कविता : कमरेडसँग कमरेड !

हत्तेरिका कमरेड !
अप्ठेरो नमान्नू न
अलिअलि कस्तो कस्तो लागिहाल्छ नि
नयाँ नयाँमा यस्तै हो कमरेड
हल्का अन इजी हुन्छ हुन्छ !

अलिअलि अप्ठेरो त
तपाईलाई पहिलो पटक
बन्दूक ब…

‘हो म फेरीएकी छु, फर्कीएकी छु, आफ्नै पारामा’

‘हो म फेरीएकी छु ,फर्कीएकी छु, आफ्नै स्वभावमा, आफ्नै रुपमा । ’ खडेरीको लेपहरुले विलाएका यी ओठहरु, फेरी मन्द मुस्कुराउन थालेछन् । निरासाका बेगहरुले थुनिएका यी नयनहरु, फेरी आफनै प्रकाश छर्न थालेछन् । जर्रजर्र परेर गुट्मुटीएका यी केशहरु, फेरी बताससंग भलाकुसारी गर्न थालेछन् । थकित भई दुनियाँसंग एक्लिएका यी पाइलाहरु एकाएक स्वतन्त्रताको लागि चल्न थालेछन् । कठोर हृदयमा पनि अब प्रेमको अंकुर पलाउनु थालेछन् । यस्तै यस्तै अनेक परिवर्तनले म आफैँलाई ‘आफुँ’ महसुस गर्दैछु । ‘हो म फेरीएकी छु, फर्कीएकी छु । आफ्नै पारामा । ’

गजल

केशव लम्साल घमण्ड किन आखिर भुमरिमा पर्ने नै हो ओइलिएको फूलझैँ एक दिन मर्ने नै हो । धन, बुद्धि, रवाफ तिम्रो सुकि जाला उमेरसँगै थमाइदिन्छ भार शिरमा जसो भन्यो गर्ने नै हो । मुजा पर्लान् निधारमा, फुलि जाला काला केश मिलेको त्यो दन्तलहर पात जस्तै झर्ने नै हो । भो छोड रिस राग मोह त्यो जिन्दगीको त्यही मोहमा भुल्दै गर्दा काल आई हर्ने नै हो ।

कविता: बा

केशव लम्साल उमेर डाडामाथिको जून बने पनि स्मृतिका गराहरू भत्किएका छैनन् बुबाका आँखामा अझ बढी पावरको चस्मा भिरेर सभ्यता र संस्कृतिको आँखिझ्यालबाट सत्व ज्ञान खोज्दै गर्व गर्छन आज पनि बा किनकि उनकै मुखारबिन्दले सारा गाउँबासीलाई सिकाएको थियो संस्कार, धर्म, रीति अनि कर्मकाण्डको पाठ । मुजैमुजाले भरिएको उनको चिल्लो लालटभित्रको जालैजालोले बेरिएको मस्तिष्कले भुलेको छैन बाटो चौरासीको उत्सब मनाउँदैमा मेटिने होइन छातीमा कोरिएको मानचित्र र चाहुरिने होइन विवेक मरिच बनेर त्यसैले त बा कर्मलाई मात्रै मान्छ्न धर्म उनको चेहेरामा फुलेका छन पुराण, गीता, महाभारत र चाणक्य उनका पाकेका केशमा हिमाली सभ्यताले लगाएको छ गुँड उनको लामो खोकीको ध्वनिमा दिगन्त फैलिएका छन भरोसाका भारी महाबाणीहरू। बालाई बा नमानेर सन्तानहरूले सभ्यताको आँखिझ्याल भत्काएपछि रज र तमको लौरो टेकेर सत्व गुणको उपहास गरेपछि बा आत्तिएका हुन् कड्किएका हुन् तर बहुलाएका होइनन् कलिका मान्छेको मुटु छाम्दै भनेका हुन् बालेस् हुँदा हुन् यहाँ बुद्ध, युधिस्ठिर अनि मुरको युटोपिया सपना इलिएटको वेस्टल्याण्ड र दुर्योधनको हस्तिनापुर बिपना तर बालाई बुझेका छैनन् कसैले जीवनको गति छोडेर एक कोसो केरामा छलेर आँखा, लम्क्याएर हात, बिर्सेर नैतिकता लडिरहेका सन्तान हेरेर बुझिरहेछ्न बा मान्छेहरूमा विवेक सकिएपछि खोज्दा रहेछन् असंगत परिचय स्थापित गर्न अनि बरम्यानले भनेजस्तै आधुनिक हुन परमधाममा टिकट काट्नै लाग्दा आधुनिक शहिदको मोहमा डुब्न तर बा भगीरथ प्रयासमा छ्न सन्तानलाई असंगत शहिदको नामको सूचीमा नराख्न।

