जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…

काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ ।

घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडा…

मिसकलले बसेको माया, २० वर्षे युवाकी ६० वर्षे दुलही

एजेन्सी । विवाहमा, केटा र केटीको उमेरमा केही भिन्नता त हुन्छ नै । केटाको उमेर नै केटीकोभन्दा बढी हुन्छ । तर प्रेम सम्बन्धको मामिलामा भने जुनकुकै उमेरका दुई व्यक्तिहरु जुनसुकै अवस्थामा र कुनै पनि परिस्थितिमा एक अर्कालाई माया गर्न सक्दछन् भन्ने मान्यता रहेको छ । तर अझै पनि उमेरको हकमा एउटा हद या सीमाको भने कल्पना गरिन्छ नै । भारतको मुरादाबाद जिल्लाको रामपुर भन्ने ठाउँमा भने फरक फरक उमेरका दुइ जनाको प्रेम सम्बन्धका बारेमा सुन्नेहरू नै चकित भएका छन् । रामपुरको सईदनगरका एक जना २० वर्षीय युवाले ६० वर्षीय महिलासँग विवाह गरेको घटना अचेल त्यस क्षेत्रमा चर्चाको विषय बनेको छ । भारतीय राज्य उत्तर प्रदेशको हरदोई भन्ने जिल्ला निवासी उक्त युवक र ती महिलाको प्रेमकहानी विवाहको रूपमा सुखद अन्त्य भएको भएपनि यस घटनाले दुवै परिवारहरू लगायत टोलछिमेकका लागि चर्चाको विषय उपलब्ध गराइदिएको छ । मिसकलले बसेको माया सामान्यतया महिला र पुरुष एक अर्कालाई देखेर आकर्षित हुन्छन् र बिस्तारै त्यो आकर्षण प्रेममा परिणत हुने गर्दछ । तर यी महिला र ती युवाबीच प्रेमको अंकुरण गराउने माध्यम भने मिस्डकल रहेको बताइएको छ । ती युवकले अर्कै ठाउँ लगाउन खोजेको नम्बर असावधानीवश ती महिलाकोमा लाग्न गएपछि दुवै जनाबीच सामीप्यता बढेको र पछि त्यो सामीप्यता प्रेममा परिणत भएको बताइएको छ । कुरो दुई वर्ष अगाडिको हो ।  ती युवकले कहीं आँट नै कुरा गर्न डायल ती महिलाकोमा लाग्न पुग्छ । त्यसपछि दुवैबीच निरन्तर कुरा हुन थाल्छ र उनीहरू सँगै जिउने मर्ने कसम खाने अवस्थामा पुग्छन् । ती महिलाले ती युवकलाई आफ्ना पति मरिसकेको र आफूसँग १२ बिगाहा जग्गा रहेकोले आफूहरूले विवाह गरेपनि आफू युवकसँग जाननसक्ने र दुबैले महिलाकै घर रहेको ठाउँ रामपुरमा बस्नुपर्ने बताएकी थिइन् । महिलाको सर्त मानेर ती युवक गएको शनिबार त्यहाँ पुगेर दुबैले बिवाह गरेर सँगै बस्न थालेको दुबैले बताएका छन् । दुबैले विवाह गरेको थाहा पाएपछि ती महिलाकी छोरी माइत आएर यस विवाहको विरोध गरेकी थिइन् । उनले प्रहरीमा उजुरी दिएपनि विवाह गर्दा सबै प्रक्रिया पुगेको भन्दै प्रहरीले दुबै विरुद्ध कुनै कारवाही नगरेको बताइएको छ ।

पाठेघरबाट निकालियो ५ किलोको ट्युमर !

