सेक्स, स्क्याण्डल र चिन्तन

काठमाडौं । अमेरिकन अभिनेता स्टिभ मार्टिनले भनेका थिए, ‘सेक्स त्यो चिज हो जुन किनेर उपभोग गर्न सकिन्छ ।’ पूर्वीय संस्कृतिमा सेक्सको महत्वका बारेमा बुझ्नेहरूले ‘कामसूत्र’ का अनेक अध्यायहरूको बृहत्तर अध्ययन पनि गरेका होलान् । ठूला युद्धहरू र त्यसले देखाएका परिणामका कारण खोतल्दै जाँदा ‘सेक्स’ नै देखा पर्दछ । यसमा घटनाक्रम र पात्रहरूका चरित्र चित्रण हुनसक्छन् तर संकेत निर्विकल्प सेक्स नै हो । मुलुक अमेरिकी विचारको तहमा पुग्न सकेको छैन । शैक्षिक, सामाजिक, वैज्ञानिकलगायतका अनेक कमजोरीमा हामी रहेका छौं ।

विनोद ढकाल

त्यसकारण पनि तेस्रो विश्व भनिएको हो, तेस्रो विश्व र पहिलो विश्वका मानिसको विचार र व्यवहारको तह समान हुन सक्दैन । यद्यपि, पहिलो विश्वको अहिलेको वैचारिक तहभन्दा पूर्वीय संस्कृति निकै माथि थियो भन्ने केही उदाहरण पनि छन् । त्यसकारण मार्टिनको विचार र नेपाली बजारमा व्याप्त सेक्सका परिभाषालाई कतिसम्म सहजीकरण गरेर व्याख्या गर्न सकिन्छ त्यसको मापदण्ड मैले पनि पहिल्याउन सकेको छैन । तर, रामायण, महाभारत तथा पूर्वीय संस्कृतिका अनेक महाकाव्यहरू, नेपाली साहित्यका भयंकर खेलाडीहरूले बजारमा ल्याएका कृति, उपन्यासकारहरूका सिर्जना सेक्ससँग अन्तरंग नभएका पाइँदैनन् । नेपाली बजारमा सेक्सको बिक्री जुन मात्रामा बढेको छ त्यो मात्रमा सिर्जनाहरूको व्याख्या पनि सहज हुन सकेको छैन । ओशोले भनेजस्तो सेक्स नै सिर्जनाको आकार बन्ने लहडमा नेपाली साहित्य दौडिरहेको छ । कल्पनाको संसारमा भिजाउने विषयवस्तुका लागि सेक्स नरमगरम चिजका रूपमा व्याख्या गरिएको छ । यसलाई नेपाली समुदायले स्वाभाविक मानेको छ । एकाध मानिसको पश्चगामी चिन्तन र आडम्बरलाई मूल्यांकन नगर्ने हो भने नेपाली जनजिव्रोमा सेक्स सरल र स्वाभाविक विषय बनिसकेको छ । तर, यसैसँग अन्तर्सम्बन्धित बनाएर ल्याउने हरेक प्रकारका चर्चाले नेपाली बजार तताएको हुन्छ ।

याे पनि पढ्नुस  Bedtime Mistake: सेक्स गर्दा पाद त आउँदैन ?

प्रत्यक्ष वा परोक्ष रूपमा मानिसका हरेक सार्वजनिक जीवन र उसको व्यक्तिगत जीवनको भिन्न चाहना हुन्छन् । व्यक्तिगत जीवनमा केही अनिवार्यताले मानिसको सार्वजनिक जीवन नै धुमिल बन्न थाल्दछ । सायद, यसका नेपाली उदाहरणका पात्र प्रकाश दाहाल र पारस शाह हुन सक्छन् । सार्वजनिक जीवनका उचाइसँग व्यक्तिगत जीवन हावी हुँदा नेपाली राजनीतिबाट यी पात्र गुमनाम हुने अवस्था आइपरेको छ । मानिस व्यक्तिगत जीवन बाँच्न पाउँदछ भलै उसले सार्वजनिक जीवनबाट टाढा किन हुन नपरोस् भन्ने उदाहरण पनि यिनै पात्र हुन् । तर, यी पात्रका कारणमा टेकेर हुने राजनीति र टिप्पणीले चाहिँ समाज, यसभित्र शब्द, चित्र र बयानबाजीमा खेलिरहेका खेलाडीको तह चाहिँ पुष्ट्याइँ गरिरहेको छ, सार्वजनिक रूपमा टिप्पणीहरूमाथि विश्लेषण गर्ने हो भने ।

