शान्तिश्रीको स्वर रहेको तीज गीत ‘कम्मरै ढल्कायो’को भिडियो सार्वजनिक

पछिलो समय अत्यन्तै चर्चामा पुग्न सफल लोकदोहोरी गायिका शान्तिश्री परियारका धेरै गीतहरु बजारमा सार्वजनिक हुने क्रम बढेको छ ।

बोल माया, गलबन्दी लगायत थुप्रै गीत करोड क्लबमा पुग्न सफल भएका छन् । हरितालिका तीजसँगै विभिन्न तीज गीत आउने क्रमसँगै भर्खरैमात्रै तीज गीत ‘कम्मरै ढल्कायो’ सार्वजनिक भएको छ ।

अविरल फिल्म्सको बजार व्यवस्थापनमा मनु सुनारको प्रस्तुतिमा मनु सुनार, शान्तिश्री परियार, रबिन सुनारको आवाज रहेको छ भने विशाल परियारको शब्द र सागर सेन्चुरीको लय रहेको छ । अविरल फिल्म्सले बजार ब्यबस्थापन तथा दृश्य निर्माण गरेको भिडियोलाइ विष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् ।

याे पनि पढ्नुस  विनोद र गोमाको स्वरमा ‘चट्टपरि साईतमा’ गीत सार्वजनिक

विकाश, रेजिना, शंकर, रंजिनाको अभिनय रहेको भिडियोमा सगुन शर्माको हेयर तथा मेकअप रहेको छ । विनोद बजुरलीको एरेन्ज रहेको गीत मालाश्री स्टुडियोमा रेकर्डिङ्ग गरिएको छ ।

हेनुर््होस् तीज गीत ‘कम्मरै ढल्कायो’ भिडियो–

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!