ड्युटीमा लापरबाही गर्ने असईसहित ३ प्रहरीलाई कारबाही

विराटनगरः विराटनगरको इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा खटिएका बेला लापरबाही गर्ने तीन प्रहरीलाई कारबाही गरिएको छ ।

विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) प्रदीप थापा, हवल्दार धिरेन्द्र मधुवन र जवान सन्तोश तामाङलाई कारबाही गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाउन आवश्यक छानबिन र अनुसन्धान सुरु गरिएको छ ।

‘ड्युटीमा लापरबाही गरेको लगायतका विविध विषयमा उनीहरुसँगै सोधपुछ गर्ने र बुझ्ने काम भइरहेको छ’ उनले भने, ‘त्यसपछि कारबाहीको प्रक्रिया अघि बढाइने छ।’

याे पनि पढ्नुस  आज पनि रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप

भन्सारको ढाटमा ड्युटीमा खटिएका तीनैजनामाथि भारतबाट भन्सार छली गर्दै अवैधरुपमा तस्करी गरेर ल्याइएका सामान कटाउन सहयोग गरेको, तस्करी गर्नेसँग पैसा उठाउने गरेको, ड्युटीमा लापरबाही गर्ने गरेको एवं नागरिक मैत्री सेवा प्रवाह नगरेको आरोप छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!