वाइवाई चाउचाउविरुद्ध झुटा प्रचार भएको चौधरीको दावी

वाइवाई चाउचाउविरुद्ध झुटा प्रचार भएको चौधरीको दावी

काठमाडौं । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो उत्पादन वाइवाई चाउचाउलाई बदनाम गराउने हर्कत भइरहेको दावी गरेका छन्। यसविरुद्ध गरिएको गलत प्रचार गरिएको जिकिर गर्दै उनले भ्रममा नपर्न उनले आम उपभोक्तालाई आग्रह पनि गरेका छन्।  

केही दिनअघि वाइवाई चाउचाउमा अखाद्य वस्तु भेटिएको चर्चा चर्चा चलेको थियो। 

चौधरीले आफूहरूले आईपीओमा जाने घोषणा गर्नासाथ वाइवाई ब्रान्डलाई बदनाम गर्न झुटा प्रचार सुरु गरिएको दाबी गरेका छन्।  

वाइवाई चाउचाउ उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील रहेको उनको दावी छ। 

उनले भनेका छन्, ‘अचम्मकै कुरा भन्नुपर्छ– वाइवाई विश्वभर लोकप्रिय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून् ।’ 

निर्देशक चौधरीले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दै यदि कसैलाई कारखानामा भ्रमण गर्न मन भए स्वागत गरिने उल्लेख छ ।

चौधरीको वक्तव्यको पूर्णपाठः 

वाइवाई नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्रान्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरूमा फैलिँदै गएको छ। हालै जब हामीले आईपीओमा जाने घोषणा गर्‍यौँ, त्यसपछि वाइवाई ब्रान्डलाई बदनाम गर्ने प्रयासस्वरूप केही गलत हर्कतहरू भइरहेका छन् भन्नेमा कुनै शंका छैन। चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन्। जसमा वाइवाईलाई निशाना बनाइएको छ। हामीले पटकपटक भनेका छौँ कि वाइवाईले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ। खाद्य प्राविधिज्ञहरूले वाइवाईको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्।

अचम्मकै कुरा भन्नुपर्छ वाइवाई विश्वभर लोकप्रीय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छरु हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून्। त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।

आजदेखि यी स्थानमा दैनिक ६ घण्टा बिजुली नआउने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चार दिन ६ घण्टा बिजुली कटौती हुने भएको छ।  नेपाल विद्युत् प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारीका अनुसार जेठ ३, ५, ६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।  रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहीबार नयाँबजार, खुसिब, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। शुक्रबार सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल टेक, पुष्पलाल पार्क, ढल्कु क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा बिजुली कटौती हुनेछ।  त्यस्तै जेठ ६ गते काष्ठमण्डप भीमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल र चिगमंगल तथा ८ गते भीमसेनस्थान, काष्ठमण्डप त्रिपुरेश्वर टेक, पचली भैरव मन्दिर, बम्सीघाट, सबलबहाल र त्रिपुरेश्वर, विश्व निकेतन स्कुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। 

आज सीता उत्पत्ति दिवस : रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

काठमाडौँ । आज  वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।  त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा  खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको  छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ ।  भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न धार्मिक ग्रन्थमा उल्लेख  छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ ।  जनकपुरमा जानकी नवमीको रौनक सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा मेला लागेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा जगत्जननी माता जानकीको जन्मोत्सव धुमधामका साथ मनाइँदै गरेको जनकपुरबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । जानकी नवमीका अवसरमा जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ ।यसै अवसरमा शुक्रबार मिथिलाञ्चलमा दीपावली गरिने छ।  । देशका विभिन्न भागका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन् । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा प्रारम्भ हुनेछ । जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको नेतृत्वमा हुने शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता हुनेछ ।

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं ।आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज मंगलबार दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा नियमित ऐजेण्डाका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते

पाल्पा । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ। नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजिव सुनारी र सोही वडाका  २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।  उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। उक्त जिपमा सवार अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस्तै जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेको नवलपरासीको अस्पतालमा उपचार जारी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

लोकप्रिय