विप्लव समूहले गर्‍यो ४४ विगाह जग्गा कब्जा

कैलाली, साउन १५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कैलालीको बर्दगोरीया गाउँपालिकामा झन्डै ४४ विगाह जग्गा कब्जा गरेको छ । बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गामा ब्यानर टाँसेर कब्जा गरेको जनाइएको छ।

स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ बिघा जमिनसँगै घर, देवबहादुर मल्लको ८ बिघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्ठा जमिन कब्जा गरिएको हो । यसअघि तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरि विप्लव समूहले कब्जामा लिएको हो।

याे पनि पढ्नुस  विप्लवका २ विद्यार्थी नेतासहित एक व्यापारी पक्राउ

घरजग्गामा टाँसिएको ब्यानरमा सो जग्गा बिक्रीवितरणमा संलग्नलाई भौतिक कारबाही गरिने उल्लेख छ। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी टोली त्यहाँ पुग्दा उक्त ब्यानर नरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!