सनी लियोनीले दिएको ‘फोन नम्बर’ गलपासो बन्यो यी युवकलाई

मुम्बई । चलचित्र “अर्जुन पटियाला” हेर्नू भएकाे छ ? छ भने एउटा दृश्यमा शनि लियाेनीले एउटा फाेन नम्बर भनेकाे सम्झिनु भएकाे हाेला । तर अहिले त्यही फाेन नम्बरका कारण एकजना युवकले निकै हैरानी खेप्नु परेकाे छ ।

चलचित्रमा सनिले आफ्नाे नम्बर भन्दै एउटा फाेन नम्बर भन्छिन् । संयाेगवश यहशि अंककाे फाेन नम्बर दिल्लि निवासी पुनित अग्रवालकाे परेछ ।

उता दर्शकहरू भने याे नम्बर साँच्चिकै सनिकाे साेचेर पुनितलाई फाेन गरिरहेका छन् । दैनिक सय बढी कल अाउँदा उनी हैरान बनेकाे वेभदुनियाले उल्लेख गरेकाे छ ।

शुरुका दिनमा अपरिचित नम्बरहरुबाट फाेन आउने र सनिसँग कुरा गराई देउ न भन्न थालेपछि उनी निकै अचम्मित भए । तर पछि उनले याे सबै फाेन फिल्ममा सनिले त्याे नम्बर भनेका कारण रहेछ भन्ने थाहा भयाे ।

अति नै भएपछि पुनितले पुलिसकाे सहारा लिएका छन् । तर प्रहरिमा रिपोर्ट गरेपनि “हेलाे, शनि से बात करा दाे” भन्ने फाेन आउन भने छाेडेका छैनन । अर्जुन पटियाला भन्ने फिल्म २६ जुलाईमा रिलिज भएकाे छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!