लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

काठमाडौं। मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो । 

लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा ४० करोड बराबर लगानी गरिने शाहले जानकारी दिए । डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोत साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए। रासस   

डिल्लीरामलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको दाबी गर्ने खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

गिरीबन्धु टी स्टेटको ७० बिघा जग्गा कांग्रेसले बचेर कमिसन खायो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टी(स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन् ।संसदीय दलको बैठकलाई सम्बोधन गर्दै काँग्रेसले घरीघरी उठाउने प्रयास गरिरहेको यो विषयमा ७० बिघाको कुरा पनि समेट्न सुझाए । उनले भने, ‘काँग्रेसले एमालेको सन्दर्भमा टिप्पणी गर्दा ख्याल गरोस्, जुन गिरीबन्धु टी–स्टेटको कुरा छ, नेपाली काँग्रेसले एक पटक ५१ बिघा, अर्को पटक १९ बिघा कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको छ । त्यही टी स्टेट पछि अदालतले नियम र ऐन बनाएर मात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेशबमोजिम हामीले ऐन बनाएका हौँ ।’उनले अदालतको आदेशपछि आफूले नियममात्रै बनाएको बताए। ओलीले भने, ‘त्यसको कार्यान्वयन भएको छैन । त्यो नियममा विभिन्न सर्तहरू राखिएको छ, ती सर्तहरू पूरा भएर यो ठाउँको जग्गा सट्टापट्टा गर्ने यो ठाउँको बिक्ने भनिएको पनि छैन । अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढीको त्यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि ! दिन चाहिँ मिल्छ तर यसको अपरिपक्वता देखियो । हामी सम्मानित अदालतको सम्मान गर्छौँ । अदालतको फैसला मानेर कहिले जेल जीवन बिताएका छौँ, अन्यायपूर्ण फैसला भोगेर कहिले विभिन्न मुद्दा भोगेका छौँ, कहिले सरकारबाट हटेका छौँ तर, पनि हामीले अदालतको सम्मान गरेका छौँ । म आग्रह गर्छु, न्यायमूर्तिको कुर्सीमा बस्दा होस् वा अर्को काम गर्दा एक जना न्यायाधीशले रिटायर्ड भएपछि बालुवाटार त छावा हो त्यहाँ त हात्ती छ भन्नुभयो त्यो हात्तीको दुई वटा छावा बिक्री गरेको बेलामा श्रीमान् कहाँ हुनुहुन्थ्यो ?

सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने एमालेको निर्णय

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन् । आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ । एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने निश्चित भएको छ।विश्वासको मत दिए पनि एमालले सरकारमा भने तत्काल सहभागी नहुने जनाएको छ । २१ र २२ गते प्रदेशसभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको थियो।

सहकारी प्रक्ररणमा गृहमन्त्रीको संलग्नता छानबिनको माग गर्दै नेविसंघ सडकमा

काठमाडौँ । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकाले छानबिन समिति गठन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।  कांग्रेसले सोहि माग राखेर संसद अवरुद्ध गर्दै आइरहेका बेला भातृ संगठन पनि सडकमा उत्रिएको हो । प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका प्ले कार्ड बोकेका थिए ।

लोकप्रिय