कविता: माटो

महेश क्षितिज खुला आकाशमा उडेँ म जब स्वतन्त्र हुने रहरले लाग्यो मलाई तब सिन्धुसरि फिजारिएका चाहना सीमित हुँदा रहेछन् साँघुरो आकाश विन्दुमा। मेरो चाहनाको कित्ता वा भनौँ विजीगिषा नभएपछि आकाश उड्दाउड्दै सम्झिएँ मैले ताते गराउँदै आमाले मलाई हिडाएको माटो शैशवकालमा बहिनीसँग सोइसोइला खेलेको आँपको बुटो अहिले भइदिए यहाँ के चाहिन्थ्यो मलाईरु उड्दा उड्दै थाकेका आँखाले जब देखेँ आमाले अर्घ चढाउने पहाड पनि नाँघेछु मैले जीवन बुझेको नदी पनि छोडेछु नाँघ्नु र छोड्नुको चक्रव्यूहमा मैले मेरो माटोसँगको मायाको गहिरो भुलेछु म त पहाडसँगै अग्लिने मान्छे नदीसँगै बग्ने मान्छे संगतिको धार छोडेर उड्दैछु तब बुझेँ मैलै घर छेउको बाँसघारीको तामाको बिरुवाले शिर नुघाएर माटोलाई गरेको श्रद्दा गर्न बाँकी छ मैले पनि माटोलाई। जब बोध भयो मलाई मेरो टेक्ने डाली हो माटो मैले चारो टिप्ने आँगन हो माटो म आकाश खाएर मेट्न सक्दिनँ भोक म कावा खाएर मेट्न सक्दिनँ तिर्खा तब आउँछ मेरो दिमागमा न्यूटले देखेको भुइँ खस्दै गरेको स्याउ त्यही स्याउको माटो प्रेमले पाठ सिकाउँछ मलाई मेरो प्रमाता,प्रमेय र प्रमाण धर्तीकै माटो हो। उड्दाउड्दै जब आयो सत्व ज्ञान माटोप्रतिको ममा तब फर्किदै गर्दा आकाशबाट माटोमा सोचेँ मैले म माटैका लागि माटैमा जन्मेको मान्छेले माटैमा फर्किनु पर्छ आकाश छुने कुरा व्यन्जनामा हुनु स्वाभाविक हो अविधामा माया माटोको हुनुपर्छ माटोले दिने माया आकाशले दिन सक्दैन माटो र आकाश फरक कुरा हुन् ।

बर्षा र यादहरु (कविता)

