एक रुपैयाँ उठाएर पाइलट अध्यायन (भिडियो सहित)

काठमाडौं । भरतपुर चितवनमा रिटर्नी सेन्टर नेपालको राष्ट्रिय सम्मेलन चल्दै गर्दा सम्मेलन स्थल बाहिर केहि युवा अकस्मात आए र आफुले ल्याएको ब्यानर भित्तामा टाँगे । व्यानरमा लेखिएको थियो, ‘पाइलट अध्ययनका लागि रु. १/– अभियान’ । सँगै अगाडि टेबुलमा एउटा खुत्रुके आकारको टोकरी राखियो । टोकरीमा लेखिएको थियो ‘1 Rupee campaign for Pilot study’  
सेतो सर्ट र कालो पाइन्टमा सजिएका एक किशोर कुर्चीमा बसे । अर्को एक जनाले चाँही कापी र कलमले टिप्न थाले । वरपर रहेकाहरुले टोकरी पैसा राख्न थाले । १०, २०, ५०, १००, ५०० र १००० का नोठहरु मान्छेहरु राखिरहेका थिए । 
दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर २ का दिपेन्द्र घिसिङलाई पाइलट पढ्न मन लाग्यो तर आर्थिक अवस्था कमजोर । परिवारबाट केही सहयोग होला भन्ने थिएन । दिपेन्द्रले भने, ‘बुवाले पनि अर्कैसँग विहे गर्नुभयो, आमाले पनि अर्कैसँग विहे गर्नुभयो ।’ पाइलट बन्नका लागि परिवारबाट सहयोग नपाउने भएपछि उनी सरकारको आशामा रहे । उनले थपे, ‘तिनै तहको सरकारमा मेरो लक्ष्य पुरा गराउनका लागि पहल गरें तर वर्ष वितेपनि कुनै रेस्पोन्स (प्रतिक्रिया) आएन ।’ पाइलटका लागि ८१ लाख रुपैयाँ खर्च हुने भएपछि उनलाई एउटा जुक्ति लगाए, एक रुपैयाँ उठाउने । पाँच महिना अगाडि उनले यो अभियान सुरु गरे । काठमाडौं, काठमाडौं आसपास, पोखरा र चितवनमा उनी यसरी नै एक रुपैयाँ अभियानमा निस्किए । ‘पाच महिनाको अवधिमा ७६ लाख रुपैयाँ जम्मा भयो । अब एक महिना भित्रमा पाँच लाख पु¥याउनुछ ।’, दिपेन्द्रले सुनाए । ‘एक रुपैयाँ अभियान हुँदै गर्दा एक रुपैयाँ नै कतिले दिएका छन् त ?’ प्रश्न सुनेपछि दिपेन्द्रले भने, ‘चार सय जना जतिले एक रुपैयाँ दिनुभएको छ ।’ 
कसले कति दिएको भनेर दिपेन्द्रले एक जना सहयोगी सहित नाम र फोन नम्बर टिप्ने गरेका छन् । उनका अनुसार फागुन मसान्तसम्ममा ६ हजार पाँच सय जनाबाट रकम उठेको छ । पाइलट अध्ययनका लागि धेरै दिनेले पाँच लाख सम्म आफुलाईसहयोग गरेको दिपेन्द्रले जानकारी दिए । 
काठमाडौंमा ग्राउण्ड क्लास पढिरहेका दिपेन्द्र आफु पाइलट बन्नेमा ढुक्क छन् ।  
विद्यालय तहमा दिवा खाजा र सुधारका केही कुरामा बहस भएपनि उच्च शिक्षाका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको दिपेन्द्रको बुझाइ छ । उनी भन्छन्, ‘यो उच्च शिक्षामा सुधार गर्नका लागि विद्रोह पनि हो । भिडियो हेर्नुहाेस् ।

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड(भिडियो)

