तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली स्थानीय बजारमा सुनको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

एकैदिन तोलामा २३ सय बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन हिजो प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो।  शुक्रबार तोलामा २३ सय रुपैयाँ बढेर तोलाको रु एक लाख ३७ हजार नौ सयमा कारोबार भइरहेको छ। हिजो बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुनको मूल्य रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ। चाँदीको मूल्य आज तोलामा रु ५० रुपैयाँले बृद्धि भएको छ।  बिहीबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएको चाँदी आज एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसदिन छापावाल सुन एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको छ । आज एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुनको मूल्य २७ सय घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।  यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

सुनको मूल्य ४०० ले घट्दा, चाँदीको ५ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा करोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

लोकप्रिय