जलेश्वरः जलेश्वर अस्पतालमा चिकित्सकहरुको एक टोलीले मंगलबार एक सफल शल्यक्रिया गरी पाँच किलोको ट्युमर निकाल्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा जलेश्वर अस्पतालमा भइरहेको निःशुल्क शल्यक्रिया शिविरमा नेपाली सेनाका डा. सुमना थापाको नेतृत्वको टोलीले पाठेघरमा रहेको पाँच किलोको ट्युमर निकाल्न सफल भएको हो । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडानं. ३ खखना बस्ने ६२ वर्षिया काशी देवीको पाठेघरमा रहेको ट्युमरलाई नेपाली सेनाको चिकित्सीय टोलीले सफलता पूर्वक ट्युमर निकालेको हो । डा. थापाले डेढ घण्टाको सफल शल्यक्रियापश्चात आफुहरुको टोलीले सो ट्युमर निकाल्न सफल भएको बताए । उनले नेपाली सेनाले अहिलेसम्म गरेको छ वटा वृहत निःशुल्क शिविरहरुमध्ये पहिलोचोटी यस्तो ठुलो ट्युमर निकाल्न सफल भएको जानकारी दिँदैै शल्यक्रिया पश्चात विरामीको अवस्था सामान्य रहेको जानकारी दिए । शल्यक्रिया गर्ने टोलीमा डा.सुमना थापासहित डा.श्रृजन मल्ल, डा.थानेश्वर रिजाल तथा नर्स रुपा गौतम रहेका छन् । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडानं. ३ खखनामा आयोजित निःशुल्क वृहत स्वास्थ्य शिविरमा चेकजाँचपश्चात उनलाई नेपाली सेनाकै गाडीमा शल्यक्रियाको लागि सोमबार जलेश्वर अस्पताल ल्याइएको थियो । काशी देवीकी बुहारी पवन देवीले तिन वर्षदेखि सासुलाई भारतको भिस्वामा लगेर उपचार गराएको बताइन् । त्यहाँ पेटको शल्यक्रिया गरी केही मासु काटेर ठिक भएको भन्दै पठाएको जानकारी दिँदै त्यसको केही महिनापछि फेरी सासुको पेट बढेको देखेपछि उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगेको जानकारी दिइन् । अञ्चल अस्पतालले चितवनस्थित क्यान्सर अस्पताल रेफर गरेपछि त्यहाँ तिन महिनापछि आउन भनेपछि सासुले डरले उपचार नगराएको बताइन् । मंसिर २७ गतेदेखि शुरु भई पुस ५ गतेसम्म चल्ने सो शिविरमा नेपाली सेनाले चेकजाँचसँगै औषधीहरु पनि निःशुल्क वितरण गरिरहेका छन् भने शल्यक्रिया गरिने विरामीहरुलाई खखनाको शिविरस्थलबाट बसबाट जिल्ला अस्पताल जलेश्वर पठाउने गरेका कारणले बिरामीको संख्या शिविरमा बढेको छ । जलेश्वरस्थित रणभिम गणका गणपति विदुर अधिकारीले तिन दिनमा ४ हजार ८ सय १७ महिला र ३ हजार ६ सय ९८ पुरुष गरी जम्मा ८ हजार ५ सय १५ जनाले स्वास्थ्य उपचार पाएको जानकारी गराउँदै शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई जलेश्वर अस्पतालमा शल्यक्रिया भइरहेको जानकारी दिए । तिन दिनमा जलेश्वरमा ७० जनाको शल्यक्रिया गरिएको छ । गाेरखापत्र

कुखुरा मारेको भन्दै छिमेकीविरुद्ध मुद्दा दर्ता !

