कस्तो छ सुनको मूल्य अवस्था ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छैन ।

आइतबार सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि सुन प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने आजपनि सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।

यसैगरी, आइतबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको छ ।

याे पनि पढ्नुस  लगातार बढिरहेको सुनको भाऊ घट्यो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!