्र विद्यामन्दिर टीकापुर कैलाली र सुर्खेत क्याम्पस इकाइ सभापतिको जिम्मेवारी सम्हालि सक्नुभएकी दीपाले ट्रेड युनियन कांग्रेसको महिला उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । पार्टीको महधिवेशन प्रतिनिधि पनि भैसक्नुभएकी दीपा २०६२-०६३ को आन्दोलनमा कर्णालीबाट सहभागी हुनु भएको थियो । हाल नेपाल महिला संघको केन्द्रीय सदस्य रहनुभएकी दीपा समाजशास्त्रकी स्नातकोत्तर हुनुहुन्छ ।

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय