एनसीसी कतारको कार्यसमिति चयन प्रक्रिया अघि बढाइयो

कतार,साउन १५ ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ८औं राष्ट्रिय महाधिवेशन अन्र्तगत २३ अगस्ट २०१९ का दिन हुन गईरहेको कार्यसमिति चयन प्रक्रियालाई सम्पन्न गर्न गत ३ मई २०१९ मा सम्पन्न अन्तिम राष्ट्रिय परिषद भेलाले कार्यसमिति चयन समितिको जिम्मेवारी दिएको र राष्ट्रिय समन्वय परिषद कतारले २०१९—०२१ कार्यकालको लागि पञ्जिकृत सदस्यको आव्हान गरी अन्तिम नामावली समेत प्रकाशित गरिसकेकोले यस समितिले आफ्नोे जिम्मेवारीलाई वहन गदै कार्यसमिति चयन सम्बन्धी कार्यतालिका तय गरी सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

एनआरएनए एनसीसी कतारको आठौं राष्ट्रिय महाधिवेशनलाई सफल पार्नका लागि सम्पुर्ण पञ्जिकृत सदस्यहरुलाई आव्हान गर्दै निम्न बमोजिमको कार्यतालिका र विधानले दिएको अधिकार तथा विधानमा आधारित रहेर तयार पारेको नियम र एनआरएनएको अधिवेशन नियमावलीलाई पालन गर्दै तोकिएको समयावधिभित्र आफ्नोे इच्छा भएको पदमा मनोनयन दर्ता गरी कार्यसमिति चयन प्रक्रियामा समेत सहयोग गरिदिनु हुनका लागि आग्रह गरेका छन् ।

एनआरएनए एनसीसी कतारकोे २०१९–२०२१ कार्यकालको लागि कार्यसमिति चयन कार्यतालिका

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको बिधान २००३ (नवौ संसोधन) र गैरआवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन संचालन सम्वन्धि नियमावली २०१९ लाई आत्मसाथ गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २०१९–२०२१ कर्यकालका पंजिकृत सदस्यहरुबाट आफ्नो इच्छा भएको पदमा मनोनयन दिन चाहने सदस्यहरुले एनआरएनए एनसीसी कतारको कार्यसमति चयन प्रक्रिया सम्पन्न गर्न र गराउनको लागि पालन गनुपर्ने नियमहरुः

१.एनआरएनए एनसीसी कतारको बिधानमा उल्लेखित पदहरुमा मनोनयन दर्ता गराउनको लागि पंजिकृत सदस्यहरुको योग्यता यस प्रकार रहने छः
० आइसीसी सदस्य र एनसीसी अध्यक्ष पदमा मनोनयन दर्ता गराउन कम्तिमा एक कार्यकाल अन्तर्राष्ट्रिय वा राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा कार्यसमिति सदस्य भएर कार्य सम्पादन गरेको ।
० एनसीसी प्रथम उपाध्यक्ष र एनसीसी महासचिव पदमा मनोनयन दर्ता गराउन कम्तिमा एक कार्यकाल एनसीसी कतारका पदाधिकारी, सदस्य वा एनआरएनएले सम्बन्धित कार्यकालको लागि गठन गरिएका समिति वा उप–समितिमा रहेर कार्यसम्पादन गरेको । एक कार्यकाल भन्नाले कम्तिमा एक वर्ष पुरा भएको ।
० अन्य पदाधिकारीको हकमा कम्तिमा एक कार्यकाल (२००३–२०१९) पंजिकृत सदस्य भएको ।
० युवा संयोजक पदमा मनोनयन दिनको लागि सदस्यको उमेर ४० बर्ष ननाघेको ।
० सदस्यहरुको हकमा पंजिकृत सदस्य भएको हुनुपर्ने छ ।

याे पनि पढ्नुस  कतार नेपाली एकता समाजद्वारा दुर्गा खरेललाई विदाई

२. प्रत्येक पदमा मनोनयन दर्ता गराउदा पंजिकृत सदस्यहरुबाट १ जना प्रस्तावक र १ जना समर्थक रहनुपर्ने छ । एकजना पंजिकृत सदस्यले एक पदको लागि १ जना मात्र प्रस्तावक वा समर्थक हुन पाउने छ । मनोनयनमा सहभागि पंजिकृत सदस्यहरुको प्रस्तावक र समर्थक दोहोरिएको पाईएमा पहिलो मानोनयन दर्ता भएको सदर र दोस्रो मनोनयन दर्ता भएको बदर (खारेज) हुनेछ ।

३. कुनैपनि एक पदमा मानोनयन दर्ता गराई सकेको पंजिकृत सदस्यले अर्को पदमा मनोनयन दर्ता गरेका पंजिकृत सदस्यको प्रस्तावक वा समर्थकमा बन्न पाउने छैन ।

४. आईसिसि सदस्यहरु (४), अध्यक्ष (१), प्रथम उपाध्यष (१), द्वितीय उपाध्यक्ष (१), महिला उपाध्यक्ष (१), महासचिव (१), सचिवहरु (२), कोषाध्यक्ष (१), सह–कोषध्यक्ष (१), यूवा संयोजक (१), महिला संयोजक (१), सदस्यहरु (१८), लेखासमिति संयोजक (१) र लेखा समिति सदस्यहरु (२) गरी जम्मा ३६ जनाको कार्यसमिति चयन उपस्थित पंजिकृत सदस्यहरुको प्रत्यक्ष सहभागि पद्धतिबाट गरिने छ ।

लेखासमिति चयनको हकमा एनआरएनए एनसीसी कतारको बिधान–२००३ (नवौं सम्सोधन २०१९)को दफा ३२.६ र ३४.७ मा कार्यसमिति चयन समितिले चयन गर्नुपर्ने भनिएता पनि संख्या नतोकियको कारणले एनआरएनए एनिसि कतारको बिधान–२००३ (आठौं सम्सोधन २०१७) को ३२.६ मा तोकिएको संख्यको आधारमा रहेर १ संयोजक र २ सदस्हरु सहित जम्मा तीन सदस्यीय लेखा समिति चयन गर्ने निर्णय गरिएको छ ।

५. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विधानमा व्यवस्था भए अनुसार पंजिकृत सदस्यहरुले एक व्यक्ति एक पदको आधरमा समितिले तयार गरेको मनोनयन दर्ता फारम भरेर तपसिलका पदहरुमा तोकिएको शुल्क सहित आफ्नो इच्छा भएको पदमा मनोनयन दर्ता गर्न सकिने छ ।

तपसिलः

६. विधानतः अवाश्यक पदको लागि तोकिएको संख्याभन्दा बढी पंजिकृत सदस्यहरुको मनोनयन दर्ता परेमा लोकतान्त्रिक पद्धतिबाट कार्यसमिति चयन गरिने छ ।

याे पनि पढ्नुस  एनआरएनए आईसिसिको सदस्यमा भट्टको उम्मेदवारी

७. मनोनयन दर्ता फारम एनआरएनए एनसीसी कतारको मनोनयन गरिने स्थान र एनसीसी कतारको वेवसाइटमा उपलब्ध हुने छ । मनोनयन दर्ता गर्न पंजिकृत सदस्य स्वयंले तोकिएको शुल्क र कतारी आइडि (सक्कल) सहित प्रस्तावक र समर्थकलाई समेत अनिवार्य उपस्थिति गराउनु पर्नेछ ।

८. मनोनयन दर्ता गराउने पंजिकृत सदस्यले हालसालै खिचेको २ प्रति पासपोर्ट साईजको फोटो अनिवार्य दर्ता फारमसंगै नत्थि गर्नुपर्ने छ ।

९. माथि तोकिएका पदहरुमा मनोनयन गर्ने पंजिकृत सदस्यहरुले कुनै पनि राजनीतिक, जातीय, धार्मिक वा क्षेत्रीय प्यानल खडा गरी सामुहिकरुपमा दर्ता गर्न पाईने छैन । साथै मनोनयन दर्ता गराई सकेपछि समेत कुनै राजनीतिक, धार्मिक, जातीय, क्षेत्रीय तथा साम्प्रदायिक आधरमा वा प्यानल वा समूहगत रुपमा आव्हान गरी प्रचारप्रसार समेत गर्न पाइने छैन ।

१०. कार्यसमिति चयनको लागि मनोनयन दर्ता गरि सकेका पंजिकृत सदस्यहरुले सार्वजानिक स्थान, विद्युतिय माध्यम, सामाजिक सञ्जाल, सार्वजानिक सभा समारोह तथा पत्रपत्रिका लगाएतका सञ्चार माध्यमहरुमार्फत एक अर्काको बिरुद्ध व्यक्तिगत टिका टिप्पणि तथा गालि गलोज गरेको पाइएमा वा व्यक्तिगत रुपमा स—प्रमाण उजुरी गरेमा उल्लेखित आचारसंहिता बमोजिम छानविन गरि कारवाही अगाडि बढाइने छ । यस प्रकारको कार्यमा संलग्न भएको प्रमाणित भएमा मनोनयन खारेज गरिने छ ।

११. पंजिकृत सदस्यहरुलाई कार्यसमिति चयनको स्वतन्त्रता माथि आँच आउने कृयाकलापहरु साथै आर्थिक लगाएतका कुनै पनि प्रलोभनमा पारेर प्रयोग गर्न पाईने छैन । साथै पंजिकृत सदस्यहरु र आफ्ना प्रतिष्पर्धिहरुलाई धाक धम्की दिन पाइने छैन । यस्तो कृयाकलाप गरेको पाइएमा त्यस्ता पंजिकृत सदस्यहरुको मनोनयन खारेज गर्न गरिने छ ।

१२. कार्यसमिति चयन फारम रद्ध भएको बाहेक सम्वन्धित पदका लागि मनोनयन खारेज भएमा वा तोकिएको समय अवधि भित्र मनोनयन फिर्ता नगरेमा दर्ता शुल्क फिर्ता हुने छैन ।

१३. मनोनयन दर्ता गरेका पंजिकृत सदस्यहरुले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन संचालन सम्वन्धि नियमावली २०१९ उलंघन गरेको पाईएमा अन्तर्राष्ट्रिय समन्वय परिषद संग समन्वय गरि कुनैपनि बेला मनोनयन खारेज गर्ने अधिकार कार्यसमिति चयन समितिलाई रहने छ ।

याे पनि पढ्नुस  कतारमा नेपालीमाथि सा‌ंघातिक आक्रमणः एकको मृत्यु, ५ जना घाइते

१४. पंजिकृत सदस्यहरुले कार्यसमिति चयन प्रकृयमा भाग लिनको लागि सक्कल कतारि परिचय पत्र (आईडि कार्ड) वा सक्कल नेपाली राहदानि (पासपोर्ट) वा एनआरएनए परिचयपत्र मध्य कुनै एक आधिकारीक परिचय खुल्ने प्रमाण अनिवार्य साथमा लिएर आउनु पर्नेछ । साथै पंजिकृत सदस्यहरुले आफ्नो एनआरएनए सदस्यता नम्वर नोट गरेर राख्नु पर्ने छ ।

१५. कार्यसमिति चयन अवधिभर पंजिकृत सदस्यहरु र मनोनयन दर्तागरेका पंजिकृत सदस्यहरुले नेपाल सरकार र कतार सरकारको कानुन विपरित वा निषेधित गरिएको गैरकानुनि कृयाकलापहरु गर्न, गराउन वा संलग्नता हुन पाईने छैन ।

१६. कार्यसमिति चयन स्थलको सुरक्षा सम्वन्धि नियमहरु स्थानिय सरकारको कानुनको सम्मान गर्दै नेपाली राजदूतावास, दोहा, कतार र कार्यसमिति चयन समितिको समन्वयमा तय गरिने छ । जसलाई कार्यसमिति चयन अवधिभर सवै मनोनय दर्ता गरेका सदस्यहरु र पञ्जिकृत सदस्यहरुले अनिवार्य पालन गर्नु पर्ने छ ।

१७. कार्यसमिति चयन प्रकृयमा भाग लिने आईसिसि वा एनसिसिको पर्यवेक्षक, मनोनय दर्तागरेका सदस्यहरु र पंजिकृत सदस्यहरु सवैले कार्यसमिति चयन स्थलबाट फोटो, अडियो तथा भिडियो रेकर्डिङ गरि सँमाजिक संजालमा संपे्रशण र सामाजिक सञ्जालहरुमा लाइभ भिडियो गर्न निषेधित गरिएको छ ।

१८. गैरआवासीय नेपाली संघको विधान २०१७, गैरआवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन संचालन सम्वन्धि नियमावली २०१९, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार को संसोधित विधान र आचर सहिंता नियमावली २०१८, मनोनयन दर्ता फारम लगायतका अन्य सुचना तथा जानकारीहरु एनआरएन एनसिसि कतारको आधिकारिक वेब साईट www.nrnaqatar.org बाट डाउनलोड गर्न वा हेर्न सकिने छ ।

१९. एनआरएनएनए आईसीसीको जानकारी तथा सुचनाहरु www.nrna.org बाट लिन वा हेर्न सकिने छ ।

२०. एनआरएनए एनसिसि कतारको कार्यसमिति चयन सम्वन्धि थप जानकारी लिनुपर्ने भएमा निम्न नम्वरमा वाड्सअप वा ईमेलमार्फत सम्पर्क गर्न सकिने छ ।

२१. यस कार्यतालिकामा हेरफेर गर्नुपर्ने भएमा कार्यसमिति चयन समितिमा निहित रहने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!