पुस १५, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले तमू (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको औंल्याए । प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए। उनले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको समेत बताए । प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्ण पाठ यस प्रकार छ सबैभन्दा पहिले स्वदेश तथा विदेशमा रहनुभएका तमु लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा तमू ल्होसराई आशिमला ९शुभकामना० टक्राउन चाहन्छु । तमू (गुरुङ) समुदायको मान्यतामा १४ पुसको रात सबैभन्दा लामो र चिसो रात हो । १५ पुससँगै दिन लामो हुँदै जान्छ । धर्तीमा नयाँ बोट–बिरूवा उम्रन थाल्छन् । वर्षको सबैभन्दा छोटो दिनको अन्त्य र लामो तथा न्यानो दिन आगमनको खुसियालीमा नयाँ वर्ष मनाउने परम्परा कायम हुन पुग्यो । अन्ततः यही परम्परा नै ल्होसार अर्थात् नयाँ वर्ष हो । ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्व मानिन्छ । पृथ्वीको ढल्काइअनुसार उत्तरी गोलाद्र्धमा सूर्य करिब साढे २३ डिग्री दक्षिणी अक्षांशमा पर्दा पृथ्वीको उत्तरी गोलाद्र्ध सूर्यको किरणबाट सबैभन्दा टाढा पर्छ । सूर्य प्रकाश मात्र होइन, तापको पनि मुख्य स्रोत हो । त्यसैले यो बेला पृथ्वीको उत्तरी गोलाद्र्धमा रहेका मुलुकहरूमा धेरै चिसो महसुस हुन्छ । यस मौसममा नेपालसहित चीन, मंगोलिया, भियतनाम, कोरिया, भुटान, थाइल्यान्ड, बर्मालगायतका देशमा पनि ल्होसार पर्व मनाइन्छ । यद्यपि ल्होसारलाई पुकार्ने नाममा भने ती देशमा विविधता भेटिन्छ । नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई कहीँ न कहीँ अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पाइन्छ । प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्ता गरेर सामूहिक ल्होसार मनाउनुको पछाडि पनि यही उद्देश्य सन्निहित छ । म पनि सम्भव भएसम्म तपाईहरूसँगै ल्होसार पर्वमा सहभागी हुने गरेको छु । एक वर्षपछि फेरि यही मञ्चमा आएर शुभकामना साटासाट गर्न पाउँदा खुशी लागेको छ । २०५८ सालदेखि १५ पुसमा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो । ०६२/६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाले पनि बीचमा सार्वजनिक बिदा कटौती गरिएको थियो । तर अहिले सार्वजनिक बिदा दिन थालिएको छ । नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको छ । संविधानको यही मर्म र भावनालाई गहिरोसँग आत्मसात गर्दै राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो । नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ बसोबास गर्ने सबै जाति÷जनजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो । नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति हो । यो ल्होसार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरूवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ । ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्दछ । विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत हो । यस विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतीहरुको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ । नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहन्छ । यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ । तसर्थ, देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो । अन्त्यमा, यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन हामी सबैमा उत्प्रेरणा पैदा हुने विश्वासका साथ फेरि एकपटक तमु जाति लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद । 

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय(भिडियो)

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन् । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने भन्ने निर्णय भएको छ । यस अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने भन्ने छ,” उनले भनिन् । शर्माले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती भएको बताइन् । प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भनेको र सोही अनुसार भएको उनले बताइन । 

गायिका तारा र गायक हरिरामको ‘कस्तो लोकतन्त्र ?’ गीतको भिडियो सार्वजनिक

न्यू अञ्जना डिजिटल मिडियाको प्रस्तुति नेपालको समसामयिक घटना क्रमलाई समेटेर अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा गायिका तारा थापा र गायक हरिराम बिसीको आवाजमा मौलिक वास्तविक जनजीविकाको भोगाईमा आधारित गीत ‘कस्तो लोकतन्त्र ?’ को भिडियो सार्वजनिक भएको छ । नेपालमा ब्याप्त भष्टचार, बलात्कार र आतंकको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा यम थापाको एरेन्ज, मानबहादुर बरालको मिक्सिङ रहेको छ । दिपक गिरीको छायाँकन, प्रकाश एसकेको सम्पादन, निशान एसकेको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्मबमोजिम अर्जुन र ताराको अभिनय रहेको छ । ‘कस्तो लोकतन्त्र’ गीतको भिडियो हेर्नुहोस

प्रकाश कसरी भए यति लोकप्रिय, सुन्नुहोस् अडियो

काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता प्रकाश दाहालको आज पहिलो स्मृति कार्यक्रम मनाइएको छ । उनको स्मृति कार्यक्रम दाहाल निवास खुमलटारमा मनाइएको हो । प्रकाशको गत वर्षको मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो । आज उनको पहिलो स्मृति सभामा उनको जीवनी समेटिएको स्मृति स्मारिकासमेत विमोचन गरिएको छ । स्मारिकामा प्रकाशको योगदान तथा जीवनीबारे चर्चा गरिएको छ । प्रकाशबारे विभिन्न टिका-टीप्पणी उठ्ने गरेका थिए । आँखिर प्रकाश दाहाल काे हुन् ? हेर्नुस् तथा सुन्नुहोस् यो भिडियो-अडियो

हेर्नुहोस् यो अामाप्रतिको मार्मिक गीत (भिडियोसहित)

बुहारीको सासुले घर छोडेर हिँडेपछि छोरा खोज्न हिँडेको छ । एकपटक सबैले सुन्नैपर्ने यो मार्मिक गीतको यो भिडियो-

मुखै रसाउने ‘स्ट्रीट फुड’ (हेर्नुहोस् भिडियोसहित)

