मन्त्रिपरिषद् बुधबार विस्तार हुँदै, पर्यटनमन्त्री नियुक्त हुने

काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्को विस्तार गर्ने भएको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आफ्नो ट्वीट एकाउन्टमा आज ‘४ बजे शपथ ग्रहण गर्ने पर्यटन मन्त्रीलाई अग्रिम शुभकामना’ लेखेका छन् ।

को पर्यटनमन्त्री हुने ? भन्ने ट्वीटमा नखुलाइए पनि तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!