काठमाडौंः आफ्नो छिमेकीले कुखुरा मारेकाे भन्दै भारतको विहारमा मुद्दा दर्ता भएको छ । दुर्गावती थाना क्षेत्रको तिरोजपुर गाउँ निवासी कमलादेवीको छिमेकीसँग कुनै अन्य विषयमा विवाद भएको थियो । दुई दिनदेखि विवाद चलिरहेपछि रिसै रिसमा कमलादेवीको एउटा कुखुरालाई उनको छिमेकीले समातेर मारिदिए । त्यसपछि कमलादेवी प्रहरी चौकीमा उजुरी गर्न पुगिन् । उनले आफ्नो छोराको पनि कुटपिट भएको जाहेरी दिएकी छन् । प्रहरीले दुवै पक्षलाई मिलाउने कोशिस गरिरहेको थानाका इन्चार्जले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । दुवै पक्ष नमिलेपछि प्रहरीले मुद्दालाई अदालत लैजाने तयारी गरिरहेको छ ।

दुई दाना आँप चोरेको भन्दै देश निकाला !

युएईः युएईमा एयरपोर्टभित्र आँप चोरी गरेको आरोपमा एक भारतीय कामदारलाई अदालतले देश निकालाको आदेश दिएको छ । साथै उनलाई ५ हजार दिराम जरिवाना गरिएको छ । गत वर्ष एयरपोर्टभित्र काम गर्ने २७ वर्षीय भारतीय युवकले यात्रुको झोलाबाट दुईवटा आँप झिकेको भन्दै मुद्दा परेको थियो । तर अभियुक्त युवकलाई १५ दिनभित्र आफूविरुद्धको फैसला चित्त नबुझेको खण्डमा पुनरावेदन गर्ने छुट छ । (एजेन्सी)

महिलाको जस्तो हाइ हील लगाएर हिँड्छन् यी पुरुष, यस्तो छ कारण

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बस्ने एश्ले म्याक्सवेल लाम नामक पुरुष महिलाहरूकै जस्तो हाईहील जुत्ता लगाएर अफिस जान्छन् । उनले आफ्नो लूकलाई सुन्दर बनाउन ६ इन्चको हील लगाउने गरेको बताए । उनी एक कर्पोरेट अफिसमा काम गर्छन् र दिनदिनै सुट र टाईका साथ हाई हील लगाएर काम गर्न जान्छन् । आफूलाई हील लगाउँदा राम्रो अनुभव हुने उनी बताउँछन् । यी अर्थविशेषज्ञले एक वर्षअघिसम्म पनि हील लगाउने गरेका थिएनन् । तर एक महिला सहकर्मीले हाई हील्समा आफूलाई शक्तिशाली अनुभव गर्ने बताएपछि उनलाई चित्त बुझेर हाई हील लगाउन थालेका हुन् । हील लगाउन थालेपछि आफू शक्तिशाली भएको उनले बताए । उनीसँग नौवटा हील जुत्ताको जोडी छ । तीमध्ये कुनै उनी अफिस जाँदा अनि कुनै चाहिँ बाहिर घुम्न जाँदा प्रयोग गर्छन् ।

वृद्धको भेषमा अमेरिका जान लागेका एक युवक पक्राउ

काठमाडौं । भेष बदलेर ८१ वर्षे वृद्ध बनेका एकजना भारतीय युवालाई अमेरिकी सहर न्यूयोर्कका लागि विमान चढ्न लागेका बेला नक्कली राहदानीका साथ पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। ३२ वर्षे जएस पटेललाई भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतवार पक्राउ गरिएको हो। फुलेको दाह्री र मोटो चस्माका साथ पटेलले प्रारम्भिक सुरक्षा जाँच र अध्यागमन विह्वल चेयरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्। शङ्का उनी पक्कै पनि ८० वर्षका थिएनन्। उनको छाला युवाहरूको जस्तो थियो, सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सका प्रवक्ताले सीएनएनलाई बताए। दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको थियो। अधिकारीहरूले राहदानी मागेपछि उनले अम्रिक सिङ नाम रहेको कागजात दिएका थिए। राहदानीमा उनको जन्ममिति फेब्रुअरी १, १९३८ उल्लेख थियो। उनको जन्म दिल्लीमा भएको थियो। यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लेख गरिएको उमे सँग मेल खाएजस्तो देखिएन, सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सका प्रवक्ताले भने। स्वीकार सोधपुछका क्रममा पटेलले आफूले वृद्धका रूपमा हुलिया बदलेको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए। लगत्तै उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी छ। भारतका प्रहरी अधिकारीहरूले एनडीटिभीलाई बताए अनुसार गुजरात राज्यका पटेललाई एकजना दलालले राहदानी र अमेरिकी भिसा उपलब्ध गराउने वाचा गरेका थिए। एनडीटिभीको रिपोर्ट अनुसार ती दलालले पटेलको हुलिया बदल्ने तारतम्मे मिलाएका थिए। रोजगारीका लागि उनी अमेरिका जाने तयारीमा थिए। तर उनको प्रोफाइलका कारण सहजै भिसा प्राप्त गर्न सक्ने अवस्था थिएन, प्रहरी अधिकारी सञ्जय भाटियाले भने। बिबिसी नेपाली सेवाबाट

