जाँडरक्सी खानेलाई भव्य कार्यक्रम गरी सम्मान

तानसेन । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले बिहीबार सुन्दै अचम्म लाग्ने कार्यक्रमको आयोजना गरेको छ । पालिकाले कुलतका कारण सामाजिक रुपमा तिरस्कार हुने गरेकाहरूलाई एकै ठाउँ जम्मा पारेर भव्य कार्यक्रम गरी सम्म…

अजब प्रेमको गजब कथाः प्रेमिकाले बिहे गर्न नमानेपछि केटी बन्न खोजे यी युवक, परिवारले बीचमै‌ रोक्दा न केटा न केटी

नयाँ दिल्ली । प्रेममा पागल भएकाहरुले के सम्म गर्दैनन् । यस्तै अनौठो प्रेमको चर्चा अहिले दिल्लीमा भाइरल बनेको छ । ३२ वर्षीय युवक, कार्यालयमा सँगै काम गर्ने एकजना महिलासँग प्रेम हुन्छ । महिला विवाहित, श्रीमान भने दुईवर्ष अघि कोरोनाका कारण निधन भएका । युवक र ती महिलाबीच सामान्य सम्बन्ध भएपनि महिलाले बिहे नै गर्न भने मानिन् । घरमा एउटा छोरी समेत भएकी ती महिलाले उक्त युवकसँग बिहे गर्न नसकिने र बिहेको जस्तो सम्बन्ध कायम गर्न नसक्ने बताएपछि युवक तनावमा पुगे । एउटा मल्टी नेशनल कम्पनीमा काम गर्ने युवकले अन्तमा निकै ठूलो निर्णय गरे । युवतीले विवाहित भइसकेकोले अन्य पुरुषसँग प्रेम या यौनसम्बन्ध कायम गर्न भने नसकिने बताएपछि उनले आफूपनि महिला नै बन्ने निर्णय गरे । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार, ती युवकका बुवाआमाले छोरामा एकाएक परिवर्तन आएको देखे । युवतीको जस्तो व्यवहार गर्ने, झर्किने र एक्लै रुने लक्षण छोरामा देखिएपछि उनीहरु मनोचिकित्सकहाँ पुगे । कुरा बुझ्दै जाँदा युवकले लिंग परिवर्तन गर्ने हर्मोनको सेवन गर्न थालेका रहेछन् । भोपालकी परामर्शकर्ता सरिता राजानीले युवकलाई बोलाएर कुरा गरेपछि बल्ल उनले महिला बन्नका लागि हर्मोनको सेवन गरिरहेको बताए । परामर्शका बेला युवकले बताए अनुसार, ६ महिना अघि सँगै काम गर्ने ती महिलासँग साथी हुँदै प्रेमसम्बन्ध भएको थियो । तर बिवाहको प्रस्ताव गर्दा भने ती महिलाले उनको श्रीमानले निकै माया र हेरचाह गर्ने गरेको र अन्य पुरुषलाइ श्रीमानको रुपमा हेर्न नसक्ने बताएकी थिइन । त्यसपछि युवकले आफू पनि महिला नै बनेर उनीसँग बस्न चाहने निर्णय गरेका रहेछन् । त्यसपछि परामर्शकर्ता राजानीले ती महिलालाई समेत सँगै राखेर परामर्श गरिन । र, हर्मोन थेरापी बन्द गर्ने सुझाव दिइन । तर यसले समस्या के भयो भने ती युवकभित्र पुरुष र महिला दुबै हर्मोनको विकास भयो । उनी न पुरै पुरुष नै रहेका छन् न पूर्ण महिला बन्न सकेका छन् ।

