मुलुकको आवश्यकताअनुसार १६ औँ योजनाको लक्ष्य निर्धारण गरिएको छ : उपाध्यक्ष श्रेष्ठ

मुलुकको आवश्यकताअनुसार १६ औँ योजनाको लक्ष्य निर्धारण गरिएको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६ औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताएका छन्।

लगानी सम्मेलनको दोस्रो दिन आयोजित ‘हार्नेसिङ ग्रीन फाइनान्स फर सस्टेनेबल इन्भेस्टमेन्ट’ सत्रलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा उत्तिकै प्राथमिकता दिइएको बताए। लगानीका विभिन्न सम्भाव्य क्षेत्रमध्ये ऊर्जा क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको र सोहीअनुसारको कार्यक्रमसमेत तय गरिएको उनको भनाइ थियो। 

लगानी विस्तार गर्नुपर्ने प्रमुख क्षेत्रका रूपमा कृषि रहेको र त्यसलाई आधुनिकीकरण गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले आधुनिक खेती प्रणालीका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध जरुरी रहेको बताए। वन क्षेत्रलाई बहुआयामिकरुपमा संरक्षण गर्ने र आर्थिकोपार्जनका लागि प्रयोग गर्ने सोचका साथ सरकारले कार्यक्रम तय गरेको जानकारी दिँदै उपाध्यक्ष डा.श्रेष्ठले वनलाई समृद्धिको आधार बनाइएको तथ्य पेस गरे। 

लगानीको क्षेत्रको चर्चा गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले खानेपानी क्षेत्र पनि उल्लेख गरे। उनले नेपालको कञ्चन पानीमा लगानीका लागि विदेशी लगानीकर्तालाई आह्वान गरे। हिमनदीको पानी प्रशोधन गरेर बिक्री गर्न सकिने जानकारी दिँदै उहाँले पानी पनि निर्यातयोग्य वस्तुकारुपमा हो भन्दै चर्चा गरे। वातावरण संरक्षणका क्षेत्रमा नेपालले गरेको प्रगतिका आधारमा ग्रीन फाइनान्स तथा कार्बन न्यूनीकरणमा पुर्‍याएको योगदानबापत थप सहुलियत पाउनुपर्ने बताए।

दिगो विकासका लागि नेपालले गरेको सार्थक प्रयासको लाभ नेपालले मात्रै प्राप्त गर्ने नभई संसारभरले नै उपभोग गर्न पाउने र समग्र पृथ्वीको हितका लागि नै हुने मर्मलाई आत्मसात् गर्न पनि उपाध्यक्ष श्रेष्ठले आग्रह गरे। सो सत्रमा अर्थसचिव मधुकुमार मरासिनी, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष आशिष् गर्गलगायतले हरित अर्थतन्त्र र त्यसका आयामबारे धारणा राखेका थिए । 

डिल्लीरामलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको दाबी गर्ने खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

गिरीबन्धु टी स्टेटको ७० बिघा जग्गा कांग्रेसले बचेर कमिसन खायो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टी(स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन् ।संसदीय दलको बैठकलाई सम्बोधन गर्दै काँग्रेसले घरीघरी उठाउने प्रयास गरिरहेको यो विषयमा ७० बिघाको कुरा पनि समेट्न सुझाए । उनले भने, ‘काँग्रेसले एमालेको सन्दर्भमा टिप्पणी गर्दा ख्याल गरोस्, जुन गिरीबन्धु टी–स्टेटको कुरा छ, नेपाली काँग्रेसले एक पटक ५१ बिघा, अर्को पटक १९ बिघा कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको छ । त्यही टी स्टेट पछि अदालतले नियम र ऐन बनाएर मात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेशबमोजिम हामीले ऐन बनाएका हौँ ।’उनले अदालतको आदेशपछि आफूले नियममात्रै बनाएको बताए। ओलीले भने, ‘त्यसको कार्यान्वयन भएको छैन । त्यो नियममा विभिन्न सर्तहरू राखिएको छ, ती सर्तहरू पूरा भएर यो ठाउँको जग्गा सट्टापट्टा गर्ने यो ठाउँको बिक्ने भनिएको पनि छैन । अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढीको त्यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि ! दिन चाहिँ मिल्छ तर यसको अपरिपक्वता देखियो । हामी सम्मानित अदालतको सम्मान गर्छौँ । अदालतको फैसला मानेर कहिले जेल जीवन बिताएका छौँ, अन्यायपूर्ण फैसला भोगेर कहिले विभिन्न मुद्दा भोगेका छौँ, कहिले सरकारबाट हटेका छौँ तर, पनि हामीले अदालतको सम्मान गरेका छौँ । म आग्रह गर्छु, न्यायमूर्तिको कुर्सीमा बस्दा होस् वा अर्को काम गर्दा एक जना न्यायाधीशले रिटायर्ड भएपछि बालुवाटार त छावा हो त्यहाँ त हात्ती छ भन्नुभयो त्यो हात्तीको दुई वटा छावा बिक्री गरेको बेलामा श्रीमान् कहाँ हुनुहुन्थ्यो ?

सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने एमालेको निर्णय

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन् । आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ । एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने निश्चित भएको छ।विश्वासको मत दिए पनि एमालले सरकारमा भने तत्काल सहभागी नहुने जनाएको छ । २१ र २२ गते प्रदेशसभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको थियो।

सहकारी प्रक्ररणमा गृहमन्त्रीको संलग्नता छानबिनको माग गर्दै नेविसंघ सडकमा

काठमाडौँ । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकाले छानबिन समिति गठन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।  कांग्रेसले सोहि माग राखेर संसद अवरुद्ध गर्दै आइरहेका बेला भातृ संगठन पनि सडकमा उत्रिएको हो । प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका प्ले कार्ड बोकेका थिए ।

लोकप्रिय