टीका र जमरा लगाएर एक महिनाअघि नै मनाइयो दसैं !

गोरखा । यस वर्ष असोज २१ मा दसैं परेको छ। गोरखाका केही समुदायले भने भदौ १४ मै जमरा राखेर आइतबार टीका र जमरा लगाइ दसैं मनाएका छन्। बिहान १० बजेको शुभ साइतमा सामूहिक रुपमा टीका लगाइएको सिरानचोक गाउँपालिका–४ छोप्राकको नेवा गुठी समाजका कुमार श्रेष्ठले जानकारी दिए। पर्व सुधारअनुसार आइतबार दशमी परेको उनको बुझाइ छ। गुडी समाजमा आबद्ध ४८ घरले दसैं मनाएका हुन्। ‘अस्ति अष्टमी राँगो काट्यौं, हिजो नवमी पूजा गर्‍यौँ, आज दसैं मनाएका हौँ,’ उनले भने। २०६९ सालयता एक महिनाअघि दसैं मनाउन थालेको उनले बताए। ‘खगोल विज्ञानलाई आधार मान्दा २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड अपुग हुन्छ, दिनदिनै समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुन्छ, २०७६ सम्म आइपुग्दा २४ दिन अघि सरिसक्यो,’ उनले भने, ‘गणितीय र तिथिका हिसाबले दसैं आजै पर्छ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेपालमै अनौठो चलनः जहाँ दाउराको भारी दिएर विवाहको प्रस्ताव राखिन्छ

गोरखा । कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोको नाउँमा एक रुपैयाँ पनि कारोबार हुँदैन। उत्तरी गोरखाका गुरुङ समुदायको बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्। दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ। केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्ने हुन्छ । यस्तो प्रथा धार्चे गाउँपालिकाका लापुलगयात सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ। समाचार अन्नपूर्ण पोस्ट दैनिकमा

चप्पल र स्याण्डिल लगाएर बाईक चलाए जरिवाना !

नयाँ दिल्ली : भारतमा लागू भएको नयाँ ट्राफिक नियमले ठूलो सनसनी मच्चाएको छ । देशमा नयाँ नियम लागू भएपछि नियम उल्लंघन गर्नेमाथि जरिवाना असुल हुन थालेको हो । यसैबीच, चप्पल र स्याण्डिल लगाएर बाईक चलाएमा समेत जरिवाना हुने डरले प्रयोगकर्ता आतंकित बनेका छन् । कानुनअनुसार स्कुटर या बाईक चलाउत्रदा चप्पल लगाएर चलाउन मिल्दैन । ट्राफिक विभागका अधिकारिका अनुसार यो नियम पुरानो भएपनि यसको कार्यान्वयन भने हुन सकेको थिएन । तर अहिले सबै नियममा कडाई हुन थालेपछि अब चप्पल लगाउँदा समेत कार्वाही हुने डर आम सर्वसाधारणमा परेको हो । नियमअनुसार चप्पल लगाएर गेयर भएको दुई पांग्रे सवारी साधन चलाउन पाईँदैन ।

कुखुराको आक्रमणमा परी महिलाको मृत्यु !