अब चन्द्रमामा पनि टोयटाको गाडी चल्ने

काठमाडौं । जापानको अन्तरिक्ष एजेन्सीले वर्ष २०४० सम्म चन्द्रमामा मानव बस्ती बसाउने योजना बनाएको छ । त्यसपछि मंगल ग्रहमा पनि बस्ती बसाल्ने उसको योजना छ । यसका लागि जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले टोयटा कार कम्पनीसँग सम्झौता गरेको छ । अब दुबै मिलेर चन्द्रममा सतहको खोजीका लागि एउटा विशेष गाडी बनाइरहेका छन् । लूनर क्रूजर नामक यो गाडीलाई टोयटाको ल्याण्ड क्रुजरको सम्मानमा चुनिएको हो । यो गाडीलाई यसै दशकको अन्तसम्म लन्च गरिनेछ । कारमा पुर्ण सुरक्षासहित खाने, काम गर्ने, सुत्ने र अरुसँग अन्तरिक्षमा पनि कुराकानी गर्नसक्ने सुविधा हुनेछ । टोयटा मोटर कर्पमा लुनर प्रोजेक्ट प्रमखु तकाओ सातोले समाचार एजेन्सी एपीलाई बताए अनुसार, अन्तरिक्षमा यो शताब्दीमा हुने ठूलो परिवर्तनका आधारमा यो परियोजना हेरिएको छ । यो परियोजनाबाट आफू निकै उत्साहित भएको उनले बताए ।

गोलभेडाको एउटा डालोका कारण भयो झगडा, २० जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । गोलभेडाको एउटा टोकरीका कारण भएको झगडाले हिंसात्मक रुप लिँदा २० जनाको मृत्यु भएको छ । अफिकाको नाइजेरियामा भएको यो घटना निकै दुखदायी छ । गत महिना एकजना व्यक्ति टोकरीमा गोलभेडा लगेर दक्षिण–पश्चिम सहर इबादानको बजारमा गइरहेको बेला दुर्घटना हुँदा गोलभेडा सडकमा खसेपछि घटना घटेको थियो । सडकमा टमाटर खसेपछि नजिकैका पसले र काम गर्ने केटाहरुसँग बहस चर्कियो । विवादले उग्ररुप लिएपछि एकजना कामदारको मृत्यु भएको थियो । तर यो विवाद यत्तिमै सिमित रहेन । लगत्तै उक्त कामदारको समुदायले गोलभेडा बोकेका मानिसका समुदायसँग विवाद शुरु गरे । तनाव यति चुलियो कि उक्त घटनाको ४ घण्टाभित्रै देशको उत्तरका मुसलमान र दक्षिणका क्रिश्चियन बाँडिए । कैयन क्षेत्रमा मारपीट र पसल जलाउने घटना शुरु भए । यो हिंसामा अहिलेसम्म २० जनाको मृत्यु भइसकेको । हजारौं मानिस भागेका छन् । यता किसान र व्यापारीहरुले खाद्य सामग्रीको आपूर्ति ठप्प गरेका छन् । सानो कुरामा भएको झगडाले साम्प्रदायिक हिंसाको रुप लिएपछि यसको असर सबैतर्फ परेको छ । नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा मासु पाइन छोडेको छ । गोलभेडाको मूल्य चर्केको छ । उत्तरी क्षेत्रमा सबैभन्दा बढी गोलभेडा उत्पादन हुने भएपनि त्यो त्यत्तिकै खेतमा कुहिन पुगेको छ ।

दुई प्रेमिकासँग एउटै मण्डपमा बिहे !

एजेन्सी : भारतको छत्तीसगढमा बिहेलाई लिएर एउटा अनौठो घटना भएको छ । यहाँका एक युवकले आफ्नो दुईवटै प्रेमिकासँग बिहे गरेका छन् । तर, दुवै प्रेमिकालाई एउटै पति भएकोमा कुनै आपत्ति छैन । तीनैजना सँगै जीवन बिताउन चाहन्छन् । चन्दु नामका ती युवकले दुई युवतीसँग एकैपटक प्रेम गरेका थिए । ३ वर्षअघि उनले तोकापल क्षेत्रमा बिजुलीको पोल गाड्न गएका थिए । त्यहाँ हुँदा उनले २१ वर्षीया सुन्दरी कश्यपलाई भेटे । दुई साथी भए र प्रेम सुरु भयो । त्यसपछि चन्दु अर्की युवतीको प्रेममा परे । उनको गाउँमा एउटा विवाह समारोह थियो । जहाँ उनले २० वर्ष पुराना हसिना बघेललाई भेटे । हसिनाले आफ्नो भविष्यको साथीलाई चन्दुमा देख्न थालिन् । चन्दु पनि उनीसँग सहज भए । यद्यपि चन्दुले हसीनालाई उनको प्रेमिकाको बारेमा बताउने गर्थे । हसिनालाई यसमा कुनै आपत्ति थिएन । चन्दु आफ्नो पहिलो प्रेमिकालाई धोका दिन चाहँदैनथे त्यसैले उनले सुन्दरी र हसीनालाई भेटेर सम्पूर्ण कुरा बताए । अचम्म लाग्ने कुरा के हो भने कि दुवै युवतीले यसलाई सहज लिए । दुवैसँग चन्दुको बिहे भयो । एउटै मण्डपमा दुवै प्रेमिकालाई बेहुली बनाएपछि भारतभर चन्दु चर्चामा छन् ।

