बिहीबार रातिदेखि मौन अवधि सुरु भएकाे स्मरण गराउँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले त्यसपछि पनि केही दल र तिनका कार्यकर्ताले प्रचारप्रसार जारी राखेको भन्दै आपत्ति जनाए ।
राजधानीमा सहन्यायाधिवक्ता खेमराज ज्ञवालीको किताब ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’ को विमोचन कार्यक्रममा यादवले भने, ‘कुनै गलत कामकारबाही भए हामी पनि कारबाही गर्न अग्रसर छौं । तपाईंहरूले पनि प्रचारप्रसारमा आउने उम्मेदवारलाई निरुत्साहित गरिदिनुहोस् ।’