३५ हजार धरौटी बुझाउन नसक्दा विप्लवका २ नेता कारागार चलान

म्याग्दी । साउन ६ गते म्याग्दीबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई नेतालाई बुधबार कारागार चलान गरिएको छ।

अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि विप्लव समूहका जिल्ला इञ्चार्ज नकाल क्षेत्री (विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई बुधबार कारागार चलन गरिएको हो।

जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीको बुधबारको इजलासले विप्लव समूहका जिल्ला इञ्चार्ज क्षेत्री (विकिरण) र सेक्रेटरी शाक्यविरुद्ध प्रहरीले दर्ता गरेको राज्यविरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै कारागार चलान गर्न आदेश दिएको हो।

तोकिएको जनही ३५ हजार रुपैयाँ धरौटी बुझाउन नसक्ने बताएपछि दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला कारागार पठाइएको अदालतले जनाएको छ।

याे पनि पढ्नुस  पत्रकार ओम हमाल पक्राउ

बागलुङ नगरपालिका–३ का ४८ वर्षीय शाक्य र सानीभेरी गाउँपालिका–२ रुकुमका ४२ वर्षीय क्षेत्रीलाई प्रहरीले साउन ६ गते बेनी नगरपालिका–३ नयाँपुलबाट ध १ प २१७० नम्बरको यामाहा मोटरसाइकलसहित पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!