प्रहरीलाई आर्थिक प्रलोभन देखाउने व्यापारी पक्राउ

सिरहाः भन्सार छलेर ल्याएको सामान चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभन देखाउने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । समान तस्करी गर्दै आएका सिरहा नगरपालिका ५ का ४५ वर्षीय मो. मुमताजलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराले चेकजाँचमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकोले मुमताजलाई पक्राउ गरीएको बताए । भन्सार छलेर नौ हजार रुपैयाँ बराबरको लत्ताकपडा ल्याउँदै गरेको र प्रहरीले चेकजाँच गर्दा आर्थिक प्रलोभनमा देखाएको कारण मुमताजलाई प्रक्राउ गरेको उनले बताए । पक्राउ परेका मुमताजलाई अभद्र व्यवहार अन्र्तगत मुद्दा चलाउने उनले बताए ।

याे पनि पढ्नुस  श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ

त्यस्तै, प्रहरीले ४३ हजार मूल्य बराबरीको लत्ताकपडा र खाद्यन्न सामग्री बरामद गरि जिल्ला भन्सार कार्यालय खैरटोकामा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!