रोहित शर्माले आज बनाउन सक्छन् यस्तो रेकर्ड

काठमाडौँ । वेस्टइन्डिज र भारतबीचको अन्तिम एकदिवसीय खेलमा भारतका ओपनर रोहित शर्माले एउटा नयाँ किर्तिमान बनाउन सक्ने सम्भावना रहेको छ ।

विश्वकप २०१९ मा सर्वाधिक रन बनाएका शर्माले वेस्टइन्डिजविरुद्धको अन्तिम खेलमा पूर्व भारतीय खेलाडी युवराज सिंहको किर्तिमान भङ्ग गर्न सक्नेछन् ।

के हो उक्त रेकर्ड?

हाल रोहित एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय खेलाडीहरूमा सातौं स्थानमा छन् । यस सूचीमा उनीभन्दा अगाडि सचिन तेंदुलकर, विराट कोहली, सौरव गांगुली, राहुल द्रविड, एमएस धोनी, मोहम्मद अजहरुद्दीन र युवराज सिंह रहेका छन् ।

हाल युवराजसिंह भन्दा मात्र २६ रनले पछाडि रहेका रोहितलाई बुधबारको खेलमा उक्त कीर्तिमानलाई पछाडि छोड्ने अवसर हुनेछ ।

अलराउण्डर युवराज सिंहले ३०४ खेलहरूबाट ८७०१ रन जोडेका छन्, रोहितले २१७ खेलमा २१० पारीमा ब्याटिङ गर्दै ८६७६ रन बनाएका छन् । शर्माले २६ रन बनाएमात्रै उनले युवराजलाई उछिन्ने छन् ।

रोहित शर्माले ओपनर ब्याट्सम्यानको रूपमा थुप्रै रेकर्ड बनेका छन् । एकदिवसीय क्रिकेटमा तीन वटा दोहोरो शतक लगाउने उनी एक मात्र खेलाडी हुन् ।

युवराजलाई भारतीय प्रशंसकहरूले ‘सिक्सर किङ्’ भन्ने गर्दछन् । उनले २००७ को टी-ट्वेन्टी विश्वकपमा इङ्ल्याण्डविरुद्ध स्टुअर्ट ब्रोडको ओभरमा छ बलमा छ छक्का प्रहार गरेर रेकर्ड बनाएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!