वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय

वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रले वैशाख १५ हुन लागेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१)मा उम्मेदवारी दिने निर्णय गरेको छ।

बुधबार बसेको पदाधिकारी बैठकमा उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निर्णय गरेको भएपनि उम्मेवार छनोट भने भै नसकेको प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।

साझेदारीमा बनाइने, कीर्तिपुरलाई स्तरोन्नति गरिने

काठमाडौं । सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्ध रंगशाला तीनवटै तहका सरकारको साझेदारीमा अघि बढाइने बताएका हुन् । “चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निमार्ण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । कीर्तिपुर रंगशालाको स्तरोन्नतिसहित थप निमार्ण कार्य प्राथमिकताका साथ अघि बढाइनेछ,” राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, हेर्नुहोस् पूर्णपाठ

  काठमाडौं । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ

सरकारले घोषणा गर्‍यो सूचना प्रविधिको दशक

काठमाडौं । सरकारले अबको दशकलाई सूचना प्रविधिको दशक घोषणा गरेको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सरकारको नीति तथा कार्यक्रम अनुसार सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारको रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने भएको हो । 'सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकसित गरिनेछ,' नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पौडेलले भनेका छन् ।

ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गरिने

  काठमाडौं । सरकारले ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालमै अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरिने बताएका हुन्। 'अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरी अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र, राहदानी जस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै हुलाक सेवालाई पुनर्संरचना गरी सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्धता गर्ने नीति पनि ल्याइएको छ ।

लोकप्रिय