बाख्रा पालनको कमाइबाट सडक ग्राभेल

कैलालीः धनगढी उप–महानगरपालिका–११ का एक किसानले बाख्रा पालनबाट कमाएको कमाईले सडक ग्राभेल गरेका छन् ।

स्थानीय हेमबहादुर बिष्टले बाख्रा पालनबाट कमाएको एक लाख २१ हजार रुपैयाँ धनगढी दिपायल फाष्ट ट्रयाक अन्तरगतको पिपल चौतरा—स्याउने सडक खण्डको खाल्टाखुल्टी मर्मत गर्नमा खर्च गरेका हुन ।

धनगढी दिपायल फाष्ट ट्रयाक निर्माण सेवा समितिका अध्यक्ष समेत रहेका बिष्टले बाटो मर्मतका लागि प्रदेश र संघ सरकारसँग पटकपटक अनुरोध गर्दा पनि सहयोग नपाएको गुनासो गरे ।

खाल्डा खुल्डीले सडकमा सवारी चलाउन समस्या थियो अध्यक्ष बिष्टले भने, ‘अन्तमा ग्राभेल सम्याउनका लागि धनगढी उप–महानगरपालिकाले जेसिवी सहयोग गर्यो मैले खल्तीबाट पैसा खर्चेर २७ ट्रालि ग्राभेलले खाल्टाखुल्टी पुरे ।’

याे पनि पढ्नुस  टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन सुरु, कैलालीको सुरक्षामा व्यवस्था कडा

बिष्ट नेतृत्वको धनगढी—दिपायल फाष्ट ट्रयाक निर्माण सेवा समितिले सडक निर्माणलाई गति दिनुपर्ने भन्दै २०७५ माघ ५ गतेबाट दवाव मुलक संघर्षका कार्यक्रम चलाउँदै आएको थियो ।

धनगढी—दिपायल फाष्ट ट्रयाक निर्माणको जिम्मा पहिले केन्द्र सरकारसँग थियो अध्यक्ष बिष्टले भने, ‘केहि दिनका लागि प्रदेशमा अधिकार आयो फेरी केन्द्रमै गएको छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!