काठमाडौंः  घरपालुवा कुखुराको आक्रमणमा परी एक महिलाले ज्यान गुमाएकी छिन् । यो घटना दक्षिणी अष्ट्रेलियाको हो । डेली मेलकाअनुसार महिलाले कुखुराको अण्डा जम्मा गरिरहेको कुखुराले देख्यो र एकाएक महिलामाथि आक्रमण गर्यो । कुखुराको आक्रमणबाट महिलाको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीले कुखुराको आक्रमणबाट महिलाको मुख्य नशा फुट्यो र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जानकारी दिएका छन् । महिलाले आफ्नो घर नजिकै कुखुरा फर्म सञ्चालन गरेकी थिइन् । स्थानीय प्रशासनले घटनापछि चेतावनी जारी गरेको छ । प्रशासनले कुखुरा पनि मानिस जस्तै खतरनाक हुनसक्ने भन्दै हानी नोक्सानी गर्ने जीवको रुपमा कुखुरालाई राख्न आग्रह गरेको छ । एडिलेड विश्वविद्यालयका प्रोफेसर रोजर व्यार्डले केही महिनाअघि बिरालोको आक्रमणबाट एक महिलाको मृत्यु भएको घटनालाई कुखुराको आक्रमणसँगै जोडेर हिड्नु पर्नेमा जोड दिएका छन् । उनले घरमा पाल्ने जीवले पनि मानिसलाई आक्रमण गर्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । विश्वविद्यालयले घरपालुवा जनावरको आक्रमण र त्यसबाट बच्ने उपायका विषयमा अध्यायन गरिरहेको छ । प्रोफेसर व्यार्डले घरपालुवा जीवका खतरनाक पक्षका विषयमा आम नागरिकलाई जानकारी दिने उद्देश्यले अध्ययन थालिएको बताएका छन् ।

चमेरोलाई पनि ब्युटी पार्लरको सेवा

काठमाडौंः  ब्युटी पार्लरले खास गरी महिलालाई फेसियल, म्यानिक्युर, पेडिक्युरलगायत सौन्दर्यसम्बन्धी विभिन्न सेवा दिन्छ। क्युबामा भने चमेरोले पनि ब्युटी पार्लरको सुविधा पाउन थालेको छ। सोलीजस्तो कान हुने दुर्लभ प्रजातिको चमेरोको संरक्षण गर्न प्राणीशास्त्रीहरूले नयाँ प्रविधि प्रयोग गरेका छन्। यस प्रजातिको चमेरोको म्यानिक्युर गर्न थालिएको छ। चमेरोको हातको नङमा पालिस लगाइने गरेको छ। चमेरोको संख्या गन्नलाई यसो गरिएको हो। क्युबाको पश्चिमतिर पर्ने ग्वानाहाकाबिबेस प्रायद्वीपमा रहेको एउटा गुफामा दुर्लभ प्रजातिका सातजति चमेरा रहेका छन्। जुलोजिकल सोसाइटी अफ लन्डनका अनुसार यस प्रजातिका चमेराको व्यक्तिगत विवरण संकलन गर्न क्युबाली अनुसन्धाताले चमेरोको म्यानिक्युर गर्न थालेका हुन्। क्युबाली वैज्ञानिकले चार रङका नेल पालिस प्रयोग गरेका छन्। ती रङ मिसाएर हरेक चमेरोको नङमा छुट्टाछुट्टै रङ लगाइएका छन्। हरेकलाई चिन्न सजिलो होस् भनेर नेल पालिस लगाइएको पिनार देल रियोस्थित नेचुरल हिस्ट्री म्युजियमका वैज्ञानिक होसे म्यानुएल दे ला क्रुज–मोराले बताए। ‘हरेक चमेरोलाई म्यानिक्युर गर्न धेरै समय लाग्छ,’ उनले भने, ‘तर, यस अद्भुत प्राणीको संरक्षण गर्ने काम आफैँमा उल्लेख्य छ।’ ‘क्युबन ग्रेटर फनेल–इयर्ड’ नामक प्रजातिको चमेरोलाई लोप भइसकेको घोषणा गरिएको थियो। तर, सन् १९९२ मा ग्वानाहाकाबिबेसमा यी चमेरा फेला परेका थिए। क्युबा यो प्रजातिको चमेरो बचाउन प्रतिबद्ध भएर लागेको छ। अन्नपूर्ण पोस्ट् दैनिक

