झनै ओरालो लाग्यो शेयर बजार, साना लगानीकर्ता चिन्तामा

काठमाडौं, शेयर बजार खस्किने क्रम निरन्तर जारी रहेपछि साना तथा मझौला लगानीकर्ता चिन्तामा परेका छन् ।

साताको चौथो कारोबारको दिन आज बुधबार समेत नेप्सेमा प्रगति हुन सकेन ।

आज कारोबारमा देखिएका ९५ वटा कम्पनीको कूल शेयरमूल्य घट्दा नेप्से सूचक ५।४७ अंकले घटेर १२२५।९० बिन्दुमा झरेको छ । अर्कोतर्फ कारोबार रकम समेत मंगलबारको २३ करोड रुपैयाँले खुम्चिएको छ। आज ४१ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। २५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

बुधबार १६९ वटा कम्पनीको १० लाख ६९ हजार ६९० कित्ता शेयर २५ करोड ७२ लाख रुपैयाँमा खरिद बिक्री भयो। मंगलबार १६५ कम्पनीको १८ लाख ९६ हजार ४५४ कित्ता शेयर ४८ करोड रुपैयाँ बढीमा कारोबार भएको थियो।
बुधबार नेपाल बैंकको सबैभन्दा धेरै २ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने रसुवागढी हाइ्रोपावर, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र प्रभु बैंकको १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । बुधबार उच्च कारोबार गर्ने शिर्ष १० कम्पनीमा ७ वटा वाणिज्य बैंक छन् भने ३ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!