एक व्यक्तिको निजी जीवनको कथाले नेपाली राष्ट्रिय राजनीतिका मूर्धन्य खेलाडीहरू, इतिहासका पहरेदारहरूको जीवनलाई नै तहसनहस बनाउने प्रयत्न गरिएको छ । यी प्रयत्नहरू ज्यादातर नेपाली राजनीतिमा देखिएका छन् । खासगरी पुरानो दरबारमा हुर्किएका पूर्वयुवराज पारस र नयाँ दरबारको भित्तामा रहेका प्रकाशका चरित्रमाथि टिप्पणी गरी पूर्वराजा ज्ञानेन्द्र शाह र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिमाथि फोहोरी टिप्पणीका असरदार चर्चाहरू विगतका केही महिनासम्म व्यापक भए । हुन त नेपाली राजनीतिमा यस्ता टिप्पणी भइ नै रहन्छन् । अस्वाभाविक टिप्पणीले राजनीतिका खेलाडीको योगदानको हुर्मत लिनका लागि यस्ता बयानबाजीलाई प्रचारका मुख्य साधन बनाइन्छन् । सम्भवतः नेपाली समाज यस्तै सुन्न चाहन्छ, रुचाउँछ र पचाउने हिम्मत पनि राख्दो हो । तर, यो विचारप्रवाहको कुनै पनि वर्गसँग सामञ्जस्य हुन्छ भन्ने लाग्दैन ।

याे पनि पढ्नुस  डाक्टर श्रीमानको मृत्युपछि ८० जना पुरुषसँग यौनसम्बन्ध राखेको खुलासा गरिन यी महिलाले

लामो समयसम्म मुलुक परिवर्तनका लागि राजनीतिक भविष्य निर्माताका रूपमा उदाएका व्यक्तिको आन्तरिक कथा बेग्लै हुन्छ । उनीहरूले राजनीतिक उचाइका लागि जति संघर्षको मैदानमा पेलिनुप¥यो त्यो कदाचित नराम्रोपनका लागि होइन । यात्राका क्रममा उतारचढाव हुनु स्वाभाविकै पनि हो । राजनीतिमा असामान्य अवस्थाबाट सामान्यको यात्रा थाल्नका लागि अनेक अस्त्रहरूको प्रयोग हुन्छ । सम्भवतः शान्तिप्रक्रियाका जिउँदा हस्ताक्षरकर्ता प्रचण्डका केही कमजोरी भएहोला तर उनका कमजोरीलाई कृष्ण हत्याका लागि कंशले पुतनाको प्रयोग गरेजसरी प्रकाशकाण्डबाट राजनीतिमा केही धक्का लगाउने प्रयत्न नभएका होइनन् । तर, अन्ततः कुनै पनि बाटोबाट पुतनाहरू विलिन हुने र कृष्णहरूले नै सृष्टिको निरन्तरता दिन सक्छन् भन्ने कुरालाई बिर्सनु हुँदैन । हिन्दू धर्मग्रन्थमा कृष्णको शक्तिलाई ध्वस्त बनाउनका लागि मृत्युका डरले कंशले आफ्नी बहिनी पुतनाको विष भरिएको स्तन कृष्णलाई चुसाउने प्रवृत्तिलाई अहिलेको नेपाली राजनीतिमा हावी बनाइएको हुनुपर्छ । यद्यपि, राजनीतिमा लामो समयसम्म जीवन बिताएका र राजसी जीवनभित्र यस्ता कपटपूर्ण तर्क र प्रचारबाजीहरू पुतनाको मृत्युसरह हुन सक्छन् । किनभने राजनीति जीवनको सुरुआत पारस–प्रकाश काण्डहरूले पतन बनाउने शिराबाट चाहिँ भएको हुँदैन ।