दिनमा-रातमा बिहान- साँझ हिउदमा-बर्षामा  कुनै पनि बेला, कुनै पनि ठाउमा गर्जिन सक्छ बादल बर्षिन सक्छ बर्षा । जब बर्षिन्छ, कहिलेकाही यो – खेतमा लहलह फुल्न आँटेको धानको बाला मर्याक मुरुक पार्दै बर्षिन्छ शान्त खोलाहरुलाई उत्ताउलो पारेर गाउ बस्तिलाई जलमग्न पार्दै बर्षिन्छ सौन्दर्य छर्दै बसेका पहाडहरु र मुस्कान बाड्दै गरेका फुलहरुमा कुरुपता भएर बर्षिन्छ जीवन खोज्दै गरेका बिरुवाहरु र सपना खोज्दै गरेका जिन्दगीहरुमा काल भएर बर्षिन्छ । लाग्छ- बर्षा र यादहरु उस्ता उस्तै हुन् । यादहरुको नि कुनै समय हुदैन, मौसम हुदैन कुनै पनि बेला, कुनै पनि ठाउमा दिलको ढोका ढक्ढक्याउदै आईदिन सक्छ यो । जब आउछ, कहिलेकाही यो – छाती जलाउने आगो लिएर आउछ मुटु दु:खाउने घाऊ लिएर आउछ आँखै बिझाउने आसुँ लिएर आउछ दिमाग भताभुङ्ग पार्ने बेहोसीपन लिएर आउछ छुराले आफ्नै नसा काट्ने पागलपन लिएर आउछ र कहिलेकाही यो यमलोकको दरवारमा पुगेर अत्यास लाग्दो मृत्‍युको डोली लिएर आउछ । लाग्छ- बर्षा र यादहरु उस्ता उस्तै हुन् । बर्षा सधैं बिनास र बिकृति मात्र लिएर बर्षिदैन जब बर्षिन्छ, अक्सर यो – बाँझो चिरा परेको खेतहरुमा सिन्चाई भएर बर्षिन्छ नयाँ बिरुवाहरुमा जीवन भएर बर्षिन्छ आगोको राप ओकल्दै गरेको मरुभुमीमा शितलता भएर बर्षिन्छ हिलो सुकेर प्याक प्याक गर्दै मर्न लागेको गोही र भ्यागुताहरुमा सन्जीवनी भएर वर्षिन्छ धुलो र प्यासले काकाकुल बस्तिमा अमृत भएर बर्षिन्छ । र यादहरु नि सधैं आसु र दु:ख मात्र लिएर आउँदैन जब आउछ, अक्सर यो – प्रेम लिएर आउछ खुशी लिएर आउछ मिलन लिएर आउछ आफनत्व लिएर आउछ मिठो पलहरु लिएर आउछ सुन्दर सपनाहरु लिएर आउछ सुनौलो आशाहरु लिएर आउछ । वास्तवमा यादहरु नहुने हो भने माया प्रेम कहाँ हुन्थ्यो होला र ! परिवार र नाता सम्बन्ध नै कहाँ हुन्थ्यो होला र ! सहयोग र सेवा भन्ने कुरा नै कहाँ हुन्थ्यो होला र ! खुशी र उमङ्ग भन्ने कुरा नै कहाँ हुन्थ्यो होला र ! लाग्छ- बर्षा र यादहरु उस्ता उस्तै हुन् । यादहरु नभईदिए – जिन्दगी नै उराठ उराठ हुन्थ्योहोला जसरी बिना बर्षा, बिना पानी सुख्खा र मरुभुमी बन्छ धर्ती । यादहरु नभईदिए – मर्ने थिए होलान् मन भित्रका सबै चाहानाहरु जसरी बिना बर्षा, बिना पानी सुकेर मर्छन् सुन्दर फुलहरु ।                         सुन्दर गुरुङ                         छिनामखु -8, काङ्कांकाङ, भोजपुर                        हाल – बहराइन ।

कविता: ‘परदेशको कुनाबाट’

    ओम प्रसाद फुयाँल अलि पर छ मनले पुज्ने मेरो भगवान उ त्यो लमतन्न सुतेको कन्चनजंगाले क्षितिजलाई छोएर हाँसेको हिमाल सँगसँगै । गुराँस, डाँफे अनि मुनाल छमछमी नाचेको आवाज सुन त लस्करै भारी बोकी हिडेका खच्चरको घाटीमा झुन्डाइएको टिन–टिन आवाज सुन त सेतो फुलेको दाह्री, कपाल लिएर मुसुक्क हाँस्दै छन् सेर्पा बूढा सायद आज खच्चर तिर्खाएको छैन होला । इतिहासले ठगेको मेरो भाग्य रेखा कोर्नु अघि नै खै के गरेछन बाजेहरुले यो धमिलो आँखा, रोएको मनले सधै सगरमाथाको काख सम्झिरहन्छु म पशुपतिको आशीर्वाद अनि स्वयम्भूको आँखा तसर्थ अचेल सुगौली सन्धिले पोलिरेहेछ छटपटी मन शान्ति खोज्दै परदेशको एउटा कुनाबाट मैले पुज्ने भगवान चिहाइरहेछु कन्चनजंगाले क्षितिजसँग लुकामारी खेलेको दिशातिर !