५ महिनामा ३१ पटक कोरोना संक्रमित भएपछि…

काठमाडौं । एक व्यक्तिलाई वर्षमा कति पटक कोरोना होला अनुमान गर्न सकिदैन । एक पटक कोरोना भयो भने फेरि निकै कम हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । तर भारतमा एक महिलामा ५ महिनामा ३१ पटक कोरोना पोजेटिभ देखिएको छ । राजस्थानको भरतपुर की एक ३५ वर्षीय महिलाको पछिल्लो पाँच महिनामा कोरोना भाइरसको परीक्षण गराउँदा ३१ पटक कोरोना पोजेटिभ पाइएको हो । यो डाक्टरका लागि समेत एक चुनौती बनेको छ । महिला जहाँ बस्छिन त्यहाँका अधिकारीले समेत बताएका छन्, १७ पटक पीसीआर परीक्षण र १४ पटक र्‍यापिड एन्टिजोन परीक्षण गर्दा पनि महिलामा कोरोना पोजेटिभ देखिएको छ । महिलाको पहिलो परीक्षण ६ सेप्टेम्बर र पछिल्लो परीक्षण ७ जनवरीमा गरिएको छ । हरेक पटकको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकहरुसमेत हैरान र भ्रमित भएका छन् । शारदा देवी पछिल्लो साल अगस्टदेखि भरतपुरको एक आश्रममा बसिरहेकी छिन् । आश्रममा नयाँ आएको भन्दै सेप्टेम्बरमा उनमा कोरोना पोजेटिभ परीक्षण गरिएको थियो । जसमा उनमा कोरोना पोजेटिभ देखियो । त्यो बेलादेखि उनी कवारेन्टाइन्मा बसिरहेकी छिन् । उनलाई होमियोप्याथिक, एलोप्याथिक र आर्युवेद तीनै प्रकारका औषधि दिइराखिएको छ । तर पनि उनको परीक्षण गर्दा हरेक पटक कोरोना पोजेटिभ देखिएको छ । डाक्टर बीएम भारद्धाजका अनुसार कोरोना पोजेटिभ देखिएपनि उनी स्वस्थ छिन् र उनको ७ ८ किलो तौल समेत बढेको छ । जब शारदा देवी आश्रममा आएकी थिइन् उनी धेरै कमजोर थिइन र ठिक ढंगले उभिन पनि नसक्ने अवस्थामा थिइन् । एजेन्सी

