पुडासैनीको भिडियोबारे रविले दिए प्रतिक्रिया– शालिकरामलाई ठूलो भ्रम परेछ

काठमाडौं । केही दिन अघि चितवनको पोखरा बसपार्कस्थित एउटा होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु झन रहस्यमय बन्दै छ ।

घटनासँगै प्रहरीले प्राप्त गरेको पुडासैनीको आत्महत्या नोटको भिडियो सार्वजनिक भएपछि यसले ठूलै तरंग सिर्जना गरेको छ ।

भिडियोमा पत्रकार पुडासैनीले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेमाथि संगीन आरोप लगाएका छन् ।

भिडियोमा रवि लामिछाने लगायतले आफूलाई फसाउन खोजेको बताउँदै मर्न बाहेक अरु विकल्प नभएको आशय व्यक्त गरिएको छ ।

यो पनि पढ्नुहोस्
पुडासैनीले आँसुले भिजेर रेकर्ड गरेको भिडियो सार्वजनिक, प्रहरीले अनुसन्धान गर्दै

याे पनि पढ्नुस  रवि समर्थकको आन्दोलनमा राजावादीहरु, हिंसात्मक बनाउने षडयन्त्र रचिँदै

रवि लामिछानेमाथि गम्भीर आरोप लागेपछि रवि लामिछाने फेसबुकमार्फत यसबारेमा संक्षिप्तमा प्रतिक्रिया दिएका छन् । यसअघि भिडियो सार्वजनिक नहुँदै उनले रवि र आफ्नो सम्बन्ध राम्रो रहेको तर न्यूज २४ छोडेर गएपछि कुनै सम्पर्क नभएको बताएका थिए ।

अहिले भिडियो नै सार्वजनिक भएपछि रवि लामिछानेले लेखेका छन्-

आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।

रवि लामिछानेले थप के के जानकारी गराउने हुन भन्ने भने स्पष्ट छैन । तर सामाजिक सञ्जालमा भने उनका विरुद्ध ठूलो जनमत निर्माण भएको देखिन्छ । उनका समर्थकहरुले भने भिडियो कसैको दबाबमा खिचिएको हो या होइन भन्ने कुराको प्राविधिक जाँच गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

याे पनि पढ्नुस  रवि लामिछाने तत्काल नछुट्ने, अनुसन्धानका लागि म्याद थप हुने सम्भावना

प्रहरीले भने यसबारेमा आधिकारिकरुपमा केही उल्लेख गरेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!