क्याप्टेन विजय लामा र बेनिशा हमाल अभिनित ‘छोरी’ सार्वजनिक

चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन् भने भिडियोमा उत्सव दाहालको क्यामेरा, बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

सेलिब्रिटी पाइलट क्याप्टेन विजय लामा, नायिका बेनिशा हमाल र मैशा पुन थापा अभिनित वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!