एउटा बर्गरका लागि ४ किमी लामो लाइन, १४ घण्टा पर्खाई

काठमाडौं, । कहिलेकाहिँ सित्तैमा खाने लोभले मानिसलाई कम्ती सास्ती दिँदैन । यस्तै भयो अमेरिकामा । यहाँ देखिएको तस्बिर अमेरिकाको कोलोराडोको हो । हेर्दा लामो जाम परेको देखिन्छ । तर यो ट्राफिक जाम भने होइन । बरु यी सबै सित्तैमा बर्गर खाने लोभमा जाममा फसेका हुन । शनिबार कोलोराडोमा अमेरिकाको चर्चित फुड चेन ‘इन एण्ड आउट’ को नयाँ शाखा अर्थात् आउटलेट खोलिएको थियो । यसबारे जानकारी पाउनबित्तिकै मानिसहरु राति दुई बजेदेखि नै स्टोर पुग्न सुरु गर्न थाले । मानिसहरु धमाधम सडकमा निस्केपछि अवस्था यस्तो सिर्जना भयो कि त्यहाँ ४ किलोमिटर लामो लाइन लाग्यो । मानिसहरुलाई बर्गरका लागि १४(१४ घण्टा लामो प्रतिक्षा गर्नुपर्‍यो । उक्त आउटलेटका अनुसार पहिलो बर्गर केन विज्जी नामका व्यक्तिले लिए । केनका अनुसार उनी क्यालिफोर्नियाका हुन् । राति भोक लागिरहेको थियो । उनले स्टोरको लेनमा कार राखे र त्यहीँ सुते । उक्त आउट लेटमा बर्गर लिनका लागि सवारी लिएर जानुपर्छ । उक्त चर्चित इन एण्ड आउट ७० वर्ष पुरानो कम्पनी हो । अमेरिकाका ६ राज्यहरुमा यसको आउटलेट रहेका छन् । यीमध्ये क्यालिफोर्निया, नेवादा, एरिजोना, युटा, टेक्सास र ओरेगन पर्दछन् । कोलोराडोमा यो सातौं आउटलेट हो ।

२२ वर्षीय यी युवकका छन् ३ पत्नी, तीनैजना मिलेर खोज्दैछन् चौथी श्रीमती (भिडियोसहित)

इस्लामाबाद । शीर्षक सुन्दा अचम्म लाग्यो होला । २२ वर्षको उमेरमा तीनजनासँग विवाह र अब चौथो श्रीमती खोज्दैछन् भनने कुरा पत्याउन गारो पर्छ । तर बाँचेपछि के के देख्न र सुन्न पाइन्छ भनेझैं पाकिस्तानका यी युवा भने अब चौथोपटक दुलाहा बन्ने तयारी गर्दैछन् । त्यो पनि उनकै तीनजना श्रीमतिले खोजेको युवतीसँग । घटना पाकिस्तानको सियालकोटको हो । मुस्लिम समुदायमा एकभन्दा बढी बिहे अचम्म मानिँदैन । तर श्रीमतीहरुले नै अर्को विवाह गराउन थालेको घटना अहिले पाकिस्तानमा चर्चाको विषय बनेको छ । अदनान नामक यी युवा २२ वर्षका छन् । उनले १६ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । त्यसपछि २० वर्ष र गत वर्षमात्रै २१ वर्षको छँदा उनले अर्को बिहे गरे । गल्फटुडेका अनुसार, उनकी श्रीमतीको नाम शंभाल, शुबाना र शाहिदा रहेको छ । अब उनीहरुले चौथी श्रीमती पनि श अक्षरबाटै आउने खोजिरहेका छन् । यसो भएमा घरमा खुशी कायम हुने उनीहरुको विश्वास छ । अदानाको पहिलो श्रीमती शुंभालबाट तीन र शुबानाबाट दुई बच्चा छन् । शुबानाको एउटा बच्चालाई कान्छी श्रीमती शाहिदाले हुर्काएकी छिन् । श्रीमानले माया गरेपनि समय दिन नसकेको आरोप भने श्रीमतीहरु लगाउँछन् । उनको घरमा प्रतिमहिना डेढलाख रुपैयाँ खर्च हुने समाचारमा उल्लेख छ ।

