सुन्दर महानगर बनाउने माओवादी केन्द्रको प्रतिबद्धता

सुन्दर महानगर बनाउने माओवादी केन्द्रको प्रतिबद्धता

काठमाडौँ, वैशाख २५ । ललितपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले प्रचारप्रसारको क्रमलाई तीव्र पारेसँगै आफ्नो प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् ।

माओवादीका तर्फबाट नगरप्रमुखका उम्मेदवार दिनेश महर्जनले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा प्रमुख जोड दिने बताउनुभयो । उहाँले ललितपुरका विभिन्न स्थानमा १५ श्ययाको अस्पताल बनाउने र निःशुल्क उपचारको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विपन्न परिवारका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, खानेपानीको समस्या समाधान गर्ने, व्यवस्थित सहरीकरण, सफा र सुन्दर शहर बनाउनेलगायत आफनो योजना रहेको बताउनुभयो ।

“ललितपुर महानगरलाई पाँच वर्षभित्रमा ठूलो परिवर्तन गर्छौं”, उहाँले भन्नुभयो, “जसको नीति उसकै नेतृत्व भन्ने एजेन्डाका साथ जनतामाझ गएका छौँ,” महर्जनले भन्नुभयो । ललितपुर महानगरभित्र जातीय छुवाछूत, सामाजिक विभेदको अन्त्य गर्ने योजना रहेको भन्दै उहाँले ऐतिहासिक ललितपुर, पाटन तथा अन्य क्षेत्रको एकीकृत विकास गर्ने योजना रहेको बताउनुभयो ।

भौतिक पूर्वाधार निर्माणमा जोड दिएको माओवादी केन्द्रले पहिलो पटक उपमहानगरबाट महानगरमा प्रवेश गरेको ललितपुरलाई व्यवस्थित बनाउनु नै पहिलो सर्त रहेको महर्जनको भनाइ छ । महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनिको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली ग्यास निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने महर्जनका योजना छन् ।

यस्तै ढलको पानी प्रशोधन गरेर मात्रै नदीमा खसाल्ने प्रणालीको विकास गरिने प्रतिबद्धतामा उल्लेख गरिएको छ । ललितपुर महानगरपालिकालाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने आफ्नो पार्टीको योजना रहेको महर्जनले बताउनुभयो । ललितपुर धुलोमैलोमुक्त, फोहोरमैलामुक्त बनाउने योजना अगाडि सारिएको छ । महानगरमा निःशुल्क वाइफाईको व्यवस्था तथा ज्येष्ठ र गरिबीको रेखामुनि रहेका नागरिकलाई जीविकोपार्जन गर्नसक्ने गरी आजीवन भत्ताको व्यवस्था गरिने महर्जनले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा आम नागरिकलाई सहज एवम् सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने, निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

यस्तै उपप्रमुखका उम्मेदवार हसिना शाक्यले अन्य राजनीतिक दलको भन्दा आफ्नो पार्टीको व्यावहारिक र वस्तुनिष्ठ योजना अगाडि सारिएको बताउनुभयो । “हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अगाडि सारेका छौँ । सरकारले अगाडि सारेको उज्यालो नेपालको अभियानलाई थप व्यावहारिक रुपमा अगाडि बढाउनेतर्फ नै हामी केन्द्रित छौँ,” उहाँले भन्नुभयो ।

अत्यधुनिक सिटी हल निर्माण गर्ने, सबै वडाका मुख्य स्थानलाई वाइफाई जोन बनाउने, युवाका लागि स्वरोजगार कार्यक्रम ल्याउने, सुरक्षाका लागि चोकचोकमा सिसी क्यामरा जडान गर्ने, खोलानाला सफाइ तथा पार्क निर्माण गर्ने, बालबालिका र वृद्धवृद्धाका लागि मनोरञ्जनस्थल निर्माण गर्नेजस्ता योजना माओवादी केन्द्रका उम्मेदवारले अगाडि सारेका छन् ।

ललितपुर महानगरका लागि कुल १६७ जनप्रतिनिधि चयन हुनेछन् । त्यसका लागि २६० मतदान केन्द्र तोकिएको छ ।

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय