बंगलादेशविरुद्ध म्याथ्यूजको लगातार दोस्रो अर्धशतक

काठमाडौं, साउन १५ । बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्यूजले अर्धशतक पूरा गरेका छन् । उनले ५ चौकाको मद्दतमा ६९ बलमा अर्धशतक पूरा गरेका हुन्।

सिरिजमा म्याथ्यूजको यो लगातार दोस्रो अर्धशतक हो । अघिल्लो खेलमा उनले नटआउट ५२ र पहिलो खेलमा ४८ रन बनाएका थिए । तीन खेलको सिरिज श्रीलंकाले एक खेल अघिनै जितीसकेको छ ।

कोलम्बोमा भइरहेको खेलमा आज श्रीलंकाले टस जितेर ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा श्रीलंकाले ४३ ओभरमा ३ विकेट गुमाएर २०८ रन बनाएको छ ।

याे पनि पढ्नुस  पिटिए भारतीय बलर, गेल र लुइसको विष्फोटक प्रदर्शन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!