चीनमा अनौठो घटना: निको भएको महिनौंपछि आँखामा देखियाे काेराेना भाइरस

काठमाडौं । चीनमा कोरोना भाइरसको अनौठो घटना देखा परेको छ । कोरोना लागेर निको भएकी ६४ वर्षीय महिलाको आँखामा भाइरस देखा परेको हो । चीनमा यो घटना निकै चर्चामा छ । कतिपय अनुसन्धानहरुले पनि आँखामा रातोपना या सुन्निने लक्षण देखिएमा सावधान हुनुपर्ने सुझाव दिएका छन् । लगातार पाँच दिन सुक्खा खोकी र नौ दिनसम्म पखालाका लक्षण देखिएपछि गत ३१ जनवरीमा ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । ज्वरोपनि आएकी ती महिलाको छातीको स्क्यान गरेपछि फोक्सोमा संक्रमण देखिएको थियो । पछि उनको नाकको नमूना परीक्षण गर्दा कोरोना देखिएको थियो । तर त्यतिबेला खासै गम्भीर समस्या भने देखिएन । न त उनको आँखामा नै समस्या थियो । १८ र २० फेब्रुअरीका दिन गरिएको जाँचमा उनी कोरोना नेगेटिभ देखिइन । लगत्तै उनलाई डिस्चार्ज गरियो । तर ८ दिनपछि भने उनको दायाँ आँखामा दुखाई शुरु भयो । २८ फेब्रुअरीसम्म उनको आँखा निकै दुख्न थाले । बिस्तारै दृष्टि पनि कमजोर हुँदै गयो । असह्य भएपछि ८ मार्चका दिन ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालाम चेकजाँच गर्दा भने उनी ग्लुकोमा अटेकको समस्याबाट पीडित रहेको पत्ता लाग्यो । तर औषधीको जति प्रयोग गरेपनि केही फाइदा नभएपछि उनको आँखाको अप्रेसन गर्नुपरेको थियो । महिलाको आँखाको दुईपटक सर्जरी गर्दा समेत आँखामा लगातार दबाबर र पीडा हुन थालेपछि १० अप्रिलमा फेरी सर्जरी गरियो । सर्जरीको बेला आँखाबाट लिएका तन्तुको नमूनाको जाँच गर्दा त्यसमा कोरोनाभाइरस प्रोटिन भेटियो । जामा अप्थोल्मोलोजी जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, कोरोनाका बिरामीमा अक्युलर मेनिफेष्टेशनका घटना देखिएका थिए । यस्ता घटनामा आँखामा रातोपना र सुन्निने समस्या देखिन्छ । यसअघि गरिएको एक अध्ययनमा कोरोना भाइरस आँखा माथिको पत्रका अतिरिक्त आँसुमा पनि पाइएको उल्लेख छ ।

जब सडकमा हजारौं लिटर रेड वाईनको बाढी बग्न थाल्यो (भिडियो)

काठमाडौं । तपाई सडकमा हिडिरहेको बेला अचानक वाइनको नदी बग्न थाले के गर्नुहुन्छ ? यदि तपाई वाईन पारखी हुनुहुन्छ भने नहरमा डुबुल्की मार्न पक्कै खोज्नु हुन्छ होला । यस्तै एक भिडियोले अहिले संसारभरिको ध्यान तानेको छ । भिडियोमा वर्षाको बाढी जस्तै रेडवाइन सडकमा बगेको देख्न सकिन्छ । यो भिडियो स्पेनको हो । स्पेनको एउटा रेड वाइन उद्योगमा ट्यांकी फुटेपछि हजारौं लिटर रेडवाईन सडकमा पोखिएको हो । ट्विटरमा भाइरल भएको यो भिडियोमा रेड वाईन बाढी जस्तै उर्लेर आएको देखिन्छ । एउटा तस्वीरमा एकजना मानिले बगिरहेको वाइन खान खोजेको देखिन्छ । न रुनु न हाँस्नु जस्तै भयो भन्दै कतिपयले ट्विट गरेका छन् । अहिलेसम्म यो भिडियो हजारौंले लाइक र शेयर गरेका छन् । स्पेन लगायत यूरोपका कतिपय देशहरु वाइनका लागि प्रख्यात रहेका छन् । विश्वभरी स्पेनिश वाइनको निकै माग समेत रहेको पाइन्छ । SUCESOS | Reventón de un depósito de vino de unos 50.000 litros en Bodegas VITIVINOS, de Villamalea pic.twitter.com/lU5pIzZAjU — Radio Albacete (@RadioAlbacete) September 25, 2020