कोचिङ पढ्दा पढ्दै विद्यार्थी बेहोस्: १ को मृत्यु, ८ को उपचार हुँदै

पाल्पाः रम्भा माविमा कोचिङ पढ्दा पढ्दै विद्यार्थी बेहोस् भएका छन् । कोचिङ पढ्दा पढ्दै बेहोस् भएकी एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा छात्रा कमला फाल रहेकी छिन् । स्कुलमा अन्य ८ जना बेहोस् भएको र तीमध्ये दुईको अवस्था सामान्य रहेको छ । बेहोस्पछि उपचारका लागि ताहु स्वास्थ्य चौकीमा लगिएकोमा स्वाथ्य चौकीले विद्यार्थीलाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो। लुम्बिनी मेडिकल कलेजमा १६ वर्षीय कमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीले बताए । गम्भीर एकजना छात्र र एकजना छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनाको ताहुमै उपचार भइरहेको जीसीले जानकारी दिए । विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान कोचिङ कक्षा संचालन गर्दै आएको छ । विद्यार्थी बेहोस् हुँदा मास हिस्टेरिया जस्तो लक्षण देखिने गरेको छ । यस विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर देवराज पौडेलको नेतृत्वमा जिल्ला अस्पताल पाल्पाका डाक्टरहरुको टोली विद्यालय गएको छ ।

दुलहीलाई दाइजोमा विषालु सर्प !

काठमाडौं, बैशाख ०७ । विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन् । यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन् । बरु सर्पसँगै खेलिरहेका देखिन्छन् । खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन् । यो सामग्री नागरिक पत्रिकामा प्रकाशित छ ।

९ महिना भित्र गरे ४४ जनाले आत्महत्या

राजविराज, चैत २५ । यस वर्षको नौ महिना अवधिमा हालसम्ममा ४४ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म सप्तरीमा महिला २३ र पुरुष २१ गरी कुल ४४ जनाले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । पछिल्लो फागुन र चैत महिनामा मात्र झुण्डिएर र विष सेवनगरी १५ जनाले ज्यान गुमाएका छन । तीमध्ये ११ पुरुष र चार महिलाले ज्यान गुमाएको तथ्याकंमा उल्लेख रहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए। जिल्लामा आत्महत्याको घटनामा वृद्धि भइरहेको बेला आइतबार थप एक यूवाले आत्महत्या गरेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी २१ वर्षिय घनश्याम यादवले आत्महत्या गरेका हुन् । आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । स्विटरको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको यादवको शव स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम गरिएको छ । प्रहरीका अनुसार आत्महत्याका अधिकांश घटना प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानमा खुलेको छ । गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्या गरेको अनुसन्धानमा पाइएको छ । उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भार थेग्न नसक्दा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको संख्या उल्लेृख्य मात्रामा रहेको छ । यो समाचार आजको गोर्खापत्र अनलाइनले छापेको छ ।

जुम्ल्याहा बच्चा तर फरक–फरक पिता, पति–पत्नीबीच झगडा !

काठमाडौं, चैत १७ । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। तर पिता फरक-फरक भएको पत्ता लागेको छ। डीएनए परीक्षण गर्दा पिता फरक–फरक भएको पत्ता लागेको हो। यस कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन्। जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो। डीएनए परीक्षपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो। श्रीमानलाई यो विषयको जानकार हुनेबित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए। सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकी थिइन्। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।