पर्यटनमन्त्रीमा योगेश भट्टराई, ४ बजे सपथ

काठमाडौं, साउन १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ । नेकपा स्थायी समिति सदस्यभट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन्।

ताप्लेजुङमागत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामारवीन्द्र अधिकारीकोमृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, उपचारका लागि फेरि सिंगापुर लगिने
error: Content is protected !!