प्रेमिका भेट्न होस्टल गएका चिकित्सकको मृत्यु

एक युवा चिकित्सकको प्रेमिकालाई भेट्न होस्टल जाँदा पाइपबाट चिप्लेर ज्यान गएको छ । यो समाचार भारत मध्य प्रदेश इन्दौरको हो । प्रेमिकालाई भेटेर फर्किने क्रममा डाक्टरको गोडा पाइपमा चिप्लियो । उनलाई अस्पताल पुर्‍याइएको थियो र त्यहीँ उनको मृत्यु भयो । इन्डेक्स मेडिकल कलेजमा कार्यरत चिकित्सक प्रेमिकाको होस्टेलको तेस्रो तल्लाबाट पाइपमार्फत् तल आइरहेको बेलामा चिप्लेका थिए । चिकित्सकको नाम आयुष हो । प्रेमिका एमबीबीएस पढिरहेकी थिइन् र आयुष इन्डेक्स अस्पतालमा इन्टर्नशिप गरिरहेका थिए । एजेन्सी

कोरोना टाँसिने डरले ७५ प्रहरीले खौरिए कपाल

नयाँदिल्लीः कोरोना भाइरसको संक्रमणबाट जोगिने चक्करमा अनौठा अनौठा घटनाहरु देख्न पाइएको छ । यस्तै अचम्मको घटना भारतको आगरामा देखिएको छ । भारतको आगरा स्थित फतेहपुरी सिकरी प्रहरी थानाका सुरक्षाकर्मीहरुले कपालबाट कोरोना सर्ने डरले सामूहिक मुण्डन गराएका छन् । गस्तीमा निस्केका सबै प्रहरीहरुले कपाल खौरिएको देखेपछि मानिसहरु चकित बनेका थिए । थानाका इन्चार्ज भुपेन्द्र सिंह बालियानका अनुसार, डाक्टरले कोरोना भाइरस कपालमा टाँसिने र त्यहाँबाट श्वास फेर्दा भित्र जान सक्ने बताएपछि हामीले मुण्डन गर्ने फैसला लिएका हौं । पुरै थाना यसमा सहमत भएपछि ७५ जनाले कपाल खौरिएका हौं । कपाल खौरिंदा भने सामाजिक दूरी कायम गरिएको उनले बताए । कपाल मुण्डन गराउनेमा प्रभारि निरिक्षक (इन्चार्ज)का अतिरिक्त क्राम अमित कुमार, नौ उपरिक्षक, १५ मुख्य आरक्षी र ४९ आरक्षी रहेका छन् । प्रहरीले कपाल खौरिनु प्रहरी प्रोटोकलविरुद्ध नभएको दावी गरेको छ । लामो कपाल राख्नु अनुशासन विपरित भएपनि कपाल खौरिनुबाट अनुशासन भंग नहुने उनीहरुको तर्क छ ।

रोचक घटनाः लकडाउनमा रक्सी नपाएपछि…

आसामः कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरिएपछि रक्सीको लत लागेकाहरुलाई सबैभन्दा ठूलो छटपटी भएको छ । यसैबीच रक्सी खान नपाएपछि एउटा समूहले मदिरा पसलमा ताडफोड गरेर लाखौं रुपैयाँको रक्सी चोरेका छन् । समाचार अनुसार, आसामको शिवसागर नगर क्षेत्रमा मंगलबार साँझ यो घटना घटेको हो । लकडाउनको फाइदा उठाएर हुल्ल्याहरुको एउटा समूहले चार्ली क्षेत्रमा मदिरा पसलमा लुटपाट गरेका हुन् । मदिरा पसलका मालिक शैलधर बरुवाका अनुसार, केही मानिसले हाम्रो क्षेत्रमा रक्सी बेचिरहेको थाहापाएपछि पसल हेर्न जाँदा तोडफोड र चोरी भएको थाहा भयो । उनीहरुले १० हजार नगद समेत चोरेका र लाखौंको रक्सी लगेको उनले बताए । तत्कालै प्रहरीलाई खबर गरेपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ ।