कविता : तीज र बेपत्ता सपना

महेश क्षितिज फेरि आयो हरितालिका तीज अर्थात् शङ्कास्पद व्यक्तिको आरोपमा मेरो खसमलाई गोलीले उडाउँदा मेरो पोते चुडिएको अनि मेरो छोरो सेताम्मै भएको कालो दिन । पन्ध्र वटा वर्ष अगाडि फलामको छातीमा मुटु राखेर पत्थरको सुरक्षाको नाउमा असुरक्षा बाँड्नेहरूबाट रजस्वलै नभएकी बलात्कृत मेरी बाह्र वर्षकी छोरी मारेर बाँसघारीमा फालिएको कालो तिथि । अहिले पाकेर मेरो कपाल भएको छ सेताम्मै चाहुरिएर गालाहरू परेका छन् दश मुजा सिलिभरे भाँडोजस्तेै कुचिनु र थिचिनुको सँस्कृतिमा हेजेमोनाइज्ड भएकी छु वसन्तमै शिशिर सहने मौन रुखजस्तै । छिमेकीका घरमा पाक्दा मिठो मसिनो उडेर आएको बासनाले गला लाग्छ मलाई अनि उघारेर मूल ढोका हेर्छु सबैतिर यी आँखाहरू मोती विन्दुको सिकार भएछन् देख्दिनँ केही बरु सुन्छु गाउँमा गुञ्जिरहेछ तीजको लहर आयो बरिलै । गाँउमा सबैका छोरीहरू बुहारीहरू छड्के तिलहरी लगाएर मस्त नाचिरहेको अनुभूतिले मेरो खाटा बसेको घाउ कोटिन्छ अनि अगेनाको डिलमा बसेर सल्काउँदै पाते बिँडी सम्झन्छु तिथि यही हरितालिकाको दिन हो मेरो छोरालाई बिद्रोहीको आरोपमा मान्छे भन्न नमिल्ने मान्छेहरूले मेरै पोल्टोबाट खोसेर जबर्जस्ती लगेका र मैलै पनि बलात्कार सहनु परेको कालो दिन । उसमा थियो विचार नदीको चाहन्थ्यो ऊ बगाउन विसङ्गतको दुर्गन्ध उसमा थियो भावना चराको चाहन्थ्यो ऊ पुग्न खुला आकाशमा र चाहन्थ्यो ल्याउन मखमली स्वर्गीय खुसी चाहना थियो उसको मेट्ने टुप्पाबाट लेखिएको सम्भ्रान्तीय इतिहास र चाहन्थ्यो लेख्न फेदबाट सीमान्तकृत इतिहास । ढुक्क थिएँ म केही थान उसका सपना पूरा हुन्छन् भन्ने कुरामा विश्वस्त थिएँ म मेरो देशको सरकारले मेरो छोरालाई विद्रोही देख्दैन भन्ने कुरामा काला कुराको समर्थन नगर्दा मेरो छोरालाई मेरो देशको सरकारले ठान्यो विद्रोही र पड्कायो गोली अरुणको बगरमा त्यतिबेला बलात्कृत शरीर सम्हाल्दै मैले सोधेकी थिएँ आफैसँग प्रश्न त्यो गोलीले कुन चाहिँ निर्दोषको जिजीविषा भुटिदियो हँ? फाटेको फरिया दश खाप टालेको चोलो दुलै दुला परेको मजेत्रो फेरिने आशाभन्दा पनि मैले कन्तुरमा राखेको गीता र रामायणलाई छोएर भनेकी थिएँ म सरकार विहीन देशकी मान्छे हुँ भगवान मेरो प्रमिथसलाई बचाऊ ऊ बाच्यो भने ल्याउने छ सन्तोषको दुई मुठी सास बगाउनेछ उसले कालो कानुनको लेदो र झुल्क्याउनेछ सीमान्त छिँडीमा प्रजातन्त्रको चन्द्रमा अनि म बूढी पनि नाच्छु तीजमा । कयौ ऋतु फेरिए कुप्रेर शरीर मेरो नुँघेको बाँस भो मैले सुनेको कथामा चोरेर स्वर्गको आगो प्रमिथस आएको थियो तर आएन लिएर मेरो प्रमिथस क्रान्ति गीत उसले किनेको रेडियोले श्री ५ को सरकारको सट्टा नेपाल सरकार भन्न थालेको छ श्रीमान गम्भीर नेपाली गाउन छाडेर सयौँ थुङ्गा गाउन थालेको छ तर मसँग छ पुरानै मुटु पुरानै घाउ पुरानै आँसुको टाटो पुरानै चीरहरणको मेरो कथा सरकार म केही देख्दिनँ नयाँ त्यो बेला अरुण घाटमा पड्किएको तिम्रो बन्दुकले अब मलाई बिद्रोही देखोस् र मारोस् एउटी आमा होइन भने तिमीले फिर्ता दिन सक्नुपर्छ मेरो सतित्व जुन तिमीले नै लुटेकाछौ र फिर्ता दिन सक्नुपर्छ बिद्रोहीको नाममा तिमीले यही तीजमा दर बनाएर खाएका मेरा खसम र छोराछोरीहरू ।