नेपाली राजनीतिक इतिहासमा परोक्ष रूपमा चर्चा गरिएको सेक्सकै कारणबाट कोही राजनीतिज्ञ पनि उन्मुक्त हुन सकेका थिएनन् । उनका चिन्तन, सिर्जना र शैलीले पनि स्वाभाविक प्रस्तुतीकरण गरेकै थियो । नेपाली प्रजातन्त्रका असली योद्धा विश्वेश्वरप्रसाद कोइरालाका चिन्तनमा पनि ‘सेक्स’ को महŒव झल्किएको थियो । उनले जेलबाट दिएका सिर्जनाका कतिपय परिकारमै सेक्सका गहन विषय थिए । पात्रहरूबाटै सेक्सप्रतिका भावना बगिरहेका थिए । एउटा राजनीतिज्ञ जेलभित्र बस्दा ऊ राजनीतिक परिवर्तनका लागिमात्र अभ्यस्त हुँदैन, त्यसबाहेक समाजमा संगिन बनेर बसेको सोचलाई कसरी परिमार्जन गरी शिक्षाको मार्गमा ल्याउन सकिन्छ भन्ने चिन्तनप्रति पनि संवेदनशील हुँदो रहेछ । त्यसकारण बीपी निकै संवेदनशील भएर सेक्सका विषयमा लेखकीय ढंगबाट खुलेका थिए । तर, ती कहिल्यै पनि राजनीतिक रूपमा स्क्याण्डल भएनन् । नेपाली राजनीतिमा ‘सेक्स’ लाई सरल व्याख्या गरिदिने अर्का पात्र स्व। कृष्णप्रसाद भट्टराई थिए । उनी जीवनभर अविवाहित रहे तर सेक्सलाई सरल ढंगबाट आफ्ना निकटतम् माझ व्याख्या गर्न उनलाई कुनै असहज हुन्थेन । अझ उनका अनुयायीले भनेकै छन्, ‘उहाँ ननभेज ९सेक्सुअल० जोक्सका पारखी पनि हुनुहुन्थ्यो ।’ अहिले पनि राजनीतिक क्षेत्रमा यस्ता व्यक्ति जीवित छन् । तर, परिवर्तनको नाममा राजनीतिक जति गहिरो हुँदै गएको छ अब सेक्स एउटा स्क्याण्डलका रूपमा व्याप्त हुन थालेको छ । एक व्यक्तिको चरित्रका कारणले समाजमा प्रजातन्त्र, गणतन्त्र स्थापना गराउने शक्ति पुरुषहरूमाथिको राजनीतिक जीवनमा हमला पनि हुन थालेको छ । नेपाली समाजले सुक्ष्म भएर बुझ्न सकोस्, यो एक्काईसौं शताब्दीमा मानिसको निजी जीवन स्वतन्त्र छ, निजी जीवनमाथिको टिप्पणी र बयानबाजी नै लोकतान्त्रिक पद्धती होइन र समाजलाई सकारात्मक टिप्पणीतिर डोर्याउनका लागि हर क्षेत्रबाट प्रभावकारी शिक्षाप्रदान गर्न आवश्यक छ । (प्यासनबाट)

याे पनि पढ्नुस  डाक्टर श्रीमानको मृत्युपछि ८० जना पुरुषसँग यौनसम्बन्ध राखेको खुलासा गरिन यी महिलाले

कमेन्ट गर्नुहोस्

error: Content is protected !!