१० लाख ठगी गरेर फरार रहेकी महिला पक्राउ

काठमाडौं, साउन १५ । वैदेशिक रोजगारमा मानिस पठाउने ईजाजतपत्र बिना नै साइप्रसको आकर्षण देखाई १० लाख ५० हजार ठगी गरेर फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको सितापाइलाकी ४३ वर्षीया पुनम नेपालीले ६ महिनाभित्र वैदेशिक रोजगारीका लागि साइप्रस पठाईदिने भन्दै शान्तकुमार तामाङसँग २०६६ असार २१ गते १० लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेकी प्रहरीले जनाएको छ । प्रतिवादी पुनम नेपालीलाई वैदेशिक रोजगार कसूर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०६९ असार ३१ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । उल्लेखित सजाय वेरुजु रही फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  चुनाव बहिष्कारको घोषणासँगै अर्ध भूमिगत बन्यो वैद्य माओवादी, कार्यालय नराख्ने

ठगी गरेको आरोपमा उनलाई काठमाडौं जिल्ला अदालतले २०६६ असार २१ गते जरिवाना र पीडितलाई हर्जाना समेत गरी १५ लाख ७५ हजार दिलाई दिने फैसला गरेको थियो । प्रहरीले फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेका निज प्रतिवादीलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ। नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!