सन्दीपले अमेरिकाको भिसा पाउनसक्ने, दूतावासले बोलायो

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ ।

मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले अमेरिकी दूतावासले बोलाएको पुष्टि गर्दै भने, ‘हामी फेरि दूतावासमा फर्किएका छौं।’

यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जनाका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!