अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिने

काठमाडौं । नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी राजदूतावासले उनलाई फेरि बोलाएर भिसा दिएको छ।

लामिछानेलाई मङ्गलवार बिहान भिसा दिन अस्वीकार गरेको राजदूतावासले सामाजिक सञ्जालमा यस विषयमा प्रश्न उठेपछि दिउँसो बोलाएको थियो।

लामिछानेले भिसाको समस्या ‘हल भएको’ भन्दै अमेरिकी राजदूतावासलाई धन्यवाद दिउँसो दिउँसो २:२३ बजे ट्वीट गरेका छन्।

बिहान लामिछानेले ट्विटरमा वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा आफूले अनुरोध गरेको अमेरिकाको प्रवेशाज्ञा नपाएको लेखेका थिए।

१९ वर्षीय नेपाली स्पिनर लामिछानेले अहिलेसम्म भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका व्यावसायिक लीगमा खेलिसकेका छन्।

यो वर्ष दोस्रो पटक क्यारेबियन लीग खेल्न निम्त्याउने क्रममा बार्बेडस ट्राइडन्ट्स् क्लबले लामिछानेलाई झन्डै ७८ लाख रुपैयाँ तिर्ने कबोल गरेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!