आँगनमा भेटिने कोइलाको टिका लगाए कोरोना नलाग्ने हल्ला फैलिएपछि…

काठमाडौंः ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस् । त्यहाँ कालो अँगार (कोइला) जस्तो वस्तु भेटिने छ । त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्’ भनेर बिहीबार राति धैरैलाई फोन आयो । एकले अर्कोलाई, अर्कोले फोन गर्दै हल्ला एकाएक फैलियो । त्यसपछि उज्यालो हुन नपाउँदै सुदूरपश्चिमका गाउँटोलका सबै स्थानीय आँगन खन्न लागे । केहीले कालो अँगार जस्तो वस्तु भेटेका भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । शुक्रबार बिहानैदेखि त्यसबारेमा सामाजिक सञ्जालमा बसह भइरहेको छ । घर अगाडि अधिकासंले आगो बाल्ने र त्यहाँ अंगार भेटिने नै हुने भएकाले भ्रम फैलाइएको हुनेसक्ने विषयमा टिकाटिप्पणी भइरहेको छ । धेरैले कोरोनाको महामारी फैलिरहेका बेला त्यस्ता भ्रम गर्नेलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘क्रिश्चियनले झुठो प्रचार गर्दा पक्राउ गरेर कार्वाही गरियो, अहिले हिन्दुका ‘कलन्क’हरु दैलो अगाडि खनेर पाइने अङ्गारको टिको लगाउदा कोरोना सर्दैन भन्ने प्रचार गर्दैछ । यस्तो अन्धबिश्वास पुर्ण भ्रामक प्रचार गर्नेको खोजी गरि तु कार्वाही गरियोस् ।’ यसअघि प्रहरीले कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गरेको थियो । यता, प्रहरीले भने कोरोनाको सन्त्रास फैलिएका बेला कतिपयले भ्रमसमेत फैलाउने प्रयास गरिरहेकोले त्यस्ता कुरामा विश्वास नगर्न भनेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले त्यस्ता भ्रम फैलाउनेलाई पक्राउ गरेर कारवाही गरिने बताए । उक्त हल्ला बझाङबाट फैलिएको बुझिएको छ । त्यसबारेमा बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गरिने बताए । ‘कोरोनाबारे भ्रम फैलाइएको छ । अन्धविश्वास हो । अनावश्यक हल्लाकापछि नलागौं’, उनले भने, त्यसविषयमा डिएसपीलाई बुझ्न भनेको छु । भ्रम फैलाउनेलाई पक्राउ गरेर कारवाही गछौं ।’

१०१ वर्षकी महिला बनिन् आमा!

एजेन्सीः इटालीमा १ सय १ वर्षकी महिलाले बच्चालाई जन्म दिएकी छिन् । त्यहाँको अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी हुन् । यो बच्चा उनको कोखबाट जन्मिएको १७ औं सन्तान हो । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औँ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । युरोपेली यूनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो । १ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औँ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । र, यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् । ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिइरहेका छन् ।

माइत जान लागेकी श्रीमतीलाई रोक्न नसकेपछि डाँको छोडी रोए यी श्रीमान्! (भिडियोसहित)

काठमाडौंः श्रीमतीलाई माइत जानबाट रोक्न नसकेको भन्दै भारतमा एक जना डाकँो छोडी रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा पत्नी पतिसँग रिसाएर माइत जान लागेकी हुन्छिन्, पति भने पत्नीलाई रोक्न रेलवे स्टेसन पुग्छन् । अनि सयौं कोशिसपछि पनि पत्नीलाई फर्काउन नसकेपछि पति डाँको छोडेर रुन शुरू गर्छन् । यो भिडियो फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो भारतको कुन ठाउँको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन । भिडियोमा देख्न सकिन्छ कि पत्नी रेलवे स्टेसनमा उभिइरहेकी हुन्छिन् । त्यही पति पुग्छन् र पत्नीलाई रोक्न खोज्छन् । उनले भन्छन्, ‘मलाई छोडेर नजाउ, म सधैं तिम्रो साथ रहन चाहन्छु ।’ तर पत्नीले मान्दिनन् । उनले सम्बन्धविच्छेदको समेत कुरा गरेको भिडियोमा देख्न सकिन्छ ।