कस-कसले खानुभएको यस्ता अनौठा खाना ? यस्ता ‘स्ट्रीट फुड’ स्वादका लागि मात्र प्रसिद्ध छैनन् यिनलाई बनाउनेहरूको सिप पनि मान्नै पर्ने खालको हुन्छ  । थोरै समयमा छिटोभन्दा छिटो अचम्म लाग्दा स्वादिला व्यंजन तयार गरी अाफ्ना ग्राहकलार्इ खुवाएर खुशी पार्ने गर्दछन् यी भान्सेहरुले । तलको भिडियो हेर्नुहोस्-

‘छक्का पञ्जा १’ को भिडियो युट्युबमा सार्वजनिक

सुपरहिट नेपाली चलचित्र ‘छक्का पञ्जा’ को  निर्माता दिपकराज गिरी र दिपाश्री निरौलाले गरेका हुन् । उक्त चलचित्र प्रदर्शनले व्यापक सफलतासँगै अार्थिक अार्जन गर्न पनि सफल भएको छ । त्यसैले यो चलचित्र ज-जसले हेर्नुभएको छैन, जस जसलार्इ हेर्न मन अझै छ भने अब कुनै चिन्ता नगर्नुहोस् । समाचारहरुसँगै रमाइलो पृष्ठभूमि रहेको एभरेष्टदैनिकडटकमकाे यो साइटबाट रमाइला तथा मनोरन्जनात्मक विभिन्न भिडियोहरु हेर्न सक्नुहुने छ । हेरौं भिडियो-

अब यसबाटै अाफूलार्इ मनपर्ने चलचित्र हेर्नुहोस् (भिडियोसहित)

समय निकालेर हलसम्म पुगेर अाफूलार्इ मन परेको चलचित्र हेर्न नपाउनेहरुले अब कुनै चिन्ता नगर्नुहोस् । अब एभरेष्ट दैनिकको साइटबाटै अाफूलार्इ मनपरेको चलचित्र हेरी मनोरन्जन गरौं । साउथ इण्डियन चलचित्र ‘स्पाइडर’को यो भिडियो हेर्नुहोस्-

घरैमा बसी पेडा कसरी बनाउने ? (भिडियोसहित)

दैनिकजसो पूजाअाजा गर्न पेडा पनि विशेष चढाउने गरिन्छ । मानिसहरु जुनसुकै बेलामा पनि पेडा खान मनपराउँछन् । सबैलार्इ कौतुहल पनि लाग्न सक्छ कि पेडा घरैमा बसीबसी कसरी बनाउने होला भनेर ? हेरौं तलको भिडियो र बनाउने तरिका सिकौं । हेर्नुहोस् भिडियो-

गायक राजेन्द्रको यो ‘ए भुन्टे’ गीत (भिडियोसहित)

गायक राजेन्द्र भट्टको ‘ए भुन्टी’ गीतको यो रमाइलो भिडियो हेरौं । युट्युबमा सार्वजनिक भएको यो गीत हेर्नेको संख्या तेह्र लाख सत्चालीस हजार छपन्न पुगिसकेका छन् । हेर्नुहोस् भिडियो-

तिब्तेन खानेकुरा लाफिङ्ग बनाउने तरिका (भिडियोसहित)

बौद्ध, जोरपाटी, सुपरमार्केट र भाटभटेनीहरुमा अहिले व्यवसायीका रुपमा निकै फस्टाइरहेको छ यो लाफिङ । बनाउन सजिलो, खाँदा मीठो बनाउन त्यति समय पनि नलाग्ने भएकाले धेरैले यसको व्यवसायी सुरु गरिरहेका छन् । कस-कसलार्इ मनपर्छ लाफिङ्ग ? लाफिङ्ग खाँदा जुन स्वाद हुन्छ, सायद त्यो स्वादका कारण धेरैलार्इ यो कसरी बनाउँछ भन्ने जिज्ञासा पनि लागेको हुन सक्छ । केबाट बनाउँछ, कसरी बनाउँछ अादि जस्ता कुराहरुको जिज्ञासा धेरैलार्इ भएको हुनुपर्छ । अाअौं अाज हामी लाफिङ्ग कसरी बनाइन्छ भन्ने कुरा थाहा पाइराखौं । कहिलेकाहीं घरैमा बसेर पनि बनाएर खान सकिन्छ । हेर्नुहोस् यो भिडियो-

चलचित्र ‘Blind Rocks’ को गीतको भिडियो हेर्नुहोस्

समाजमा दृष्टिविहीन भनेर हेला नगरौं, सबैको साथ पाउन सके दृष्टिविहीन पनि अरुसरह जस्तै अगाडि बढ्न सक्छ भन्ने कुरालार्इ प्रमाणित गर्न सफल भएकी छिन्  दृष्टिविहीन सुष्मा केसी । उनकै कथामा अाधारित निर्देशन गरेका नयाँ नेपाली चलचित्र Blind Rocks काे यो गीतको भिडियो हेर्नुहोस्-